Nepal



फिफा विश्वकप २०२६ : ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएका खेलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्र

एनआईसी एशिया बैंकले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइएमबि ए
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति अनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका १४ करोड ९१ लाख […]

नेपाल बैंकको हेटौंडामा अत्याधुनिक नवनिर्मित भवन समुद्घाटन, थप प्रभावकारी सेवाको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानग1रपालिकाको
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको हेटौंडामा अत्याधुनिक नवनिर्मित भवन समुद्घाटन, थप प्रभावकारी सेवाको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानग1रपालिकाको वडा नं. ४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवनको एक भव्य कार्यक्रम मार्फत् समुद्घाटन गरे । नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति अर्थमन्त्रीले खुशी प्रकट गरे । सो उद्घाटन कार्यक्रममा […]

जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्
BizKhabar Online » BizKhabar Online

जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रमा पनि […]

टरिगाउँ विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिने, २५ करोड विनियोजन

दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन
BizKhabar Online » BizKhabar Online

टरिगाउँ विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिने, २५ करोड विनियोजन

दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि रु २५ करोड समावेश भएको हो । विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ […]

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, यस्तो छ सूचना

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, यस्तो छ सूचना

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालय अन्तर्गतको नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित […]

लगानीकर्तालाई कम मूल्यमा नै बैंकको सेयर किन्ने अवसर, आधाभन्दा बढी वाणिज्य बैंकको सेयर तीन सयभन्दा मुनि

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । योसँगै कम्पनीहरुको सेयर भाउ दिनप्रत
BizKhabar Online » BizKhabar Online

लगानीकर्तालाई कम मूल्यमा नै बैंकको सेयर किन्ने अवसर, आधाभन्दा बढी वाणिज्य बैंकको सेयर तीन सयभन्दा मुनि

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । योसँगै कम्पनीहरुको सेयर भाउ दिनप्रतिदिन घट्दै गएको छ । असार १० गतेको क्लोजिङ प्राइसलाई हेर्दा सूचीकृत २७६ कम्पनीहरुमध्ये ३९ कम्पनीहरुको सेयर मूल्य तीन सय रुपैयाँभन्दा कम रहेको छ । सेयर मूल्य ३ सयभन्दा कम हुनेमा अधिकांश जलविद्युत् समूहका कम्पनीहरु रहेका छन् । नेपालको सेयर […]

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँड, ७० हजार ५५० जनाले पाए १० कित्ता

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर ब
BizKhabar Online » BizKhabar Online

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँड, ७० हजार ५५० जनाले पाए १० कित्ता

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड गरिएको हो । यस कम्पनीको आइपीओ ७० हजार ५५० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । सर्वोत्तम पेन्ट्सले गत जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता […]

२४ घण्टामा ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

२४ घण्टामा ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्र गतिमा सवारीसाधन […]

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

काठमाडौं । आज निर्जला एकादशी (तुलसीको दल राख्ने) दिन रहेको छ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्
BizKhabar Online » BizKhabar Online

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

काठमाडौं । आज निर्जला एकादशी (तुलसीको दल राख्ने) दिन रहेको छ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल […]

एन्फाले गर्यो नेपाली फुटबललाई निलम्बन, कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ
BizKhabar Online » BizKhabar Online

एन्फाले गर्यो नेपाली फुटबललाई निलम्बन, कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त आफ्ना सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाको प्रतिनिधित्व […]

कुरिलो प्रतिकिलो रु ३००, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ३००, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोडको, कुन कुन क्षेत्रमा कति विनियोजन ?

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार र
BizKhabar Online » BizKhabar Online

ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोडको, कुन कुन क्षेत्रमा कति विनियोजन ?

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याएको हो। बुधबार आयोजित नगरसभामा उपमेयर मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गर्दै कर्मचारी तलब, सामाजिक सुरक्षा तथा प्रशासनिक दायित्व बढ्दै गएकाले चालु खर्चमा वृद्धि गरिएको जानकारी […]

पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा रिट, थुनामुक्त गर्न माग

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा प
BizKhabar Online » BizKhabar Online

पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा रिट, थुनामुक्त गर्न माग

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन्। दोमायाले पौडेलको पक्राउ बदर गरी थुनामुक्त गर्न आदेश जारी गर्न माग गर्दै रिट निवेदन दर्ता गरेकी हुन्। रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग […]

मौद्रिक नीतिमा चेम्बरको सुझाव : लक्षित आर्थिक वृद्धि हासिल गर्न कर्जा प्रवाह बढाउनुपर्यो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री ब
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिमा चेम्बरको सुझाव : लक्षित आर्थिक वृद्धि हासिल गर्न कर्जा प्रवाह बढाउनुपर्यो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायीलाई सहज वातावरण सिर्जना गर्ने गरी […]

बैंक तथा वित्तीय संस्थालाई ब्याज पुँजीकरण गर्न नयाँ व्यवस्था, यस्तो छ केन्द्रिय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरे
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थालाई ब्याज पुँजीकरण गर्न नयाँ व्यवस्था, यस्तो छ केन्द्रिय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै दीर्घकालीन परियोजनामा ब्याज पुँजीकरण गर्न नयाँ व्यवस्था लागू गरेको छ। संशोधित व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाले दीर्घकालीन प्रकृतिका परियोजनामा कर्जा प्रवाह गर्दा व्यवसायिक सञ्चालनबाट नगद प्रवाह नहुँदासम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई पुँजीकरण गर्न सक्नेछन्। […]

प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाच
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको जनाएको छ । सो संस्थाले मुलुकभरका १ सय ६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका तीन हजार ४०६ उम्मेदवारमध्ये १४४ नमुना उम्मेदवारको खर्चको […]

प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा, एक मन्त्रीलाई ५ जनासम्म सल्लाहकारको सुविधा

काठमाडौं । सरकारले मन्त्रीहरूको कार्यसम्पादनलाई प्रभावकारी, परिणाममुखी र विषयगत रूपमा सुदृढ बन
BizKhabar Online » BizKhabar Online

प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा, एक मन्त्रीलाई ५ जनासम्म सल्लाहकारको सुविधा

काठमाडौं । सरकारले मन्त्रीहरूको कार्यसम्पादनलाई प्रभावकारी, परिणाममुखी र विषयगत रूपमा सुदृढ बनाउन स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना व्यवस्थित गरेको छ । मन्त्रिपरिषद्को गत वैशाख २ गतेको निर्णयअनुसार मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सीमित सङ्ख्यामा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको हो । निर्णयानुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि, […]

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । लगातार तेस्रो कारोबारको दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार
BizKhabar Online » BizKhabar Online

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । लगातार तेस्रो कारोबारको दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक घटेको छ भने कारोबार बढेको छ । यसदिन नेप्से परिसूचक १४.४५ अंकले घटेर २ हजार ६ यस ६०.०२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय २ कम्पनीको […]

मौद्रिक नीतिका लागि उद्योग परिसंघको सुझाव : आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने नीतिमा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल र
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिका लागि उद्योग परिसंघको सुझाव : आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने नीतिमा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक लाई सुझाव दिएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बजार माग बढाउने नीतिमा जोड दिन सुझाव दिएका हुन् । परिसंघले बाह्य क्षेत्रका समष्टिगत आर्थिक सूचकहरु सन्तोषजनक र बलियो रहे पनि आन्तरिक आर्थिक गतिविधि […]

यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले असार ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको ३२औं व
BizKhabar Online » BizKhabar Online

यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले असार ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको ३२औं वार्षिक साधारण अमरपाली ब्यांक्वेट क्याटरिङ एन्ड इभेन्ट्स बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सधारण सभाको विशेष प्रस्तावमा लाभांश वितरण गर्ने प्रस्ताव पारित रहेको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ […]

६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन, ५ अर्ब २७ करोड रुपैयाँ माग

काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आ
BizKhabar Online » BizKhabar Online

६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन, ५ अर्ब २७ करोड रुपैयाँ माग

काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन ६ हजार बचतकर्ताले आवेदन गरेका छन् । सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको सङ्ख्या बढ्दै जान थालेको जानकारी दिएको छ । वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् । विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक […]

मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव : कर्जाको सीमा घटाउनेदेखि ब्याजदर घटबढ गर्न पाउनुपर्ने

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि २१ बुँदे सुझाव दिएको छ । स
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव : कर्जाको सीमा घटाउनेदेखि ब्याजदर घटबढ गर्न पाउनुपर्ने

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि २१ बुँदे सुझाव दिएको छ । सुझावमा उनीहरुले कर्जाको सीमा घटाउनेदेखि ब्याजदर घटबढ गर्न पाउनुपर्नेसम्मका कुराहरु उल्लेख छन् । बैंकहरुले ऋणको ब्याजदर निर्धारण गर्दा थप गर्ने प्रिमियम (अतिरिक्त मूल्य) घटबढ गर्न पाउनुपर्ने माग गरेका छन् । साथै, विपन्न वर्ग कर्जाको सीमा ५ प्रतिशतबाट घटाउनुपर्नेलगायत […]

राष्ट्रिय मनी चेन्जरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको छ । केन्द्
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय मनी चेन्जरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले भीमदत्तनगर ४, महेन्द्रनगर कञ्चनपुरमा कार्यालय रहेको उक्त मनी चेञ्जरको आग्रहमा अनुमतिपत्र खारेज गरेको हो । मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम २२ बमोजिम मनी चेन्जरले स्वेच्छिक रुपमा कारोबार बन्द गर्न केन्द्रीय बैंकमा निवेदन पेश गरेको थियो […]

बैंकिङ प्रणालीमा अधिक तरलता : आज ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : आज ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ७९ दिनका लागि ७० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

दुबईबाट मात्रै नेपालले ल्यायो १३ सय किलो सुन, पौने २६ अर्ब बाहिरिँदा साढे २ अर्ब राजस्व संकलन

काठमाडौं । विश्व सुन व्यापारको प्रमुख केन्द्रका रूपमा परिचित दुबईले चालु आर्थिक वर्षको पहिलो ११
BizKhabar Online » BizKhabar Online

दुबईबाट मात्रै नेपालले ल्यायो १३ सय किलो सुन, पौने २६ अर्ब बाहिरिँदा साढे २ अर्ब राजस्व संकलन

काठमाडौं । विश्व सुन व्यापारको प्रमुख केन्द्रका रूपमा परिचित दुबईले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाललाई १ हजार ३ सय ५३ किलो सुन बिक्री गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म उक्त परिमाणको सुन नेपाल भित्रिएको हो । आयात गरिएको सुनको कुल मूल्य २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको छ । यसै […]

सुनको मूल्यमा ३६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ३६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

रास्वपा महाधिवेशनः ८० विद्युतीय उपकरणबाट मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८
BizKhabar Online » BizKhabar Online

रास्वपा महाधिवेशनः ८० विद्युतीय उपकरणबाट मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको नाम र तस्बिर राखेर मतदान गराइने छ । मध्याह्नदेखि पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरु खटिइरहेको जानकारी दिँदै उनले नमुना […]

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्त
BizKhabar Online » BizKhabar Online

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले […]

वाणिज्य बैंकहरुसँग मात्रै पौने १२ खर्ब ऋण दिन मिल्ने रकम, कुन महिना कसरी बढ्यो निक्षेप र कर्जा ?

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा प्रवाहबीच असन्तुलन देखिन थालेको छ । पछ
BizKhabar Online » BizKhabar Online

वाणिज्य बैंकहरुसँग मात्रै पौने १२ खर्ब ऋण दिन मिल्ने रकम, कुन महिना कसरी बढ्यो निक्षेप र कर्जा ?

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा प्रवाहबीच असन्तुलन देखिन थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै गएको छ भने कर्जा प्रवाहमा सुस्तता छाएको छ । यसले वित्तीय प्रणालीमा असन्तुलनको अवस्था सिर्जना भएको हो । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामध्ये साउन महिनामा बाहेकका अरु प्रत्यक […]

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४
BizKhabar Online » BizKhabar Online

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । उक्त अवधिमा रु पाँच […]

ट्राफिक कारबाहीमा एकैदिन १७ लाख २४ हजार राजस्व सङ्कलन, २५ सय सवारीचालक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन १७ लाख २४ हजार राजस्व सङ्कलन, २५ सय सवारीचालक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही […]

पूर्व अर्थमन्त्री पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा र
BizKhabar Online » BizKhabar Online

पूर्व अर्थमन्त्री पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेपछि विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विभागले उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर मंगलबार काठमाडौं पुर्याएको थियो ।

सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड, शिक्षकहरुलाई लगातार तालिम दिईँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधार र विद्यार्थी मूल्याङ्कन
BizKhabar Online » BizKhabar Online

सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड, शिक्षकहरुलाई लगातार तालिम दिईँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधार र विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखनका लागि शिक्षकलाई प्रशिक्षण दिन थालेको छ । यसै सन्दर्भमा कामपाले कक्षा ४ र ५ का शिक्षकलाई विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखनसम्बन्धी सरकारले जारी गरेको शासकीय सुधारको बुँदा नं ८९ कार्यान्वयनका लागि प्रशिक्षण सुरु गरेको कामपाको भनाइ छ । शिक्षा विभागका प्रमुख […]

विदेश पठाउने भन्दै ठगी बढ्दो, तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै २३ लाख ६५ हजार
BizKhabar Online » BizKhabar Online

विदेश पठाउने भन्दै ठगी बढ्दो, तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका–३ का ३४ वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका–६ का ३४ वर्षीय मनिष पोदार रहेका उपत्यका […]

श्रीलङ्कामा डेङ्गु नियन्त्रणमा सेना परिचालन, हजार बढी बिरामी अस्पताल भर्ना

काठमाडौं । श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचा
BizKhabar Online » BizKhabar Online

श्रीलङ्कामा डेङ्गु नियन्त्रणमा सेना परिचालन, हजार बढी बिरामी अस्पताल भर्ना

काठमाडौं । श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ र स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक एक हजारभन्दा बढी नयाँ बिरामी भर्ना भइरहेको चेतावनी दिएका छन् । राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गु नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन् । […]

Get more results via ClueGoal