Araghchi may visit India for Brics meet next week
newsare.net
But another Iran-US flare-up could hit planAraghchi may visit India for Brics meet next week
But another Iran-US flare-up could hit plan Read more
But another Iran-US flare-up could hit plan Read more
काठमाडौं । डिजिटल सुशासन ब्लुप्रिन्ट अनुरुप सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी–क्लाउड र डाटा नीतिको कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद प्रणाली, डाटा नीति, अन्तरसञ्चालन मापदण्ड तथा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको महंगी लगातार उकालो लागिरहेको जनाएको छ । सोमबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय बैंकले चैत महिनासम्म नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशतमा उक्लिएको बताएको हो । यसअघि फागुन महिनामा यस्तो मुद्रास्फीति ३.६२ प्रतिशत थियो । केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्षको यहि अवधिमा पनि यस्तो मुद्रास्फीति […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यस अवधिमा गत आवको सोही अवधिको तुलनामा यस्तो रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ […]
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आज अपराह्न सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले आर्थिक विकास, पूर्वाधार प्रवर्द्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले […]
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ । आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे । तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको […]
काठमाडौं । नेपालमा विदेशी लगानीमार्फत डाटा सेन्टर स्थापना गरी ती संरचनालाई नेपाली जलविद्युतबाट सञ्चालन गर्ने विषयलाई लिएर बहस सुरु भएको छ। ‘ग्रीन कम्प्युट’ को अवधारणाअन्तर्गत नेपाललाई दक्षिण एशियाको नयाँ डिजिटल हब बनाउने प्रस्तावहरू बढ्न थालेपछि ऊर्जा, वातावरण र प्रविधि क्षेत्रका विज्ञहरूले यसका दीर्घकालीन प्रभावबारे गहन बहस गरिरहेका छन् । नेपालको जलविद्युत उत्पादन, हिमाली चिसो मौसम […]
काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका कारण सोमबार कच्चा तेलको मूल्य फेरि बढेको छ। अमेरिका र इरान शान्ति प्रस्तावमा सहमतिमा पुग्न असफल भएका छन् । अमेरिकाले युद्ध रोक्नका लागि तयार पारेको प्रस्तावको मस्यौदामा इरानले दिएको प्रतिक्रियालाई अमेरिकाले अस्वीकार गरेको छ। यसले पश्चिम एसियामा विगत १० हप्तादेखि चलिरहेको द्वन्द्वको तत्काल अन्त्य हुने आशामा धक्का दिएको छ। […]
चितवन । बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो । गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम […]
चितवन । चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले उक्त रकम नपाएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले तीन महिनादेखिको भुक्तानी गरेका छैनन् । उनका अनुसार जिल्लाबाट […]
काठमाडौँ । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई […]
काठमाडौँ । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा ’मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले आफ्नो ऐक्यवद्धता जनाएको हो । एक प्रेस […]
पोखरा । नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका मेसिनहरूमा जेसीबीका फ्ल्यागशिप 3DX ब्याकहो लोडर तथा JCB221 एक्स्काभेटर समावेश थिए। नेपालमा यी मेसिनहरू टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी सञ्चालन क्षमताका कारण व्यापक […]
काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन् । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संयुक्त सदनको बैठक पनि बस्नेछ। सरकारका तर्फबाट राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् […]
काठमाडौँ । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ । उनले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा […]
काठमाडौँ । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । “आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था […]
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने […]
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले राससलाई बताए। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत […]
काठमाडौं । राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक, खुलालु–सल्लिसल्ला सडक र सोअन्तर्गतका छ वटा पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा–सिमकोट) सडक, लेले भारदेव–चन्दपुर ठूला दुर्लुङ सडक, भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे–धो) रिम्ना सडक […]
काठमाडौं ।आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज उहाँकै कार्यकक्षमा भेटेर परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहितको टोलीले आव २०८३/८४ को बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो । […]
काठमाडौं । ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा याङ्गो राइडले आफ्नो पार्टनर ड्राइभर नेटवर्क प्रोग्राम काठमाडौं बाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकहरूलाई याङ्गो प्रोमा जोडिन आमन्त्रण गरेको छ। कार्यक्रम चितवनका तीन स्थानमा आयोजना गरिएको थियो, जहाँ याङ्गो नेपाल प्रमुख मेनेजर सन्तोष पान्डे सहित हेडक्वाटर र लोकल टीमका सिनियर अफिसियल्स सहभागी भएका […]
काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि राजधानीमा शुरु भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा चलिरहेको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलाले व्यवसायिक गतिविधि पुनः चलायमान बनाउन प्रमुख भूमिका खेलेको छ । सोमबारसम्म चल्ने प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको छ […]
काठमाडौँ । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन […]
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ४७.१३ प्रतिशतले घटेर १९ करोड ३ लाख ५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ९९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा लगानी […]
काठमाडौँ । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मसौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ। तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा वर्णन गरेको छ । इरानी संसदको राष्ट्रिय […]
काठमाडौँ । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको छ । उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग शनिवारदेखि पूर्ण रूपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित […]
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आम नागरिकको दैनिक […]
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले डिजिटल प्लेटफर्म सुरु गरिएको हो । […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) […]
काठमाडौँ । भारत तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजय थलपतिलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। उनको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा हुने तय भएको छ । उनले मे १३ भित्र विधान सभामा विश्वासको मत पेस गर्नुपर्नेछ। तमिलनाडुमा सरकार गठनका लागि आवश्यकभन्दा बढी समर्थन पाएपछि टिवीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न […]
काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक चार हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु […]
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । […]
वीरगञ्ज । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ । गत चैत अन्तिम साता देखा परेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी र सोको आहारसमेत नष्ट गर्नुपरेको हो । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर […]