काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् । खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । खड्काले प्रधानमन्त्री तथा […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले जित निकालेको छ । शनिबार दिउँसो भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा एक विकेटको क्षतिमा १ सय ९९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जित दिलाउन कुशल […]
तनहुँ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण […]
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले यस अवधिमा कार्यालयलाई रु दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व सङ्कलन गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु […]
काठमाडौँ । विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाको एस एन्ड पी पाँच सय […]
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ […]
बर्लिन । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीहरूले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् । जर्मन उद्योग तथा वाणिज्य मण्डलद्वारा शुक्रबार सार्वजनिक गरिएको एक विस्तृत सर्वेक्षणअनुसार अमेरिकामा व्यवसाय गरिरहेका दुईतिहाइभन्दा बढी […]
काठमाडौं। नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो। समझदारी पत्रमा नबिल […]
काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको वीरगंज स्थित श्री महानगरपालिका आधारभुत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले श्री महानगरपालिका आधारभुत बिद्यालयका प्रधानाध्यापकलार्ई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । […]
काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेको छ । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटोसोलुसन प्रा. लि. ले बिक्री–वितरण गर्दै आएको छ । नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब […]
काठमाडौं । क्रूज यात्रा परिवर्तन हुँदैछ । एक समय यसको क्यासिनो, भव्य भोजन र नृत्यको लागि परिचित, यो क्षेत्र ‘कल्याण पर्यटन’ तिर सरेको छ । २०२६ को प्रवृत्तिले यात्रुहरूलाई अब केवल बिदा मात्र नभई मानसिक शान्ति र शारीरिक स्वास्थ्य प्रदान गर्ने अनुभवहरू पनि बेचिने संकेत गरेको छ । यस परिवर्तनको एउटा प्रमुख उदाहरण ओरिएन्ट एक्सप्रेस […]
काठमाडौँ । यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ । कार्ययोजनामा भनिएको […]
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही […]
गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन […]
काठमाडौं । सर्वोच्च अदालतले १०० रुपैयाँमाथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ । नेपाल–भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने १०० रुपैयाँभन्दा माथिको वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, गोलभेँडा साना (टनेल) रु ८५, आलु रातो (लाम्चो) प्रतिकिलो रु […]
काभ्रेपलान्चोक । गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौँको क्षति पुर्याएको तथ्याङ्कले देखाएको छ । उक्त वर्षाले दुई तहमा कृषि क्षेत्रमा पुर्याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् । कृषि कार्यालयको विवरणअनुसार बेथानचोक–१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिकटन कृषि बाली उत्पादनमा […]
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति भएको जनाएको छ । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा लिइएको लक्ष्यअनुसार प्रगति भएको हो। देशभर सात लाख १२ हजार व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए । मुलुकको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने बताएकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो संकेत दिएको हो । राष्ट्र बैंकका अनुसार अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै चालु आवको सुरुदेखि अपनाइएको लचिलो मौद्रिक नीतिलाई […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ । इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ । प्रस्ताव अनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका सर्तहरू पूरा भए पछि […]
काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा […]
काठमाडौं । सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा ५ खर्ब ४ अर्ब ५५ करोडबराबर लगानी भएको छ । त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन् । […]
काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चले पाण्डेले रोजेको वरिष्ठ अधिवक्ताको रोहबरमा आवश्यक परेका बखत उपस्थित हुने सर्तमा थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो । उनलाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट […]
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ । मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई […]
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १.७७ अंकले बढेर २ हजार ७ सय ३१.९४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय २७ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय २० कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचक […]
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो। महालेखा परीक्षक कार्यालयका अनुसार चालु वर्ष ९४ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो। तर भदौ २३ र २४ […]
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार देशभरका ७ सय ५३ स्थानीय तहको आर्थिक वर्ष २०८१/०८२ मा कुल १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बेरुजु देखिएको छ। शुक्रबार महालेखापरिक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको प्रतिवेदनमा स्थानीय तहहरुमा बेरुजु बढेको देखिएको हो । प्रतिवेदनअनुसार स्थानीय तहको बेरुजुमध्ये २ अर्ब १ करोड […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य गिरावट आएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको खुद नाफा समग्रमा ४.७९ प्रतिशतले घटेर ४ अर्ब २८ करोड ५४ लाख ८० हजार रुपैयाँमा समिति भएको छ । अघिल्लो वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५० […]
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ । केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्याङ्क अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि सङ्कलन आरम्भ गरेको हो । केन्द्रका निर्देशक माधवप्रसाद […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४५ अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ४२ दिनका लागि ४५ अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]
काठमाडौं । वसन्त राज लम्सालले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका छन्। उनले वैशाख २८ गते सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका थिए। संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले लम्सालको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो। यससँगै कम्पनीले अर्को व्यवस्था नभएसम्म संस्थाको दैनिक प्रशासनिक तथा […]
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका छन् । बिहीबार संघीय संसदका दुवै सदनमा अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गरेको सो प्रस्तावमा पाँच सिद्धान्त र पाँच प्राथमिकता रहेका छन् । विनियोजन विधेयकका पाँच सिद्धान्तमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनःसंरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको […]
काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले […]
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वल्र्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने सम्बन्धमा गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय विनोश शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । पूर्वमहान्यायाधिवक्ता भण्डारीले आन्तरिक राजस्व विभाग (ठूला करदाता कार्यालयसमेत) द्वारा कर छलीमा अनुसन्धानपश्चात् अभियोजनको प्रक्रियामा रहेको […]
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको हो । अर्थमन्त्री वाग्लेको जवाफपछि उनीसँग थप स्पष्टीकरण माग गर्न सभामुख […]