काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिए पदमात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिने बताएका हुन् । नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम […]
काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साह संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री संसदमा आएर नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनु पर्छ भन्ने आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले […]
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख २१ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०८ जनालाई कारबाही […]
काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ । मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनले विना अनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने […]
काठमाडौं । हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले उक्त अध्ययनसम्बन्धी […]
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुंगा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । उनका […]
काठमाडौं । विदेशी मुद्राको बढ्दो सञ्चितिलाई उपयोग गर्न नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । त्यस्तो सञ्चितिलाई सोभरेन वेल्थ फन्डमार्फत उपयोग गर्ने गरी केन्द्रिय बैंकले अध्ययन अगाडि बढाएको हो । यसका लागि आवश्यक कार्यविधि बनाउन प्रारम्भिक अध्ययन अघि बढाइएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘सोभरेन वेल्थ फन्ड सञ्चालनका लागि एउटा मोडालिटी बनाउनु […]
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । करकट्टी विवरण आन्तरिक राजस्व प्रणालीसँग आबद्ध गर्न स्थायी लेखा नम्बर आवश्यक भएकाले ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ सेवा वा बैंकको पोर्टल तथा शाखामार्फत यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । स्थायी लेखा नम्बर अद्यावधिक भएपछि […]
काठमाडौं । मोक्सी काठमाडौंले मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटको भ्रमणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै विशेष स्वागत गरेको जनाएको छ। होटलका अनुसार अध्यक्ष मेरियट हालै नेपाल भ्रमणका क्रममा मोक्सी काठमाडौं पुगेका थिए। उहाँसँगै मेरियट इन्टरनेशनलका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष राजीव मेनन, प्रमुख सञ्चालन अधिकृत निराज गोविल, प्रमुख आवास उत्पादन तथा सेवा अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै जग्गासम्बन्धी सेवाको उपयोग र राजस्व भुक्तानीलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले जारी गरेको संशोधित व्यवस्थाअनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले नापी कार्यालयबाट प्राप्त हुने जग्गाको नक्सा, फिल्डबुक तथा प्लट रजिस्टरको प्रतिलिपि लिनका […]
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक २.५७ अंकले बढेर २ हजार ७ सय ३६.१७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय २७ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ३४ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार […]
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) फेरि आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको संकेत देखिएको छ। २४औँ वार्षिक साधारणसभा र नेतृत्व चयनको पूर्वसन्ध्यामा संस्थाका अध्यक्ष गणेश कार्कीको आधिकारिक धारणा विरुद्ध उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक विज्ञप्ति जारी गरेपछि इपानभित्रको मतभेद सतहमा आएको हो। दुलालले अध्यक्ष कार्कीले जेठ २५ गते जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै […]
कीर्तिपुर । पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा […]
नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको छ । संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी […]
काठमाडौँ । चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ मनोरञ्जन दिलाउनेछ । नेपालको समयअनुसार […]
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लागू हुने कर तथा भन्सार संरचनामा गरेको संशोधनपछि नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकी ई–भिटाराको मूल्य घटाएको छ। कम्पनीले तत्काल प्रभावबाट ई–भिटाराका सबै चार भेरियन्टमा एक लाख रुपैयाँसम्म मूल्य कटौती गरेको जनाएको छ। कम्पनीका अनुसार सरकारले ईभीमा दिएको कर सहुलियतको सम्पूर्ण लाभ ग्राहकसम्म पुर्याउने नीतिअनुसार […]
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ आज जेठ २७ गते बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलमा आज उक्त कम्पनीको आईपीओ बाँडफाँड भएको हो । कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ […]
काठमाडौं । नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड […]
दुबई । अमेरिका र इरानबीचको तनाव फेरि चर्किँदा मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बनेको छ । अमेरिकी हेलिकप्टर दुर्घटनाका लागि तेहरानलाई जिम्मेवार ठहराउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी लक्ष्य तथा सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । इरानी […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ । बिहान ११ः०० बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ः०० बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद […]
काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित अपराध’ सम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिएको छ । न्यायाधीश मोहन सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ अनुसार अभियोग हटाउन आदेश दिएको हो । यससँगै लामिछानेमाथि लगाइएको संगठित अपराधको अभियोग हट्ने भए पनि सहकारी ठगीसम्बन्धी मुद्दा भने […]
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया पुनः अघि बढाउने निर्णय गरेका छन्। मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले आफ्नो कार्यकालका पहिलो चार निर्णयमध्ये एकका रूपमा विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने घोषणा गरेका हुन्। उनले उक्त घटनाबारे रहेका विभिन्न जिज्ञासा, शंका तथा […]
काठमाडौं । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘हाल पानी […]
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक संशोधन, विद्युतीय सवारी साधनको आयात प्रक्रिया र भन्सार जाँचपासबारे पछिल्ला दिनमा फैलिएका विभिन्न आरोप र दुष्प्रचारलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। मन्त्रालयले मंगलबार एक स्पष्टिकरण जारी गर्दै विधेयकमा गरिएको संशोधन करका दर परिवर्तनका लागि नभई प्राविधिक र भाषागत त्रुटि सच्याउने उद्देश्यले मात्र गरिएको बताएको हो । मन्त्रालयले जेठ १५ […]
काठमाडौं । मध्यपूर्वमा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अधिकांश देशका शेयर बजारमा सुधार देखिएको छ । कृत्रिम बुद्धिमत्ता सम्बन्धी कम्पनीहरूमा पुनः लगानीकर्ताको आकर्षण बढ्दा सेयर बजारले सकारात्मक गति लिएको हो । दक्षिण कोरियाको प्रमुख सेयर सूचकांक सोमबारको ठूलो गिरावटपछि मंगलबार उल्लेखनीय रूपमा बढ्यो । अमेरिकी ब्याजदर बढ्न सक्ने सम्भावना […]
महेन्द्रनगर । सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ । आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार गर्ने घोषणासमेत गरिएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी यादव बरालले मूल नहर निर्माण […]
काठमाडौँ । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ९२ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५१ र तीव्रगतिमा सवारीसाधन […]
काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि विपक्षीले विरोध गरेका छन् । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् । सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठेका थिए । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए […]
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाउने घोषणा गरेका छन् । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सम्मेलनमा आज सम्बोधन गर्दै उनले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकाङ्क्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रमबजार निर्माण गर्ने १० वर्षे कार्ययोजना बनाइएको उल्लेख […]
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन् । सङ्घको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उनी विजयी भएका हुन् । अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ […]
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन÷तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा बढाउँदै लघु, साना तथा मझौला व्यवसायीलाई समेत यसको दायरामा समेटेको छ। सोमबार मार्गनिर्देशनमा संशोधन गर्दै अब डिजिटल माध्यमबाट अधिकतम १० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। यसअघि यस्तो सीमा ५ लाख रुपैयाँ मात्र थियो। नयाँ व्यवस्थाअनुसार साना तथा मझौला व्यवसायीले आफ्नो डिजिटल खरिदबिक्री तथा भुक्तानी […]
काठमाडौं । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुङ्गा(सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेका उनले जानकारी […]
काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो । हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ […]