Nepal



अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब

पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले बिक्री रकमको १ प्रतिशत दिने

काठमाडौं । हालैको आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माण अभियानलाई समर्
BizKhabar Online » BizKhabar Online

पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले बिक्री रकमको १ प्रतिशत दिने

काठमाडौं । हालैको आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माण अभियानलाई समर्थन गर्दै लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक योगदान गर्ने घोषणा गरेको छ। ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले आगामी ३ महिनासम्मको कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार यस कदमलाई राष्ट्रिय उत्तरदायित्व […]

महासंघ पदाधिकारी र कानुनमन्त्री अर्यालबीच भेट, व्यवसायमैत्री वातावरण बनाउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीलाई मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्न स
BizKhabar Online » BizKhabar Online

महासंघ पदाधिकारी र कानुनमन्त्री अर्यालबीच भेट, व्यवसायमैत्री वातावरण बनाउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीलाई मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्न सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग गृह मन्त्रालयमा भेट गर्दै निजी क्षेत्रलाई सुरक्षित वातावरण सुनिश्चित गर्न ठोस कदम चाल्न सुझाव दिएको हो । […]

बजेटबाट १ खर्ब २० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा विदेशीको मुख नताक्ने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका ल
BizKhabar Online » BizKhabar Online

बजेटबाट १ खर्ब २० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा विदेशीको मुख नताक्ने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले चालू बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब १ खर्ब […]

पूर्व प्रम ओली सैनिक ब्यारेकबाट बाहिरिए, गुण्डुको नयाँ घरमा बसाइँसराइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरि
BizKhabar Online » BizKhabar Online

पूर्व प्रम ओली सैनिक ब्यारेकबाट बाहिरिए, गुण्डुको नयाँ घरमा बसाइँसराइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेनजी प्रदर्शनका क्रममा सुरक्षाका निम्ति नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो । गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली हाल भक्तपुरको गुण्डुमा सरेका छन् । सुरक्षा स्रोतका अनुसार उनका लागि त्यहाँ भाडाको घर लिइएको हो । यसअघि […]

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन, बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाई

काठमाडौँ । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जल
BizKhabar Online » BizKhabar Online

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन, बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाई

काठमाडौँ । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल […]

नेपाल बैंकको अध्यक्षमा डिल्लीराज शर्मा नियुक्त, सम्हाले कार्यभार

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा प्राडा डिल्लीराज शर्मा नियुक्त भएका छन् । उनले बिहीबार शपथ ग्र
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको अध्यक्षमा डिल्लीराज शर्मा नियुक्त, सम्हाले कार्यभार

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा प्राडा डिल्लीराज शर्मा नियुक्त भएका छन् । उनले बिहीबार शपथ ग्रहण लिएका हुन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अध्यक्षमा शपथग्रहण गराएका छन् । शपथ ग्रहण गरेसँगै उनले कार्यभार सम्हालेको नेपाल बैंकका प्रवक्ता होमबहादुर खड्काले जानकारी दिए ।

अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी सुरु, विदेशबाट पनि राजस्व भुक्तानी सहज

काठमाडौं । नेपाल सरकारले आजदेखि अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात
BizKhabar Online » BizKhabar Online

अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी सुरु, विदेशबाट पनि राजस्व भुक्तानी सहज

काठमाडौं । नेपाल सरकारले आजदेखि अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात गरेको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्तरूपमा राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्। यस प्रणाली सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले सहज र छिटो राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। प्रणालीले सेवाप्रवाहलाई […]

प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ कन्फरेन्स, कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने मोदीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फरेन्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ कन्फरेन्स, कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने मोदीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फरेन्स भएको छ । दुई देशका प्रधानमन्त्रीबीच केहीबेर अघिमात्रै भिडिओ कन्फरेन्स सकिएको हो । उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको बताइएको छ । कुराकानीमा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई भारतको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् […]

सेयर बजारमा लगानीकर्ताको सम्पत्ति खरानी, चार मिनेटमै गुमाए दुई खर्ब ६८ अर्ब

काठमाडौं । सेयर बजारमा बिहीबार लगानीकर्ताको सम्पत्ति खरानी बनेको छ । नेप्से परिसूचकको चार मिनेट
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा लगानीकर्ताको सम्पत्ति खरानी, चार मिनेटमै गुमाए दुई खर्ब ६८ अर्ब

काठमाडौं । सेयर बजारमा बिहीबार लगानीकर्ताको सम्पत्ति खरानी बनेको छ । नेप्से परिसूचकको चार मिनेटको कारोबारमा नै लगानीकर्ताले साढे २ खर्बभन्दा धेरै लगानी गुमाएका छन् । बिहीबार सेयर बजार खुल्नुअघि बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब २९ करोड थियो । आज बजार पुँजीकरण ४१ खर्ब ९९ अर्बमा सीमित भएको छ । जसअनुसार ४ मिनेटमा लगानीकर्ताले […]

वस्तु विनिमय प्रणालीमा फर्कियो रूस : गहुँसँग चिनियाँ कार साट्दै, ९० को दशककै अवस्थामा पुगेको हो अर्थतन्त्र ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो प्राकृतिक स्रोतसाधन उत्पादक रुसले सन् १९९१ मा सोभियत संघको विघ
BizKhabar Online » BizKhabar Online

वस्तु विनिमय प्रणालीमा फर्कियो रूस : गहुँसँग चिनियाँ कार साट्दै, ९० को दशककै अवस्थामा पुगेको हो अर्थतन्त्र ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो प्राकृतिक स्रोतसाधन उत्पादक रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि तीन दशकअघि पश्चिमी देशहरूसँग आर्थिक सम्बन्धको यात्रा सुरु गरेको थियो । वर्तमानमा, रूसले चीन र भारतसँगको सम्बन्धलाई बलियो बनाएको भएपनि वस्तु आदानप्रदानमा फर्किएसँगै युक्रेन युद्धले रूसी व्यापारिक सम्बन्धलाई कसरी असर गरेको छ भनेर देखाउँछ । अमेरिका, युरोप र सहयोगी देशहरूले […]

सेयर बजारमा दोस्रोपटक कारोबार स्थगित, बजार १३३ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा नकारात्मक सर्किट लागेर दोस्रोपटक बन्द भएको छ ।
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोस्रोपटक कारोबार स्थगित, बजार १३३ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा नकारात्मक सर्किट लागेर दोस्रोपटक बन्द भएको छ । कारोबार समयको पहिलो ५ मिनेटमै ४ प्रतिशतको गिरावट आउँदा २० मिनेटका लागि बन्द भएको बजार पुनः खुलेको १ मिनेटमै ५ प्रतिशतले घट्दा दोस्रोपटक कारोबार स्थगित भएको हो ।

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा, वस्तु जफत गरी नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर ग
BizKhabar Online » BizKhabar Online

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा, वस्तु जफत गरी नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो । कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको […]

आशा जगाउँदै पर्यटन, विषम परिस्थितिबाट पुनः पुरानै लय फर्किने आशा

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन
BizKhabar Online » BizKhabar Online

आशा जगाउँदै पर्यटन, विषम परिस्थितिबाट पुनः पुरानै लय फर्किने आशा

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । पर्यटकीय ‘सिजन’को सुरुआती चरणमा भएको यो आन्दोलन पर्यटन व्यवसायी पनि निराश जस्तै छन् […]

वीरगञ्ज भन्सारद्धारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु. ३९ अर्ब १५ करोड ५५ लाख राज
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारद्धारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु. ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु. ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो । वीरगञ्ज भन्सार […]

कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने, इभान्हो माइन्सको चार प्रतिशत स्वामित्व

काठमाडौँ । कतार लगानी प्राधिकरणले बुधवार उप-सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानड
BizKhabar Online » BizKhabar Online

कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने, इभान्हो माइन्सको चार प्रतिशत स्वामित्व

काठमाडौँ । कतार लगानी प्राधिकरणले बुधवार उप-सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानीको घोषणा गरेको छ । खाडी राज्यको सार्वभौम सम्पत्ति कोषले लगानी पूरा भएपछि इभान्हो माइन्सको लगभग चार प्रतिशत स्वामित्व राख्नेछ क्यूआईएले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । कतारी कोषका प्रमुख कार्यकारी मोहम्मद सैफ अल–सोवैदीले […]

आजदेखि सेयर बजार खुला, २,६७२ अंकबाट अबको यात्रा कता पुग्ला ?

काठमाडौं । सेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका कारण गत भदौ
BizKhabar Online » BizKhabar Online

आजदेखि सेयर बजार खुला, २,६७२ अंकबाट अबको यात्रा कता पुग्ला ?

काठमाडौं । सेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको बजार नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि […]

भिभोद्वारा दराजसँगको सहकार्यमा दशैंका लागि अफर सार्वजनिक, आजदेखि सञ्चालन

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै दशैं ९.९ क्याम्पे
BizKhabar Online » BizKhabar Online

भिभोद्वारा दराजसँगको सहकार्यमा दशैंका लागि अफर सार्वजनिक, आजदेखि सञ्चालन

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै दशैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ, जुन आश्विन २ देखि १८ सम्म सञ्चालन हुनेछ । यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भिभोको नवीनतम स्मार्टफोनहरूको भरपूर लाभ लिन सक्नेछन्। यस क्याम्पेन अन्तर्गत, ग्राहकहरूले भिभो स्मार्टफोनहरूमा रु. ७,००० सम्मको विशेष डिस्काउन्ट भौचर प्राप्त गर्न […]

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय र
BizKhabar Online » BizKhabar Online

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोे छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा […]

संविधान दिवसमा टेलिकमको ‘अफर’, रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’

काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२
BizKhabar Online » BizKhabar Online

संविधान दिवसमा टेलिकमको ‘अफर’, रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’

काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ […]

बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय, कति दिन लम्बिएला ?

काठमाडौँ । औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ
BizKhabar Online » BizKhabar Online

बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय, कति दिन लम्बिएला ?

काठमाडौँ । औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ । महाशाखाका […]

जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट १८ किलो सुन र
BizKhabar Online » BizKhabar Online

जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद चोरी तथा लुटपाट भएको छ । भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको हो । कुन समूहले सुन र नगद चारी गर्यो भन्ने […]

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद थप, अब असोज ५ सम्म जम्मा गरे हुने

काठमाडौं । साउन महिनामा सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्ने अवधि थप गरिएको छ । बुधबार को
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद थप, अब असोज ५ सम्म जम्मा गरे हुने

काठमाडौं । साउन महिनामा सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्ने अवधि थप गरिएको छ । बुधबार कोषले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । कोषका अनुसार देशमा विद्यमान असहज परिस्थितिका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान वापतको रकम जम्मा गर्ने अवधि ५ असोजसम्म लम्ब्याउने निर्णय भएको छ । सोही अनुसार रोजगारदाता […]

पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्छ : राजेन्द्र मल्ल

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम
BizKhabar Online » BizKhabar Online

पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्छ : राजेन्द्र मल्ल

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निर्माणमा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाए । मल्लले भने ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका […]

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ नयाँ मोडेल सार्वजनिक

काठमाडौं । डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आयोजना गरिएको विशेष कार्यक्रममा आफ्ना नौवटा न
BizKhabar Online » BizKhabar Online

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ नयाँ मोडेल सार्वजनिक

काठमाडौं । डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आयोजना गरिएको विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ‘पूर्वी हावा, असीमित संसार भन्ने थिममा इजिप्ट इन्टरनेशनल प्रदर्शनी केन्द्रमा सम्पन्न कार्यक्रममार्फत कम्पनीले नयाँ गाडीहरू प्रस्तुत गरेको हो। कार्यक्रममा इजिप्टको बजारलाई लक्षित गर्दै कम्प्याक्ट स्पोर्ट्स युटिलिटी वाहन, सेडानसहित अत्याधुनिक विद्युतीय र हाइब्रिड गाडीहरू प्रदर्शनीमा राखिएका […]

जलवायु परिवर्तनका कारण युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु

काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा कर
BizKhabar Online » BizKhabar Online

जलवायु परिवर्तनका कारण युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु

काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् । यो निष्कर्ष आधिकारिक तथ्याङ्क आउनुअघि मोडलिङमार्फत निकालिएको हो । जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताहरूले छिटो तयार पारेको अध्ययनले ग्लोबल वार्मिङसँग मृत्यु दर जोड्ने प्रयास गरेको हो । अनुमानित मृत्युहरू प्रत्यक्ष […]

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै, गर्यो वैकल्पिक व्यवस्था

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बन
BizKhabar Online » BizKhabar Online

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै, गर्यो वैकल्पिक व्यवस्था

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित भोलिदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । महानगरले यसअघि आजदेखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको थियो । आज प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याइने महानगरका प्रवक्ता मोती […]

दशैंको रौनक शुरु : नयाँ बसपार्कमा काठमाडौंबाट घर फर्किने यात्रुको घुइँचो

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान
BizKhabar Online » BizKhabar Online

दशैंको रौनक शुरु : नयाँ बसपार्कमा काठमाडौंबाट घर फर्किने यात्रुको घुइँचो

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् । नयाँ बसपार्कमा […]

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ, विदेशी स्याउ विस्थापित

काठमाडौं । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेल
BizKhabar Online » BizKhabar Online

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ, विदेशी स्याउ विस्थापित

काठमाडौं । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेला पश्चिम नेपालका नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोक–चोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ । नेपालगञ्जमा चार दशकदेखि कर्णालीको स्याउ थोक बिक्री गर्दै आएका प्रेमलाल साहु तेलीले विषादी प्रयोग नहुने र गुणस्तर पनि […]

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत, लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देख
BizKhabar Online » BizKhabar Online

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत, लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यस वर्ष कूल १९ खर्ब ६४ अर्ब […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात पूर्ण बन्द

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको
BizKhabar Online » BizKhabar Online

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात पूर्ण बन्द

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका(८ बेलबगरमा पहिरो खस्दा आज बिहानैदेखि सडक अजरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिए । पहिरोका कारण उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालन ठप्प भएका छन् । ठूलो पहिरोका […]

अमेरिकी कर नीतिको प्रभाव : जापानी निर्यातमा १४ प्रतिशतका गिरावट

काठमाडौं । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्
BizKhabar Online » BizKhabar Online

अमेरिकी कर नीतिको प्रभाव : जापानी निर्यातमा १४ प्रतिशतका गिरावट

काठमाडौं । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्याङ्क बुधबार सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ । अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो […]

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरे
BizKhabar Online » BizKhabar Online

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै यस वर्षको दशैं असोज ६ गते सोमबार घटस्थापनाबाट औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार घटस्थापनाको साइत असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा तोकिएको […]

गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरि
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरिमा डिजि बटुवा’ बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् । उक्त भर्चुअल क्रेडिट कार्ड मार्फत ग्राहकले […]

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, कलकारखानालाई विशेष रुपमा सजाएर पूजाआजा गरिदैं

काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मना
BizKhabar Online » BizKhabar Online

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, कलकारखानालाई विशेष रुपमा सजाएर पूजाआजा गरिदैं

काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी […]

यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, […]

Get more results via ClueGoal