काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले सरकारी वकिलको मागअनुसार उनीहरूलाई पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो । गत वर्ष भदौ २३ र २४ […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार पत्नी राधिका शाक्यले रिट दायर गरेकी हुन् । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावी रिटमा गरिएको छ । कुनैपनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै […]
काठमाडौँ । पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई विभाग पठाएको जानकारी दिएको छ । खड्कालाई सीआईबीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको नोट जलेको भिडियोहरू […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी (बेटिङ) एप र सम्बन्धित वेबसाइट २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार भएको बैठकमा मन्त्रीले दिएको निर्देशनअनुसार मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको हो। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध बेटिङ बन्द गर्ने निर्णय गरेपछि यो कदम […]
काठमाडौं । चीनको छेन्दुमा ‘फेवा डायलग’को दोस्रो संस्करण शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । चीन र दक्षिण एसियाबीच शैक्षिक आदानप्रदान तथा क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने महत्त्वपूर्ण मञ्चका रूपमा यसलाई सहभागीहरूले अर्थ्याएका छन् । सिचुआन विश्वविद्यालयको चाइना सेन्टर फर साउथ एसिया स्टडीज र नेपालको त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा मार्च २६ र २७ गते भएको दुईदिने […]
काठमाडौँ । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले जनचेतना जगाउने उद्देश्यका साथ ५ किलोमिटर लामो प्रभातफेरी (वाकाथन) सम्पन्न गरेको छ। सन् २०२६ को विश्व पानी दिवसको नारा “Water and Gender” सँग ऐक्यबद्धता जनाउँदै सुरक्षित पानी, सरसफाइ र लैङ्गिक समानताको सन्देश प्रवाह गर्न बैंकले यो कार्यक्रम आयोजना गरेको हो। पानीको सदुपयोग र सरसफाइको महत्त्व झल्काउने प्लेकार्डसहित […]
काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले ललितपुरको ढाकाढोलस्थित स्टार अटो पार्ट्समा टोटल क्वार्ट्ज अटो सर्भिसेज (टीक्युएएस) को आउटलेट स्थापना गरेको छ । नेपालमा सर्टिफाइड अटोमोटिभ सर्भिस फ्यासिलिटी विस्तार गर्ने पहलका लागि यो अर्को कदम भएको कम्पनीको भनाइ छ ।नेपालको आफ्टर मार्केटमा बढ्दो माग र त्यसै अनुसार […]
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति पारित गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले उक्त निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि भनेका छन् । सरकारको यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल […]
काठमाडौं । हिजो पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अदालतमा भर्चुअल माध्यमबाट उपस्थिति गराइने भएको छ । उनी पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको मुटुको चाल बढेपछि उनलाई अस्पतालको भिआईपी कक्षमा राखेर उपचार गराईएको छ । प्रहरी स्रोतले जनाएअनुसार उनलाई अदालतमा भौतिक रुपमा नभई भर्चुअल […]
काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने […]
काठमाडौं । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ। नयाँ सरकार गठन भए लगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा निर्यातका लागि एक महिनाभित्र रणनीति तयार पार्ने उल्लेख छ। नेपालले भारत र टोकनका रूपमा नै भए पनि बङ्गलादेशमा जलविद्युत् निर्यात गर्दै आएको छ। […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ […]
काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ । समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधि समावेश गर्ने सरकारद्वारा शनिबार सार्वजनिक शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ । उक्त समितिले पहिलो चरणमा २०६२र६३ देखि हालसम्म अर्थात् […]
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ । उक्त सिफरिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया […]
काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बधी एक सय कार्यसूची सार्वजनिक गर्दै निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रमा समावेश कार्यान्वयनयोग्य विषय संश्लेषण गरी […]
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए । क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उनले बताए । सूचना […]
वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसीपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारी साधन हस्तान्तरण गरेका हुन् । सरकारको आग्रहअनुसार सो सवारी साधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ […]
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि अब देशमा आन्दोलन मात्रै हुने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाका सांसद रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा मानिसहरूले ढिलो गरी बुझ्ने गरेको बताएका छन्। उनले ओखलढुङ्गाको कार्यक्रमलाई स्मरण गर्दै भने, ‘अरु जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिको राजनीति […]
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थित गराइने भएको छ । आज बिहानै पक्राउ परेका उनीहरुलाई आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न भोली आइतबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । यस प्रक्रिया अन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको […]
काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परिक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गरेका ओलीको रगत जाँच, भिडियो एक्सरेसहितका परीक्षणपछि बेड नम्बर ५०१ भर्ना गरिएको बताइएको छ । कार्की आयोगको सिफारिस अनुसार शनिबार […]
काठमाडौँ । नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान आकस्मिक रुपमा बसेको सचिवालय बैठकले ओलीको रिहाईको माग गर्दै यसको कानुनी र राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका […]
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारेका छन् । ‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ […]
काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएका हन् । बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र समसामयिक बिसयमा छलफल गर्ने उनले बताए । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ […]
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले […]
काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । शुक्रबारमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।
काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । उक्त हेलिकप्टर रसुवाको अपर लाप्चे गुम्बा क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको जनाइएको छ । स्रोतका अनुसार हेलिकप्टरमा रहेका पाइलटसहित पाँच जना यात्रु सकुशल रहेका छन् । हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी कार्य जारी राखिएको थियो । हेलिकप्टर किन सम्पर्कविहीन भएको थियो भन्ने विषयमा […]
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकबाट चार महत्वपूर्ण निर्णय भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आन्दोलन, शासकीय सुधार र सरकारको सञ्चार संयन्त्रसँग सम्बन्धित निर्णयहरू गरेको हो। बैठकले भदौ २३ र २४ मा भएको जेनेजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका ज्ञात–अज्ञात सबै शहीदहरूप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त […]
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बरालिएको आर्थिक संरचना अब ट्र्याकमा ल्याउने बताएका छन् । पदभार ग्रहणपछि अर्थ मन्त्रालय मातहतका निकायलाई निर्देशन कार्यक्रममा उनले मन्त्रालयमातहतका कर्मचारीहरुलाई अर्थतन्त्र लयमा ल्याउन सहयोग गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री डा वाग्लेले अर्थराजनीतिक महत्त्वपूर्ण जनादेशसहित आएको बताउँदै नियमित प्रक्रियाबाट काम नगरी क्रमभङ्गता गर्न आएको स्पष्ट पारे । उनले […]
काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने सङ्केत देखिँदै जाँदा चीनले संयुक्त राज्य अमेरिकासँग आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको स्पष्ट गरेको छ । प्रतिस्पर्धालाई सहकार्यसँग सन्तुलनमा राख्ने प्रयासस्वरूप बेइजिङले ‘द्वेषपूर्ण प्रतिस्पर्धा’ बाट टाढा रहनुपर्नेमा जोड दिएको छ । चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग भएको भेटमा बहुपक्षीय र […]
काठमाडौं । रसुवा जिल्लाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको छ । हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार रहेको खुलेको छ । हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार रहेको पुष्टि भए पनि अन्य विवरण भने अझै प्राप्त हुन सकेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार उक्त हेलिकप्टर दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कबाहिर रहेको […]
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने तयारी गरिएको हो। बैठकका लागि पदभार ग्रहणको प्रक्रिया पूरा गरेपछि मन्त्रीहरू धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए। त्यसपछि नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको […]
काठमाडौं । काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेका छन् । पदभार ग्रहण गरेसँगै उनले ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्ने बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हालेसँगै २०८२ चैत्र १२ गतेसम्मको सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना […]
काठमाडौं । लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका ड. स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुन् । गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुन् । उनले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गरेका थिए । डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट […]