काठमाडौं ।राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर, रघुगंगा गाउँपालिका-३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि तीन करोड ३९ लाख ८६ हजार ८२३ रुपैयाँको लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो। […]
काठमाडौं । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त रूपमा साझा यातायातको कार्यालयमा शनिबार सो आँखा जाँच शिविर आयोजना गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार […]
काठमाडौं । तनहुँको देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलो पटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ । उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले रु चार लाख र सामुदायिक वन समूहले रु एक लाख १० हजार लगानी […]
काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सिधै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । सम्झौतासँगै भुक्तानी प्रणाली सेवा प्रदायक अलीपें मा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एप […]
काठमाडौं । गरिमा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेमा आबद्ध भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसिएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेको छ । बैंक, वित्तीय […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल, भारत र भुटानमा प्रयोग गर्न मिल्ने भिसा क्रेडिट कार्डको सुविधा प्रदान गरेको छ। सुरक्षित, सजिलो र सुविधाजनक डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बैंकले उक्त कार्ड सञ्चालनमा ल्याएको हो। बैंकको क्रेडिट कार्डलाई एटीएम र पिओएस टर्मिनल दुवैमा प्रयोग गर्न सकिने छ। साथै, नेपाली रुपैयाँमा हुने अनलाइन कारोबारका लागि समेत […]
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१र८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब” मा पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेले उक्त क्लबको लक्ष्य पूरा गरेकोमा सम्मान गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त […]
काठमाडौं । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा आज प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक […]
काठमाडौं । वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गरेका छन्। बेलायत स्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम”लाई सम्बोधन गर्दै उनले नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र […]
काठमाडौं । ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ । अत्यधिक चिसोले कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सरकारहरूलाई ग्यास आपूर्ति प्रतिबन्धित गर्न र आपत्कालीन आश्रयहरू सक्रिय गर्न बाध्य पारेको छ । ध्रुवीय हावा अन्टार्कटिकाबाट उत्पन्न भएर यस क्षेत्रभरि फैलिएका कारण तीनवटै यी दक्षिण अमेरिकी देशले शून्यभन्दा तलको तापक्रम तीव्र […]
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवामा प्रविधिगत समस्या देखिएपछि यातायात व्यवस्था विभागले सबै सेवा बन्द गरेको छ। विभागले शुक्रबार सूचना जारी गर्दै असार २० गतेदेखि सवारी चालक अनुमतिपत्र प्रणाली (इडीएल), अनलाइन आवेदन प्रणाली तथा लाइसेन्स प्रिन्ट प्रणालीमा समस्या देखिएको र समस्या समाधान नभएसम्मका लागि सम्पूर्ण सेवाहरू बन्द गरिएको जानकारी गराएको छ। सूचनामा भनिएको छ, […]
काठमाडौं । ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्न तथा बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक विद्युतीय सवारी साधन (ईभी) सर्भिस सेन्टर सञ्चालनमा ल्याउने भएको छ। रणनीतिक रूपमा शहरका मुख्य स्थानहरूमा सञ्चालन गरिने यी सर्भिस केन्द्रहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका ईभी गाडीहरूका लागि मात्र समर्पित हुनेछन्। नयाँ केन्द्रमा २५ […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका […]
काठमाडौं । बाग्लुङको जैमिनी नगरपालिकाले १ अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा ५० लाख रुपैयाँ दाखिला भएको छ । कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ । ‘दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्याउने लक्ष्य छ । […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका गरेका छन् । समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री […]
काठमाडौं । बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी […]
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले आवश्यक कम्प्युटर ३ थान, खानेपानी ड्रम २ थान, कपी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिव २ लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री बितरण गरेको छ। […]
काठमाडौं । सौराहामा २५ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीले यस्तो सुनसान अवस्था कहिल्यै देखेका थिएनन्। अहिले होटलमा ५ देखि १० प्रतिशत मात्र ‘अकुपेन्सी’ छ, जबकि पहिले ३० प्रतिशत पर्यटक आउने गर्थे। पर्यटक घटेपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन् र सडक तथा हवाई यातायातमा समस्या छ। चितवन । पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय […]
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी असार १९ गतेदेखि २३ गतेसम्म (जुलाई ३ देखि ७) ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष अफर सञ्चालनमा ल्याउने भएको छ। यो अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू—टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी […]
काठमाडौं । माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो । चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ । महाप्रबन्धक वलीले एक साताभित्र भन्सार […]
काठमाडौं । विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशले आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर भन्सार शुल्कहरू लागु हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्ने लक्ष्य राखेको देशको शीर्ष वाणिज्य अधिकारीले बताएका छन् । व्यापार घाटा कम गर्न ढाकाले बोइङ विमानहरू खरिद गर्न र अमेरिकी गहुँ, कपास र तेलको आयात बढाउन प्रस्ताव गरिरहेको छ । व्यापार घाटालाई […]
काठमाडौँ । गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गै कानुनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१४ अंकले बढ्दै २७ सय ३ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् । स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहेका प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलीसँग गए राति भेटघाट भएको हो । स्पेनका लागि नेपाली राजदूतको निवासमा भएको भेटमा एमाले निकट मञ्चका पदाधिकारीहरूले […]
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो (भारतीय) प्रतिकिलो रु […]
काठमाडौं । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि यहाँ आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिए । वातावरणीय स्वच्छता […]
काठमाडौं । ५० वर्षअघि सञ्चालनमा आएको गण्डक नहरको संरचना जीर्ण बनेका छन् । नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौता भएको थियो । सो सम्झौताअनुसार दुवै मुलुकमा सिँचाइ गर्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी नारायणी सिँचाइ प्रणालीको विकास गरिएको थियो । सो सिँचाइ योजनाअन्तर्गत पर्सा, […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा स्पेनका व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेको महासङ्घले जनाएको छ । स्पेन वाणिज्य तथा उद्योग महाङ्घका […]
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सदर गरेको छ । नियुक्तिविरुद्धको दायर रिटमा बुधबार मध्यरातमा फैसला सुनाउँदै सर्वोच्चले नियुक्ति सदर गररेको होे । सर्वोच्च अदालतको यो फैसलासँगै नियुक्तिको विवादमा परेका संवैधानिक पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउनेछन् । बुधबार फैसला सुनाउनका लागि कानुन व्यवसायी र सञ्चारकर्मीहरूलाई प्रत्यक्ष रूपमा इजलासमा उपस्थित […]
काठमाडौं । केटिएम गु्रप होल्डिङ्ग्स अन्तर्गतको केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि १२ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ। यस प्रयोजनका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ […]
काठमाडौं । विश्वप्रसिद्ध व्यवसायिक रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण आगामी साउन १७ गते देखि हिमालय टेलिभिजनमार्फत प्रशारणमा आउने भएको छ। नेपाली उद्यमशीलता क्षेत्रमा नयाँ उत्साह जगाउने अपेक्षा गरिएको यस शोको ‘पावर्ड बाइ’ प्रायोजकको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई सहभागी भएको छ। शोको प्रमुख प्रस्तुतिकर्ता बनेको टीभीएस अपाचेले नेपाली युवा उद्यमीहरूलाई नयाँ सम्भावनाको […]
काठमाडौं । ग्लोबल मोटरसाइकल ब्रान्ड यामाहाले आफ्नो ७० औं स्थापना दिवस नेपालमा विविध सामाजिक र सन्देशमूलक कार्यक्रमहरूमार्फत भव्य रूपमा मनाएको छ। प्रत्येक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘यामाहा डे’ यस वर्ष ‘पुरानो र नयाँको सेतु, काण्डो एक्सनको माध्यमबाट’ भन्ने विश्वव्यापी नारासहित मनाइएको हो। नेपालमा यामाहा ब्रान्डको आधिकारिक वितरक एमएडब्लू फाउन्डेसनको अगुवाइमा राजधानीको नक्सालस्थित यामाहा […]
काठमाडौं । नेपाल भ्रमणमा आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले ब्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्ससँग छलफल गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलको प्रतिनिधीमण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्वन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल […]
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा र सुविधा फिर्ता लिने निर्णय गरेकी छन् । उनले आज मिति २०८२ असार १७ गतेदेखि लागू हुनेगरी सेवा–सुविधा त्याग गर्ने औपचारिक जानकारी गृह मन्त्रालयलाई पठाएकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ता गर्ने निवेदन गृह मन्त्रालयमा पुगेको छ,’ स्रोतले जानकारी दियो, ‘आजकै मितिबाट ती […]