काठमाडौं । सबै विषयगत मन्त्रालयले यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन भइनसकेको अवस्थामा बजेट क्यालेन्डरअनुसार भने चैत १५ भित्र सबै मन्त्रालयले आगामी आवको बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य रूपमा […]
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनले भने, ‘आज थाई एअरलाइन्सको […]
काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा भएको वार्ता सकारात्मक र फलदायी बनेको बताएका छन्। उनले उक्त वार्तापछि इरानको ऊर्जा पूर्वाधारमाथि हुने अमेरिकी सैन्य आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरिएको जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मध्यपूर्व क्षेत्रमा रहेको तनाव समाधानका लागि अमेरिका र इरानबीच ‘धेरै […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहको पदाधिकारी तथा कार्यकारिणी सदस्य घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानी वातावरण सुधारका लागि राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘नेपालमा लगानीको वातावरण […]
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई बैंकले वित्तीय साक्षरता प्रदान गरेको हो । विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ […]
काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ मनाइँदै आएको ग्लोबल मनी विक २०२६ को अवसरमा पोखरामा राष्ट्रियस्तरको पूँजी बजारसम्बन्धी क्विज प्रतियोगिता सम्पन्न भएको छ। नेपाल धितोपत्र बोर्डको संयोजकत्व तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्पूर्ण बजार सहभागी संस्थाहरूको सहकार्यमा आयोजित उक्त कार्यक्रम नेपाल पर्यटन तथा होटल व्यवस्थापन कलेजको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगितामा देशभरका […]
काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् । भारत, चीन र अष्ट्रेलियाबाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकले यात्रा रद्द गरेको व्यवसायीहरू बताउँछन् । विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू ८० प्रतिशत […]
काठमाडौं । नेपालका वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान ९ः५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान काठमाडौँको चाबहिलस्थित मेडिकेयर अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। आचार्यले नेपालको […]
काठमाडौं । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि फागुन सम्ममा […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा एकल अंकले बढ्दै २९ सय ३६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार बढी कित्ता सेयर […]
काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै मेलम्ची भ्याली क्याम्पसमा चैत ६ गते कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा क्यापिटलका प्रतिनिधिले “Smart Money Talks” मूल नाराका आधारमा विद्यार्थीलाई बचत गर्ने तरिका, सानो रकमलाई कसरी […]
काठमाडौं । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन्डक्टर (अर्धचालक) उत्पादनको उच्च मागका कारण भएको हो, जसले देशको निर्यात व्यापारलाई ठुलो उचाइमा पु¥याएको छ । कोरिया भन्सार सेवा कार्यालयका अनुसार, मार्च १–२० को अवधिमा देशको कुल निर्यात […]
काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो । विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, […]
काठमाडौं । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् । एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ । विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन् भने उद्धार र आपत्कालीन सेवाहरूले घटनास्थलमा […]
काठमाडौँ । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत् निर्वाचित सांसदहरूलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ । यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको हो । अर्थात आजै मात्रै सुनको मूल्य प्रतितोला ६ हजार ५ […]
काठमाडौं । विश्व भूराजनीतिक तनावको चपेटामा रहेको अवस्थामा नेपालमा सुनको मूल्य चालु आर्थिक वर्ष हालसम्मकै उच्च विन्दुमा पुग्यो । विश्वबजारसँगै नेपालमा पनि मूल्यले उचाई लिँदा सुनको खरिद दर घटेको व्यापारीहरुले दाबी गर्दै आएका छन् । तर, नेपालमा आयात भएको सुनको आँकडाले भने व्यापारीहरुको दाबीलाई नै गलत सावित गरिदिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको […]
काठमाडौँ । ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने तयारी गरेको छ। इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै कम्पनीले ल्याउन लागेको यो स्मार्टफोनले नेपाली प्रयोगकर्ताहरुका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। पावर युजर्स र गेमिङ उत्साहीहरुलाई लक्षित […]
काठमाडौं । नेपालका लागि Toyota गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना Vaidya Organization of Industries & Trading Houses (VOITH) ले दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड Morbidelli सँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ। करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड […]
काठमाडौं । प्रभु बैंक लिमिटेडले “Smart Money Talks” भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम २०८२ चैत्र ०२ गते देखी आरम्भ भई मिति २०८२ चैत्र ०८ मा सम्पन्न गरेको छ । बैंकले मुलुकभरका सातै प्रदेश स्थित आफ्ना २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति […]
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ २९ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको छ। चैत्र ८ गते अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिले विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम २०८२ पौष २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारीहरूको निर्वाचन सम्पन्न गरी नयाँ कार्य समितिलाई पूर्णता दिएको हो। पदाधिकारीहरू अध्यक्ष […]
काठमाडौं । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई ८ करोड ७५ लाख बराबरको क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले […]
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५) ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्दै सेवा सञ्चालनमा ल्याएको छ। पोखराको राष्ट्र बैंक चोकमा रहेको नयाँ शाखाको आइतबार औपचारिक उद्घाटन गरिएको हो। नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद तिमल्सिना र अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेलले संयुक्त रूपमा रिबन काटेर शाखाको उद्घाटन गरेका हुन्। […]
काठमाडौं । नेपालको गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु भएको छ । ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ आयोजित यस दुई दिने सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त […]
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले चैत २ गतेदेखि चैत ८ गतेसम्म साताव्यापी रुपमा सञ्चालन गरिएको अभियानअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गलाई केन्द्रमा राखी विभिन्न कार्यक्रम आयोजना गरेको हो । बैंकका देशभर रहेका शाखा तथा प्रादेशिक कार्यालयमार्फत दरबारमार्ग, […]
काठमाडौं । सानिगाड हाइड्रोको आईपीओ आज चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख […]
काठमाडौं । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि तीन दिनदेखि यातायात सेवा प्रभावित हुँदै आएको छ । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज १४ दिनका लागि ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]
पोखरा । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले पोखरामा महिन्द्राको आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा.लि.सँगको सहकार्यमा पोखरा तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरु – बिई-६ (BE 6) र एक्सइभी ९-ई (XEV 9e) सार्वजनिक गरेको छ । यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो ( INGLO ) प्लेटफर्ममा आधारित छन् भने संसारकै […]
काठमाडौं । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ । अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबार देखि जहाजहरूमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार – पसार र बिक्रीलाई अनुमति दिएको छ । सम्बन्धित […]
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको हो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका–९ का वडा सदस्य […]
काठमाडौं । भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको पुष्टि भएपछि अधिकारीहरूले २० हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्र कोझिकोड र अलप्पुझा जिल्लामा नियन्त्रणका लागि यस्तो कदम चालिएको हो । कोझिकोडमा करिब १४ हजार २२८ र अलप्पुझामा ५ हजार ९६१ वटा चरालाई नष्ट गरिनेछ । […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३ सय ५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा निर्वाचनअघि बालबालिकासम्बन्धी २ सय८६ घटना […]
काठमाडौं । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला–दुम्किबासबीचको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिए। उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क समस्या […]