काठमाडौं । ग्लोबल आइएमई बैंकले नन रेसिडेन्ट ओभरसिज बैंकिङ विभागको स्थापना गरेको छ । विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको हो । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले […]
काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रि (एनजिसिसिआई) ले युरोपेली बजारमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने तयारी थालेको छ। फिनल्याण्ड दूतावास, नेपाल र एनजिसिसिआईबीच काठमाडौंमा भएको बैठकमा नेपाल, फिनल्याण्ड तथा अन्य युरोपेली संघका सदस्य राष्ट्रहरूबीच व्यापार र आर्थिक सहकार्य विस्तार गर्ने अवसरबारे छलफल गरिएको हो। छलफलका क्रममा नेपाली उत्पादनको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए। ‘‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘‘कालोसूचीमा पर्नेहरुको सूची […]
काठमाडौँ । अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाले आफ्नो विद्युतीय सवारी (इभी) रणनीतिमा ठूलो पुनर्विचार गर्ने सङ्केत दिएको छ । कम्पनीले यस पुनर्संरचनासँग सम्बन्धित खर्च र घाटा मिलाएर करिब २५ खर्ब येन अर्थात् झण्डै १६ अर्ब डलर बराबरको वित्तीय भार पर्ने अनुमान गरेको जनाएको छ । होन्डाले […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए। बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर […]
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् । धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको […]
काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम […]
तेहरान । मध्यपूर्वमा जारी युद्धका बिच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । बिहीबार बिहान मात्रै दुई तेल ट्याङ्करमा आक्रमण भएको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लाग्दै प्रतिब्यारेल १०० डलर नाघेको छ । तेहरानले […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वबीच समसामयिक आर्थिक तथा व्यावसायिक विषयमा छलफल भएको छ। विहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष […]
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन परिसूचक २३.८७ अंकले बढेर २ हजार ८ सय २०.४४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय ७६ कम्पनीको सेयर भाउ बढेको छ भने ७७ कम्पनीको घटेको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको […]
काठमाडौं । बुद्ध एयरको एटीआर–७२ जहाज पूर्ण क्षमता सञ्चालनपछि विश्वमै पहिलो पटक औपचारिक रुपमा विदाई (सधैका लागि ग्राउन्डेड) गरिएको छ । बुद्ध एयरको कल साईन नाइन एन एजेओ एटीआर–७२ जहाज १६ वर्षे उडानको अवधि पार गर्दै रिटायर्ड भएको हो । यस जहाजले आफ्नो अधिक्तम उडान क्षमता ७२,००० साईकल पुरा गरेर रिटायर्ड भएको बुध्द एयरले जनाएको […]
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए । “बाँध, […]
काठमाडौँ । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व […]
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकै बीचमा रहने बताएका छन् । ओलीले सामाजिक सञ्जाल मार्फत यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अपेक्षा गरेजस्तो मत पाउन नसकेपनि जनताकै बीचमा रहने र जनताकै लागि काम गरेर विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने जनाएका हुन् । यस्तो […]
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आज फागुन २८ गतेदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गरेको छ । उक्त योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा खुला गरेको हो । कुल निष्काशित इकाईमध्ये ९० लाख इकाई […]
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जानकारी दिएको छ । बुधबार […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा ३०० अर्ब डलरको रिफाइनरी निर्माण गर्ने योजना घोषणा गरेका छन् । उनले यो अमेरिकी इतिहासको सबैभन्दा ठूलो सम्झौता भएको दाबी गरेका छन् । यो परियोजनामा एसियाकै धनी भारतीय उद्योगति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले पनि यसमा लगानी गर्ने ट्रम्पले बताएका छन् । यो ५० वर्षमा अमेरिकामा पहिलो नयाँ रिफाइनरी […]
काठमाडौं । अन्तरराष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा स्पष्ट बहुमत प्राप्त गरेसँगै अब राजनीतिक अनिश्चितता घट्ने र नीतिगत स्थायित्व तथा शासन–सुधार कार्यान्वयनका लागि अवसर सिर्जना हुने आँकलन गरेको छ । संस्थाले सार्वजनिक गरेको विश्लेषणमा रास्वपाको जितले गत वर्षको अशान्तिपछि सम्भावित लामो गठबन्धन वार्ताको जोखिम घट्ने, पछिल्ला वर्षहरूमा देखिएका […]
काठमाडौं । उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकको नाममा नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम दाबी गरी गैरकानुनी लाभ लिएको आरोपमा ट्रेकिङ कम्पनीका एक सञ्चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार फेक रेस्क्यु प्रकरणमा संलग्न रहेको आरोपमा ८प्यानोरमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसन प्रा।लि।८का सञ्चालक पासाङ शेर्पालाई पक्राउ गरिएको हो। सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–१ स्थायी […]
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिना (साउन–माघसम्म) मा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो ७ महिनामा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । माघ महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब […]
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको माघ महिनामा मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको […]
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा चालु खाता करिब ५ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको विवरणअनुसार चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा […]
काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) सँग समन्वय गर्दै ऊर्जा आपूर्ति सुरक्षित राख्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने उपायमा उनीहरू सहमत भएको […]
काठमाडौं । बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ४६.७८ अंकले घटेर २ हजार ७ सय ९६.५७ को बिन्दुम आएको छ । आज कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय २५ कम्पनीको घटेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । आज […]
काठमाडौं । महालक्ष्मी विकास बैंकको दुई दिने कार्यशाला तथा पदयात्रा सम्पन्न भएको छ । बैंकले वार्षिक कार्यक्रमअन्तर्गत दुई दिने कार्यशाला आयोजना गरी सामूहिक पदयात्रा सम्पन्न गरेको हो । वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवद्र्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै फागुन २४–२५ गते सो कार्यक्रम गरेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकको आर्थिक वर्ष […]
काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान)मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले आज राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो । दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौँ) वाइडबडी […]
काठमाडौँ । पाकिस्तानमा इन्धन अभावको चिन्ता बढ्दै गएको छ । देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्याङ्करहरू लामो समयसम्म रोकिएको बताएका छन् । तर सरकारले भने इन्धनको मूल्य फेरि तत्काल बढ्ने सम्भावनालाई कम आँक्दै स्थिति नियन्त्रणमा रहेको जनाएको छ । मध्यपूर्व क्षेत्रमा बढेको युद्ध र तनावका कारण तेल तथा ग्यास आपूर्तिमा […]
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान साढे तीन बजे सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौँ । नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई रु २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई रु १० […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ । […]
काठमाडौं । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक […]
काठमाडौं । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र यस आर्थिक […]
काठमाडौं । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् […]
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपाल ले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर बिक्री गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। मंगलबार जारी विज्ञप्तिमा महासंघले बजारमा ग्यास अभाव भएको तथा केही स्थानमा विक्रेताले अनुचित मूल्य असुल्दै उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण […]