Nepal



प्रभु बैंकका अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ, पदभार ग्रहण

काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैं
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ, पदभार ग्रहण

काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमाबार बसेको बैंकको सञ्चालक समितिको ३०१औं बैठकको अध्यक्षता गरी कार्कीले सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम बुझना […]

एमआरपी समस्यामा प्रधानमन्त्रीको चासो, व्यवसायीलाई नडराउन सल्लाहकार खतिवडाको आग्रह

काठमाडौं । बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानु
BizKhabar Online » BizKhabar Online

एमआरपी समस्यामा प्रधानमन्त्रीको चासो, व्यवसायीलाई नडराउन सल्लाहकार खतिवडाको आग्रह

काठमाडौं । बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानुनी प्रावधान कार्यान्वयनपछि उठेका समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्। प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्। नेपाल समुद्रपार निकासी पैठारी संघद्वारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले व्यवसायीका गुनासो प्रधानमन्त्रीसम्म पुगेको […]

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काठमाडौं । मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेक
BizKhabar Online » BizKhabar Online

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काठमाडौं । मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीयस्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपद्मा उक्त सङ्ख्याको बस्तीका छ हजार तीन सय ७५ घरपरिवार उच्च जोखिममा रहेको जनाइएको हो । समितिका अनुसार ती बस्तीको परिवारका २३ हजार ४५ नागरिक मनसुनजन्य विपद्बाट […]

प्रधानमन्त्रीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट, स्विस सरकारको सहयोग निरन्तर रहने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डान
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट, स्विस सरकारको सहयोग निरन्तर रहने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो । मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, सङ्क्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका […]

‘कुलिङ पिरियड’ मा भएको चलखेल छानबिन गर्न बन्यो विशेष समिति, २१ दिनको समय

काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा भएको चलखेलबारे संसदीय छानबिन समितिका लागि सबै सां
BizKhabar Online » BizKhabar Online

‘कुलिङ पिरियड’ मा भएको चलखेल छानबिन गर्न बन्यो विशेष समिति, २१ दिनको समय

काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा भएको चलखेलबारे संसदीय छानबिन समितिका लागि सबै सांसदको नाम टुंगिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सातै सांसदको नाम टुंगिएको हो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती रहने छन् । यस्तै, नेकपा (माओवादी केन्द्र) बाट […]

२४ होइन ६०० मिलियन वर्ष पहिले २१ घण्टाको हुन्थ्यो एक दिन : अध्ययन

काठमाडौं । विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा
BizKhabar Online » BizKhabar Online

२४ होइन ६०० मिलियन वर्ष पहिले २१ घण्टाको हुन्थ्यो एक दिन : अध्ययन

काठमाडौं । विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक दिनमा कति घण्टा हुन्छ ? तपाईं यो प्रश्न धेरै सजिलै जवाफ दिन सक्नुहुन्छ– २४ घण्टा । तर, हालैको एक अनुसन्धानले ६० करोड वर्ष पहिले एक दिन २४ को होइन, […]

संसदीय सुनवाइ समितिवाट प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सद
BizKhabar Online » BizKhabar Online

संसदीय सुनवाइ समितिवाट प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ अनमोदन गरेको छ । समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिए । समितिले […]

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ, ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो

काठमाडौं । बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । असार महि
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ, ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो

काठमाडौं । बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । असार महिना बित्नै लाग्दा अहिलेसम्म बागमती प्रदेशमा सो परिमाणमा खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो । बागमती प्रदेश कृषि निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै […]

अघि बढेन नेपाल सरकारको आफ्नै ‘इकमर्श साइट’ बनाउने योजना, स्वदेशी वस्तु उपयोगमा पनि वेवास्ता

काठमाडौं । नेपाल सरकारले स्वदेशी वस्तुको प्रवद्र्धन र आयात न्यूनीकरणका लागि ‘नेपाली उत्पादन’ ना
BizKhabar Online » BizKhabar Online

अघि बढेन नेपाल सरकारको आफ्नै ‘इकमर्श साइट’ बनाउने योजना, स्वदेशी वस्तु उपयोगमा पनि वेवास्ता

काठमाडौं । नेपाल सरकारले स्वदेशी वस्तुको प्रवद्र्धन र आयात न्यूनीकरणका लागि ‘नेपाली उत्पादन’ नामक इकमर्श पोर्टल सञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ गत पुसमा लागू भएपनि यसको कार्यान्वयन सुस्त छ । विशेषगरी, नेपाली उत्पादनलाई बजारसम्म पु¥याउने र सार्वजनिक निकायमा खरिद प्रक्रियालाई सहज बनाउने उद्देश्यले प्रस्तावित इकमर्श […]

सेयर बजारमा यसरी हुन्छ चलखेल, ‘जेन स्ट्रिट’ को घोटाला प्रकरण बन्यो उदाहरण

काठमाडौं । विश्वको सबैभन्दा ठूलो व्यापारिक फर्महरू मध्ये एक, जेन स्ट्रिट ग्रुप बजार नियामक भारती
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा यसरी हुन्छ चलखेल, ‘जेन स्ट्रिट’ को घोटाला प्रकरण बन्यो उदाहरण

काठमाडौं । विश्वको सबैभन्दा ठूलो व्यापारिक फर्महरू मध्ये एक, जेन स्ट्रिट ग्रुप बजार नियामक भारतीय सेयर बजार नियामक सेबीको राडारमा छ । नियामकको विश्वास छ कि जेन स्ट्रिटले सेयर बजारमा हेरफेर गरेर अनुचित नाफा कमाएको छ । कम्पनीले निश्चित रणनीतिहरू प्रयोग गरेर ठूलो नाफा कमाएको आरोप छ । यो रकम लगभग ३६,५०२ करोड भारतीय रुपैयाँ […]

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैकलाई मन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश
BizKhabar Online » BizKhabar Online

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैकलाई मन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र बैकलाई आग्रह गरेका छन्। केन्द्रीय बैकका गर्भनर डा विश्वनाथ पौडेलसँगको आइतबार भएको छलफलमा मन्त्री अधिकारीले कृषिमार्फत गरिबी हटाउनका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने भएकाले साना किसानले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने […]

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ओपेक र ‘ओपेक प्लस’को रणनीति

काठमाडौं । पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह &
BizKhabar Online » BizKhabar Online

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ओपेक र ‘ओपेक प्लस’को रणनीति

काठमाडौं । पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह ‘ओपेक प्लस’ ले शनिवार एक भर्चुअल बैठकमार्फत आगामी अगस्ट महिनादेखि दैनिक पाँच लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको छ। यो वृद्धिदर जुलाई महिनाको तुलनामा बढी हो। ओपेक पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन हो। यो एक अन्तर्राष्ट्रिय संगठन हो,जसको स्थापना […]

प्रधानमन्त्रीले आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय भएको हो । नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री […]

कृषिको क्षेत्रमा विशिष्टीकृत संस्था आवश्यक, अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्छ : डा. खतिवडा

काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रुपान
BizKhabar Online » BizKhabar Online

कृषिको क्षेत्रमा विशिष्टीकृत संस्था आवश्यक, अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्छ : डा. खतिवडा

काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक रहेको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २४ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले कृषि क्षेत्रको विकास र विस्तारका लागि विशेष कार्य गर्नेगरी विशिष्टीकृत वित्तिय संस्थाको आवश्यकता देखिएको बताएका हुन् […]

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं। हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा ल
BizKhabar Online » BizKhabar Online

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं। हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल ‘जिआई राइस’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त हुने छ । […]

इयू–चीन व्यापार द्वन्द्वः चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लग
BizKhabar Online » BizKhabar Online

इयू–चीन व्यापार द्वन्द्वः चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आइतबार जवाफी प्रतिबन्धको घोषणा गरेको छ । चीनको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनमा स्थापना भएका युरोपेली पुँजी भएका कम्पनीहरूबाहेक युरोपेली युनियनका कम्पनीहरूलाई चार करोड ५० लाख युआन ९६३ लाख अमेरिकी डलर० भन्दा बढीको मागबाट बाहिर राखिनेछ ।’ […]

ह्याचरी संघको निर्णय : एक साता कुखुराको चल्ला उत्पादन र बिक्रीमा पूर्ण रोक

काठमाडों । नेपाल ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा आगामी सोमबारदेख
BizKhabar Online » BizKhabar Online

ह्याचरी संघको निर्णय : एक साता कुखुराको चल्ला उत्पादन र बिक्रीमा पूर्ण रोक

काठमाडों । नेपाल ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा आगामी सोमबारदेखि एक साताका लागि पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। संघको शुक्रबार बसेको बैठकले असार २३ गतेदेखि २९ गतेसम्म चल्ला उत्पादन र बिक्री नगर्न सदस्य उद्योगीलाई निर्देशन दिएको हो। संघका अध्यक्ष लक्ष्मीदास श्रेष्ठका अनुसार हाल ह्याचरी व्यवसाय गम्भीर संकटमा परेको छ। उत्पादन […]

हिमालयन बैंकलाई एफपीओ अनुमति, १ अर्ब ४५ करोड पुँजी जुटाउँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप प्राथमिक सेयर (एफपीओ) निष्कासनको लागि नियामक निकायको स्वीकृ
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकलाई एफपीओ अनुमति, १ अर्ब ४५ करोड पुँजी जुटाउँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप प्राथमिक सेयर (एफपीओ) निष्कासनको लागि नियामक निकायको स्वीकृति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँ दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो। यो एफपीओ निष्कासनबाट बैंकले करिब १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको […]

कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण, कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

काठमाडौं ।राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर, रघुगंगा गाउँपाल
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण, कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

काठमाडौं ।राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर, रघुगंगा गाउँपालिका-३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि तीन करोड ३९ लाख ८६ हजार ८२३ रुपैयाँको लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो। […]

साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षण, १५ जनामा दृष्टिदोष समस्या

काठमाडौं । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षण, १५ जनामा दृष्टिदोष समस्या

काठमाडौं । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त रूपमा साझा यातायातको कार्यालयमा शनिबार सो आँखा जाँच शिविर आयोजना गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार […]

सामुदायिक वनमा सर्पगन्धाको व्यवसायिक खेती, प्राकृतिक औषधिका रूपमा व्यवसायिक सम्भावना

काठमाडौं । तनहुँको देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको
BizKhabar Online » BizKhabar Online

सामुदायिक वनमा सर्पगन्धाको व्यवसायिक खेती, प्राकृतिक औषधिका रूपमा व्यवसायिक सम्भावना

काठमाडौं । तनहुँको देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलो पटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ । उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले रु चार लाख र सामुदायिक वन समूहले रु एक लाख १० हजार लगानी […]

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विश्वका विभिन्न देशहरुब
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सिधै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । सम्झौतासँगै भुक्तानी प्रणाली सेवा प्रदायक अलीपें मा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एप […]

गरिमा विकास बैंक एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध

काठमाडौं । गरिमा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेपाल पेमेन्ट स्विच (एनपिएस)
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंक एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध

काठमाडौं । गरिमा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेमा आबद्ध भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसिएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेको छ । बैंक, वित्तीय […]

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो भिसा क्रेडिट कार्ड : नेपाल, भारत र भुटानमा चल्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल, भारत र भुटानमा प्रयोग गर्न मिल्ने भिसा क्रेडिट कार्डक
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो भिसा क्रेडिट कार्ड : नेपाल, भारत र भुटानमा चल्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल, भारत र भुटानमा प्रयोग गर्न मिल्ने भिसा क्रेडिट कार्डको सुविधा प्रदान गरेको छ। सुरक्षित, सजिलो र सुविधाजनक डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बैंकले उक्त कार्ड सञ्चालनमा ल्याएको हो। बैंकको क्रेडिट कार्डलाई एटीएम र पिओएस टर्मिनल दुवैमा प्रयोग गर्न सकिने छ। साथै, नेपाली रुपैयाँमा हुने अनलाइन कारोबारका लागि समेत […]

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१र८२ का लागि ल्याएको क्लब योजनामध्येक
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१र८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब” मा पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेले उक्त क्लबको लक्ष्य पूरा गरेकोमा सम्मान गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त […]

‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

काठमाडौं । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश
BizKhabar Online » BizKhabar Online

‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

काठमाडौं । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा आज प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक […]

राजमार्ग अपडेट : विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अ
BizKhabar Online » BizKhabar Online

राजमार्ग अपडेट : विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला […]

डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यको लागि महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा
BizKhabar Online » BizKhabar Online

डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यको लागि महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गरेका छन्। बेलायत स्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम”लाई सम्बोधन गर्दै उनले नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र […]

अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड चिसो, कठ्याङ्ग्रीएर १५ जनाको मृत्यु

काठमाडौं । ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ । अत्यधिक चिस
BizKhabar Online » BizKhabar Online

अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड चिसो, कठ्याङ्ग्रीएर १५ जनाको मृत्यु

काठमाडौं । ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ । अत्यधिक चिसोले कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सरकारहरूलाई ग्यास आपूर्ति प्रतिबन्धित गर्न र आपत्कालीन आश्रयहरू सक्रिय गर्न बाध्य पारेको छ । ध्रुवीय हावा अन्टार्कटिकाबाट उत्पन्न भएर यस क्षेत्रभरि फैलिएका कारण तीनवटै यी दक्षिण अमेरिकी देशले शून्यभन्दा तलको तापक्रम तीव्र […]

अनलाइन लाइसेन्स सेवामा प्रविधिगत समस्या, सबै सेवा बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवामा प्रविधिगत समस्या देखिएपछि यातायात व्यवस्था व
BizKhabar Online » BizKhabar Online

अनलाइन लाइसेन्स सेवामा प्रविधिगत समस्या, सबै सेवा बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवामा प्रविधिगत समस्या देखिएपछि यातायात व्यवस्था विभागले सबै सेवा बन्द गरेको छ। विभागले शुक्रबार सूचना जारी गर्दै असार २० गतेदेखि सवारी चालक अनुमतिपत्र प्रणाली (इडीएल), अनलाइन आवेदन प्रणाली तथा लाइसेन्स प्रिन्ट प्रणालीमा समस्या देखिएको र समस्या समाधान नभएसम्मका लागि सम्पूर्ण सेवाहरू बन्द गरिएको जानकारी गराएको छ। सूचनामा भनिएको छ, […]

एमएडब्लू वृद्धिद्वारा बालकुमारी र बसुन्धरामा नयाँ विद्युतीय सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्न तथा बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन एमएड
BizKhabar Online » BizKhabar Online

एमएडब्लू वृद्धिद्वारा बालकुमारी र बसुन्धरामा नयाँ विद्युतीय सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्न तथा बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक विद्युतीय सवारी साधन (ईभी) सर्भिस सेन्टर सञ्चालनमा ल्याउने भएको छ। रणनीतिक रूपमा शहरका मुख्य स्थानहरूमा सञ्चालन गरिने यी सर्भिस केन्द्रहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका ईभी गाडीहरूका लागि मात्र समर्पित हुनेछन्। नयाँ केन्द्रमा २५ […]

अब नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा
BizKhabar Online » BizKhabar Online

अब नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका […]

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै, हरेकबर्ष कोषमा योगदान गरिने

काठमाडौं । बाग्लुङको जैमिनी नगरपालिकाले १ अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ
BizKhabar Online » BizKhabar Online

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै, हरेकबर्ष कोषमा योगदान गरिने

काठमाडौं । बाग्लुङको जैमिनी नगरपालिकाले १ अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा ५० लाख रुपैयाँ दाखिला भएको छ । कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ । ‘दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्याउने लक्ष्य छ । […]

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने, उत्पादन तथा बिक्रीमा वार्षिक १० प्रतिशत वृद्धिको लक्ष्य

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूल
BizKhabar Online » BizKhabar Online

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने, उत्पादन तथा बिक्रीमा वार्षिक १० प्रतिशत वृद्धिको लक्ष्य

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका गरेका छन् । समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री […]

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

काठमाडौं । बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणम
BizKhabar Online » BizKhabar Online

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

काठमाडौं । बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी […]

Get more results via ClueGoal