Nepal



वित्त आयोगको मूल्यांकन : महानगरपालिकामध्ये बिराटनगर पहिलो बन्दा काठमाडौँ अन्तिममा

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानग

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै, आगामी साताबाट सेवा सुचारु

काठमाडौं । भरतपुर विमानस्थलबाट काठमाडौंं र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्
BizKhabar Online » BizKhabar Online

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै, आगामी साताबाट सेवा सुचारु

काठमाडौं । भरतपुर विमानस्थलबाट काठमाडौंं र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए । उनले भने, ‘यही फागुन […]

७ महिनामा ४० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, माघमै १ अर्ब बढीका आयोजना स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो ७ महिनामा ४० अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रत
BizKhabar Online » BizKhabar Online

७ महिनामा ४० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, माघमै १ अर्ब बढीका आयोजना स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो ७ महिनामा ४० अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा यो मूल्यबराबरका ५ सय २४ […]

केन्द्रिय बैंकको कारबाहीमा परे ३ बैंक, २ लाखसम्म जरिवाना

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उ
BizKhabar Online » BizKhabar Online

केन्द्रिय बैंकको कारबाहीमा परे ३ बैंक, २ लाखसम्म जरिवाना

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। कारबाहीमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक परेका हुन्। एनआईसी एसिया बैंकले राष्ट्र बैंकको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालना नगरेको […]

‘एनआईसी एशियाको साथी घर कर्जा’ योजना सार्वजनिक, ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म कर्जा

काठमाडौं । एनआईसी एशिया बैंकले १० करोड रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने उद्देश्यसहित ‘एनआईसी
BizKhabar Online » BizKhabar Online

‘एनआईसी एशियाको साथी घर कर्जा’ योजना सार्वजनिक, ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म कर्जा

काठमाडौं । एनआईसी एशिया बैंकले १० करोड रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने उद्देश्यसहित ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार यो योजनाअन्तर्गत सात वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुनेछ। न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण […]

विश्वभर घट्यो इभीको व्यापार, चीन र अमेरिकामा न्यून माग, नेपालको अवस्था के ?

काठमाडौं । विश्वभर विद्युतीय सवारी साधनको विक्री सन २०२६ को जनवरी महिनामा घटेको देखिएको छ। हालै प
BizKhabar Online » BizKhabar Online

विश्वभर घट्यो इभीको व्यापार, चीन र अमेरिकामा न्यून माग, नेपालको अवस्था के ?

काठमाडौं । विश्वभर विद्युतीय सवारी साधनको विक्री सन २०२६ को जनवरी महिनामा घटेको देखिएको छ। हालै प्रकाशित एक विवरणअनुसार परामर्शदाता संस्थाको तथ्यांकले कर वृद्धि, अनुदान कटौती र नीतिगत परिवर्तनका कारण मागमा एकाएक गिरावट आएको देखाएको हो। तथ्यांकअनुसार जनवरीमा विश्वभर विद्युतीय सवारी विक्री वार्षिक आधारमा ३ प्रतिशतले घटेर करिब १२ लाख एकाइमा सीमित भएको छ। यसमा […]

निर्वाचन २० दिन बाँकी : कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छ
BizKhabar Online » BizKhabar Online

निर्वाचन २० दिन बाँकी : कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले […]

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट, प्रणाली परीक्षण चरणमा

ललितपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रह
BizKhabar Online » BizKhabar Online

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट, प्रणाली परीक्षण चरणमा

ललितपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले हाल अनलाइन […]

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो, जथाभाबी फोहर फाले कारबाही

कास्की । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरि
BizKhabar Online » BizKhabar Online

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो, जथाभाबी फोहर फाले कारबाही

कास्की । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न सकेको थिएन । फोहर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन खोजी गरे […]

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्सालले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स
BizKhabar Online » BizKhabar Online

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्सालले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्साललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी छन् । नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहनुभएका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको हो । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका […]

नेपाल इटालीसँग १० विकेटले पराजित, सुपर एटमा सम्भावना कमजोर

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजि
BizKhabar Online » BizKhabar Online

नेपाल इटालीसँग १० विकेटले पराजित, सुपर एटमा सम्भावना कमजोर

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटलीले १२.४ ओभरमै बिना विकेट गुमाई पूरा गर्‍यो। एन्थोनी मोस्का र जस्टिन मोस्काले शतकिय साझेदारी गर्दै इटलीलाई सहज जित दिलाए। यसअघि इंग्ल्याण्डसँग ४ रनले हारेको नेपाल समूह ‘सी’ मा लगातार दोस्रो हारसँगै […]

अमेरिकालाई जापानको साढे ५ खर्ब डलर लगानी प्रतिबद्धता, कार्यान्वयन गर्ने दबाब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री सा
BizKhabar Online » BizKhabar Online

अमेरिकालाई जापानको साढे ५ खर्ब डलर लगानी प्रतिबद्धता, कार्यान्वयन गर्ने दबाब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिएका छन् । तर टोकियोले संयुक्त राज्य अमेरिकामा गर्ने भनिएको ५ खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने दबाब पनि सामना गरिरहेको छ । जुलाईमा भएको सहमतिअनुसार जापानले सन् २०२९ सम्म ‘मुख्य अमेरिकी उद्योगहरूको पुनर्निर्माण र विस्तार गर्न’ ५ […]

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै, उम्मेदवारका प्रतिबद्धता र एजेण्डाबारे मोबाइलमै जानकारी

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँका तीनवटै निर्वाचन क्षेत्रका उम्मेद
BizKhabar Online » BizKhabar Online

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै, उम्मेदवारका प्रतिबद्धता र एजेण्डाबारे मोबाइलमै जानकारी

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारले सामाजिक सञ्जाल तथा ‘डिजिटल प्लेटफर्म’ लाई चुनावी प्रचारप्रसारको मुख्य साधनका रूपमा प्रयोग गर्न थालेका छन् । छोटो समयमा धेरै मतदातासम्म सन्देश पु¥याउन सकिने प्रभावकारी माध्यमका रूपमा टिकटक, फेसबुक, ट्विटर (एक्स) लगायतका प्लेटफर्म प्रयोग गर्दै उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका हुन् । तत्कालीन झलारी […]

एडीबी दक्षिण एसिया महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त, ६ वटा देशको जिम्मेवारी

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाली मुलुककी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर
BizKhabar Online » BizKhabar Online

एडीबी दक्षिण एसिया महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त, ६ वटा देशको जिम्मेवारी

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाली मुलुककी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ । उनलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो । श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । उनले उपमहानिर्देशक पद ३ अप्रिल २०२५ […]

नेप्से परिसूचक ८.९७ अंकले बढ्यो, ११ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकमा वृद्धि देखिएकाे छ । यसदिन नेप्से परिसूच
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक ८.९७ अंकले बढ्यो, ११ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकमा वृद्धि देखिएकाे छ । यसदिन नेप्से परिसूचक ८ दशमलव ९७ अंकले बढेर २ हजार ६ सय ७१ दशमलव ०७ को बिन्दुमा पुगेर राेकिएकाे हाे । बिहीबार कारोबारमा आएकामध्ये १ सय ३९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १५ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै […]

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि, निकाल्न चुनौती देखियो

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासक
BizKhabar Online » BizKhabar Online

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि, निकाल्न चुनौती देखियो

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत […]

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर
BizKhabar Online » BizKhabar Online

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस […]

सागर डिष्टिलरीको नोक्सानी चुलियो, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सागर डिष्टिलरी लिमिटेडको नोक्सानी झन
BizKhabar Online » BizKhabar Online

सागर डिष्टिलरीको नोक्सानी चुलियो, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सागर डिष्टिलरी लिमिटेडको नोक्सानी झनै चुलिएको छ । पुस मसान्तसम्म आइपुग्दा यस कम्पनीले २ करोड ६१ लाख ५८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १ करोड ५३ लाख २३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । एक वर्षमा कम्पनीको वित्तीय खर्च […]

नाफामा उल्लेख्य गिरावट आउँदापनि कर्मचारी खर्च बढाउँदै नेपाल टेलिकम, सेवा विस्तारमा भने वेवास्ता

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफामा पछिल्ला केहि
BizKhabar Online » BizKhabar Online

नाफामा उल्लेख्य गिरावट आउँदापनि कर्मचारी खर्च बढाउँदै नेपाल टेलिकम, सेवा विस्तारमा भने वेवास्ता

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफामा पछिल्ला केहि वर्षदेखि लगातार गिरावट आइरहेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणले पनि कम्पनीको समग्र अवस्था दबाबमा परेको देखिन्छ। आयमा सामान्य वृद्धि देखिएपनि खुद नाफामा उल्लेख्य गिरावट आउँदा पनि कम्पनीले कर्मचारी खर्च भने बढाइरहेको देखिन्छ । अर्कोतर्फ कर्मचारी बढाएअनुरुप […]

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु, चालु आवमै मोटरेबल पुल बनाईने

काठमाडौं । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्य
BizKhabar Online » BizKhabar Online

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु, चालु आवमै मोटरेबल पुल बनाईने

काठमाडौं । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म […]

साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना लगानीकर्तालाई १० प्रतिशतका हिसावले लाभास वितरण गर्न
BizKhabar Online » BizKhabar Online

साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना लगानीकर्तालाई १० प्रतिशतका हिसावले लाभास वितरण गर्ने भएको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०८१–०८२ को नाफाबाट ९.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांस प्रस्ताव गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरे पछि सेयरधनीहरुलाई प्रस्तावित लाभांस वितरण गरिनेछ […]

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण, कुनको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण, कुनको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३०, […]

निर्वाचनका २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनक
BizKhabar Online » BizKhabar Online

निर्वाचनका २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् । आयोगले […]

करिब २३०० सहकारीको दर्ता अभिलेखीकरण, कर्जा सूचना केन्द्रमा आबद्ध हुनुपर्ने

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेक
BizKhabar Online » BizKhabar Online

करिब २३०० सहकारीको दर्ता अभिलेखीकरण, कर्जा सूचना केन्द्रमा आबद्ध हुनुपर्ने

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो । सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने […]

बंगलादेशमा नयाँ सरकार चयनका लागि आज मतदान, १२ करोड ७७ लाखभन्दा बढी मतदाता

काठमाडौं । सन् २०२४ मा भएको भीषण जनविद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ता छाडेर भ
BizKhabar Online » BizKhabar Online

बंगलादेशमा नयाँ सरकार चयनका लागि आज मतदान, १२ करोड ७७ लाखभन्दा बढी मतदाता

काठमाडौं । सन् २०२४ मा भएको भीषण जनविद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ता छाडेर भारत पलायन भएपछि आज बंगलादेशमा आम निर्वाचन भइरहेको छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार देशभर जारी रहेको मतदान अपराह्न ४ः३० बजेसम्म जारी रहनेछ। नयाँ सरकार चयनका लागि देशका १२ करोड ७७ लाखभन्दा बढी मतदाताहरू चुनावी प्रक्रियामा सहभागी भइरहेका छन्। सन् […]

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा, व्यवसायीका लागि भरपर्दाे प्लेटफर्म

काठमाडौं । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’म
BizKhabar Online » BizKhabar Online

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा, व्यवसायीका लागि भरपर्दाे प्लेटफर्म

काठमाडौं । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’मा जोड्ने उद्देश्यले नेपालमै बनेको ‘एआई’ समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रुपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ । आम नागरिक, व्यवसायी र सरकारी निकायलाई लक्षित गरी यस डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । यसमार्फत व्यवसायलाई आफ्नो डिजिटल […]

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु, ग्राहकलाई बैंकसम्म पुग्नुपर्ने झन्झटको अन्त्य

काठमाडौं । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ
BizKhabar Online » BizKhabar Online

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु, ग्राहकलाई बैंकसम्म पुग्नुपर्ने झन्झटको अन्त्य

काठमाडौं । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा आज आयोजित एक कार्यक्रममा डिजिटल लाउञ्ज उद्घाटन गरेका छन् […]

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु, आन्तरिक संयन्त्र सुदृढ गर्न जोड

काठमाडौं । काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु, आन्तरिक संयन्त्र सुदृढ गर्न जोड

काठमाडौं । काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले आयोजना गरेको सम्मेलनमा विभिन्न देशका विषयविज्ञ तथा नियामक निकायका प्रतिनिधिहरू सहभागी छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल वित्तीय कार्यदलको ग्रे–लिस्टमा परेको वर्तमान अवस्थामा […]

एफएनसीसीआई एशोसिएट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्स तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने
BizKhabar Online » BizKhabar Online

एफएनसीसीआई एशोसिएट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्स तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने भएकी छिन् । हाल एशोसिएट्तर्फकै उपाध्यक्ष रहेका श्रेष्ठले पुनः सोही पदमा दोहोर्याउन लागेकी हुन् । महासंघको उपाध्यक्ष पदमा रहेर सफल रुपमा आफ्नो ३ वर्षे कार्याकाल पुरा गर्न लागेका श्रेष्ठले आफुले महासंघमा रहेर उद्योगी व्यवसायीका हितमा अझै केही काम गर्न बाँकी रहेकाले पुनः सोही […]

सञ्चालकको बदमाशीले डुब्दै एनआरएन, स्वार्थमा बर्णवासमा लगानी गर्दा बिग्रियो वित्तीय अवस्था

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) लिमिटेड घाटामा गएको छ । चालु आर्थिक व
BizKhabar Online » BizKhabar Online

सञ्चालकको बदमाशीले डुब्दै एनआरएन, स्वार्थमा बर्णवासमा लगानी गर्दा बिग्रियो वित्तीय अवस्था

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) लिमिटेड घाटामा गएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैैमाससम्म आइपुग्दा एनआरएन इन्फ्रास्ट्रक्चर ५२ लाख ९३ हजार रुपैयाँले घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यसले ५ करोड ३७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खासगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लगानी वर्णबास म्युजियम […]

एआईले काम सजिलो होइन झन् गाह्रो बनाइरहेको अनुसन्धानको चेतावनी, यसरी गर्न सकिन्छ बोझ कम

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगले कर्मचारीको काम घटाउने होइन, उल्टै कामको भार ब
BizKhabar Online » BizKhabar Online

एआईले काम सजिलो होइन झन् गाह्रो बनाइरहेको अनुसन्धानको चेतावनी, यसरी गर्न सकिन्छ बोझ कम

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगले कर्मचारीको काम घटाउने होइन, उल्टै कामको भार बढाइरहेको नयाँ अनुसन्धानले देखाएको छ। काम छिटो हुने, समय बचत हुने र कर्मचारीले उच्च मूल्यका काममा ध्यान दिन पाउने अपेक्षा गरिए पनि व्यवहारमा यसको प्रभाव ठीक उल्टो देखिएको अनुसन्धानमा देखिन्छ । अमेरिकास्थित करिब २०० कर्मचारी रहेको एक प्रविधि कम्पनीमा गरिएको आठ […]

सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो, कुन महिनामा कति ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ७
BizKhabar Online » BizKhabar Online

सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो, कुन महिनामा कति ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ७२ रेल्वे र्याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे र्याक आउने क्रममा केही गिरावट आएको छ । गत आवको ६ महिनाको […]

नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ प्रधान ‘म्यानेजर अफ दि इयर’ अवार्डबाट सम्मानित

काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेश मान सिंह प्रधा
BizKhabar Online » BizKhabar Online

नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ प्रधान ‘म्यानेजर अफ दि इयर’ अवार्डबाट सम्मानित

काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेश मान सिंह प्रधानलाई “Manager of the Year 2025” अवार्डबाट सम्मान गरिएको छ । नेपाल व्यवस्थापन संघ (Management Association of Nepal – MAN) द्वारा आयोजना गरिएको ४५औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ को अवसरमा डिजिटल भुक्तानी क्षेत्रमार्फत नेपाली अर्थतन्त्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै […]

संयुक्त राष्ट्रसंघमा बजेट अभाव, अमेरिकी भुक्तानी प्रतिक्षामा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक संकटको सामन
BizKhabar Online » BizKhabar Online

संयुक्त राष्ट्रसंघमा बजेट अभाव, अमेरिकी भुक्तानी प्रतिक्षामा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक संकटको सामना गरिरहेको छ। महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसकेमा तथा सङ्गठनका वित्तीय नियमहरू सुधार नभएमा संयुक्त राष्ट्रसङ्घ गम्भीर आर्थिक सङ्कटमा पर्न सक्ने चेतावनी दिएका थिए । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार, अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न […]

बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्दै राष्ट्र बैंक, आज ५० अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २८ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्दै राष्ट्र बैंक, आज ५० अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २८ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले […]

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० […]

Get more results via ClueGoal