Nepal



नेपालका बैंक वित्तीय संस्थामार्फत पौने ४० अर्ब शंकास्पद कारोबार, यस्तो छ राष्ट्र बैंकको प्रतिवेदन

काठमाडौं । नेपालका बैंक वित्तीय संस्थाहरु मार्फत ४० अर्ब बराबरको शंकास्पद कारोबार भएको पाइएको छ

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै, लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने

काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक
BizKhabar Online » BizKhabar Online

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै, लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने

काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिए । पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आँकलन गरेर […]

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या, निर्माण कम्पनीले मागे ब्याज

काठमाडौं । नारायणी नदीमा गरिएको तटबन्धको कामको १ अर्ब ३ करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि
BizKhabar Online » BizKhabar Online

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या, निर्माण कम्पनीले मागे ब्याज

काठमाडौं । नारायणी नदीमा गरिएको तटबन्धको कामको १ अर्ब ३ करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । उनले भने, ‘आयोजनालाई […]

प्रभु महालक्ष्मीको ब्राण्डिङ क्याम्पेन : ‘ढुक ढुक हैन, ढुक्क होऔँ’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै ज
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मीको ब्राण्डिङ क्याम्पेन : ‘ढुक ढुक हैन, ढुक्क होऔँ’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन सार्वजनिक गरेको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन सार्वजनिक गरेको हो । ‘जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत […]

फ्रिक्वेन्सी दस्तुर नबुझाउँदा नेपाल टेलिकम र एनसेल पनि तनावमा, रोकियो ब्याण्डविथ आयात

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले सरकारलाई बक्यौता नबुझाउँदा देखिएको अन्यौलताकाबीच देशका प्र
BizKhabar Online » BizKhabar Online

फ्रिक्वेन्सी दस्तुर नबुझाउँदा नेपाल टेलिकम र एनसेल पनि तनावमा, रोकियो ब्याण्डविथ आयात

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले सरकारलाई बक्यौता नबुझाउँदा देखिएको अन्यौलताकाबीच देशका प्रमुख दुई दूरसञ्चार सेवाप्रदायक पनि उस्तै समस्यामा फसेका छन् । सरकारलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर लामो समयसम्म नबुझाएका कारण नेपालका दुई ठूला दूरसंचार सेवाप्रदायक तनावमा फसेका छन् । नेपाल दूरसंचार प्राधिकरणले लामो समयदेखि २१ सय मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी प्रयोग गरेवापतको भुक्तानी गर्न ताकेता गरिरहेको छ […]

विश्वका सबैभन्दा धनी मस्कले कमाईको नयाँ रेकर्ड बनाउँदा यस्तो बन्यो विश्वका सबैभन्दा धनीको सूची

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले कमाईको नयाँ रेकर्ड बनाएका छन् । टेस्लाको सेयर
BizKhabar Online » BizKhabar Online

विश्वका सबैभन्दा धनी मस्कले कमाईको नयाँ रेकर्ड बनाउँदा यस्तो बन्यो विश्वका सबैभन्दा धनीको सूची

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले कमाईको नयाँ रेकर्ड बनाएका छन् । टेस्लाको सेयर हप्ताको पहिलो कारोबार दिन (सोमबार) मा १०% भन्दा बढि बढ्यो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार सोमबार मस्कको कुल सम्पत्ति १५.३ बिलियन डलरले बढेको छ । योसँगै उनको कुल सम्पत्ति २४१ अर्ब डलर पुगेको छ । यो वर्ष पहिलोपटक मस्कको […]

हेटौंडामा नमूना सडक बनाइँदै, आगामी १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । ह
BizKhabar Online » BizKhabar Online

हेटौंडामा नमूना सडक बनाइँदै, आगामी १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौंडा–४ स्थित रजतजयन्ती र हेटौंडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले […]

भारतीय सेयर बजारमा नयाँ रेकर्ड : सेन्सेक्स ८० हजार नाघ्यो, निफ्टी पनि २४ हजार ३ सयमाथि

काठमाडौं । भारतीय धितोपत्र बजारमा आज अर्थात जुलाई ३ गते लगातार दोस्रो दिन पनि शेयर बजार अहिलेसम्म
BizKhabar Online » BizKhabar Online

भारतीय सेयर बजारमा नयाँ रेकर्ड : सेन्सेक्स ८० हजार नाघ्यो, निफ्टी पनि २४ हजार ३ सयमाथि

काठमाडौं । भारतीय धितोपत्र बजारमा आज अर्थात जुलाई ३ गते लगातार दोस्रो दिन पनि शेयर बजार अहिलेसम्मकै उच्च भएको छ । कारोबारको क्रममा सेन्सेक्सले ८० हजारको स्तर र निफ्टीले २४ हजार ३०० को स्तर पार गरेका छन् । हाल सेन्सेक्स ५०० अंकले बढेर ८० हजारको स्तरमा कारोबार गरिरहेको छ । निफ्टी पनि १५० अंकभन्दा बढीले […]

एमालेसँगको सहमति अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दै छ । सभापति शेर
BizKhabar Online » BizKhabar Online

एमालेसँगको सहमति अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन […]

भारतको उत्तर प्रदेशमा सत्संगमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्च
BizKhabar Online » BizKhabar Online

भारतको उत्तर प्रदेशमा सत्संगमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिका समेत छन् । घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हाथरस जिल्लाको […]

प्रधानमन्त्री प्रचण्डले आज राजीनामा नदिए एमालेले मन्त्री फिर्ता बोलाउने, समर्थन पनि फिर्ता लिने

काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजनीनामा दिएर मार्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री प्रचण्डले आज राजीनामा नदिए एमालेले मन्त्री फिर्ता बोलाउने, समर्थन पनि फिर्ता लिने

काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजनीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले […]

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार ?

काठमाडौँ । संसदका दुई ठुला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ । क
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार ?

काठमाडौँ । संसदका दुई ठुला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेस- एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । तर त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको छ । तर माओवादी केन्द्रले मंगलबार तत्काल राजीनामा नदिने र […]

मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएपछि पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । म
BizKhabar Online » BizKhabar Online

मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएपछि पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो । पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको […]

गृहमन्त्री लामिछानेविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्द
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछानेविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्दा हेर्दैमा राखिएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र […]

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणक
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा ९२० बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सहकारी छानविन समितिले राजनीतिक दलहरूसँग सुझाव माग्दै, लिखित रुपमा सुझाव माग

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

सहकारी छानविन समितिले राजनीतिक दलहरूसँग सुझाव माग्दै, लिखित रुपमा सुझाव माग

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँगको छलफलपछि यस्तो निर्णय गरेको […]

कोशी प्रदेश : ६ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

काठमाडौँ । कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेश : ६ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

काठमाडौँ । कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतसम्म कूल चार हजार छ सय […]

सरकार परिवर्तनको चर्चाले सेयर बजारमा उत्साह, एकै दिन ४७ अंकले बढ्यो

काठमाडौं । मंगलबार राजनीतिक उथलपुथलसँगै उच्च उत्तारचढाव भएको सेयरबजारमा उत्साह देखिएको छ । सोमब
BizKhabar Online » BizKhabar Online

सरकार परिवर्तनको चर्चाले सेयर बजारमा उत्साह, एकै दिन ४७ अंकले बढ्यो

काठमाडौं । मंगलबार राजनीतिक उथलपुथलसँगै उच्च उत्तारचढाव भएको सेयरबजारमा उत्साह देखिएको छ । सोमबार र मंगलबार बिहानै सरकार परिवर्तनको चर्चासँगै कारोबारको पहिलो १ घण्टामा दुईपटकसम्म सर्किट ब्रेक लागेको नेप्से अन्तिम समयमा ४७.०४ अंकले बढेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका १ करोड १६ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा […]

फाइल यस्तो खुल्यो कि गठबन्धन एक रात पनि टिकेन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्त
BizKhabar Online » BizKhabar Online

फाइल यस्तो खुल्यो कि गठबन्धन एक रात पनि टिकेन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरण बदलिएको टिप्पणी गरेका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भ्रष्टाचारका ठूला फाइल खुल्नथालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको टिप्पणी गरेका हुन् । उनले कसलाई जोगाउनका लागि सत्ता समीकरणमा फेरबदल आएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताउदै […]

नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध, अवरोध खुल्न १ घण्टा लाग्ने

चितवन । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे च
BizKhabar Online » BizKhabar Online

नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध, अवरोध खुल्न १ घण्टा लाग्ने

चितवन । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ । 

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासमा, पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निव
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासमा, पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर शीतल निवास पुगेका हुन् । आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक गरेका थिए । माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । राष्ट्रपतिसँगको भेटमा […]

कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्काशन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । कम्
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्काशन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले आव २०८०/८१ को आगामी वार्षिक साधारण सभाबाट तथा नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा १०० […]

नेपाली बजारमा नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी ल्याउँदै रियलमी

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनह
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी ल्याउँदै रियलमी

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू– रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ । रियलमी १२ एक्स फाइभ जीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्दछ । त्यस्तै रियलमी नार्जो ७० […]

सेबोन अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वाेच्च अदालतले अल्पक
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो । यसअघि अध्यक्ष चयन गर्न गठित समितिले सर्टलिस्टमा परेका ५ जनामध्ये २ जना मात्रै अन्तरवार्तामा उपस्थित भएको र सिफारिस गर्न […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मुक्तिनाथ जाने भारतीय पर्यटक बाटोमै रोकिए

काठमाडौँ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैम
BizKhabar Online » BizKhabar Online

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मुक्तिनाथ जाने भारतीय पर्यटक बाटोमै रोकिए

काठमाडौँ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास […]

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ, धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएक
BizKhabar Online » BizKhabar Online

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ, धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो । बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान […]

राजनीतिक उथलपुथलबीच अघि बढ्यो टेलिकमको एमडी चयन प्रक्रिया, कसले मार्ला बाजी ?

काठमाडौं । नेपालको राजनीतिमा सोमबार र मंगलबार उथलपुथल चलिरहँदा यता नेपाल टेलिकमको प्रवन्ध निर्द
BizKhabar Online » BizKhabar Online

राजनीतिक उथलपुथलबीच अघि बढ्यो टेलिकमको एमडी चयन प्रक्रिया, कसले मार्ला बाजी ?

काठमाडौं । नेपालको राजनीतिमा सोमबार र मंगलबार उथलपुथल चलिरहँदा यता नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) छनोट प्रक्रिया अघि बढेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको एमडी बन्नका लागि आवेदन दिएका आवेदनकर्ताहरुलाई विभिन्न समयमा अन्तरवार्ता र कार्यपत्र प्रस्तुतीकरणका लागि आह्वान गरेर यसको सुरुवात गरेको हो । खासगरी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले […]

राजनीतिका परिदृष्यमा आएको फेरबदलले सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सकारात्मक सर्किट लागेको छ । राजनीतिका परिदृष्
BizKhabar Online » BizKhabar Online

राजनीतिका परिदृष्यमा आएको फेरबदलले सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सकारात्मक सर्किट लागेको छ । राजनीतिका परिदृष्यमा आएको फेरबदलसँगै सेयर बजारमा मंगलबार सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । पहिलो सर्किट […]

सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारी निर्णयवि
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । अध्यक्ष चयन प्रक्रिया अघि बढ्दै गर्दा सर्टलिस्टमा नाम परेर अन्तरवार्तामा उपस्थित भएका सन्तोष नारायण श्रेष्ठले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि […]

श्रममन्त्री अर्यालको निर्देशन : भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा नपठाउनु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्
BizKhabar Online » BizKhabar Online

श्रममन्त्री अर्यालको निर्देशन : भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा नपठाउनु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औं स्थापना दिवस तथा ३०औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा सोमबार उनले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गरे । […]

ताराको जहाज हराएको अफवाह, भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह

काठमाडौं । तारा एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ । पोखराब
BizKhabar Online » BizKhabar Online

ताराको जहाज हराएको अफवाह, भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह

काठमाडौं । तारा एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएपछि तारा एयरले एक विज्ञप्ति जारी गर्दै कुनै जहाज नहराएको स्पष्ट गरेको छ ।  तारा एयरले कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे […]

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता बैंकका ग्राहक र कर्मचारीलाई होटलका सेवामा बिशेष छुट

काठमाडौं । प्रभु बैंक र ललितपुरस्थित होटल हिमालयबीच सम्झौता भएको छ । बैँकका कर्मचारी तथा ग्राहकव
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता बैंकका ग्राहक र कर्मचारीलाई होटलका सेवामा बिशेष छुट

काठमाडौं । प्रभु बैंक र ललितपुरस्थित होटल हिमालयबीच सम्झौता भएको छ । बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई होटलका विभिन्न सेवामा विशेष छुट दिने गरी उक्त सम्झौता भएको हो । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले […]

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

काठमाडौं । भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको त
BizKhabar Online » BizKhabar Online

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

काठमाडौं । भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ । इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो […]

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त, पदभार ग्रहण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् ।
BizKhabar Online » BizKhabar Online

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त, पदभार ग्रहण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट जोशी छनौट भएको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै […]

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला क
BizKhabar Online » BizKhabar Online

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भष्ट्राचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए। ‘मेरो र उसको नभनिकन सबैका पालामा चर्चामा […]

सोमबार दोहोरो अंकले उकालो लाग्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार दोहोरो अंकले उकालो लागेको छ । साताको पहिल
BizKhabar Online » BizKhabar Online

सोमबार दोहोरो अंकले उकालो लाग्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन आईतबार दोहोरो अंकले ओरालो लागेको नेप्से सोमबार भने उकालो लागेको हो । कारोबार समयको सुरुवातिमा उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १६.२९ अंकले बढ्दै २०५३ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३२३ कम्पनीका ७१ लाख […]

Get more results via ClueGoal