काठमाडौँ । हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार […]
काठमाडौँ । चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म रु ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब […]
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो । उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर […]
काठमाडौं । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा रहेका उक्त बैंकका दुई वरिष्ठ अधिकारीहरूले शुक्रबार होटेल म्यारियटको एक सभा कक्षमा नेपालका प्रमुख वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली […]
काठमाडौं । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इङ्गल्याण्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ । यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् । […]
नेपालगन्ज । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जले जनाएको छ । कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा (डिजाइन) अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र […]
काठमाडौं । अमेरिका र इरानबीच सम्झौता हुने आशाका बीच, कच्चा तेलको मूल्य हालै उल्लेखनीय रूपमा घटेको छ, जुन फेब्रुअरी २८ भन्दा पहिलेको स्तरमा पुगेको छ । स्ट्रेट अफ हर्मुज हुँदै हुने ट्राफिक सामान्यीकरण हुँदै गर्दा आगामी दिनहरूमा तेलको मूल्यमा असर पर्नेछ । अत्यधिक आपूर्तिले तेलको मूल्यमा उल्लेखनीय गिरावट ल्याउन सक्ने विश्वास गरिन्छ । यसैबीच, चीन […]
काठमाडौं । अब सिटिजन्स बैंक इन्टरनेसनलको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन गर्न सकिने छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट नियमित लगानीको सुविधा उपलब्ध गराउने उद्देश्यले सिटिजन्स क्यापिटल लिमिटेड सँगको सहकार्यमा सञ्चालन गर्दै आएको ‘सिटिजन्स सदाबहार योजना (एसआईपी)’ मा बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङमार्फत नै आवेदन दिन सकिने व्यवस्था सुरु गरेको हो । […]
काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८/८३ को जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार भएको देखिएको छ। यस अवधिमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म २६ लाख ५१ हजार १० वटा बीमालेख बिक्री भएका छन्। […]
काठमाडौं । नेपालका लागि दिपल विद्युतीय सवारीसाधन (इभी) को आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको महाराजगञ्जमा नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले एपोलो मोटर्सलाई नयाँ आधिकारिक डिलर नियुक्त गर्दै राजधानीमा आफ्नो बजार उपस्थितिलाई थप विस्तार गरेको जनाएको छ। नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका […]
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी एकापसमा मर्ज भएका छन् । मर्जरपछि यी दुई कम्पनीले असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार गरिने कम्पनीले जनाएको छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहनेछ […]
काठमाडौं । कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विस्तारसँगै सेमीकन्डक्टर चिपको अभाव र मूल्यवृद्धिले विश्व प्रविधि उद्योगमा प्रत्यक्ष असर पारेको छ। यही कारण देखाउँदै विश्वका दुई ठूला प्रविधि कम्पनीले आफ्ना लोकप्रिय उत्पादनको मूल्य उल्लेख्य रूपमा बढाएका छन्। एप्पलले आफ्ना विभिन्न प्रकारका कम्प्युटर र ट्याबलेटको मूल्य वृद्धि गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार धेरैजसो लोकप्रिय उत्पादनको […]
काठमाडौं । सत्तारुढ रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक लगातार दोस्रो पटक स्थगित भएको छ।यसअघि असार ११ गतेका लागि तय गरिएको बैठक स्थगित गरिएको थियो भने शुक्रबार बस्ने भनिएको बैठक पनि सारेर अब असार १३ गते शनिबार बिहान ११ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवश बैठक सञ्चालन हुन नसक्ने […]
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए । पालिकाले जलविद्युत् र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरु क्रसर […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई गरेको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ । यसअघि राष्ट्र बैंकले पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाही गरेको थियो । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै कारवाही फुकुवा गरेको जानकारी दिएको हो । ‘पोखरा फाइनान्स लिमिटेड, पोखरा, कास्कीको २०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत […]
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०, संकेत बत्ती उल्लंघनकर्ता १२३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६० […]
काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली […]
सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भूत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् […]
काठमाडौं । ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित कार्यक्रममा विभिन्न कम्पनी तथा ‘सुपरमार्केट’का प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी र ओमानस्थित नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढीको सहभागिता थियो । त्यस […]
काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा आज कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधिअनुसार सहभागीलाई श्रमिक कल्याण कोषबाट गाउँपालिकाले मासिक रु ५०० र […]
काठमाडौं । डेरी उद्योग संघको अध्यक्ष पदमा निरञ्जन श्रेष्ठ चयन भएका छन् । काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि एघार सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो । यसअघि राजधानी डेरी प्रालिका राजकुमार दाहाल अध्यक्ष रहेका थिए । त्यसैगरी उपाध्यक्षमा आधुनिक डेरी प्रालिका […]
काठमाडौं । नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग आजदेखि पुनःसञ्चालनमा ल्याइने भएका हुन् । नेपाल चिया उत्पादक सङ्घले आज जारी गरेको विज्ञप्तिमा सरकारबाट चिया क्षेत्रका समस्यालाई समाधान गर्ने […]
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति अनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका १४ करोड ९१ लाख […]
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानग1रपालिकाको वडा नं. ४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवनको एक भव्य कार्यक्रम मार्फत् समुद्घाटन गरे । नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति अर्थमन्त्रीले खुशी प्रकट गरे । सो उद्घाटन कार्यक्रममा […]
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रमा पनि […]
दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि रु २५ करोड समावेश भएको हो । विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ […]
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालय अन्तर्गतको नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित […]
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । योसँगै कम्पनीहरुको सेयर भाउ दिनप्रतिदिन घट्दै गएको छ । असार १० गतेको क्लोजिङ प्राइसलाई हेर्दा सूचीकृत २७६ कम्पनीहरुमध्ये ३९ कम्पनीहरुको सेयर मूल्य तीन सय रुपैयाँभन्दा कम रहेको छ । सेयर मूल्य ३ सयभन्दा कम हुनेमा अधिकांश जलविद्युत् समूहका कम्पनीहरु रहेका छन् । नेपालको सेयर […]
काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड गरिएको हो । यस कम्पनीको आइपीओ ७० हजार ५५० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । सर्वोत्तम पेन्ट्सले गत जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता […]
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्र गतिमा सवारीसाधन […]
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएका खेलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले पराजित गर्दै ७ अंकसहित समूह विजेता बन्यो। ब्राजिलका भिनिसियस जुनियरले दुई तथा मथेउस कुन्हाले एक गोल गरे। यस्तै, मोरक्कोले हाइटीलाई ४–२ गोलले हराउँदै ७ अंक नै जोड्यो। समान अंक भए पनि […]
काठमाडौं । आज निर्जला एकादशी (तुलसीको दल राख्ने) दिन रहेको छ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल […]
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त आफ्ना सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाको प्रतिनिधित्व […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]