Nepal



सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्च
BizKhabar Online » BizKhabar Online

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारीचालकमाथि कारबाहीसहित जरिबाना गरेको छ । आइतबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालोसिसा प्रयोग गरेका ती सवारीसाधन चालकलाई जरिबानासहित कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए […]

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोब
BizKhabar Online » BizKhabar Online

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर एसएचए २ सय २७ को जहाजले ककपिट
BizKhabar Online » BizKhabar Online

ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर एसएचए २ सय २७ को जहाजले ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। जहाजले दिउँसो करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। उडानकै क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले सुरक्षा सतर्कता अपनाउँदै जहाजलाई भैरहवामा आपतकालीन रूपमा अवतरण गराएको विमानस्थल […]

सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक स्वीकृत, पेश्की रकम अन्यत्र खर्च गरे फौजदारी मुद्धा

काठमाडौं । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित ग
BizKhabar Online » BizKhabar Online

सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक स्वीकृत, पेश्की रकम अन्यत्र खर्च गरे फौजदारी मुद्धा

काठमाडौं । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित गर्न ल्याइएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्तव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा उठेका प्रश्नको […]

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

काठमाडौं । मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि रणनीतिक महत्वको स्ट्
BizKhabar Online » BizKhabar Online

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

काठमाडौं । मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा इरानले यसको सशक्त प्रतिकार गर्ने बताएको छ । रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा तनाव बढ्ने इरानका विदेशमन्त्रीले आइतबार चेतावनी दिएका हुन् । ‘इस्लामिक गणतन्त्र इरानले अघि बढाइरहेको […]

फ्रान्समा गर्मीजन्य समस्याका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृ
BizKhabar Online » BizKhabar Online

फ्रान्समा गर्मीजन्य समस्याका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृत्यु भएको छ ।‘जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त मृत्यु देखिएको छ,’ पब्लिक हेल्थ फ्रान्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पब्लिक हेल्थ फ्रान्सले जोखिमको चेतावनी घोषणा गरिएका क्षेत्रहरू सबैभन्दा बढी […]

विशाल बजारमा सार्वजनिक अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर जडान, आपतकालीन प्रतिकार्यलाई सुदृढ बनाउने

काठमाडौं। नेपालमा आपतकालीन तयारी र समुदायमा आधारित जीवनरक्षक सेवालाई सुदृढ बनाउने अर्को महत्वप
BizKhabar Online » BizKhabar Online

विशाल बजारमा सार्वजनिक अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर जडान, आपतकालीन प्रतिकार्यलाई सुदृढ बनाउने

काठमाडौं। नेपालमा आपतकालीन तयारी र समुदायमा आधारित जीवनरक्षक सेवालाई सुदृढ बनाउने अर्को महत्वपूर्ण कदमस्वरूप काठमाण्डौको सबैभन्दा व्यस्त व्यावसायिक केन्द्रहरूमध्ये एक विशाल बजारमा सर्वसाधारणले प्रयोग गर्न सक्ने अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (AED) जडान गरिएको छ। केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम सुरु गरेपछि HAPSA Nepal ले स्थापना गरेको यो दोस्रो सार्वजनिक स्थानको AED हो । HAPSA Nepal […]

एलजीका इसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

काठमाडौं । LG Electronics Singapore ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकत
BizKhabar Online » BizKhabar Online

एलजीका इसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

काठमाडौं । LG Electronics Singapore ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। काठमाडौंस्थित Vivanta Kathmandu मा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। “हरेक घरको खुशी, घर–घरमा LG” अभियानअन्तर्गत सार्वजनिक गरिएको Essential Series […]

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित, ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गर्ने अर्थमन्त्रीको दाबी

काठमाडौँ । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित, ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गर्ने अर्थमन्त्रीको दाबी

काठमाडौँ । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए । “विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर […]

सेयर बजार ओरालो लयमा हुँदा यस्तो छ उच्च सेयर मूल्य भएका २० कम्पनीको अवस्था (विवरणसहित)

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरोलो लागेको छ । ३२ सय नजिक पुगेको नेपाल स्टक एक्सचेन्ज (न
BizKhabar Online » BizKhabar Online

सेयर बजार ओरालो लयमा हुँदा यस्तो छ उच्च सेयर मूल्य भएका २० कम्पनीको अवस्था (विवरणसहित)

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरोलो लागेको छ । ३२ सय नजिक पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिले २ हजार ६ यस ५० को बिन्दुमा आएको छ । लगानीकर्ताको आत्मविश्वास गुम्दा नेप्से परिसूचक निरन्तर घट्दै आएको छ । कारोबार रकम पनि निरन्तर खुम्चिदै आएको छ । सूचीकृत कम्पनीहरुको सेयर मूल्य निरन्तर घट्दा […]

नेपालको इन्टरनेट बजारमा चार सेवाप्रदायकको दबदबा, कुन कम्पनीको हिस्सा कति ?

काठमाडौं । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजारमा चार प्रमुख सेवाप्रदायकको दबदबा कायम रह
BizKhabar Online » BizKhabar Online

नेपालको इन्टरनेट बजारमा चार सेवाप्रदायकको दबदबा, कुन कम्पनीको हिस्सा कति ?

काठमाडौं । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजारमा चार प्रमुख सेवाप्रदायकको दबदबा कायम रहेको देखिएको छ । इन्टरनेटका कुल ग्राहकमध्ये करिब ६० प्रतिशत हिस्सा केवल चार कम्पनीले ओगटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ग्राहक संख्यामा सबैभन्दा ठूलो हिस्सा वल्र्डलिंकको रहेको छ भने त्यसपछि क्रमशः नेपाल टेलिकम, डिसमिडिया नेटवर्क र भायानेट कम्युनिकेसन रहेका छन् । […]

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गतको ओपीडी सेवा पुनःसुरु हुने, यस्तो छ सूचना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्
BizKhabar Online » BizKhabar Online

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गतको ओपीडी सेवा पुनःसुरु हुने, यस्तो छ सूचना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आगामी भोलि (असार १५ गते)देखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो। यस निर्णयबाट स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सर्वसाधारण […]

नेपाल टेलिकमले आजदेखि नयाँ ‘सदस्यता-आधारित’ सेवा सुरु गर्दै, हरेक महिना प्याकेज एक्टिभ गर्नुपर्ने झन्झट हट्ने

काठमाडौं। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले आजदेखि नयाँ ‘सदस्यता-आधारित’ सेवा सुरु गर्दै, हरेक महिना प्याकेज एक्टिभ गर्नुपर्ने झन्झट हट्ने

काठमाडौं। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि नयाँ सदस्यता-आधारित सेवा सुरु गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले शनिबार सामाजिक सञ्जालमार्फत यस विषयमा जानकारी गराएका हुन्। नयाँ व्यवस्था लागू भएसँगै प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न आकर्षक मासिक प्याकेजहरू उपलब्ध हुनेछन्। मन्त्री तिमलसिनका अनुसार यो सेवाको मुख्य […]

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा वुलिङका चार विद्युतीय गाडी सार्वजनिक हुँदै

काठमाडौं । नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले आगामी नाइमा
BizKhabar Online » BizKhabar Online

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा वुलिङका चार विद्युतीय गाडी सार्वजनिक हुँदै

काठमाडौं । नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा वुलिङका चार नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ । विश्वप्रसिद्ध एसएआईसी–जीएम–वुलिङ समूहद्वारा निर्मित यी गाडीहरूले नेपाली बजारमा परिवार, सहरी प्रयोग तथा लामो दूरीका यात्रुलाई लक्षित गर्दै नयाँ विकल्प थप्ने कम्पनीले जनाएको छ । सन् १९५८ देखि उत्पादन […]

मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज : ओली, प्रचण्ड, माधव र झलनाथ एउटै मञ्चमा उपस्थित हुँदै

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज विविध कार्यक्रम गरी
BizKhabar Online » BizKhabar Online

मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज : ओली, प्रचण्ड, माधव र झलनाथ एउटै मञ्चमा उपस्थित हुँदै

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो । फाउन्डेसनले जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण […]

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प, राजधानी काबुल र अन्य क्षेत्रमा पनि कम्पन महसुस

काबुल । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच
BizKhabar Online » BizKhabar Online

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प, राजधानी काबुल र अन्य क्षेत्रमा पनि कम्पन महसुस

काबुल । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् । अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । युएसजिएसले भूकम्पको केन्द्रविन्दु […]

ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व संकलन, १९२२ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९२२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यस
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व संकलन, १९२२ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९२२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन […]

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीयलाई नि:शुल्क बिजुली दिने

लमजुङ । संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तया
BizKhabar Online » BizKhabar Online

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीयलाई नि:शुल्क बिजुली दिने

लमजुङ । संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक नि:शुल्क बिजुली उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् नि:शुल्क दिने भएको हो । मर्स्याङ्दीले आगामी आवको […]

समस्याग्रस्त सहकारी मर्जरमा काठमाडौँ महानगरपालिको कडाई, राख्यो यस्ता सर्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एक आपसमा गाभ्नका लागि सर्तहरू अगाडि
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त सहकारी मर्जरमा काठमाडौँ महानगरपालिको कडाई, राख्यो यस्ता सर्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एक आपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ । कामपा क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बनधीत संस्थाको विभिन्न सर्तहरू अघि सारेको छ । सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार लगातार दुई वर्षसम्म कुनै […]

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौँ । हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी
BizKhabar Online » BizKhabar Online

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौँ । हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार […]

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमल
BizKhabar Online » BizKhabar Online

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म रु ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब […]

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता
BizKhabar Online » BizKhabar Online

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो । उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर […]

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु, अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

काठमाडौं । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेप
BizKhabar Online » BizKhabar Online

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु, अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

काठमाडौं । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा रहेका उक्त बैंकका दुई वरिष्ठ अधिकारीहरूले शुक्रबार होटेल म्यारियटको एक सभा कक्षमा नेपालका प्रमुख वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली […]

अझै एक–एक खेल खेल्न बाँकी इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफ
BizKhabar Online » BizKhabar Online

अझै एक–एक खेल खेल्न बाँकी इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इङ्गल्याण्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ । यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् । […]

राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो : ७०० मिटर लम्बाई, ११९ करोड लागत

नेपालगन्ज । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की प
BizKhabar Online » BizKhabar Online

राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो : ७०० मिटर लम्बाई, ११९ करोड लागत

नेपालगन्ज । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जले जनाएको छ । कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा (डिजाइन) अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र […]

पेट्रोल र डिजेलको मूल्य घटने वा नघटने भन्ने विषय चीनमा निर्भर ! यस्ता छन् कारण

काठमाडौं । अमेरिका र इरानबीच सम्झौता हुने आशाका बीच, कच्चा तेलको मूल्य हालै उल्लेखनीय रूपमा घटेक
BizKhabar Online » BizKhabar Online

पेट्रोल र डिजेलको मूल्य घटने वा नघटने भन्ने विषय चीनमा निर्भर ! यस्ता छन् कारण

काठमाडौं । अमेरिका र इरानबीच सम्झौता हुने आशाका बीच, कच्चा तेलको मूल्य हालै उल्लेखनीय रूपमा घटेको छ, जुन फेब्रुअरी २८ भन्दा पहिलेको स्तरमा पुगेको छ । स्ट्रेट अफ हर्मुज हुँदै हुने ट्राफिक सामान्यीकरण हुँदै गर्दा आगामी दिनहरूमा तेलको मूल्यमा असर पर्नेछ । अत्यधिक आपूर्तिले तेलको मूल्यमा उल्लेखनीय गिरावट ल्याउन सक्ने विश्वास गरिन्छ । यसैबीच, चीन […]

सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत अब एसआईपी आवेदन गर्न सकिने

काठमाडौं । अब सिटिजन्स बैंक इन्टरनेसनलको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन गर्न सकिने
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत अब एसआईपी आवेदन गर्न सकिने

काठमाडौं । अब सिटिजन्स बैंक इन्टरनेसनलको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन गर्न सकिने छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट नियमित लगानीको सुविधा उपलब्ध गराउने उद्देश्यले सिटिजन्स क्यापिटल लिमिटेड सँगको सहकार्यमा सञ्चालन गर्दै आएको ‘सिटिजन्स सदाबहार योजना (एसआईपी)’ मा बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङमार्फत नै आवेदन दिन सकिने व्यवस्था सुरु गरेको हो । […]

प्रतिनिधिसभा बैठक पुनः स्थगित, अब आईतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक पुनः स्थगित, अब आईतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।

जेठसम्म निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे ४४ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८/८३ को जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार भ
BizKhabar Online » BizKhabar Online

जेठसम्म निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे ४४ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८/८३ को जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार भएको देखिएको छ। यस अवधिमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म २६ लाख ५१ हजार १० वटा बीमालेख बिक्री भएका छन्। […]

महाराजगञ्जमा दिपलको नयाँ सोरुम, उद्घाटनकै दिन २० वटा इभी डेलिभरी

काठमाडौं । नेपालका लागि दिपल विद्युतीय सवारीसाधन (इभी) को आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प
BizKhabar Online » BizKhabar Online

महाराजगञ्जमा दिपलको नयाँ सोरुम, उद्घाटनकै दिन २० वटा इभी डेलिभरी

काठमाडौं । नेपालका लागि दिपल विद्युतीय सवारीसाधन (इभी) को आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको महाराजगञ्जमा नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले एपोलो मोटर्सलाई नयाँ आधिकारिक डिलर नियुक्त गर्दै राजधानीमा आफ्नो बजार उपस्थितिलाई थप विस्तार गरेको जनाएको छ। नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका […]

पोखरा र समृद्धि फाइनान्स मर्जर : असार २६ देखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी एकापसमा मर्ज भएका छन् । मर्जरपछि यी द
BizKhabar Online » BizKhabar Online

पोखरा र समृद्धि फाइनान्स मर्जर : असार २६ देखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी एकापसमा मर्ज भएका छन् । मर्जरपछि यी दुई कम्पनीले असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार गरिने कम्पनीले जनाएको छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहनेछ […]

एआईको प्रभाव : बढ्यो आईफोन र कम्प्युटरको मूल्य

काठमाडौं । कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विस्तारसँगै सेमीकन्डक्टर चिपको अभाव र मूल्यवृद्ध
BizKhabar Online » BizKhabar Online

एआईको प्रभाव : बढ्यो आईफोन र कम्प्युटरको मूल्य

काठमाडौं । कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विस्तारसँगै सेमीकन्डक्टर चिपको अभाव र मूल्यवृद्धिले विश्व प्रविधि उद्योगमा प्रत्यक्ष असर पारेको छ। यही कारण देखाउँदै विश्वका दुई ठूला प्रविधि कम्पनीले आफ्ना लोकप्रिय उत्पादनको मूल्य उल्लेख्य रूपमा बढाएका छन्। एप्पलले आफ्ना विभिन्न प्रकारका कम्प्युटर र ट्याबलेटको मूल्य वृद्धि गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार धेरैजसो लोकप्रिय उत्पादनको […]

रास्वपाको महाधिवेशनका कारण संसद् बैठक फेरि स्थगित, शनिबारलाई सारियो

काठमाडौं । सत्तारुढ रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक लगातार दोस्रो पटक स्थगित भएको
BizKhabar Online » BizKhabar Online

रास्वपाको महाधिवेशनका कारण संसद् बैठक फेरि स्थगित, शनिबारलाई सारियो

काठमाडौं । सत्तारुढ रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक लगातार दोस्रो पटक स्थगित भएको छ।यसअघि असार ११ गतेका लागि तय गरिएको बैठक स्थगित गरिएको थियो भने शुक्रबार बस्ने भनिएको बैठक पनि सारेर अब असार १३ गते शनिबार बिहान ११ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवश बैठक सञ्चालन हुन नसक्ने […]

दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन, बन्द नगरे कारबाहीको चेतावनी

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहे
BizKhabar Online » BizKhabar Online

दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन, बन्द नगरे कारबाहीको चेतावनी

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए । पालिकाले जलविद्युत् र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरु क्रसर […]

पोखरा फाइनान्सलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई गरेको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको
BizKhabar Online » BizKhabar Online

पोखरा फाइनान्सलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई गरेको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ । यसअघि राष्ट्र बैंकले पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाही गरेको थियो । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै कारवाही फुकुवा गरेको जानकारी दिएको हो । ‘पोखरा फाइनान्स लिमिटेड, पोखरा, कास्कीको २०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत […]

Get more results via ClueGoal