काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी […]
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए। त्यसअघि उनको बकपत्रसमेत गराइएको थियो। गोल्छाले यसअघि पनि […]
काठमाडौं। स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले २२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सीआईबीका अनुसार गत शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने रायसमेत दिइएको छ। सीआईबीले तत्कालीन स्मार्ट सेलका ६ जना […]
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो । यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरलाई लक्षित […]
सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ । धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ । कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा यस वर्षको […]
काठमाडौं । बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकाको सम्बन्धमा छलफल गरिने भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त पालिकाको सभामा बजेट पेस हुन नसकेपछि त्यहाँका स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल सुरु हुन थालेको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य […]
काठमाडौं । नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी भएको छ। उक्त सम्झौतामा जेठ २९ गते (शुक्रबार) हस्ताक्षर भएको थियो भने सेवा साउन ७ गते (बिहीबार) देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। […]
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ । […]
बेइजिङ । चीनमा उच्च शिक्षाका लागि विदेश जाने क्रम तीव्र गतिमा घटिरहेको छ। अभिभावकहरूका अनुसार विगतको तुलनामा स्वदेशी विश्वविद्यालयहरूको गुणस्तरमा उल्लेख्य सुधार आएको छ, जसले गर्दा विदेशमा अध्ययन गर्दा लाग्ने उच्च लागत त्यति सान्दर्भिक वा लाभदायक नलाग्ने भएको छ। यसैको परिणामस्वरुप, सन् २०१९ मा ७ लाख विद्यार्थीहरू अध्ययनका लागि विदेश गएकोमा सन् २०२५ सम्ममा यो […]
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा लगानीकर्ता समूह (कन्सोर्टियम) प्रिमियर लिग क्लब लिभरपूलमा करिब एक तिहाइ हिस्सा खरिद गर्ने सम्झौताको नजिक पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। हिजो सोमबार आएका बिभिन्न समाचारहरूका अनुसार यस लगानीकर्ता समूहमा फेसबुकका सह–संस्थापक एडुआर्डो साभरिन पनि समावेश रहेका छन्। स्काई न्युजका अनुसार यस समूहको नेतृत्व भारतीय स्टिल व्यवसायी लक्ष्मी मित्तलका […]
काठमाडौं। स्वास्थ्य समस्या तथा दुर्घटनाबाट हुने आकस्मिक उपचार खर्चको आर्थिक भार कम गर्ने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले ‘सन मेडिकेयर’ योजना सञ्चालनमा ल्याएको छ। न्यून प्रिमियममा अस्पताल भर्ना, दुर्घटना तथा विभिन्न आकस्मिक स्वास्थ्य जोखिममा आर्थिक सुरक्षा प्रदान गर्ने यो योजना जीवन बीमा योजनासँग अतिरिक्त सुविधाका रूपमा जोड्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ५ देखि […]
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाडेको वासिङ्टन पोस्टले सोमबार जनाएको छ । पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति […]
काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले गरेको हो । साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो २०२६ गतवर्षभन्दा भव्य हुने बताईएको छ । नाइमा एक्स्पोमा ५५ वटा अटोमोबाइल […]
रुपन्देही । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२/०१/१५ को निर्णयअनुसार उद्योगमा रहेको सरकारी लगानीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनसम्बन्धी काम भइरहेको कम्पनीले जनाएको छ। सम्पत्ति तथा दायित्वको मूल्याङ्कन अर्थात् ड्यु डिलिजेन्स अडिट भइरहेकाले कारखानाले […]
चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्याउन सहजिकरण छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्याइएको हो । गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका […]
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन ६ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि आज बढेर […]
काठमाडौं । साउन ११ गतेदेखि अत्यावश्यक सवारीसाधनका लागि मात्रै सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गबाट सर्वसाधारणका सवारीसाधन पनि धमाधम ओहोरोदोहोर गरिरहेका छन् । पहिलो चरणमा अत्यावश्यक सवारीसाधनका लागि मात्रै परीक्षण सञ्चालनस्वरुप प्रवेश गर्न दिने बताइएपनि हाल अन्य सवारीसाधनले पनि धमाधम प्रवेश पाइरहेको देखिन्छ । आयोजनाले सञ्चालनमा आएको पहिलो ३ महिना सफ्ट लञ्च अर्थात अत्यावश्यकमात्रै सवारीसाधन गुडाउन दिने […]
तेहरान । हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदलामा शुल्क लिने सम्भावना जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भन्नुभयो,“समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य कुरा हो। इरान र ओमान जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउनेबारे वार्ता गरिरहेका छन्।”पश्चिम एसियामा चर्किएको द्वन्द्वबीच इरान कुनै पनि हालतमा झुक्न तयार छैन। प्रवक्ता […]
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ‘ब्राञ्च म्यानेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित एक होटलमा सम्पन्न गरेको छ । सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी […]
काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार यस आयोजनामा लिड बैंकको रुपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो […]
काठमाडौँ । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पका कारण हतास भएका बासिन्दाहरूले ध्वस्त भवनहरूको सर्वेक्षण गरिरहेका छन् । भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १११ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले […]
काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को […]
बागलुङ । लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ । विद्युत् विकास विभागले आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । आयोजना उत्तरगङ्गा पावर कम्पनीले निर्माण गर्दैछ । विभागले यही साउन २० गते उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । उक्त निर्णयसँगै २०६१ सालदेखि चर्चामा रहेको नेपालकै […]
मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न भएको छ । आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा १५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । विसं २०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीको नयाँ कप्तान नियुक्त गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीपलाई नयाँ जिम्मेवारी दिएको हो। क्यानको निर्णयसँगै सन्दीप करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका छन्। यसअघि पनि उनले राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका थिए। अब उनले मलेसियामा आयोजना […]
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो । उनले भने,“हामीसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ । […]
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन् । संघीय संसद्को प्रतिनिधि सभामा सांसदहरुको मौखिक प्रश्नको आज जवाफ दिँदै उनले यसका लागि प्रारम्भिक काम अघि बढिसकेको जानकारी दिए । परराष्ट्रमन्त्री खनालका अनुसार हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको छ […]
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् । उनीहरूबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले […]
काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारसँगै यसको सुरक्षा, विश्वसनीयता र सञ्चालनमा जोखिम देखिन थालेका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानीसम्बन्धी प्रतिवेदनले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक दुवैतर्फ साइबर सुरक्षा, प्रणाली अवरोध, ठगी, तथ्यांक सुरक्षा, नियामकीय अनुपालन तथा कारोबार विवरणको रिपोर्टिङलगायतका विषयलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । डिजिटल भुक्तानीले वित्तीय पहुँच […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल(भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र […]
काठमाडौं । पारिवारिक व्यापारबाट सुरु भएको सिल्क समूह पछिल्लो एक दशकमा नेपालका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने विविधीकृत व्यावसायिक समूहका रूपमा अघि बढेको छ। सन् २०१६ मा रमेश शेर्पाको नेतृत्वमा संस्थागत रूपमा विस्तार भएको समूहले ढुवानी तथा आपूर्ति व्यवस्थापनलाई आधार बनाएर व्यापार, जलविद्युत्, खेलकुद र विद्युतीय व्यापारसम्म आफ्नो गतिविधि विस्तार गरेको हो। सिल्क समूहको प्रमुख […]
काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ । काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो […]