काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन […]
काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै चैत २५ गते थुनामुक्त गर्न परमादेश जारी गरेको छ। सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकलाई आगामी चैत २६ […]
काठमाडौं । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरुले अनुमति लिएका हुन् । धौलागिरि आरोहणका लागि दुई समुहका आठ महिलासहित १७ […]
काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले पौने ४४ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ०.८९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड […]
काठमाडौं । मन्त्रिपरिषद्को चैत १३ को निर्णयअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १० वटा प्रमुख सुधारात्मक कार्यक्रम स्वीकृत गरेको छ। यी कार्यक्रमहरू नागरिकमैत्री, छरितो तथा प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न लक्षित रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नागरिक एपमार्फत प्रहरी प्रतिवेदन, राहदानी तथा सवारी चालक अनुमति […]
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने अनुमान गरेको छ। यो दर गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा सुधारिएको हो । कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन नगरिएको आधारमा यो वृद्धिदर तय गरिएको हो भने अघिल्लो त्रैमाससँग तुलना गर्दा […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । नेपालमा दर्जनौं उद्योग संचालमा गर्दै हजारौंलाई रोजगार दिँदै आएका संघईले महासंघको अबको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन् । उनी ख्यातिप्राप्त एवं सफल उद्योगी व्यवसायीक घराना त्रिवेणी ग्रुपका निर्देशक हुन् । संघई एक भद्र र […]
काठमाडौं । सरकारले हिमाली क्षेत्रमा हुने हेलिकप्टर उद्धार कार्यसम्बन्धी अनियमितताको आरोपबारे गम्भीर चासो व्यक्त गर्दै तत्काल कडा कदम चाल्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार तथा अनुसन्धानमा ट्रेकिङ र पर्वतीय पर्यटन क्षेत्रमा हेलिकप्टर उद्धार सञ्चालनका क्रममा अनियमितता भएको भन्ने आरोपबारे ध्यानाकर्षण भएको जनाएको हो […]
काठमाडौँ । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु […]
काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर(सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालन गर्न लागेको छ। यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो। यस […]
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास फैलाइएको भन्दै सरकार साना लगानीकर्तालाई लक्षित गरेर कुनै धरपकड अभियानमा नरहेको स्पष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले शेयर बजारप्रति सरकारको नीति स्पष्ट पार्दै साना लगानीकर्तालाई आतङ्कित पार्ने गतिविधि अनुचित भएको उल्लेख गरे । “सरकारले साना लगानीकर्तामाथि कारबाही […]
काठमाडौं । नयाँ सरकार गठन भएसँगै निरन्तर घटेको सेयर बजारमा सोमबार भने उछाल आएको छ । यसदिन नेप्से परिसूचक ८३.३३ अंकले बढेर २ हजार ७ सय ६० दशमलव ०२ बिन्दुमा पुगेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार स्टक ब्रोकर एशोसिएसन र अन्य संस्थाहरुबीचको भेटघाटमा सेयर बजारको बारेमा सकारात्मक अभिव्यक्ति दिएसँगै सेयर बजार बढेको जानकारहरुले बताएका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट ४ जना प्रदेश अध्यक्षहरु निर्वाचित भएका छन् । महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन् । जस अनुरुप गण्डकीमा उक्त समुहका नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको […]
काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग आफ्ना ६ बुँदे माग पेश गरेको छ । सोमबार एशोसिएसनका पदाधिकारी र अर्थमन्त्री वाग्लेबीच भएको भेटमा एशोसिएसनका पदाधिकारीहरुले उक्त माग पेश गरेका हुन् । जसमा पूँजीवजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाकी सुझावहरु अबिलम्ब कार्यन्वयन गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पूँजीबजार प्रबेश र बाहिरिन […]
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएकाले कानुनी उपचारमा जाने स्पष्ट पारेका छन् । फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक दशकअघि स्थापना गरिएको ‘एड्भेन्चर स्पोट्र्स नेपाल’ सञ्चालनका लागि भाडामा लिइएको जग्गा मापदण्डविपरित रहेको पाइएपछि मन्त्री गुरुङले त्यसविरुद्ध कानुनी प्रक्रियामा जाने बताएका छन् । सर्वोच्च अदालतको आदेशबमोजिम पोखरा महानगरपालिकाले […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लंघन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ । पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे)तथा ट्राफिक नियम उल्लंघन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष […]
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णयमा कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै साम्पाङले सरकारले जनता र संसदलाई छलेर मनोमानी ढंगले ऋण लिन नहुने तर्क गरेका छन् । सरकारले बहुमतको आडमा चार-पाँच जना मन्त्रीहरू मिलेर निर्णय गर्नुभन्दा यस्ता […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ […]
काठमाडौँ । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड […]
काठमाडौं । वित्तीय प्रणालीमा करिब सवा ७८ खर्ब निक्षेप पुगेको छ । अर्थतन्त्र आएको सुस्तता र रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिको कारण निक्षेप उच्च हुन पुगेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल ७८ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अर्थतन्त्रले अपेक्षित गति नलिनु, रेमिट्यान्स तथा निर्यातमा आएको सुधारले वित्तीय […]
काठमाडौं । सरकारले शुक्रबार पनि सेयर कारोबार खुलाउने सम्भावना देखिएको छ । आईतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेपनि नेपाल स्टक एक्सचेन्ज नेप्सेले भने सेयर कारोबार प्रभावित हुन नदिनका लागि शुक्रबारसम्मै कारोबार खुला गर्ने तयारी गरेको हो । नेप्सेका एक अधिकारीका अनुसार आइतबार सार्वजनिक […]
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा भएको सुनुवाइ अधुरो रहेपछि मुद्दा सोमबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ। आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो। तर सुनुवाइ नसकिएपछि अदालतले मुद्दालाई सोमबारका लागि स्थगित गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले एसएमई कर्जामा नयाँ व्यवस्था थप गरेको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा केहि बुँदा थप गर्दै साना तथा मझौला उद्यम (एसएमई) कर्जासम्बन्धी नयाँ व्यवस्था थप गरेको हो। राष्ट्र बैंकले अन्य सम्पत्तिसम्बन्धी प्रावधानअन्तर्गत निश्चित मापदण्ड पूरा गर्ने एसएमई कर्जालाई ६० प्रतिशत जोखिम भारमा […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समुहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका हुन् । ज्योत्सना समूहले उपाध्यक्ष सहित १६ जना सदस्यले बिहीबार हनुमान जयन्तीको अवसर […]
काठमाडौं । नयाँ सरकार गठनभएसँगै सेयर बजार निरन्तर जस्तो ओरालो लागेको छ । यो क्रमले आइतबार पनि निन्तरता पाएको छ । आज नेप्से परिसूचकमा पहिरो गएको छ । यसदिन परिसूचक १०५ दशमलव ५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलव ६८ अंकको बिन्दुमा झरेको छ । नयाँ सरकारले धमाधम सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा व्यवसायीहरुलाई पक्राउ […]
काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण दबावमा पर्दै आएको नेपालको भुक्तानी सन्तुलन पछिल्लो समय सकारात्मक देखिएको छ । विदेशमा गएका श्रमिक नेपालीहरुले पठाएको रेमिट्यान्स, नेपालले बढाएको आन्तरिक उत्पादन र विद्युत निर्यातलगायतका सूचकहरुमा देखिएको सकारात्मक नतिजाले नेपालको भुक्तानी सन्तुलनमा विशेष योगदान दिँदै आएका छन् । यसै सन्दर्भमा पछिल्लो समय नेपालबाट हुने सूचना प्रविधि (आइटी) […]
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको हो । बैठकमा सरकारका नियमित काम कारबाही र मन्त्रीहरूको भूमिकाबारे छलफल हुने बताइएको छ ।
रियाद । साउदी अरबले शनिबार ‘शम्स’ नामक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । साउदी प्रेस एजेन्सीका अनुसार उक्त उपग्रह अन्तरिक्ष प्रक्षेपण प्रणालीमार्फत आर्टेमिस–२ अभियान अन्तर्गत अन्तरिक्षमा पठाइएको हो । यस सफलतासँगै साउदी अरब आर्टेमिस कार्यक्रम अन्तर्गतको अभियानमा सहभागी हुने पहिलो अरब राष्ट्र बनेको छ, जसलाई अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक उपलब्धिका […]
काठमाडौं । भोलीदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा हुने भएको छ । आईतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए […]
युद्ध सुरु भएदेखि, भारतले विभिन्न आर्थिक मोर्चामा नोक्सानी बेहोरेको छ । भारतको विदेशी मुद्रा सञ्चिति सबैभन्दा बढी प्रभावित भएको छ, जसमा शेयर बजार दुर्घटनाग्रस्त भएको छ काठमाडौं । फेब्रुअरीको अन्तिम दिन सुरु भएको इजरायल–इरान युद्धपछि भारतको विदेशी मुद्रा सञ्चिति निरन्तर घट्दै गएको छ । मार्च २७ मा समाप्त भएको हप्तामा उल्लेखनीय गिरावट रेकर्ड गरिएको थियो […]
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन पछि अनलाइन सट्टेबाजीसँग सम्बन्धित ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता एप र यूआरएल तत्काल रोक्न निर्देशन दिएपछि अवैध सट्टेबाजीको कारोबार हुने यस्ता एपहरु बन्द गरिएका हुन् । पछिल्लो एक सातामा अनलाइन सट्टेबाजीबारे ५० भन्दा बढी गुनासो […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइ हुने भएको हो । ओली र लेखक यही चैत १४ गते पक्राउ परेका थिए । अध्यक्ष ओलीकी पत्नी राधिका […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]