काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका स्मृति सेन्चुरीले दोलखामा पर्यटकीय गतिविधि कम भएको, ऐतिहासिक जिरी पदमार्ग इतिहासमा सीमित भएको र अत्यावश्यक सेवा लिन दुर्गम क्षेत्रका बासिन्दालाई कठिनाइ भएको बताइन् । सोही पार्टीका प्रकाश पाठकले सन्तान […]
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर’ आवासीय शीतल यन्त्र श्रृंखला सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नयाँ शीतल यन्त्र सार्वजनिक गरिएको हो । कार्यक्रममा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी ले उत्पादनको औपचारिक अनावरण गरेका थिए । एलजीले नयाँ श्रृंखलामा ‘किलोवाट व्यवस्थापक’ नामक स्मार्ट विद्युत् […]
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमापनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले विरोभ जारी राखेपछि उनले प्रधानमन्त्री बालेन संसद्मा आउने मिति चाँडै तय हुने बताए । सभामुख अर्यालले विपक्षीलाई भने मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार […]
कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अस्थिरताको वीचमा मङ्गलबार तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक ब्याज दर समायोजन गरेको छ । द्वन्द्वले घरेलु मूल्य र स्थिरतामा नकारात्मक प्रभाव पारेको भन्दै बैङ्कले ब्याज दर १०० आधार अङ्कले बढाएर ८.७५ प्रतिशत बनाएको जनाएको छ । गत फेब्रुअरीको […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् । मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भएको भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धको विस्तार तथा आपसी सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले […]
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु रोग देखिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं.२, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो । सूचना अनुसार, सङ्क्रमण देखिएका […]
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागिएको सो विधेयकलाई मन्त्रालयले बेवसाइटमा राखेर सुझाव मागेको हो । मुलुकको सामाजिक तथा आर्थिक […]
All Posts काठमाडौं । पछिल्लो समय बिहानैदेखि संघीय राजधानी शहर काठमाडौंका सडकहरुमा सवारी चाप अत्यधिक बढी हुन्छ । कार्यालय समय बिहान ९ बजे बनाईएपछि ८ बजेदेखि नै कलङ्कीबाट निस्किएका सवारीसाधन माइतीघरसम्म पुग्न एक घण्टा लाग्छ । कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, ग्वार्को, सातदोबाटो जस्ता चोकमा सवारीको चाप बढेपछि यात्रुहरूले लामो समय जाममै व्यतित गर्नुपरिरहेको अवस्था छ […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ भूमिगत प्रसारण लाइन निर्माण हुन लागेको बताइएको छ । […]
काठमाडौँ । प्रहरीले काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जनालाई पक्राउ गरेको छ । करिब ६ करोड रुपैयाँ बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको कार्यालय प्रमुख सन्तोष खडकाले जानकारी […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ९० […]
काठमाडौं । पछिल्ला बजेटमा पुँजी बजार प्राथमिकतामा पर्दै आएको छ । बजेटमा पुँजी बजार प्राथमिकतामा परेपनि कार्यान्वनको पाटो भने निकै फितलो रहँदा ठोस उपलपब्धि भने हासिल हुन नसकेकेो देखिन्छ । चालु आर्थिक वर्षको बजेट (२०८२–०८३) मा पनि पुँजी बजारका धेरै विषयहरु प्राथमिकतामा परेका थिए । तथापि, पुँजी बजार सुधारको लागि प्राथमिकतामा परेका अधिकांश संरचनात्मक सुधारका […]
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम सोमबार २०८३ जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर […]
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो । १६७ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका […]
काठमाडौं । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ । नेपालमा १०० हाराहारी औषधि […]
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एक दिवसीय वृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको परामर्शदाता संस्था ‘ए.एम.एल नेपाल प्रा.लि.’ को सहजीकरणमा जेठ ८ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा सो कार्यक्रम आयोजना गरिएको थियो । पुँजी बजार र मर्चेन्ट बैंकिङ […]
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान […]
नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन्। आँख्लाको निकासी कर शतप्रतिशत भएकाले २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले बताए। “भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुन्छ, व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन्”, उनले भने। अध्यक्ष शर्माले सरकारसँग […]
काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’ सहितको डिजिटल डेन्टिस्ट्री सेन्टरको ‘ग्राण्ड लञ्च’ गरेको छ । सोमबार अस्पतालमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले रिवन काटेर डिजिटल डेन्टिस्ट्री कक्षको उद्घाटन गरेका हुन् । केडीसीले दाँतको इम्प्लान्ट, अवटमेन्ट, क्राउन, ब्रिज […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसिआई० ले सरकारलाई आगामी बजेटको लागि सुझाव दिएको हो । सुझावमा ‘उत्पादनले धान्ने अर्थतन्त्र’तर्फ जानुको विकल्प नरहेको उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित संकटले नेपालको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अब रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रबाट उत्पादनले धान्ने अर्थतन्त्रतर्फ जानुको विकल्प छैन ।’ वैदेशिक […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै करिब साढे १ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको पुस […]
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारलाई एक दर्जनभन्दा बढी महत्वपूर्ण सुझाव बुझाएको छ । संघले सुझावमार्फत बैंक तथा वित्तीय संस्थालाई लाने संस्थागत आयकर ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गर्नुपर्ने माग गरेको छ । संघले अर्थ मन्त्रालयमा पठाएको सुझावमा संस्थागत आयकरको दर घटाउने र व्यक्तिगत […]
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस बाहेक अन्य तीन निर्णय पनि गरेको छ । जसमा अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे–केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई […]
बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले बिर्तामोडमा आफ्नो नयाँ Ather Experience Center को भव्य उद्घाटन गरेको छ। यससँगै Ather ले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र रूपमा विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। बिर्तामोडमा अवस्थित नयाँ Experience Center को औपचारिक उद्घाटन आइतबार, जेठ […]
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले अरोरा भेन्चर्स ’Aurora Ventures’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ । यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न […]
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक २७.८५ अंकले बढेर २ हजार ७ सय ८६.३५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २ सय ३५ कम्पनीको सेयर भाउ बढेको छ भने २८ कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम […]
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ । प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रममा प्रशासनिक सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभाको आठौँ अधिवेसनको छैटौँ बैठकमा आर्थिक वर्ष २०८३ /८४ […]
काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्न घोषणा गरेको लाभांशलाई रद्द गरेको छ । जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र ०.५० […]
काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन् । ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत सकेका हुन् । देशभरका एक सय ६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी […]
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, उक्त सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न केही समय लिन सक्ने बताइएको हो । रिपोर्टमा उद्धृत एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबीच सकारात्मक प्रगति भइरहेको छ […]
दमौली । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एसियाली बिकास बैङ्कको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ […]
कास्की। पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुवातसमेत गरेका थिए । तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका थिए । […]
गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३र०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट […]
काठमाडौं । चालु आर्थिक वार्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुबीमा (माइक्रो इन्स्योरेन्स) कम्पनीहरुको खुद नाफामा सामान्य वृद्धि भएको छ । सञ्चालनमा रहेका ७ लघुबीमा कम्पनीहरुको एक वर्षमा समग्रमा नाफा ११.५३ प्रतिशतले बढेर ६ करोड १६ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले ५ करोड ५२ लाख ९५ हजार रुपैयाँ खुद […]