Nepal



राष्ट्रपति पौडेलका पूर्व सल्लाहकार थापा राष्ट्रिय सभा उम्मेदवारमा सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका नेपाली कांग्र

आइक्यानलाई आरओएससी लेखांकन तथा लेखापरीक्षण मूल्यांकनको राष्ट्रिय समकक्षी मान्यता

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्
BizKhabar Online » BizKhabar Online

आइक्यानलाई आरओएससी लेखांकन तथा लेखापरीक्षण मूल्यांकनको राष्ट्रिय समकक्षी मान्यता

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डर्ड्स एन्ड कोड्स (आरओएससी)– लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए)’ मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीको मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह तथा एशियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन प्रक्रिया अघि बढाएका हुन् । विश्वस्तरीय मापदण्डमा आधारित […]

मधेस प्रदेशको सभामुखमा जसपाका प्रमुख सचेतक यादव निर्वाचित

काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष या
BizKhabar Online » BizKhabar Online

मधेस प्रदेशको सभामुखमा जसपाका प्रमुख सचेतक यादव निर्वाचित

काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् । प्रदेशसभा बैठकमा आइतबार भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका यादव निर्वाचित भएका हुन् । उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै निर्वाचित […]

सुपर खुदी हाईड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति, विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्
BizKhabar Online » BizKhabar Online

सुपर खुदी हाईड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति, विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आइतबार कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्कासन गर्नेछ । यस आईपीओको बिक्री तथा निष्काशन व्यवस्थापनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको छ। […]

इन्टरनेट सेवाप्रदायकलाई अर्थ मन्त्रीको स्पष्ट जवाफ-‘दूरसंचार सेवाशुल्क हटाउन सकिन्न’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले इन्टरनेट सेवाप्रदायकहरुलाई दूरसंचार सेवाशुल्क खारेज गर
BizKhabar Online » BizKhabar Online

इन्टरनेट सेवाप्रदायकलाई अर्थ मन्त्रीको स्पष्ट जवाफ-‘दूरसंचार सेवाशुल्क हटाउन सकिन्न’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले इन्टरनेट सेवाप्रदायकहरुलाई दूरसंचार सेवाशुल्क खारेज गर्न नसकिने स्पष्ट जवाफ दिएका छन् । आइतबार आफ्ना विभिन्न मागहरु राख्दै अर्थ मन्त्रालय पुगेका इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)का पदाधिकारीहरुलाई उनले उक्त जवाफ दिएका हुन् । पछिल्लो समय भएको आन्दोलनलगायतका कारण अर्थतन्त्रमा गहिरो असर परेको र यस्तो समयमा राजस्वको स्रोतमा छेडखानी गर्न नहुने उनको भनाई […]

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु, नेपालमा कहिले ?

काठमाडौं । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै ड
BizKhabar Online » BizKhabar Online

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु, नेपालमा कहिले ?

काठमाडौं । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक ‘डाइलग एक्सियाटा’ र ‘श्रीलङ्का टेलिकम मोबिटेल’ ले व्यावसायिक रूपमा ५–जी सेवा सुरु गरेका छन् । श्रीलङ्का टेलिकम मोबिटेलले शुक्रबार कोलम्बोस्थित वन गाल फेस किनमेल केन्द्रमा सेवा सुरु गर्दै उच्च […]

नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान
BizKhabar Online » BizKhabar Online

नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका […]

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’ जडान, ६५ लाखमा ठेक्का सम्झौता

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले का
BizKhabar Online » BizKhabar Online

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’ जडान, ६५ लाखमा ठेक्का सम्झौता

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा […]

एलआईसी नेपालको लाभांश घोषणा, २१.०५ प्रतिशत नगद दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले लाभांश घोषणा गरेको छ । कम्पनी सञ
BizKhabar Online » BizKhabar Online

एलआईसी नेपालको लाभांश घोषणा, २१.०५ प्रतिशत नगद दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आज पुस ६ गते बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने हो। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरणयोग्य […]

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ६ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ६ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय […]

प्रस्तावित आचारसंहितामा यस्तो छ निर्वाचनमा सवारीसाधन प्रयोगको व्यवस्था

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले
BizKhabar Online » BizKhabar Online

प्रस्तावित आचारसंहितामा यस्तो छ निर्वाचनमा सवारीसाधन प्रयोगको व्यवस्था

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति बिना कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । अनुमति नलिई सवारीसाधन […]

उद्योग सचिव भन्छन-‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक व
BizKhabar Online » BizKhabar Online

उद्योग सचिव भन्छन-‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए । सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका […]

हालसम्म १३ लघुवित्तको लाभांश घोषणा : १० वटाको सेयर किन्नेले अझै लाभांश पाउने, कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत १३ लघुवित्त कम्पनीले मात्रै गत आर्थिक व
BizKhabar Online » BizKhabar Online

हालसम्म १३ लघुवित्तको लाभांश घोषणा : १० वटाको सेयर किन्नेले अझै लाभांश पाउने, कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत १३ लघुवित्त कम्पनीले मात्रै गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमध्ये अधिकांश कम्पनीको बुक क्लोज र साधारण सभाको मिति तय हुन बाँकी छ । हालसम्म लाभांश घोषणा भएका तीन कम्पनीको मात्रै बुक क्लोज भएको छ भने १० कम्पनीको बुक क्लोज हुन […]

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, स्वदेशमा रोजगारीको अवसर नभएको गुनासो

काठमाडौं । कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन क
BizKhabar Online » BizKhabar Online

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, स्वदेशमा रोजगारीको अवसर नभएको गुनासो

काठमाडौं । कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्यांकअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजारले श्रम स्वीकृति लिने गरेका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ हजार ९६७ […]

गाउँमै किबी उद्योग स्थापना, किबी उत्पादन गर्ने किसानलाई राहत

काठमाडौं ।। गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-
BizKhabar Online » BizKhabar Online

गाउँमै किबी उद्योग स्थापना, किबी उत्पादन गर्ने किसानलाई राहत

काठमाडौं ।। गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु. १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् । ठुलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला […]

अनियमित मौसमको असर : यस वर्ष घट्यो धान उत्पादन

काठमाडौं । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्ष
BizKhabar Online » BizKhabar Online

अनियमित मौसमको असर : यस वर्ष घट्यो धान उत्पादन

काठमाडौं । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट […]

बागलुङका किसानका व्यथा : सुन्तलाले पाएन मूल्य, सस्तोमा बेच्न बाध्य

काठमाडौं । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनास
BizKhabar Online » BizKhabar Online

बागलुङका किसानका व्यथा : सुन्तलाले पाएन मूल्य, सस्तोमा बेच्न बाध्य

काठमाडौं । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । सहरी क्षेत्रमा प्रतिकिलो १२० रुपैयाँ […]

राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति, मार्च महिनासम्मका लागि म्याद थप

काठमाडौँ । । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० म
BizKhabar Online » BizKhabar Online

राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति, मार्च महिनासम्मका लागि म्याद थप

काठमाडौँ । । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको […]

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार, १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य

काठमाडौँ । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ
BizKhabar Online » BizKhabar Online

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार, १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य

काठमाडौँ । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्राकृतिक स्रोतले धनी यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो । प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेताहरूसँग पहिलो शिखर सम्मेलन आयोजना गरे। […]

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम, व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न सहज हुने

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बो
BizKhabar Online » BizKhabar Online

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम, व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न सहज हुने

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छमहिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार […]

महँगो शुल्कले सुस्तायो ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रु
BizKhabar Online » BizKhabar Online

महँगो शुल्कले सुस्तायो ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, […]

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद
BizKhabar Online » BizKhabar Online

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ । यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राहि तथा आन्तरिक एवं बाह्य सरोकारवालाले सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टरबाट प्रदान गरिने यौन […]

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच युवा उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

काठमाडौं । सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच युवा उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

काठमाडौं । सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ । नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवर्द्धन […]

रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा पर्न थाल्यो

काठमाडौं। बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र भएको सडकमा
BizKhabar Online » BizKhabar Online

रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा पर्न थाल्यो

काठमाडौं। बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नम्बर २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रबिधीको कालोपत्र भएको थियो । बेनी नगरपालिका–२ भकुण्डेका बासिन्दा भीमबहादुर पौडेलले बिटुमिनले […]

तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४००, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४००, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ, यस्तो छ कसूर

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । धितोपत्र सम्बन्धी
BizKhabar Online » BizKhabar Online

सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ, यस्तो छ कसूर

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अग्रवाल पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई बिहीबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो । यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए । पाँच महिनाअघि ठगी र आपराधिक लाभ लिन […]

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे संशाेधित अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे संशाेधित अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् ।

सीएनआई र निफ्राबीच सम्झौता, औद्योगिक क्षेत्र निर्माणमा सार्वजनिक–निजी साझेदारीमा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योग
BizKhabar Online » BizKhabar Online

सीएनआई र निफ्राबीच सम्झौता, औद्योगिक क्षेत्र निर्माणमा सार्वजनिक–निजी साझेदारीमा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण र संचालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो पहल नेपाल सरकारले सार्वजनिक–निजी साझेदारी मोडलमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाको अनुकूल भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीको उपस्थितिमा सीएनआईका महानिर्देशक डा. घनश्याम ओझा र निफ्राका […]

निजी क्षेत्रको मनोबल उठाउनु अहिलेको मुख्य आवश्यकता हो : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्था
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रको मनोबल उठाउनु अहिलेको मुख्य आवश्यकता हो : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाँउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् । नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असुरक्षा र अन्यौलका कारण आर्थिक गतिविध चलायमान हुन नसकेकोले र निजी क्षेत्रको मनोबलमाथी नउठेसम्म […]

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण निय
BizKhabar Online » BizKhabar Online

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार कर्णलाई रिक्त महानिर्देशक पदको कामकाज गर्ने जिम्मेवारी दिइएको हो। निवर्तमान महानिर्देशक ई. प्रदीप अधिकारी भ्रष्टाचार आरोपमा १७ मंसिरदेखि निलम्बनमा परेपछि पद रिक्त थियो। प्राधिकरणका वरिष्ठ उपमहानिर्देशक (१२औँ तह) कर्णले शुक्रबार पदभार ग्रहण […]

हुण्डी कारोबार बढेपछि अमेरिकास्थित नेपाली दूतावासको चेतावनी, भन्यो–कारोबार भएको थाहा पाए जानकारी गराउनु

काठमाडौं । अनौपचारिक च्यानल वा माध्यममार्फत गरिने विप्रेषण कारोबार (हुण्डी) नगर्न अमेरिकास्थित
BizKhabar Online » BizKhabar Online

हुण्डी कारोबार बढेपछि अमेरिकास्थित नेपाली दूतावासको चेतावनी, भन्यो–कारोबार भएको थाहा पाए जानकारी गराउनु

काठमाडौं । अनौपचारिक च्यानल वा माध्यममार्फत गरिने विप्रेषण कारोबार (हुण्डी) नगर्न अमेरिकास्थित नेपाली दुतावासले त्यहाँका नेपालीलाई आग्रह गरेको छ । सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि नेपालतर्फ र नेपालबाट विदेशतर्फ हुने अनौपचारिक विप्रेषण कारोबार रोक्न भन्दै दूतावासले यस्तो आग्रह गरेको हो । दूतावासले एक सूचना जारी गर्दै अनौपचारिक विप्रेषण कारोबारका कारण मुलुकमा […]

अमेरिकाले डिभी लोटरी अस्थायी रूपमा रोक्ने, राष्ट्रपति ट्रम्पले दिए निर्देशन

काठमाडौं । अमेरिकाको डिभी लोटरी कार्यक्रम अस्थायी रुपमा रोकिने भएको छ । ब्राउन विश्वविद्यालयमा
BizKhabar Online » BizKhabar Online

अमेरिकाले डिभी लोटरी अस्थायी रूपमा रोक्ने, राष्ट्रपति ट्रम्पले दिए निर्देशन

काठमाडौं । अमेरिकाको डिभी लोटरी कार्यक्रम अस्थायी रुपमा रोकिने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने भएको हो। गृहमन्त्री कृष्टी नोयमका अनुसार घटनामा संलग्न व्यक्ति ८ वर्षअघि डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए। नोयमले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै आप्रवासी नीतिमा कडाइ गरिने […]

११ वर्षदेखि मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड अधुरै, म्याद थपिएको थपियै

काठमाडौं । मध्यपहाडी लोकमार्ग ११ वर्षदेखि अधुरै रहेको छ । जाजरकोट खण्डको ८५ किलोमिटर सडकमध्ये हा
BizKhabar Online » BizKhabar Online

११ वर्षदेखि मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड अधुरै, म्याद थपिएको थपियै

काठमाडौं । मध्यपहाडी लोकमार्ग ११ वर्षदेखि अधुरै रहेको छ । जाजरकोट खण्डको ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ । लोकमार्गको कुदुदेखि थलहसम्मको भाग अझै निर्माण कार्य पूरा भएको छैन । थलहदेखि सुवायासम्मको सडक निर्माण कार्य पूरा भई निर्माण व्यवसायीले जिम्मासमेत लगाइसकेको अवस्था रहेको छ । झण्डै ३० किलोमिटर काम नहुँदा बर्सेनि […]

गोल्यानको लगानीकर्ता ठग्ने स्क्यामपछि रिलायन्सको आईपीओ पुनः विवादमा, छानविनबाटै टार्न खोजेपछि बोर्ड सदस्यको घर खोज्दै जेन–जी

काठमाडौं । धितोपत्र बोर्ड संचालक समितिले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै रिलायन्स स्पि
BizKhabar Online » BizKhabar Online

गोल्यानको लगानीकर्ता ठग्ने स्क्यामपछि रिलायन्सको आईपीओ पुनः विवादमा, छानविनबाटै टार्न खोजेपछि बोर्ड सदस्यको घर खोज्दै जेन–जी

काठमाडौं । धितोपत्र बोर्ड संचालक समितिले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्ने नभएसँगै जेन–जीहरु पुनः सक्रिय भएका छन् । अर्थ मन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको साधारण सेयर (आईपीओ) मार्फत लगानीकर्ता ठगिने भन्दै सो सम्बन्धमा छानविन गर्न निर्देशन दिएको थियो । तर, बोर्डले छानविन गर्न समिति गठन गर्ने तर लगानीकर्ता पनि ठगिने गरी आईपीओ […]

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश लगानीकर्ताले भने […]

मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि नेपाल लाइफ क्यापिटल ल
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौं स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी […]

Get more results via ClueGoal