तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । […]
वीरगञ्ज । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ । गत चैत अन्तिम साता देखा परेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी र सोको आहारसमेत नष्ट गर्नुपरेको हो । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर […]
काठमाडौं । बढ्दो तापक्रम र आद्र्रताले एयर कन्डिसनर (एसी) को प्रयोगलाई अत्यावश्यक बनाउँछ । यसले गर्मीबाट तुरुन्तै राहत प्रदान गर्दछ । धेरैजसो मानिसहरूले कोठाको तापक्रम छिट्टै चिसो पार्न १६ देखि १८ डिग्री सेल्सियसमा सेट गर्छन्, जुन धेरै कम हो । एसियन अस्पतालका एसोसिएट निर्देशक र आन्तरिक चिकित्सा युनिट प्रमुख डा. सुनिल राणाले यस्तो कम तापक्रमले […]
रसुवा(जस)–अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनःसञ्चालन भएको छ । अनिवार्य रूपमा एमआरपी हास्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पु¥याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँचपास हुन थालेको हो । गत असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित ल्हेन्देखोलामा आएको बाढीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा […]
भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक्रिया सहज गराउन भन्सार विभागले पुन:सुरु गरेको छ । भैरहवा नाकामा केही दिनदेखि प्रभावित भएको आयात प्रणाली अहिले क्रमशः सहज बन्दै गएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भन्सार बिन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण रोकिएको आयात प्रक्रिया विभागको […]
नेपालगञ्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुन:सञ्चानलमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगञ्ज भन्सारअन्तर्गत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको काम भइरहेको बताए। “यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउने हो”, उनले भने। […]
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सुरु गरेको हो । उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रमअन्तर्गत कफी खेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफीको […]
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुम्बासी बस्ती तत्काल खाली नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले वैकल्पिक व्यवस्था र भूमिहीन परिवारको पहिचान नगरी जबरजस्ती हटाउने कार्य नगर्न आदेश जारी गरेको हो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायबसुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ । आरोपी नायब सुब्बालाई आयोगले घुस रकमसहित केही दिन पहिले पक्राउ गरेको थियो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले […]
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसदिन नेप्से परिसूचक २७.४८ अंकले बढेर २ हजार ७ सय ४५.६५ बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि […]
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ११० जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। बिहीबार सूचना जारी गर्दै समितिले कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट, शिव शिखर […]
काठमाडौं । नेपाल बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालबीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार भएको सम्झौताअनुसार नेपाल बैंकका खातावाला ग्राहक तथा बैंकका कर्मचारीले बीएन्डबी अस्पतालमा उपचार गराउँदा नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गरे बिल रकममा १५ प्रतिशतसम्म छुट पाउनेछन् । अस्पतालले तोकेको विभिन्न उपचार सेवामा उक्त […]
काठमाडौं । सरकारले विदेशमा रहेका १५ जना अवैतनिक (अनररी) कन्सुलर जनरल तथा कन्सुलहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलहरूलाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषदले […]
काठमाडौं । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ः०० बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसकेका छन् । सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यस पटक पनि प्रतिनिधिभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा […]
काठमाडौं । गत फेब्रुअरी २८ देखि स्ट्रेट अफ होर्मुजको समुन्द्रीक नाका बन्द भएको कारण करिब एक हजार ५ सय भन्दा बढी माल–बाहाक जहाजहरू खाडी क्षेत्रका समुन्द्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आइएसओ) ले जनाएको छ । अन्तरराष्ट्रिय समुद्री संगठनका महासचिव आर्सेनियो डोमिंगेजले पानामामा टिप्पणीको क्रममा हाल लगभग २० हजार चालक दलका सदस्य र लगभग एक […]
काठमाडौं । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन […]
काठमाडौं । हालसम्म २२ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने २२ कम्पनीमध्ये १६ वटाको नाफा गत वर्षको तुलनामा बढेको छ । ४ कम्पनी भने नोक्सानमा रहेका छन् । अघिल्लो वर्षको तुलनामा चिलिमे हाइड्रोपावर र रुरु जलविद्युतको नाफा भने घटेको छ । हाइड्रोपावरहरुको सार्वजनिक वित्तीय […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नागरिक लगानी कोषको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ९.६८ प्रतिशतले बढेर ९८ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै यसको खुद […]
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघहका अनुसार बिहीबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक संकेत उल्लंघनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । विसं २०७६ वैशाख ६ गते […]
काठमाडौं । सरकारी स्वामित्वका तीन बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारले नयाँ अध्यादेशमार्फत राजनीतिक नियुक्तीधारीहरुलाई पदबाट बर्खास्तीको प्रक्रिया अघि बढाएपछि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अध्यक्षले राजीनामा दिएका हुन् । उनीहरूले बुझाएको राजीनामा स्वीकृत समेत भइसकेको स्रोतले जनाएको छ । हाल कृषि विकास बैंकको अध्यक्ष डिम प्रसाद पौडेल, राष्ट्रिय […]
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिबाट गुणाकर भट्टले राजीनामा दिएका छन् । उनले उक्त समितिबाट बिहीबार राजीनामा दिएका हुन् । ‘धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्येमा केही आवेदकसँग उहाँको नाता सम्बन्ध परेपछि स्वार्थ बाझिने र छनोट प्रक्रियामा प्रश्न उठ्ने भएपछि उहाँले राजिनामा दिनुभएको हो’ अर्थ मन्त्रालय स्रोतले भन्यो […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ । महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ । महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा […]
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यससँगै प्रकरणमा जोडिने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ। अख्तियारले ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजस्व छुट दिई भ्रष्टाचार गरेको आरोप लगाउँदै ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ। मुद्दामा तत्कालीन […]
काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला उद्यमशीलता प्रवर्द्धन तथा महिला नेतृत्वमा रहेका साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमसँग सहकार्य सम्झौता गरेको छ। महिला केन्द्रित बैंकिङ पहलअन्तर्गत भएको उक्त सम्झौतामा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाली क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले […]
वीरगञ्ज । मुुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान भित्रिने वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा आएको छ । भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्दा झण्डै एक साता रोकिएको भन्सार जाँचपास प्रक्रिया आयातकर्ताले वस्तु तथा सामानको (अधिकतम खुद्रा मूल्य) आफैं घोषणा गर्नुपर्ने र गोदाममा पु¥याएर एमआरपी तोक्नुपर्ने कबुलियत गरेसँगै फेरि […]
काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ६.९४ अंकले बढेर २ हजार ७ सय १८.१६ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय ५५ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय २ कम्पनीको घटेको छ । यता, कारोबार रकम भने विगत ६ दिनदेखि निरन्तर […]
काठमाडौं । संघीय संसद्का सदस्यहरूको प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक (जैविक) विवरण लिन थालिएको छ । दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्न संसद् सचिवालले सांसदहरूलाई अनुरोध गरेको थियो । सचिवालयले बिहीबारदेखि यही २८ वैशाखसम्म सांसदहरूलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण […]
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको अवधि दुई महिनाले थप गर्दै सन् २०२६ जुलाई ११ सम्म पुर्याउने प्रस्ताव स्वीकृत गरेको छ। हिजो स्वीकृत उक्त निर्णयसँगै कार्यक्रमको सातौं तथा अन्तिम समीक्षा प्रक्रिया पूरा गर्न नेपालले थप समय पाएको छ। आईएमएफका अनुसार नेपालको ३८ महिनाको ईसीएफ कार्यक्रम सन् […]
काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ । रासस
काठमाडौं । राज्यका पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचारखर्च राज्यकोषबाट भरिएकाले फिर्ता गराउन माग गर्दै सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी […]
काठमाडौँ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०२६’ सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । यही वैशाख २८ गतेसम्म चल्ने सो मेलाको […]