काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १ सय ५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई […]
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको हो । राष्ट्र बैंक ऐन जारी भएयता नौ पटक संशोधन भइसकेको सन्दर्भमा प्रस्तावित संशोधन दशौँ हुनेछ । […]
काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो । आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति […]
काठमाडौं । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ । सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो । रेडियो फ्रिक्वेन्सी व्यवस्थापन प्राधिकरणका अनुसार […]
गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो । गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको […]
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् । धादिङको बाँदरेमा कालोपत्र जारी […]
काठमाडौंैं । विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा हालै उल्लेखनीय परिवर्तनहरू देखिएका छन् । वारेन बफेट र स्टिभ बाल्मरजस्ता सूचीमा अग्रहस्थानमा रहँदै आएकाहरु शीर्ष १० बाट बाहिरिएका छन् भने एउटै परिवारका तीन दाजुभाइ दिदीबहिनी सूचीमा परेका छन् । यसमा जिम वाल्टन, उनका भाइ बब वाल्टन र बहिनी एलिस वाल्टन पनि समावेश छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका […]
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपालले जारी विश्वकपमा समूह चरणको यो तेस्रो खेल खेल्दै छ । समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । […]
वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना […]
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य गिरावट आएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको खुद नाफा समग्रमा ४.४३ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ३३ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ३ अर्ब २५ करोड […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २८, […]
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । कोशी, बागमती, गण्डकी […]
काठमाडौं । टि २० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल आज वेस्ट इण्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले विहान सवा ११ बजे वानखेडे स्टेडियममा हुनेछ । लगातार दुई खेल हारेको नेपालका लागि सुपर एट पुग्न यो खेल जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा इंग्ल्याण्ड र दोस्रो खेलमा इटलीसँग […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत […]
काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिन लागेको हो। सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा […]
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको रकम कटौती गर्न भनेको हो । […]
पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना र १० मेगावाटको तल्लो मोदी ‘ए’ गरी चारवटा आयोजना छन् । जसमध्ये मोदी गाउँपालिकामा तीन र कुश्मा […]
कााठमाडौं । ‘हेल्थ डाटा साइन्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, हरेक दिन फरक समयमा सुत्नु शरीरको लागि त्यति नै हानिकारक छ जति धेरै कम सुत्नु । लगभग सात वर्षसम्म चलेको यो अध्ययनले निद्रा र रोगबीचको बलियो सम्बन्धको खुलासा गरेको छ । ८८,४६१ जनामा गरिएको यो अध्ययनले वेयरएवल (पहिरनयोग्य) उपकरण प्रयोग गरेर उनीहरूको निद्राको ढाँचा […]
काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आएर आफ्नो कार्यभार सम्हालेका छन् । यसअघिका राजदूत छन् सोङको बढुवा भएपछि चीन सरकारले नेपालका लागि नयाँ राजदूतमा माओमिङलाई नियुक्त गरेको थियो । उनी हिजो (शुक्रबार) काठमाडौं ओर्लिएका हुन् । काठमाडौं विमानस्थलमा राजदूत माओमिङलाई परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र नेपालस्थित् चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका […]
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्समा सर्वसाधारण लगानीकर्ता ठगिएका छन् । रिलायन्सको बुक बिल्डिङ विधिबाट खुलेको प्राथमिक सेयर (आईपीओ) ले न्यून ओपनिङ रेञ्ज पाएसँगै लगानीकर्ता ठगिएका हुन् । नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । जबकि सो आईपीओ सर्वसाधारणले प्रति कित्ता ८ सय २० रुपैयाँ ८० पैसामा […]
काठमाडौं । ओप्पो नेपालले आफ्नो रेनो सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो रेनो १५ फाइभ जी लाई औपचारिक रूपमा सार्वजनिक गर्दै नेपाली बजारमा प्रिमियम स्मार्टफोन खण्डमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ । फ्ल्यागशिप स्तरको उपकरणका रूपमा प्रस्तुत गरिएको यस स्मार्टफोनले आधुनिक प्रविधि, परिष्कृत डिजाइन र प्रयोगकर्ता–केन्द्रित विशेषताहरूलाई समेट्दै उच्चस्तरीय स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको […]
काठमाडौं । समयमै काम नगर्ने २० वटा कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयले शनिबार सूचना जारी गरी विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा […]
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँगको हुन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा ‘हुन्डाई – फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ। यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ। नेपालभर रहेका हुन्डाईका जुनसुकै शोरुममा गई कुनै पनि हुन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा विश्वकप २०२६ का […]
काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म सम्हालेको र संवैधानिक पदहरूमा अञ्चलाधीश र प्रमुख निर्वाचन आयुक्त समेत रहेर सफलतापूवर्क जिम्मेवारी पूरा गरेका सूर्यप्रसाद श्रेष्ठ समयसम्म कुटनीतिक क्षेत्रमा पनि विभिन्न देशको राजदूत रहेका थिए । २०४२ सालमा प्रमुख निर्वाचन आयुक्त भएका उनले २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन, २०४४ सालको स्थानीय निर्वाचन, २०४८ सालको […]
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ ।
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २८, […]
काठमाडौं । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको […]
काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले […]
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । भरतपुर विमानस्थलबाट काठमाडौंं र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए । उनले भने, ‘यही फागुन […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो ७ महिनामा ४० अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा यो मूल्यबराबरका ५ सय २४ […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। कारबाहीमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक परेका हुन्। एनआईसी एसिया बैंकले राष्ट्र बैंकको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालना नगरेको […]
काठमाडौं । एनआईसी एशिया बैंकले १० करोड रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने उद्देश्यसहित ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार यो योजनाअन्तर्गत सात वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुनेछ। न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण […]
काठमाडौं । विश्वभर विद्युतीय सवारी साधनको विक्री सन २०२६ को जनवरी महिनामा घटेको देखिएको छ। हालै प्रकाशित एक विवरणअनुसार परामर्शदाता संस्थाको तथ्यांकले कर वृद्धि, अनुदान कटौती र नीतिगत परिवर्तनका कारण मागमा एकाएक गिरावट आएको देखाएको हो। तथ्यांकअनुसार जनवरीमा विश्वभर विद्युतीय सवारी विक्री वार्षिक आधारमा ३ प्रतिशतले घटेर करिब १२ लाख एकाइमा सीमित भएको छ। यसमा […]