काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति सरेको छ। पाटन उच्च अदालतले विभिन्न १८ वटा वस्तुगत सदस्यहरूलाई समेत समावेश गरी निर्वाचन गराउन अन्तरिम आदेश दिएसँगै उक्त निर्वाचन सरेको हो। यही चैत्र २९ र ३० गते हुने भनेको महासंघको निर्वाचन अब वैशाख २१ र २२ मा हुने भएको हो। पाटन उच्च अदालतले बिहीबार विभिन्न १८ […]
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गर्नुभएको छ । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उनले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रणजस्ता कदमहरूले विश्व आर्थिक अवस्थालाई अझ […]
काठमाडौं । सार्वजनिक यातायातका यात्रुवाहक सवारीसाधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा लागू गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०७ अनुसार सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि चार वटा र महिलाका लागि दुई वटा सिट अनिवार्य रूपमा छुट्याउनुपर्ने कानुनी प्रावधान रहेको छ। तर पछिल्लो समय स्थानीय रुटदेखि लामो […]
काठमाडौं । महालेखा नियन्त्रक कार्यालय तथा यस मातहतका कार्यालयहरूले प्रदान गर्दै आएको सरकारी सेवालाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘इ–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गरिएको छ। माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आयोजित कार्यक्रममा उक्त प्रणाली औपचारिक रूपमा सुरु गरेका हुन्। नयाँ प्रणाली लागू भएसँगै सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू (निजामती, शिक्षक, नेपाली सेना, […]
काठमाडों । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनले राप्रपाकी सरस्वती लामालाई पराजित गरिन्। रुबीकुमारीले २ सय २९ मत प्राप्त गर्दा विपक्षमा ५ मत खस्यो भने २२ सांसद तटस्थ बसे। उनलाई सत्तारुढ दलहरू र नेपाली कांग्रेससहित नेकपाको समर्थन रहेको थियो। एमाले भने निर्वाचनमा सहभागी भएन ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता सम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएका वस्तुगत संघहरुले आफूहरुलाई तत्काल मताधिकारसहितकाे अधिकार माग गरेका छन् । बिहीबार पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश भएसँगै उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघको विधानअनुसार निर्वाचनमा सहभागि हुनका लागि एउटा साधारणसभामा भाग लिएको […]
काठमाडौं । एनआईसी एशिया बैंकले बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर)मा आश्रित व्यक्तिहरुको बसाई अझ सहज र स्वस्थ होस् भन्ने हेतुले आवश्यक विभिन्न सामग्रीहरु सहयोग गरेको छ । बैंकले सहारा घरलाई डाइनिङ टेबल, बेन्चहरुका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत […]
काठमाडौं । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स प्रालिमार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम ‘यामाहा ब्लु फेस्ट’ पुनः आयोजना गर्ने भएको छ। यो कार्यक्रम यहि चैत्र २९ देखि वैशाख ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यू यमाहा एफजेडएस न्यू जेन स् लिड द नेक्स्ट सार्वजनिक हुनेछ, जसले यस साताव्यापी […]
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस भएका छन् । सिफारिस भएका दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । गौरीकुमारी महोत्तरी ४ र […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत पुगेका थिए । […]
काठमाडौं । पछिल्लो महिना अझ चैत महिनाभरी नेपालमा हरेक हप्ताजसो पेट्रोलियम पदार्थको मूल्य बढ्यो । दक्षिण एशियाली मुलुकमा धेरै तेल पठाउने मध्यपूर्वका देशहरुमा भूराजनीति तनावले तेलको अभाव हुँदा अन्तरराष्ट्रिय स्तरमै पेट्रोलियमको मूल्य बढिरहेको छ । नेपालमा भने हालसम्मको व्यवस्था अनुसार अन्तरराष्ट्रिय बजारको मूल्य १५ दिनपछि मात्रै प्रभावकारी हुन्छ । सोही अनुसार नेपाल सरकार मातहतको नेपाल […]
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिवार र आइतवार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू भएको छ। स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित सबै निकायलाई विशेष अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशनअनुसार निम्न व्यवस्था मिलाउन निर्देशन दिइएको छ […]
काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा आज चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सुरु भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ । सुर्खेतमा संचालन […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत सवा १ खर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ५ दिनका लागि १ खर्ब २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा […]
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि बढ्दै ४ […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । आजै रातिदेखि सङ्घीय संसद्को […]
गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुटबाहेकका काम निर्धारित समयमै सकिने बताए । कुल ३८.७१ किलोटोमिटर दूरीको उक्त खण्डमा […]
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सूचना जारी गर्दै सबै सरोकारवालालाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सूचना अनुसार विदेशबाट आयात हुने वस्तुमा आयातकर्ताको विवरणसहित एमआरपी उल्लेख भएको […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो […]
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ […]
काठमाडौं । देशका पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज तराईका भू-भागमा हावाहुरीको सम्भावना छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बदली रहेको छ । कोसी, वाग्मती […]
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यस कम्पनीको आईपीओ आज चैत २६ गते नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता सेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता सेयर गरी कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा […]
काठमाडौं । रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। अधिवेशन अन्त्यसँगै राष्ट्रपतिले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम […]
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य नियुक्त गरेको छ । नियुक्त भएका सदस्यहरूमा अर्जुनजंग थापा, प्रा। डा। सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल रहेका छन् । थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव हुन् । प्रा. डा. सञ्जय आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक […]
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक […]
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । उनले ‘लाइसेन्स’ छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख ‘लाइसेन्स’लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने […]
काठमाडौं । बिहीबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २ हजार ८ सय ५१.२४ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका २ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपकुमार साह लाई पदबाट बर्खास्त गरेका छन्। आफ्नै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्त गराउन भूमिका खेलेको आरोपपछि उनलाई हटाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साहलाई पदबाट फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। पार्टीको अनुशासन आयोगको अध्ययनले पदीय मर्यादाको दुरुपयोग भएको निष्कर्ष निकालेपछि यो निर्णय गरिएको हो। यसैबीच, […]
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि विकसित राजनीतिक समीकरणमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुविकुमारीलाई समर्थन गर्ने निर्णय गरेको छ । श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद रहेकी रुविकुमारीले उपसभामुख पदका लागि मनोनयन दर्ता गराउँदै छिन् । उनको प्रस्तावकका रूपमा रास्वपाका सांसद अशोक चौधरी रहेका छन् । रास्वपाका प्रवक्ता मनिष झाले पार्टीले औपचारिक रूपमा […]
काठमाडौं । नयाँ वर्ष २०८३ सालको अवसरमा भक्तपुरमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/८३’ आजदेखि सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आजदेखि भक्तपुरको सल्लाघारीमा आयोजना गरेको महोत्सवमा १८० विभिन्न प्रदर्शनी कक्ष रहेको सथाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । उनले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि बजेट छलफल गराएको हो । ललितपुर स्थित हिमालय होटलमा भएको उक्त छलफलमा वस्तुगत संघ तथा महासंघतर्फका […]
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ । नयाँ शैक्षिकसत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज कार्यालयमार्फत […]
काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकलाई सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ। सरकारी वकिलको सहमतिमा ‘खोजी भए उपस्थित हुने’ शर्तमा उनीहरूलाई मुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। भदौ २३–२४ को जनजी प्रदर्शनमा प्रहरी गोलीबाट किशोरहरूको मृत्यु भएको घटनाको छानबिनका लागि चैत १४ मा पक्राउ गरिएका उनीहरूलाई चैत […]
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरधनी प्रतिनिधि सञ्चालकहरूमा हेरफेर भएसँगै कम्पनीको सञ्चालक समिति पूर्ण रूपमा पुनर्गठन भएको छ। कम्पनीले पूर्व सञ्चालकहरू ज्ञानेन्द्र गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापालाई नयाँ सञ्चालक नियुक्त गरेको हो। चैत २६ गतेदेखि लागू हुने गरी आगामी वार्षिक साधारणसभासम्मका लागि […]