काठमाडौं । एआई एसोसिएसन नेपाल र प्रविधि पत्रकार मंच (टीजेएफ)बीच कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सचेतना, ज्ञान आदानप्रदान र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्यको समझदारी भएको छ । बुधबार एक कार्यक्रमका बीच एआई एसोसिएसन नेपालका अध्यक्ष शैलेन्द्र राज गिरी र टीजेएफका अध्यक्ष पूर्णभक्त दुवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार दुवै संस्थाले कृत्रिम बुद्धिमत्ता, […]
काठमाडौं । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्न सके संस्थागत एकताको आधार हुने बताए । उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे । अध्यक्ष ढकालले […]
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकारी दिए । ‘भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, जेनजी आन्दोलनका क्रममा तीन हजार […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन् । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको […]
काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा।डा।राजीव श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक […]
काठमाडौं । पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारीक तथ्याङ्कले बुधवार देखाएको छ । तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ । यो गत वर्षको सेप्टेम्बर पछि सबै […]
काठमाडौं । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुरा कुमार दिसानायकले राति घर फर्किएपछि धेरै इभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० […]
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रिया सहज बनाउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचनाअनुसार लिलाममा राखिएका सम्पत्तिहरूको विस्तृत जानकारी अब अनलाइनमार्फत नै हेर्न सकिनेछ । यस पोर्टलमा सम्पत्तिको क्षेत्रफल, स्थान (लोकेशन), फोटो, नक्सा तथा अन्य आवश्यक विवरणहरू समावेश गरिएको छ । बैंकका अनुसार […]
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्तरगत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले “बचत गर्दा भविष्य चम्किन्छ” भन्ने नारासहित, चैत्र २ गतेबाट विभिन्न स्थानमा कार्यक्रम आरम्भ गरेको जनाएको छ । बैंकले आयोजना गरेको एक दिने कार्यक्रम होटल अनुत्तरा, बौद्धमा सम्पन्न भएको थियो । यस कार्यक्रममा ४७ जना सूक्ष्म, साना र […]
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । नागरिक लगानी कोषको ३६औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना […]
काठमाडौं । नेपालमा विदेशी ब्रान्डको नक्कल गरी स्थानीय उत्पादन बजारमा ल्याउने प्रवृत्ति बढ्दै गएपछि उद्योग विभागले कडा कदम चालेको छ । विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरुले ट्रेडमार्क चोरीको उजुरी दिएपछि विभागले आरोपित नेपाली उद्योगहरुलाई ७ दिनभित्र सप्रमाण उपस्थित हुन सार्वजनिक सूचना जारी गर्दै अल्टिमेटम दिएको हो । यसअघि पठाएको म्यादलाई बेवास्ता गरेका यी कम्पनीहरुलाई कानुनअनुसार एकतर्फी कारबाही […]
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् । काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीतिसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’ का रूपमा स्वीकार गरिनु सकारात्मक भएको उल्लेख गरेका हुन् । अध्यक्ष ढकालले महासंघकै माग […]
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै्र प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ । यससँगै आज सुनको मूल्यमा प्रतितोला २ हजार २ सय रुपैयाँको गिरावट आएको […]
काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने […]
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा सरकारले सेयर बजारबाट करिब साढे ६ अर्बभन्दा धेरै पुँजीगत लाभकर प्राप्त गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार फागुन मसान्तसम्म सरकारले सेयर बजारका लगानीकर्ताहरुबाट ६ अर्ब ४४ करोड १० लाख ४ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको हो । फागुन महिनामा मात्रै सरकारले सेयर बजारबाट ५५ करोड […]
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् । रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा रकम भित्रिने गरेको […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ […]
काठमाडौं । मध्यपूर्व युद्धले यी दिनहरूमा विश्व बजारमा अशान्ति निम्त्याएको छ । कच्चा तेलको मूल्य आकाशिएको छ । हालै प्रति ब्यारेल ११९ डलरमा पुगेको कच्चा तेल आज थोरै घटेको हुन सक्छ, तर कुनै उल्लेखनीय राहतको संकेत छैन । यो अवस्थाले विश्वभरको अर्थतन्त्र निसास्सिरहेको छ । तथ्याङ्कलाई हेर्दा बजारको चिन्ता स्पष्ट रूपमा देखिन्छ । हाल, अमेरिकी […]
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले उक्त ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ। बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ नामक ऋणपत्र जारी गर्ने तयारी गरेको हो। प्रति इकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ […]
काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन्। काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई चैत १ गते विभिन्न अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको हो। उक्त कार्यक्रममा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई कम्पनीका तर्फबाट […]
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न मुलुकका […]
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले त्यसको पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा तयार गरिएको कार्ययोजनाले क्षतिको परिमाण, पुनर्निर्माणको रणनीति, स्रोत व्यवस्थापन र निजी क्षेत्र […]
काठमाडौं । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्यामबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् । अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका […]
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि अधिकारीले सोमबार निफ्राबाट राजीनामा दिएकी हुन् । अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन् । साढे ४ वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौं वार्षिक साधारणसभाबाट दोस्रो […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब वाणिज्य बैंकहरुले आरएफआइडी चिपसहितको भुक्तानी कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी अनुमतिप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक वर्गका संस्था तथा राष्ट्रिय स्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थासँग को–ब्रान्डेड कार्ड बाहेक अन्य […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गरेको छ । संशोधित निर्देशनअनुसार २०८५ असार मसान्तसम्म आफ्नो अघिल्लो त्रयमासमा कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र उदारो बिक्री, खरिद तथा पुनःखरिद तथा स्वामित्व लिन सक्ने जनाएको छ । साथै, २०८५ असार मसान्तपछि यस किसिमको उदारो बिक्री, खरिद तथा […]
काठमाडौं । मेरो किसान लिमिटेडले सर्वसाधारणमा सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। सोमबार काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित विशेष कार्यक्रममा दुवै कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सहकार्यले कम्पनीलाई पूँजी बजारमार्फत सर्वसाधारणसँग जोड्दै नेपालको कृषि क्षेत्रमा थप लगानी […]
काठमाडौं । संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियार राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था र आर्थिक स्थायित्वका लागि देखा परिरहेका चुनौतीहरुका बारेमा संक्षिप्त छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
कास्की । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज […]
कोलम्बो । इन्धन बचत गर्न श्रीलंकाले प्रत्येक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा जारी इरान र इजरायल–अमेरिकी द्वन्द्वको असरले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले सबैभन्दा खराब अवस्थाको तयारी गर्नुपर्छ, तर राम्रो हुने आशा राख्नुपर्छ,’ राष्ट्रपति अनुरा कुमार दिसानायकेले सोमबार उच्चस्तरीय आपतकालीन बैठकपछि देशलाई सम्भावित इन्धन संकटका लागि […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहमार्फत ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको परियोजना रोकेको छ । ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी सुरु गरिएको उक्त कार्यक्रम तत्कालका लागि रोकिएको हो । प्राधिकरणले सूचना जारी गर्दै उक्त कार्यक्रम अब अघि नबढाइने तथा हालसम्म कार्यान्वयन सुरु नभएका स्थानीय तहहरूसँग भएका समझदारीपत्र रद्द गरिने जानकारी दिएको हो । ग्रामीण […]
काठमाडौं । रास्वपाले नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला राखेको छ । उक्त कार्यशाला ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिपमा सुरु भएको छ। उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह दुवैजना अनुपस्थित् भएका छन् । रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा पनि बालेन शाहको भूमिका उल्लेख गरिएको छैन । आज र भोलि गरेर दुई दिनसम्म चल्ने […]
गण्डकी । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीययाममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल घटेको हो। पोखरा आउने झन्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो ‘बुकिङ’ रद्द गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणबारे सर्वोच्च अदालतमा जारी सुनुवाइ आज पनि निरन्तर रहने भएको छ । आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा हिजो सोमबार पनि सुनुवाइ भएको थियो । हिजो सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार […]