Nepal



बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी
BizKhabar Online » BizKhabar Online

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ । धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि […]

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने, साउन १ गतेबाट लागु हुने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स
BizKhabar Online » BizKhabar Online

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने, साउन १ गतेबाट लागु हुने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि […]

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ+ . बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ+ . बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध […]

बेलायतका अर्बपति पूर्व प्रधानमन्त्री सुनक जागिरमा फर्किए, नेपालका जीवनभर कामै नगर्ने नेताका लागि गतिलो शिक्षा

काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक अब वाल स्ट्रिटमा फर्कने तयारीमा छन् । फाइनान्सि
BizKhabar Online » BizKhabar Online

बेलायतका अर्बपति पूर्व प्रधानमन्त्री सुनक जागिरमा फर्किए, नेपालका जीवनभर कामै नगर्ने नेताका लागि गतिलो शिक्षा

काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनक अब वाल स्ट्रिटमा फर्कने तयारीमा छन् । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, उनी गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकारको रूपमा सामेल हुनेछन् । जुलाई २०२४ को आम चुनावपछि सुनकको यो पहिलो प्रमुख व्यावसायिक कदम हो । यो भूमिका सुनकको लागि घर फिर्ति पनि भनिएको छ किनकी उनले २००१ देखि २००४ सम्म […]

यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवम
BizKhabar Online » BizKhabar Online

यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन राष्ट्रव्यापी एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । जुन इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुनेछ। […]

सरकार र चिकित्सकबीच सहमति, डाक्टरहरुको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको व
BizKhabar Online » BizKhabar Online

सरकार र चिकित्सकबीच सहमति, डाक्टरहरुको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वार्तामा सरकार चिकित्सकका माग पूरा गर्न सहमत भएको हो । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न चिकित्सक सहमत भएका छन् । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति […]

दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाट
BizKhabar Online » BizKhabar Online

दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग केही भासिएको हो । सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको पर्साका डिएसपी वीरदत्त पन्तले बताए । घटनास्थलमा उद्धारका लागि घटनास्थलमा प्रहरी […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थ
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको हो । सांग्रिला डेभलपमेन्ट […]

भिण्डी प्रतिकिलो रु ६०, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

भिण्डी प्रतिकिलो रु ६०, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४५, […]

रसुवा बाढी अपडेट : नौं जनाको शव फेला, १९ जना अझै बेपत्ता

काठमाडौँ । रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालय
BizKhabar Online » BizKhabar Online

रसुवा बाढी अपडेट : नौं जनाको शव फेला, १९ जना अझै बेपत्ता

काठमाडौँ । रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोको त्रिशूली नदी किनारमा फेला परेको हो । कुल २० जना बेपत्ता रहेकामा श्रेष्ठको शव फेला परेपछि अब […]

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि त
BizKhabar Online » BizKhabar Online

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज (बुधबार) संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा अ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज (बुधबार) संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) […]

बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, दुई वटामा क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प
BizKhabar Online » BizKhabar Online

बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, दुई वटामा क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा […]

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास र
BizKhabar Online » BizKhabar Online

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । […]

गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाई : अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दा
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाई : अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश नदिने तर मुद्दालाई अग्राधिकार दिने निर्णय गरेको हो । जेठ ६ गते नियुक्त भएका डा. पौडेलविरुद्ध अधिवक्ता विशाल थापाले रिट दायर गरेका थिए । […]

नाडाद्वारा रसुवामा आएको बाढीपहिरोका कारण उत्पन्न परिस्थितिमा संयमित रहन आग्रह

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण
BizKhabar Online » BizKhabar Online

नाडाद्वारा रसुवामा आएको बाढीपहिरोका कारण उत्पन्न परिस्थितिमा संयमित रहन आग्रह

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ । नाडाले एक सूचना जारी गर्दै यस्तो बताएको हो । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ र रसुवागढी—मार्फत […]

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, सर्वसाधारणका लागि कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, सर्वसाधारणका लागि कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुंगा डिबेञ्चर’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६ लाख कित्ता ऋणपत्र […]

बुटवल र भैरहवामा टोटल इनर्जिजको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, ७० बढी गाडीमा सेवा

काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले रूपन्द
BizKhabar Online » BizKhabar Online

बुटवल र भैरहवामा टोटल इनर्जिजको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, ७० बढी गाडीमा सेवा

काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले रूपन्देहीको बुटवल र भैरहवामा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटो केयरमा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भए । त्यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवास्थित ध्र्मेन्द्र मोटरसाइकल स्पेयर र्पाटसमा असार […]

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना, १० अर्ब ऋण लिन अर्थको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९ सय ६० मेगावाट क्षमता बराबर
BizKhabar Online » BizKhabar Online

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना, १० अर्ब ऋण लिन अर्थको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।यस्तै, चार हजार नौ सय ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रीड […]

रेमिट्यान्स आप्रवाह बढेको बढ्यै, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रेमिट्यान्स

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५ खर्ब ३२ अर्ब रुपै
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्स आप्रवाह बढेको बढ्यै, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रेमिट्यान्स

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबर भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको ११ महिनाको वित्तिय अवस्थाबारेको प्रतिवेदनअनुसार गत वर्षको तुलनमा १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा […]

५० प्रतिशतले सस्तियो उपभोग्य वस्तुको मूल्य, मुद्रास्फिती २.७२ प्रतिशतमा झर्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात २०८२ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति २.७२ प
BizKhabar Online » BizKhabar Online

५० प्रतिशतले सस्तियो उपभोग्य वस्तुको मूल्य, मुद्रास्फिती २.७२ प्रतिशतमा झर्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात २०८२ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा झारेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा […]

चालु खाता र शोधनान्तर स्थितिमा थप सुधार, शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्बले बचतमा

काठमाडौं । नेपालको आर्थिक अवस्था पछिल्लो समय बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्
BizKhabar Online » BizKhabar Online

चालु खाता र शोधनान्तर स्थितिमा थप सुधार, शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्बले बचतमा

काठमाडौं । नेपालको आर्थिक अवस्था पछिल्लो समय बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चाल आवको जेठ मसान्तसम्मको विवरण अनुसार चालु खाता र शोधनान्तर स्थिति बलियो देखिएको हो । राष्ट्र बैंकका अनुसार जेठसम्म अर्थात समीक्षा अवधिमा चालु खाता रु.३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता […]

मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति

काठमाडौं । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठूलो जित हासिल गरेका छन् । उनको सपना
BizKhabar Online » BizKhabar Online

मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति

काठमाडौं । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठूलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ । वास्तवमा, अमेरिकी कंग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई […]

गरिमा विकास बैंक लिमिटेडद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०८२ साल असार २२ गते आइतबार हरिशयनी एकादशीको अवसरमा आफ
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंक लिमिटेडद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०८२ साल असार २२ गते आइतबार हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर र पिपलका बिरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, […]

टीभीएसको नयाँ स्कुटर ‘जुपिटर ११०’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको ने
BizKhabar Online » BizKhabar Online

टीभीएसको नयाँ स्कुटर ‘जुपिटर ११०’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको नेपालका लागि आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार सार्वजनिक गरेको छ। कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव र स्टाइलिश डिजाइन गरिएको छ। सबै उमेर, लिङ्ग र शारीरिक बनावट भैएका प्रयोगकर्तालाई लक्षित गर्दै, स्कुटरको ह्यान्डल, […]

रातो बन्दा प्रतिकिलो रु १८०, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

रातो बन्दा प्रतिकिलो रु १८०, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, आलु रातो प्रतिकिलो रु ४६, […]

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय भन्सार शुल्क पठा
BizKhabar Online » BizKhabar Online

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय भन्सार शुल्क पठाउने बताएका कारण लगानीकर्ताहरू सतर्क रहँदा टोकियोको सेयर बजार सोमबार ओरालो लागेको छ । जापानको मुख्य सेयर सूचकांक सोमबार दुई सय २३ दशमलव २० अङ्कले घटेर ३९ हजार पाँच सय ८७ दशमलव ६८ मा बन्द भएको छ । यो अघिल्लो शुक्रबारको तुलनामा करिब […]

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, दर्जनौ गाडीहरू पनि बगे

काठमाडौँ । भीषण वर्षासँगैको भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेक
BizKhabar Online » BizKhabar Online

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, दर्जनौ गाडीहरू पनि बगे

काठमाडौँ । भीषण वर्षासँगैको भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको हो । तिब्बतबाट बग्दै आएको नदीमा आएको बाढीले नेपाल–चीन नाका तिब्बत जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका सई ज्योतिराम बीसीले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पनि गए रातिको बाढीले […]

नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार राति अमेरिकी पूर्व राष्ट्रपति ड
BizKhabar Online » BizKhabar Online

नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार राति अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् । नेतन्याहुले ट्रम्पसँगको भेटमा यो सम्मानका लागि ‘उचित रूपमा योग्य’ भएको बताएका छन् । ट्रम्पले आफूलाई सधैं ‘शान्तिका दुत’ को रूपमा वर्णन गर्दै आएका छन् भने नोबेल पुरस्कारप्रति आफ्नो चाहना खुलस्त रूपमा व्यक्त गर्दै आएका […]

म्याग्दीका पर्यटकीयस्थल सुनसान, तातोपानी कुण्डमा पनि छैन चहलपहल

काठमाडौं । वर्षा सुरु भएसँगै म्याग्दीका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मो
BizKhabar Online » BizKhabar Online

म्याग्दीका पर्यटकीयस्थल सुनसान, तातोपानी कुण्डमा पनि छैन चहलपहल

काठमाडौं । वर्षा सुरु भएसँगै म्याग्दीका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको […]

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति, तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था

काठमाडौं । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षे
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति, तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था

काठमाडौं । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नति गरिएको हो । मुक्तिनाथ मन्दिर परिसरको साविकको संरचना नखल्बलिने गरी सामाजिक विकास कार्यालयमार्फत छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न […]

धितोपत्र निष्काशन निर्देशिका संशोधन : आईपीओको समयसीमा छोटियो, सर्वसाधारणका लागि नयाँ नियम लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका नवौं पटक संशोधन गर्
BizKhabar Online » BizKhabar Online

धितोपत्र निष्काशन निर्देशिका संशोधन : आईपीओको समयसीमा छोटियो, सर्वसाधारणका लागि नयाँ नियम लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका नवौं पटक संशोधन गर्दै नयाँ व्यवस्था सार्वजनिक गरेको छ । संशोधन गरिएको यो निर्देशिका साउन १ गतेदेखि लागू हुनेछ । संशोधित निर्देशिका अनुसार अब वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको सेयरमा आवेदन दिन चार कार्य दिन मात्र समय दिइने भएको छ । यसअघि यस्तो […]

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगा
BizKhabar Online » BizKhabar Online

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गर्नुभएपछि चीनले सोमबार ब्राजिल, रुस र भारत समेत समावेश भएको समूह ब्रिक्सले ‘टकराव’ नचाहेको बताएको छ । ‘कर लगाउने सन्दर्भमा, व्यापार र भन्सार शुल्क युद्धको कुनै विजेता हुँदैन र संरक्षणवादले अगाडि बढ्ने कुनै बाटो दिँदैन भनेर चीनले बारम्बार आफ्नो स्थिति […]

मौद्रिक र वित्त नीतिको समन्वयबारे योजना आयोग र राष्ट्र बैंकबीच छलफल, कृषि क्षेत्रमा कर्जा बढाउन जोड

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्न
BizKhabar Online » BizKhabar Online

मौद्रिक र वित्त नीतिको समन्वयबारे योजना आयोग र राष्ट्र बैंकबीच छलफल, कृषि क्षेत्रमा कर्जा बढाउन जोड

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच सिंहदरबारस्थित आयोगको कार्यकक्षमा भेटघाट र गहन छलफल भएको छ । उनीहरूबीचको छलफलमा आगामी आर्थिक वर्षको मौद्रिक नीति र वित्त नीतिबीचको समन्वय कसरी मिलाउने भन्ने विषयमा व्यापक कुराकानी भएको हो । यो छलफल आयोगको ५४ औँ राष्ट्रिय विकास समस्या […]

प्रभु बैंकका अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ, पदभार ग्रहण

काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैं
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ, पदभार ग्रहण

काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमाबार बसेको बैंकको सञ्चालक समितिको ३०१औं बैठकको अध्यक्षता गरी कार्कीले सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम बुझना […]

Get more results via ClueGoal