Nepal



बोनस सेयरमा लाग्ने कर अब सम्बन्धित कम्पनीले नै भुक्तानी गर्नुपर्ने, सेबोनद्वारा निर्देशिका संशोधन

काठमाडौं । अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै भुक्तानी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड

विशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर पाँच रुपैयाँमा झारियो, यी हुन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्रको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्द
BizKhabar Online » BizKhabar Online

विशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर पाँच रुपैयाँमा झारियो, यी हुन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्रको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्दै मासिक भाडादर उल्लेख्य रूपमा घटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ मात्र कायम गर्ने निर्णय गरेको हो। यो निर्णयले उद्योगपतिहरूलाई सीधा राहत पुग्ने अपेक्षा गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री […]

सिटिजन्स बैंकको जेनजी बचत खाता : युवाहरुलाई वित्तीय आवश्यकताको समाधान दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध ग
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको जेनजी बचत खाता : युवाहरुलाई वित्तीय आवश्यकताको समाधान दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता सिटिजन्स जेनजी सेभिङ अकाउन्ट संचालनमा ल्याएको छ । मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स जेनजी सेभिङ अकाउन्ट को प्रारम्भ गरेका हुन् । सार्वजनिक गरिएको यस […]

नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्र
BizKhabar Online » BizKhabar Online

नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। ५८ वर्षे उमेर सीमा पुगेका वर्तमान मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरदेखि अनिवार्य अवकाशमा जान लागेका छन्। त्यसकै पूर्वसन्ध्यामा बसेको आजको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवका रूपमा सुमनराज अर्याललाई चयन गरेको हो।एकनारायण […]

सेबोनद्वारा ‘मार्जिन कारोबार सुविधा निर्देशिका–२०८२’को मस्यौदा सार्वजनिक, रायसुझाव माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ को प्
BizKhabar Online » BizKhabar Online

सेबोनद्वारा ‘मार्जिन कारोबार सुविधा निर्देशिका–२०८२’को मस्यौदा सार्वजनिक, रायसुझाव माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले २०८२ मंसिर ८ गते प्रकाशित सूचनामार्फत सम्बन्धित पक्षहरुलाई सात दिनभित्र आफ्ना सुझाव पठाउन आग्रह गर्दै नयाँ मस्यौदा सार्वजनिक गरेको हो । यसअघि मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरे पनि कार्यान्वयन असफल भएपछि […]

सालपा विकास बैंकलाई आईपीओ निष्काशनको अनुमति, १७ लाख कित्ता जारी गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आई
BizKhabar Online » BizKhabar Online

सालपा विकास बैंकलाई आईपीओ निष्काशनको अनुमति, १७ लाख कित्ता जारी गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई कुल १७ लाख २३ हजार ८ सय ८० कित्ता साधारण सेयर आईपीओमार्फत निष्काशन गर्ने अनुमति दिएको हो । प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले […]

सेयर बजारमा देखियो उत्साह : उच्च अंकले बढ्यो परिसूचक, ७ अर्ब बढीको कारोबार

काठमाडौं । आज पनि सेयर बजारमा उत्साह देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा देखियो उत्साह : उच्च अंकले बढ्यो परिसूचक, ७ अर्ब बढीको कारोबार

काठमाडौं । आज पनि सेयर बजारमा उत्साह देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार नेप्से परिसूचक ४७.२२ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव ४४ को बिन्दुमा आएको छ । आइतबार पनि नेप्से परिसूचक ३९.९२ अंकले बढेको थियो । सोमबार कारोबारमा आएकामध्ये २ सय १५ कम्पनीको सेयर भाउ […]

पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घि
BizKhabar Online » BizKhabar Online

पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा […]

लक्ष्मी ईमोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ ईभीकाे शोरुम उद्घाटन

काठमाडौं । लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा केई र फोर्थिङ ब्रान्डका विद्युतीय सवारीसाध
BizKhabar Online » BizKhabar Online

लक्ष्मी ईमोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ ईभीकाे शोरुम उद्घाटन

काठमाडौं । लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा केई र फोर्थिङ ब्रान्डका विद्युतीय सवारीसाधनको अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको यो नयाँ शोरुममार्फत कम्पनीले पश्चिम नेपालको इभी बजारमा आफ्नो पहुँच विस्तार गरेको छ। उद्घाटन समारोहको अवसरमा कम्पनीले ग्रान्ड ओपनिङ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत आकर्षक नगद छुट, विशेष बोस इलेक्ट्रोनिक उपकरण, एक वर्षको […]

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र, यस्ता छन् कारण

काठमाडौं । ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणा
BizKhabar Online » BizKhabar Online

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र, यस्ता छन् कारण

काठमाडौं । ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र परेको छ । कुश्मा नगरपालिका–१ पाङमा २०७६ सालमा सुरु गरिएको औद्योगिक ग्राम योजना बजेट अभाव तथा कानुनी झमेलाका कारण अलपत्र परेको हो । औद्योगिक ग्रामका लागि आवश्यक जग्गा अधिग्रहण गरी सम्याउने, तारबार लगाउने र पहुँचमार्ग निर्माण गर्ने काम […]

वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन, लक्ष्यको ८५ प्रतिशतमात्रै उठ्यो

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड रा
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन, लक्ष्यको ८५ प्रतिशतमात्रै उठ्यो

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, […]

किसानलाई बाली जोगाउने चिन्ता, सबैभन्दा ठूलो चुनौती मल-बीउ

काठमाडौं । हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभा
BizKhabar Online » BizKhabar Online

किसानलाई बाली जोगाउने चिन्ता, सबैभन्दा ठूलो चुनौती मल-बीउ

काठमाडौं । हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन् । अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ । कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ । अहिले धानबाली भित्र्याउने […]

नयाँदिल्लीमा वायु प्रदूषण तीव्र, अवस्था ‘गम्भीर’

काठमाडौं । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा
BizKhabar Online » BizKhabar Online

नयाँदिल्लीमा वायु प्रदूषण तीव्र, अवस्था ‘गम्भीर’

काठमाडौं । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग– ४५० देखिएको छ जुन वायु […]

बस्तीबीचमा भलबारी डिपो : अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित, के भन्छ निगम ?

काठमाडौं । दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ ब
BizKhabar Online » BizKhabar Online

बस्तीबीचमा भलबारी डिपो : अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित, के भन्छ निगम ?

काठमाडौं । दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैंजसो ट्यांकर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ। डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्यांकर राख्नुपर्ने बाध्यता छ। सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले […]

शेख हसिनाको सुपुर्दगीका लागि बङ्गलादेशको नयाँ दिल्लीसँग पुनः औपचारिक आग्रह, के होला ?

काठमाडौं । अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट म
BizKhabar Online » BizKhabar Online

शेख हसिनाको सुपुर्दगीका लागि बङ्गलादेशको नयाँ दिल्लीसँग पुनः औपचारिक आग्रह, के होला ?

काठमाडौं । अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएको केही दिनपछि बङ्गलादेशको अन्तरिम सरकारले उनको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ । ढाका ट्रिब्युनको एक विस्तृत रिपोर्टअनुसार रोहिङ्ग्या मुद्दाका लागि उच्च प्रतिनिधि खलीलुर रहमान भारतीय राजधानीबाट फर्किएलगत्तै नयाँदिल्लीमा नयाँ कूटनीतिक नोट पठाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । […]

यी हुन् उच्च आयात भएपनि भन्सार कर नतिर्ने पाँच वस्तु, पौने ३१ अर्बको आयात हुँदा राजस्व जम्मा ४६ हजार मात्रै

काठमाडौं । नेपालले कच्चा पदार्थलगायतका केही वस्तु भन्सार छुटमा आयात गर्न दिँदै आएको छ । सोहीअनुस
BizKhabar Online » BizKhabar Online

यी हुन् उच्च आयात भएपनि भन्सार कर नतिर्ने पाँच वस्तु, पौने ३१ अर्बको आयात हुँदा राजस्व जम्मा ४६ हजार मात्रै

काठमाडौं । नेपालले कच्चा पदार्थलगायतका केही वस्तु भन्सार छुटमा आयात गर्न दिँदै आएको छ । सोहीअनुसार चालु आर्थिक बर्षको पहिलो ४ महिनामा पनि नेपालमा उच्च आयात भइरहेका केहि वस्तुहरु अर्बाै बराबरको आयात भएपनि त्यसबाट सरकारलाई केहि हजार मात्रै भन्सार कर प्राप्त भएको देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा नेपालमा उच्च आयात हुने […]

इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे अभियान, विजेताहरूलाई पुरस्कार हस्तान्तरण

काठमाडौं । नेपालको अग्रणी राइड–हेलिङ एप र विश्वव्यापी गतिशीलता र शहरी सेवा प्लेटफर्म इनड्राइभल
BizKhabar Online » BizKhabar Online

इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे अभियान, विजेताहरूलाई पुरस्कार हस्तान्तरण

काठमाडौं । नेपालको अग्रणी राइड–हेलिङ एप र विश्वव्यापी गतिशीलता र शहरी सेवा प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष समारोहमा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे अभियानका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । अभियानले चालक साझेदारहरूबाट अत्यधिक प्रतिक्रिया प्राप्त गरेको र जसले उत्साहपूर्वक सडकमा आफ्नो समर्पण, व्यावसायिकता र उत्कृष्टता प्रदर्शन गर्न भाग लिएको बताइएको छ । साप्ताहिक चुनौतीहरू, […]

कुमारी बैंकका ग्राहकले बन्दीपुर केबलकार एण्ड टुरिजमबाट सेवा लिँदा छुट पाउने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकहरुलाई बन
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकका ग्राहकले बन्दीपुर केबलकार एण्ड टुरिजमबाट सेवा लिँदा छुट पाउने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकहरुलाई बन्दीपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले आइतबार हस्ताक्षर गरेका हुन् । यस सम्झौता […]

जेन-जी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, मन्त्रिपरिषद्लाई सार्वजनिक बहिष्कार गर्न आह्वान

काठमाडौं । जेन्जी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । जेन–जी विद्रोहक
BizKhabar Online » BizKhabar Online

जेन-जी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, मन्त्रिपरिषद्लाई सार्वजनिक बहिष्कार गर्न आह्वान

काठमाडौं । जेन्जी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । जेन–जी विद्रोहको भावना तथा जनआकांक्षमाथि कुठाराघात गरेको भन्दै जेन– जी मुभमेँन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेन–जी मुभमेन्टले प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई सार्वजनिक रुपमा बहिस्कार गर्दै अवज्ञा गर्न पनि देशबासीसँग आह्वान गरेको छ । ‘हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेन–जी […]

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना, अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापमा सजाय

काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण वि
BizKhabar Online » BizKhabar Online

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना, अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापमा सजाय

काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही […]

एनपीएलमा आज दुई खेल हुँदै, यी चार टोली भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स
BizKhabar Online » BizKhabar Online

एनपीएलमा आज दुई खेल हुँदै, यी चार टोली भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने लागेको हो । खेल कर्णाली र सुदूरपश्चिमबीचको बिहान ११:४५ बजे हुनेछ भने जनकपुर र विराटनगरबीचको खेल दिउँसो ४ बजे हुनेछ । जारी एनपीएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली […]

हालसम्म १० बैंकको लाभांश घोषणा : चारवटाको बुक क्लोज हुन बाँकी, अरु बैंकको लाभांश दिन सक्ने क्षमता कस्तो ?

काठमाडौं । हालसम्म नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत १० वाणिज्य बैंकहरुले मात्रै लगानीकर
BizKhabar Online » BizKhabar Online

हालसम्म १० बैंकको लाभांश घोषणा : चारवटाको बुक क्लोज हुन बाँकी, अरु बैंकको लाभांश दिन सक्ने क्षमता कस्तो ?

काठमाडौं । हालसम्म नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत १० वाणिज्य बैंकहरुले मात्रै लगानीकर्तालाई गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लभांश घोषणा गरेका १० बैंकमध्ये छ वटा बैंकको बुक क्लोज भइसकेको छ भने चार वटाको बुक क्लोज हुन बाँकी रहेको छ । बुक क्लोज भएका छ बैंकमध्ये अधिकांश बैंकको साधारण सभा सम्पन्न भइसकेको […]

करोडौ मूल्यका सुन्तला उत्पादन, ढुवानी सधैंको समस्या

काठमाडौं । तनहुँ देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बन
BizKhabar Online » BizKhabar Online

करोडौ मूल्यका सुन्तला उत्पादन, ढुवानी सधैंको समस्या

काठमाडौं । तनहुँ देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको […]

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आद
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रसाईँका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए । विभिन्न माग राख्दै मंसिर ७ […]

जारी एनपीएलमा अवैध सट्टेबाजी : ८ जना विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) खे
BizKhabar Online » BizKhabar Online

जारी एनपीएलमा अवैध सट्टेबाजी : ८ जना विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेलकुदमाथि अवैध सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरी पक्राउ अभियान अघि बढाइएको छ। सोही क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले बल्खु क्षेत्रबाट ८ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितालाई लक्ष्य बनाई उनीहरूले अनलाइनमार्फत हारजितमा रकम लगानी गरी सट्टेबाजी […]

नेशनल फण्ड म्यानेजमेन्टले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा लक्ष्मी सनराइज नियुक्त

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आइपीओ) निष्काशन गर्न
BizKhabar Online » BizKhabar Online

नेशनल फण्ड म्यानेजमेन्टले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा लक्ष्मी सनराइज नियुक्त

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै १०० रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले आफ्नो कुल पूँजीको २० प्रतिशत अर्थात कुल २१ करोड ६ लाख रुपैयाँ […]

नाडाले भन्यो–तोकिएको समयावधिभित्र सवारी साधनहरुको भन्सार जाँचपास गर्नु

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनले तोकिएको समयावधिभित्र आफना वाँकी रहेका सवारी साधनहरुको प
BizKhabar Online » BizKhabar Online

नाडाले भन्यो–तोकिएको समयावधिभित्र सवारी साधनहरुको भन्सार जाँचपास गर्नु

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनले तोकिएको समयावधिभित्र आफना वाँकी रहेका सवारी साधनहरुको पनि भन्सार जाँचपास गर्न अनुरोध गरेको छ । नाडाले बन तथा वातावरण मन्त्रालयले मिति २०८२/०३/०९ को नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ (युरो ६) लागु गरिसकेको सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गतेको नेपाल राजपत्र मार्फत नेपाल सवारी […]

चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा युवा ब्यवसायी पन्त सर्वसम्मत सिफारिस

काठमाडौं । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले चितवन उद्योग बाणिज्य संघको अध्यक्षम
BizKhabar Online » BizKhabar Online

चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा युवा ब्यवसायी पन्त सर्वसम्मत सिफारिस

काठमाडौं । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा शिरिष पन्तलाई सर्वसम्मत सिफारिस गरेको छ । संघको शनिबार र आइतबार पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उपस्थितिमा बसेको विस्तारित बैठकल बैठकले चितवन उद्योग बाणिज्य संघको आगामी अधिबेशनका लागि अध्यक्ष पदका लागि युवा ब्यवसायी शिरिष पन्तलाई सिफारिस गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरेको छ। […]

निर्यात व्यापारमा ७७ प्रतिशतको छलाङ, आयातकाे वृद्धि पनि रोकिएन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा नेपालकाे निर्यात व्यापार ७७ प्रतिशतले उकाल
BizKhabar Online » BizKhabar Online

निर्यात व्यापारमा ७७ प्रतिशतको छलाङ, आयातकाे वृद्धि पनि रोकिएन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा नेपालकाे निर्यात व्यापार ७७ प्रतिशतले उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ४ महिनाको तथ्यांक अनुसार नेपालले पछिल्लाे ४ महिनाकाे अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात व्यापार गरेको छ । यो गत आवको यहि अवधि ५२ अर्ब ६७ कराेड […]

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट […]

एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआ
BizKhabar Online » BizKhabar Online

एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्‍यापिड (RAPID)’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ। यसअघि कर्पोरेट ग्राहकहरूले यी […]

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायीरुपमा निर्माण सुरु, कुल लागत ८ अर्ब ५० करोड

काठमाडौं । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ ।
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायीरुपमा निर्माण सुरु, कुल लागत ८ अर्ब ५० करोड

काठमाडौं । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले […]

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो, ५५ करोडमा लागेको थियो ठेक्का

काठमाडौं । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गत
BizKhabar Online » BizKhabar Online

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो, ५५ करोडमा लागेको थियो ठेक्का

काठमाडौं । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर […]

साताको पहिलो दिन नेप्सेमा चमक, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा चमक देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार
BizKhabar Online » BizKhabar Online

साताको पहिलो दिन नेप्सेमा चमक, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा चमक देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार नेप्से परिसूचक ३९ दशमलव ९२ अंकले बढेर २६ सयको बिन्दुमा उक्लिएको छ । आज कारोबारमा आएकामध्ये २३७ कम्पनीको सेयर भाउ बढेको छ भने १८ कम्पनीको भाउ घटेको छ । यसदिन ६ अर्ब २८ करोड […]

प्रधानमन्त्री कार्कीलाई सर्वोच्चले सोध्यो–तपाईँलाई किन कारबाही नगर्ने ?

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाम
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीलाई सर्वोच्चले सोध्यो–तपाईँलाई किन कारबाही नगर्ने ?

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ । प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता डा.प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय फुयाँल र मुसलमानको इजलासले प्रधानमन्त्री […]

निर्वाचनको लागि नेपाली कांग्रेसले गरायो दल दर्ता, एमालेले के गर्ला ?

काठमाडौं । नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्
BizKhabar Online » BizKhabar Online

निर्वाचनको लागि नेपाली कांग्रेसले गरायो दल दर्ता, एमालेले के गर्ला ?

काठमाडौं । नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ । निर्वाचन आयोग पुगेर आज कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ता गराएका हुन् । हिजोमात्रै पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज निर्वाचन प्रयोजनको लागि दल दर्ता भएको […]

Get more results via ClueGoal