काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले उक्त ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ। बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ नामक ऋणपत्र जारी गर्ने तयारी गरेको हो। प्रति इकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ […]
काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन्। काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई चैत १ गते विभिन्न अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको हो। उक्त कार्यक्रममा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई कम्पनीका तर्फबाट […]
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न मुलुकका […]
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले त्यसको पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा तयार गरिएको कार्ययोजनाले क्षतिको परिमाण, पुनर्निर्माणको रणनीति, स्रोत व्यवस्थापन र निजी क्षेत्र […]
काठमाडौं । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्यामबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् । अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका […]
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि अधिकारीले सोमबार निफ्राबाट राजीनामा दिएकी हुन् । अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन् । साढे ४ वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौं वार्षिक साधारणसभाबाट दोस्रो […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब वाणिज्य बैंकहरुले आरएफआइडी चिपसहितको भुक्तानी कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी अनुमतिप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक वर्गका संस्था तथा राष्ट्रिय स्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थासँग को–ब्रान्डेड कार्ड बाहेक अन्य […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गरेको छ । संशोधित निर्देशनअनुसार २०८५ असार मसान्तसम्म आफ्नो अघिल्लो त्रयमासमा कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र उदारो बिक्री, खरिद तथा पुनःखरिद तथा स्वामित्व लिन सक्ने जनाएको छ । साथै, २०८५ असार मसान्तपछि यस किसिमको उदारो बिक्री, खरिद तथा […]
काठमाडौं । मेरो किसान लिमिटेडले सर्वसाधारणमा सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। सोमबार काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित विशेष कार्यक्रममा दुवै कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सहकार्यले कम्पनीलाई पूँजी बजारमार्फत सर्वसाधारणसँग जोड्दै नेपालको कृषि क्षेत्रमा थप लगानी […]
काठमाडौं । संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियार राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था र आर्थिक स्थायित्वका लागि देखा परिरहेका चुनौतीहरुका बारेमा संक्षिप्त छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
कास्की । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज […]
कोलम्बो । इन्धन बचत गर्न श्रीलंकाले प्रत्येक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा जारी इरान र इजरायल–अमेरिकी द्वन्द्वको असरले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले सबैभन्दा खराब अवस्थाको तयारी गर्नुपर्छ, तर राम्रो हुने आशा राख्नुपर्छ,’ राष्ट्रपति अनुरा कुमार दिसानायकेले सोमबार उच्चस्तरीय आपतकालीन बैठकपछि देशलाई सम्भावित इन्धन संकटका लागि […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहमार्फत ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको परियोजना रोकेको छ । ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी सुरु गरिएको उक्त कार्यक्रम तत्कालका लागि रोकिएको हो । प्राधिकरणले सूचना जारी गर्दै उक्त कार्यक्रम अब अघि नबढाइने तथा हालसम्म कार्यान्वयन सुरु नभएका स्थानीय तहहरूसँग भएका समझदारीपत्र रद्द गरिने जानकारी दिएको हो । ग्रामीण […]
काठमाडौं । रास्वपाले नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला राखेको छ । उक्त कार्यशाला ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिपमा सुरु भएको छ। उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह दुवैजना अनुपस्थित् भएका छन् । रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा पनि बालेन शाहको भूमिका उल्लेख गरिएको छैन । आज र भोलि गरेर दुई दिनसम्म चल्ने […]
गण्डकी । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीययाममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल घटेको हो। पोखरा आउने झन्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो ‘बुकिङ’ रद्द गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणबारे सर्वोच्च अदालतमा जारी सुनुवाइ आज पनि निरन्तर रहने भएको छ । आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा हिजो सोमबार पनि सुनुवाइ भएको थियो । हिजो सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार […]
काठमाडौं । पाकिस्तानले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा हवाई आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । अफगान तालिबान सरकारका अनुसार काबुलको ओमर एडिक्शन ट्रीटमेन्ट अस्पतालमा सोमबार राति करिब ९ बजे भएको आक्रमणमा चार सय जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएका छन् । करिब दुई हजार शैय्याको उक्त अस्पतालमा लागुऔषध प्रयोगकर्ताको उपचार […]
काठमाडौं । शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो । कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज र भोली दुई दिने अभिमुखीकरण प्रशिक्षण दिदैछ । रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१ को निर्वाचनबाट प्रतिनिध सभा सदस्यमा निर्वाचित १२५ सांसदलाई आवासीय सुविधिासहित दुई दिने अभिमुखीकरण प्रशिक्षण दिन लागेको छ । रास्वपाले आइतबार निर्वाचन आयोगमा पठाएका ५७ जना समानुपातिक […]
काठमाडौं । आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र […]
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको […]
काठमाडौं । ‘स्मार्ट मनि टक्स’ लाई आत्मसाथ गर्दै चैत २ गतेदेखि ग्लोबल मनि विक सुरु भएको छ । ग्लोबल मनि विकलाई लक्षित गर्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले धितोपत्र कारोबारसम्बन्धी सप्ताहव्यापी रुपमा वित्तीय सक्षरता कार्यक्रम सार्वजनिक गरेको छ । ग्लोबल मनि विकको पहिलो दिन सिडिएससीले अनाथ विद्यार्थीहरुलाई धितोपत्र कारोबारसम्बन्धी ध्यान दिनुपर्ने कुराहरुको जानकारी दिएको छ […]
काठमाडौं । चालू आर्थिक वर्ष विसं २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत बराबर हो। आर्थिक वर्षको सुरुवातमा अर्थात विसं २०८२ साउन १ गते […]
काठमाडौ. । मध्यपूर्व र पश्चिम एशियामा देखिएको युद्धको परिवेशको कारण देखाउँदै निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘निर्माण कार्य बढि हुने अहिलकै सिजनमा इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार […]
काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्राडा राजीव श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम […]
काठमाडाैँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ। एजेन्सीद्वारा आइतबार जारी विज्ञप्तिअनुसार आपतकालीन भण्डारबाट तेल छिट्टै विश्व बजारमा आपूर्ति हुन सुरु हुनेछ । यसका लागि सदस्य राष्ट्रहरूले तेल सार्वजनिक गर्ने […]
काठमाडौं । इरान युद्धका कारण हर्मुज स्ट्रेटबाट तेल र एलएनजी ट्याङ्करहरूको मार्ग अवरुद्ध भएको घटनाले विश्वव्यापी ध्यान खिचेको छ । यो विषयले विश्वको ध्यान पनि किन नखिचोस्, इरान र ओमान बीचको यो साँघुरो समुद्री मार्गले विश्वको कच्चा तेल र एलएनजीको लगभग २०% ओसारपसार गर्छ । यो तेल र ग्यास खाडी देशहरूबाट विश्वको बाँकी भागमा पठाइन्छ […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार नेपाली बजारमा प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै […]
काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम हो । जसले नेपालीहरुको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन लागेको हो । मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ । यस अभियानको मुख्य आकर्षण एउटा […]
काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ। क्यापिटलले फागुन २८ गतेदेखि निष्कासनमा ल्याएको उक्त योजनामा आवेदन दिने अवधि अब चैत १२ गतेसम्म कायम रहने जनाएको हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई निष्कासन गरेको […]
काठमाडौँ । माउन्टेन ड्यु नेपालको “Peaks of Courage” अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’ (Spikes Asia) मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ। विश्वकै एक प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले हासिल गरेको यो एक ऐतिहासिक सफलता हो। सगरमाथाभन्दा बाहिर रहेका नेपालको […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि आपत्ति जनाएकी छन्। हिजो बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्री ओमप्रकास अर्याललाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गर्ने र प्रधानमन्त्रीको नीजि स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति प्रश्न […]
काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदावी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति […]
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा […]