काठमाडौं । कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको छ । कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिरहा र रौतहट, बागमतीमा काभ्रेपलाञ्चोक र धादिङ, गण्डकीमा गोरखा र तनहुँ, लुम्बिनीमा नवलपरासी, कपिलवस्तु र रुपन्देही, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोलीले अध्ययन सुरु गरेको हो । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको […]
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी सञ्चालकमा नियुक्त भएका छन् । त्यसैगरी कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालकमा नियुक्त भएका छन् । यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल, सञ्चालक अमृत लम्साल […]
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले १३ करोड १ रुपैयाँ सहयोग गरेको छ। इप्पानको पहलमा आबद्ध जलविद्युत् विकासकर्ता तथा विद्युत् कम्पनीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। इप्पान अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ […]
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यससँग आबद्ध ग्रुप कम्पनी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५१ लाख ४१ हजार ९८६ रुपैयाँ सहयोग गरेका छन् । कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री […]
काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छन् । अमात्यका प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले अमात्यले उक्त रकम प्रदान गरेकी […]
काठमाडौँ । राष्ट्रियसभाले भोटेकोसीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभाको मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । सभाको बैठकले भोटेकोसी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । विशेष प्रस्तावमा बाढी […]
काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित छेत्र र समुदायको सहयोगको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत […]
काठमाडौं । नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आबद्ध भएको छ । निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ । सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन, जोखिम व्यवस्थापन लगायतका विषयमा देखिएका नीतिगत तथा व्यवहारिक चुनौतीहरूलाई सम्बन्धित सरोकारवाला समक्ष सामूहिक रुपमा प्रस्तुत गर्न यस […]
काठमाडौं । रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ । मुग्लिनबाट २३ किलोमिटर काठमाडौंतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको […]
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो।
१६ भदौ, काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो […]
१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण ठूलो धनजनको क्षतिपछि उद्धारको काम जारी छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ। भदौ १० गते बिहानको बाढीले क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा राहत उद्धारको काम भइरहेको हो। मंगलबार बिहान ११ बजेसम्म नेपाली सेनाले २३ जनाको शव हेलिकप्टरमार्फत उद्धार गरेको […]
घटना भएको ३० वर्षपछि र्यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय […]
१६ भदौ, काठमाडौं । चौधरी फाउन्डेसनले बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ । भदौ १० गते आएको बाढीले विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई वैकल्पिक भवनमार्फत पठनपाठनमा फर्काउन फाउन्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो । विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए । फाउन्डेसनले विद्यालयमा […]
काठमाडौं । एक वर्षअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको उड्डयन क्षेत्रलाई उदाउँदो भारतको पहिचानको रूपमा वर्णन गर्दै यो नयाँ उचाइमा पुग्ने तयारीमा रहेको बताएका थिए । यद्यपि, भारतको उड्डयन क्षेत्रले अहिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । देशका दुई ठूला एयरलाइन्स, एयर इन्डिया र इन्डिगोसँग सम्बन्धित घटनाहरूले सुरक्षा, नियामक अनुपालन र वित्तीय स्थिरतामाथि प्रश्न उठाएका […]
काठमाडौं । नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्घारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको एघारौं वार्षिक पुण्य स्मृति दिवश पारेर २०८३ भदौ २१ गते आइतबार श्री आशीष ज्ञवाली लाई प्रदान गरिने नेपाल […]
काठमाडौँ । विश्व बजारमा दक्षिण कोरियामा उत्पादित सेमिकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिका कारण दक्षिण कोरियाको अगस्ट महिनाको निर्यात ६८.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ। व्यापार, उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्टमा दक्षिण कोरियाको निर्यात गत वर्षको सोही महिनाको तुलनामा ६८.७ प्रतिशतले बढेर ९८.२५ अर्ब अमेरिकी डलर पुगेको छ। यो दक्षिण कोरियाको हालसम्मकै तेस्रो उच्च […]
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव […]
सिन्धुपाल्चोक । चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ । सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएकमा हुन् । “हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ”, पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने, “हामीले […]
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो। प्रधानमन्त्री राहत […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा बाढी गएपछि आपूर्ति श्रृङ्खलामा असर पारेकाले यस्तो कठिन परिस्थितिलाई मध्यनजर गर्दै संयमित र जिम्मेवार भई व्यापार, व्यावसाय गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आज सार्वजनिक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारणले आपूर्ति प्रणालीमा असर पारेकाले पनि संयमित र जिम्मेवार […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग […]
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चारवटा साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले २०८३ भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सुचारु गरेको हो । यससँगै बाढीका कारण प्रभावित भएका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा सञ्चालनमा आएका छन् । जिबजिबे टावर सञ्चालनमा आएपछि भोर्ले, चिती, […]
काठमाडौं । बाढीका कारण भएको जनधनको क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो । प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनस्र्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत […]
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सञ्चालनमा आएको जनाएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध भएको थियो । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी–त्रिशूली […]
काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले उक्त रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा […]
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि […]
काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सुखद शुरुवात गरेको हो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । उनले […]
काठमाडौं । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास थप जटिल बनेको छ। सुरुङ खोल्ने क्रममा आइतबार राति ‘क्राउन ब्लास्ट’ गरिए पनि पानी भरिएकाले उद्धारकर्ताहरू भित्र प्रवेश गर्न सकेका छैनन्। आइतबार राति करिब ३ बजे सुरुङको माथिल्लो भाग (क्राउन) मा ब्लास्टिङ गरिएको थियो। तर, त्यसपछि सुरुङको माथिल्लो भाग पूरै पानीले भरिएपछि […]
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ । उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब चार हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणका लागि सोमबार रसुवातर्फ प्रस्थान गर्दै छन्। बिहान ९ बजे काठमाडौँबाट निस्कने मन्त्री श्रेष्ठ नुवाकोट हुँदै रसुवा पुग्नेछन्। मन्त्री श्रेष्ठले सुरुमा स्थलमार्गबाट नुवाकोट पुगेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। सो क्रममा विद्युत् सेवा अवरुद्ध […]
काठमाडौं । रसुवा भोटेकोशी प्रलयकारी बाढीमा परी ४३ जना अष्ट्रेलियन नागरिक बेपत्ता भएका छन् । अष्ट्रेलियाको सरकारले जारी गरेको आधिकारिक तथ्यांक अनुसार रसुवा भोटेकोशी बाढीमा परी ४३ जना आफ्ना नागरिक हराएको जानकारी दिएको हो । सरकारले आज जनाएअनुसार हाल ४३ जना अस्ट्रेलियालीहरू हराइरहेको पुष्टि भएको त्यहाँका मिडियाले जनाएका छन । ‘ती अस्ट्रेलियालीहरूलाई सकुशल उद्धार गर्न […]
काठमाडौँ । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले बहराइनलाई सस्तैमा अलआउट गरेको हो । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस हरेर पहिले ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको […]
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२–८३ का लागि लाभांश घोषणा गरेको छ । निफ्रा सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार […]
काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले जलतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी नुवाकोट र रसुवा भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च […]