काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ । त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने […]
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गरे । मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यले […]
महेन्द्रनगर। पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ । भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ । यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको […]
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो । महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियापछि मंगलबार सम्पन्न मतदानको मतगणना […]
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले व्यवसायी भट्टलाई पाँचौँपटक र अग्रवाललाई छैटौँ पटक अनुसन्धानका लागि म्याद थप गर्ने […]
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना गरिएको थियो । जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया […]
काठमाडौं । डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ । यो केन्द्रले M–Hero र Voyah जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्याउने लक्ष्य राखेको छ । डोंगफेङ मोटरको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास (R&D) सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने […]
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य सिविर एवम् देशैभर वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यहि वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा आरबी डाइग्नोष्टिक मार्फत प्रदान गरिएको थियो। सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, […]
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ। यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ। सञ्चार […]
काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी सागर ढकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा उनले वस्तुगत समूहबाट दोस्रो उच्च मत प्राप्त गर्दै सफलता हासिल गरेका हुन्। निर्वाचनपछि ढकालले मतदाता र समर्थकप्रति आभार व्यक्त गर्दै व्यवसायमैत्री वातावरण, नीति सुधार, निजी–सरकारी सहकार्य, लगानी प्रवर्द्धन तथा साना […]
काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारीसाधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरकफरक निकायबाट दोहोरो […]
काठमाडौँ । प्रधानमन्त्री बालेन साहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बिहीबार बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालेन प्रधानमन्त्री बनेपछि पहिलो पटक परिषदको बैठक बोलाइएको हो । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । जसमा संवैधानिक परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय लिन सक्नेछन् । बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको एसोसियट उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार पाण्डेले १ हजार ७९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत प्राप्त गरिन्। त्यसैगरी, एसोसियटतर्फको महिला सदस्य पदमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। मल्लले १ […]
काठमाडौं । औषधि कम्पनी बायोकनकी संस्थापक तथा अध्यक्ष किरण मजुमदार–शाले आफ्नो उत्तराधिकारी फेला पारेकी छिन् । उनले आफ्नी भतिजी क्लेयर मजुमदारलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरेकी छिन् । क्लेयरका बुबा रवि मजुमदार बायोकनका गैर–कार्यकारी निर्देशक हुन् र किरण मजुमदारका भाइ हुन् । गत कारोबार सत्रमा बायोकनको शेयर मूल्य ३६८ भारतीय रुपैयाँमा बन्द भयो, जसले गर्दा […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा घटेको छ । एक वर्षको अवधिमा यसको खुद नाफा १७.७० प्रतिशतले घटेर २६ करोड ६८ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा […]
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन ५ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज उच्च बढ्दै प्रतितोला २ लाख ९६ हजार ८ सय रुपयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज आफ्ना सांसद र मन्त्रीसँग ‘पूर्व बजेट’ छलफल कार्यक्रम गर्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे सुरु हुने छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल लगायत सहभागी हुने बताइएको छ । रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ […]
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ […]
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ, वल्र्ड इकोनोमिक फोरम वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा आधिकारिक रूपमा आवद्ध भएको छ। निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो, जसलाई नवप्रवर्तनलाई अघि बढाउँदै सकारात्मक विश्वव्यापी प्रभाव सिर्जना गर्ने योगदानका लागि मान्यता दिइन्छ। नेपालका विभिन्न सहरहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको […]
काठमाडौं । नेपालकै पुरानो र विश्वासिलो स्वदेशी ब्रान्डहरूमध्ये एक, पशुपति पेन्ट्सले आफ्नो इतिहासको प्रिय अंश ‘बन्नी’लाई नयाँ र आधुनिक रूपसहित ब्रान्ड एम्बेसडरको रूपमा पुन: प्रस्तुत गरेको छ। ४५ वर्षको लामो इतिहास बोकेको यस ब्रान्डले नेपाली घरहरूमा रंग र जीवन थप्दै आएको कम्पनीको दाबी छ । अहिले, पशुपति पेन्ट्सले १९९० को दशकको सुरुवातमा टेलिभिजन विज्ञापनमार्फत पहिलोपटक […]
काठमाडौं । सीएफमोटो नेपालले आफ्नो लोकप्रिय २५० डुअल मोटरसाइकलका लागि नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ। नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बुकिङपछि पनि लागू हुने विशेष अफर ल्याएको हो। कम्पनीका अनुसार बजारमा २५० डुअलको बढ्दो माग र ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै योजना ल्याइएको हो। यस योजनाअन्तर्गत बुकिङ गरेको समयमा लागू […]
गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई यसवर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ । किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए। महानगरभित्रका एक हजार बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग भएको जनाउँदै उनले मागअनुसारको बीउ […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको […]
काठमाडौँ । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे कार्यकाल सकेर बिदा हुँदै छन् । महासङ्घको अध्यक्षका हैसियतले वार्षिक साधारणसभाको उद्घाटन सत्रमा राखेको धारणामा ढकालले आफ्नो कार्यकालमा आर्थिक सङ्कटका अनेक अप्ठ्याराहरु झेल्नुपरेको अनुभव सुनाएका थिए । कोभिड महामारीबाट भर्खरै तङ्ग्रँदै गरेको अर्थतन्त्रमाथि रुस युक्रेन युद्धको प्रभाव हुँदै यता देशभित्रको राजनीतिक अस्थिरता लगायतका विविध आन्तरिक […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेअनुसार राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेका हुन् । सोही अनुसार वैशाख २८ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान भएको छ ।
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित पाँच निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो। प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन लागू गरेकी हुन्। नयाँ जिम्मेवारी अनुसार कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा, पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन्। यसअघि […]
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवगमन बन्द गरी, यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कारबाही गर्नसमेत निर्देशन दिएको छ । सोमबार साँझ काभ्रेको रोशी खोलाको बहाव […]
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ । गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब रु ४६ अर्ब बचत फिर्ता […]
काठमाडौँ । प्रधामन्त्री बालेन शाहले आह्वान गरेका छन् । सोअनुसार मन्त्रिपरिषद्को बैठक दिउसो ३ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने भएको छ । प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न सोमबार पुन:राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए । सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले ‘हुबहु’ जारी गर्न […]
काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ। सो फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गनुपर्ने भएको छ। करिब २५ वर्षदेखि समितिको कब्जामा रहेको साविक पशुपति पञ्चायत वडा नं २ को कित्ता नम्बर ८३ को चार रोपनी […]
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण व्यवसायीहरू कठिन मोडमा पुगेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घले राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्यवृद्धि र नीतिगत अन्योलका कारण मुलुकभरका अधिकांश आयोजना ठप्प प्रायः भएको उल्लेख गरेको हो । महासङ्घका अनुसार सात प्रदेश, ७७ जिल्ला सङ्घ तथा अन्य सदस्यसहित करिब […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । साधारण सभाको सोमबार उद्घाटन सत्र भएको थियो । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत अध्यक्ष हुने छन् । महासंघको २०८१ को संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । […]