विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप, ३ दिन अनुसन्धान गरिने
newsare.net
काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप, ३ दिन अनुसन्धान गरिने
काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पाँचौँ पटक तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोमबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले म्याद थप गरेको हो। सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलमाथि विभागले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। Read more














