दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम सुरु
newsare.net
खोटाङ कात्तिक–९, खोटाङलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मदिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम सुरु
खोटाङ कात्तिक–९, खोटाङलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको दश दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम सुरु गरिएको हो । आगामी १८ महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभीले उक्त सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ । सडकको बिस्तृत सर्भेक्षणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चौकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने सडक कालोपत्रेको लागि प्रारम्भिक चरणको काम तिहारपछि लगत्तै सुरु हुने निर्माण कम्पनीका निर्देशक कल्याण खत्रीले बताउनुभयो । नाली, रिटेनिङ वाल सहित छ दशमलव २५ मिटर चौंडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे गर्ने गरी काम अघि बढाइएको हो । उक्त सडकलाई प्राधिकरणले प्राथमिकताको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । गत असोज–१ गते सम्झौता भएको सडकको कालोपत्रेको काम २०७६ साल चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने प्राधिकरण र निर्माण कम्पनीबीच भएको सम्झौलामा उल्लेख छ । जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रे गर्न लागिएको सबैभन्दा पहिलो हो । दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही भाग ट्र्याक खोलिए पनि बीचमा ट्र्याक जोडिन बाँकी छ । ट्र्याक खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खोल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने जनाइएको छ । सगरमाथा लोकमार्गसँग जोडिने उक्त सडकको रेग्मीटार–फोक्सिङ्टार र रेग्मीटार–महुरे कालोपत्रे भइरहेको छ । Read more