Nepal



महासंघका पूर्वअध्यक्ष सिंहको कम्पनीसहित १० निर्माण कम्पनी कालोसूचीमा, तीन वर्षसम्म ठेक्कामा रोक

काठमाडौं । सरकारले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १० वटा निर्माण तथा आपूर्ति कम्पनी

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाईन, अटेर गरे कारबाही

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ए-लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्र
BizKhabar Online » BizKhabar Online

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाईन, अटेर गरे कारबाही

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ए-लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ । गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा […]

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका युवकको उपचारकै क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोर
BizKhabar Online » BizKhabar Online

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका युवकको उपचारकै क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारका क्रममा उनको निधन भएको पुष्टि गरेका छन्। नेपालीले बिहीबार राहदानी […]

इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या योजना बनाएको छ : इजरायल

काठमाडौं । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट
BizKhabar Online » BizKhabar Online

इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या योजना बनाएको छ : इजरायल

काठमाडौं । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । अमेरिका–इरानबीच पुनः सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशङ्का भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको छ । सिएनएनले यस विषयमा […]

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण, ४४ प्रतिशत धान रोपाई सम्पन्न

काठमाडौं । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४
BizKhabar Online » BizKhabar Online

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण, ४४ प्रतिशत धान रोपाई सम्पन्न

काठमाडौं । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४ दशमलव सात मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ । वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार ६२८ दशमलव ४५० मेट्रिक टन र पोटास २०६ दशमलव ६५० मेट्रिक टन […]

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु, कारोबार रोक्का

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक भएका छन । मर्जर प्रक्रिया
BizKhabar Online » BizKhabar Online

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु, कारोबार रोक्का

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक भएका छन । मर्जर प्रक्रिया सम्पन्न भएपछि आज शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन सुरु गरेका हुन् । मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन सुरु भएको छ । एकीकृत कारोबार सुरु भएसँगै यी दुई फाइनान्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले […]

प्रधानमन्त्रीले आज ऊर्जा उद्यमीसँग छलफल गर्दै, ऊर्जा क्षेत्रका समस्या र समाधानमा केन्द्रित हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्रका उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिह
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले आज ऊर्जा उद्यमीसँग छलफल गर्दै, ऊर्जा क्षेत्रका समस्या र समाधानमा केन्द्रित हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्रका उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजेदेखि सुरु हुने छलफलमा ऊर्जा क्षेत्रका विद्यमान समस्या, लगानीको वातावरण, आयोजना कार्यान्वयनमा देखिएका चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत रूपमा विचारविमर्श हुने जनाइएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार ऊर्जा क्षेत्रको विकासमा देखिएका […]

सुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

बैंकिङ प्रणालीमा अधिक तरलता : ९१ दिनको लागि ६० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : ९१ दिनको लागि ६० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ९१ दिनका लागि ६० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

विराटनगरको भाटभटेनी शनिबारदेखि संचालनमा आउँदै, गुणस्तरीय सेवा दिने प्रतिवद्धता

काठमाडौं । विराटनगरस्थित भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सु
BizKhabar Online » BizKhabar Online

विराटनगरको भाटभटेनी शनिबारदेखि संचालनमा आउँदै, गुणस्तरीय सेवा दिने प्रतिवद्धता

काठमाडौं । विराटनगरस्थित भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपरमार्केट प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असार २७ गतेदेखि स्टोर औपचारिकरूपमा पुनः सञ्चालनमा आउने जानकारी दिएको हो । स्टोरले शनिबारदेखि नियमितरूपमा ग्राहकलाई दैनिक सेवा प्रदान गर्ने जनाएको छ। भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरमा आधुनिक सुविधा तथा […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश
BizKhabar Online » BizKhabar Online

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए […]

घट्दो ब्याजदरले बढायो डिबेन्चरको कारोबार : अधिकांशको मूल्य फेस भ्यालुभन्दा माथि, कुनको मूल्य कति छ ?

काठमाडौं । पछिल्लो समय दोस्रो बजारमा ऋणपत्र (डिबेन्चर) को उच्च रुपमा कारोबार हुँदै आएको छ । बैंक तथ
BizKhabar Online » BizKhabar Online

घट्दो ब्याजदरले बढायो डिबेन्चरको कारोबार : अधिकांशको मूल्य फेस भ्यालुभन्दा माथि, कुनको मूल्य कति छ ?

काठमाडौं । पछिल्लो समय दोस्रो बजारमा ऋणपत्र (डिबेन्चर) को उच्च रुपमा कारोबार हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर निकै तल झरेसँगै लगानीकर्ताहरु डिबेन्चरतर्फ आकर्षण हुन थालेका छन् । अहिले मुद्दति निक्षेपको ब्याजदर औसतमा ५ प्रतिशतभन्दा मुनि रहेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले बढी प्रतिफल दिने वैकल्पिक साधनको रुपमा डिबेन्चरमा लगानी सारेका […]

राष्ट्रपति पौडेलद्वारा ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) सहित चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपत
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) सहित चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी […]

मौद्रिक नीति सन्तुलित र सकारात्मक : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीति सन्तुलित र सकारात्मक : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण र निजी क्षेत्रको मनोबल बढाउने दिशामा सकारात्मक सन्देश दिएको जनाएको छ । सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय प्रणालीको सुदृढीकरण र समग्र आर्थिक सन्तुलन कायम […]

अघोषित लोडसेडिङले उद्योग क्षेत्रमा चरम निराशा, अन्त्य गर्न मोरङ उद्योग व्यापार सङ्घको आग्रह

काठमाडौं । मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति नियमित न
BizKhabar Online » BizKhabar Online

अघोषित लोडसेडिङले उद्योग क्षेत्रमा चरम निराशा, अन्त्य गर्न मोरङ उद्योग व्यापार सङ्घको आग्रह

काठमाडौं । मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति नियमित नेपाल विद्युत् प्राधिकरण, मोरङ शाखालाई गम्भीर ध्यानाकर्षण गराएको छ । वर्षायाममा विद्युत् आपूर्ति अनियमित भएपछि नियमित गर्न प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरेको बताउँदै सङ्घले पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको विज्ञप्तिमा […]

संसदमा सेयर लगानीकर्ताको पक्षमा सांसद थेबे, भने-नयाँ सरकार गठनपछि पाँच खर्ब गुमाइसके

काठमाडौं । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले नेपालको सेयर बजार निरन्तर ओरालो लागिरहेको भन्दै सर
BizKhabar Online » BizKhabar Online

संसदमा सेयर लगानीकर्ताको पक्षमा सांसद थेबे, भने-नयाँ सरकार गठनपछि पाँच खर्ब गुमाइसके

काठमाडौं । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले नेपालको सेयर बजार निरन्तर ओरालो लागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले लाखौँ नेपालीको लगानी रहेको पुँजी बजार संकटमा पर्दासमेत सरकारले स्पष्ट नीति ल्याउन नसकेको भन्दै तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न माग गरेका हुन् । सांसद थेबेले देशभर करिब ७६ लाख हितग्राही खाता रहेको उल्लेख […]

नेपाल टेलिकमको बिलिङ ठेक्का प्रकरण : भ्रष्टाचार मुद्दामा सबै प्रतिवादीलाई सफाइ

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार ग
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको बिलिङ ठेक्का प्रकरण : भ्रष्टाचार मुद्दामा सबै प्रतिवादीलाई सफाइ

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका सबै प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सबै प्रतिवादीलाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो। अख्तियारले २०८२ जेठ २५ गते तत्कालीन प्रबन्ध […]

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्र
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो । बैठकमा अर्थमन्त्री ड. स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । […]

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग भेट्दै, नीतिगत सहजीकरणका विषयमा छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्मा
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग भेट्दै, नीतिगत सहजीकरणका विषयमा छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा […]

कर्मचारीमाथि सरकारकाे कडाइ, कार्यस्थल भन्दा बाहिर सेवाग्राहीसँग भेटघाट गर्न प्रतिबन्ध

काठमाडौँ । सरकारले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेक
BizKhabar Online » BizKhabar Online

कर्मचारीमाथि सरकारकाे कडाइ, कार्यस्थल भन्दा बाहिर सेवाग्राहीसँग भेटघाट गर्न प्रतिबन्ध

काठमाडौँ । सरकारले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाई कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता लागू गरिएको हो । मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको र असार २२ […]

२४ घण्टामा ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यस
BizKhabar Online » BizKhabar Online

२४ घण्टामा ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही […]

सुनको मूल्यमा एकैदिन २४ सयको गिरावट, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँद
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २४ सयको गिरावट, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

सार्वजनिक यातायातमा नियम पालना गर्न व्यवसायीलाई महासंघको निर्देशन

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवा सञ्चालनका क्रममा प
BizKhabar Online » BizKhabar Online

सार्वजनिक यातायातमा नियम पालना गर्न व्यवसायीलाई महासंघको निर्देशन

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवा सञ्चालनका क्रममा प्रचलित नियम र मापदण्डको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ। यात्रु सेवा र यातायात क्षेत्रको प्रतिष्ठामा असर पुग्ने गतिविधि नियन्त्रण गर्न महासंघले व्यवसायीलाई सचेत गराएको हो। महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौँ उपत्यकासहित देशभर सञ्चालन हुने सार्वजनिक सवारीले यात्रुमैत्री, सुरक्षित र […]

भेरी-बबईको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केभीको प्रसारण लाइन निर्माण गरिने

सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई
BizKhabar Online » BizKhabar Online

भेरी-बबईको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केभीको प्रसारण लाइन निर्माण गरिने

सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ […]

तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट, हालसम्म ७५ दशमलव पाँच प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु ६ अर
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट, हालसम्म ७५ दशमलव पाँच प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु ६ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो । ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको आयोजना […]

पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम, आयोजनालाई प्राधिकरणले अध्ययन केन्द्र बनाउने

काभ्रेपलान्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग
BizKhabar Online » BizKhabar Online

पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम, आयोजनालाई प्राधिकरणले अध्ययन केन्द्र बनाउने

काभ्रेपलान्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ । कुल दुई दशमलव चार मेगावाट क्षमताको सो आयोजनाको विद्युत् गृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्त्वपूर्ण उपकरण डुबानमा परेका […]

पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखिने, अनुसन्धान जारी

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्नेगरी म्या
BizKhabar Online » BizKhabar Online

पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखिने, अनुसन्धान जारी

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्नेगरी म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ […]

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त, गेटा अस्पताललाई शिक्षण अस्पतालको मान्यता

काठमाडौं । सरकारले मुख्यसचिवतमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रि
BizKhabar Online » BizKhabar Online

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त, गेटा अस्पताललाई शिक्षण अस्पतालको मान्यता

काठमाडौं । सरकारले मुख्यसचिवतमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । यस्तै आज बसेको मन्त्रिपरिषदको बैठकले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ । बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको […]

उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यल
BizKhabar Online » BizKhabar Online

उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई विकास आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै मन्त्रिपरिसदको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक […]

सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर, २ करोड ९१ लाख विगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभ
BizKhabar Online » BizKhabar Online

सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर, २ करोड ९१ लाख विगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) का फार्मेसी अधिकृत दीपा ढुंगानासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। औषधि आपूर्तिमा अनियमितता, सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानीनोक्सानी गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा आयोगले प्रतिवादी प्रत्येकसँग २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो दाबी गरेको छ। आरोपितहरूले औषधि […]

सुनको मूल्यमा प्रतितोला ९ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ९ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै ४ हजार […]

लगानीकर्ताहरूका लागि सबैभन्दा सुरक्षित देशको सूचीमा स्विट्जरल्याण्ड पहिलो स्थानमा, नेपाल भारतभन्दा अगाडि

काठमाडौं । विश्वभर बढ्दो भूराजनीतिक तनाव, मुद्रास्फीति र आर्थिक अनिश्चितताको बीचमा उच्च प्रतिफल
BizKhabar Online » BizKhabar Online

लगानीकर्ताहरूका लागि सबैभन्दा सुरक्षित देशको सूचीमा स्विट्जरल्याण्ड पहिलो स्थानमा, नेपाल भारतभन्दा अगाडि

काठमाडौं । विश्वभर बढ्दो भूराजनीतिक तनाव, मुद्रास्फीति र आर्थिक अनिश्चितताको बीचमा उच्च प्रतिफलमात्र नभई लगानी सुरक्षा पनि लगानीकर्ताहरूको लागि उच्च प्राथमिकता बनेको छ । यसैलाई ध्यानमा राख्दै, २०२६ को लागि नयाँ विश्वव्यापी वरियतामा स्विट्जरल्याण्डलाई लगानीकर्ताहरूको लागि विश्वको सबैभन्दा सुरक्षित देशको रूपमा स्थान दिइएको छ । विश्वव्यापी लगानी माइग्रेसन परामर्शदाता हेन्ली एण्ड पार्टनर्सका अनुसार, लगानी सुरक्षाको […]

चीनसँग सम्झौतापछि पनि चक्रपथ विस्तार अघि बढेन, नेपालले डिजाइन हेरफेर गर्न भनेपछि रोकियो काम

काठमाडौं । कार्यान्वयन सम्झौता भएको दुई महिना बितिसक्दा पनि काठमाडौं चक्रपथ दोस्रो खण्डको विस्त
BizKhabar Online » BizKhabar Online

चीनसँग सम्झौतापछि पनि चक्रपथ विस्तार अघि बढेन, नेपालले डिजाइन हेरफेर गर्न भनेपछि रोकियो काम

काठमाडौं । कार्यान्वयन सम्झौता भएको दुई महिना बितिसक्दा पनि काठमाडौं चक्रपथ दोस्रो खण्डको विस्तार अझै सुरु हुनसकेको छैन् । नेपाल पक्षले चिनियाँ पक्षले तयार पारेको प्रारम्भिक डिजाइनमा सुधार गर्न आग्रह गरेपछि निर्माण प्रक्रिया पुनः लम्बिएको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको ८ दशमलव २ किलोमिटर लामो यस खण्डका लागि ११ देखि १२ […]

कुमारी बैंक र जर्मन संस्थाबीच रणनीतिक सहकार्य, दिगो बैंकिङ प्रवर्द्धन गरिँदै

काठमाडौं । दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त र वातावरणमैत्री लगानी प्रवर्द्धन गर्
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र जर्मन संस्थाबीच रणनीतिक सहकार्य, दिगो बैंकिङ प्रवर्द्धन गरिँदै

काठमाडौं । दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त र वातावरणमैत्री लगानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले जर्मनीको वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको एसियाका छनोट गरिएका मुलुकहरूमा वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरण कार्यक्रमअन्तर्गत उक्त […]

युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा, अष्ट्रेलियन डलर १०५ रुपैयाँ ३० पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा, अष्ट्रेलियन डलर १०५ रुपैयाँ ३० पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

Get more results via ClueGoal