तनहुँ । यहाँँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण कार्य सुरु गरिएको हो । पुलको डिजाइन स्वीकृत भएसँगै निर्माण व्यवसायीबाट नदीको बायाँ किनारतर्फ पुलको जग खन्ने काम सुरु गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए […]
चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताए। गत पुस ३ गतेदेखि सुरु […]
काठमाडौं । मुटु र रक्तनलीहरूमा हरेक उमेरमा परिवर्तन आउँछ, त्यसैले डाक्टरहरूले उमेर अनुसार मुटुको स्वास्थ्यको ख्याल राख्न सिफारिस गर्छन् । खराब जीवनशैली बानी, मोटोपना र शारीरिक गतिविधिको कमीले मुटु रोगको जोखिम बढाउँछ । उमेर–उपयुक्त खाने बानी कायम राखेर, व्यायाम गरेर र तनाव व्यवस्थापन गरेर मुटु रोगलाई रोक्न सकिन्छ । बढ्दो उमेरसँगै मुटुको काम गर्ने क्षमता […]
काठमाडौं । चितवनको ब्रह्मनगरमा उद्योग स्थापना गरेको सांग्रिला डिष्टिलरी लिमिटेडले व्यावसायिक उत्पादन सुरु गरेको छ। यो डिष्टिलरी उद्योग उत्पादन क्षमता र प्रविधिका हिसाबले देशकै ठूलो र सबैभन्दा उन्नत डिष्टिलरीमध्येको एउटा हो। सिमलटाडीमा ८० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो उद्योगमा नेपालमा निर्मित अहिलेसम्मको सबैभन्दा ठूलो डिष्टिलरी पूर्वाधारका रुपमा खडा छ। यो उद्योगमा आधुनिक मदिरा भण्डारण प्रणाली, […]
काठमाडौं । मुलुक अहिले चुनावी माहोलमा होमिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले आफ्नो चुनावी ‘वाचापत्र’ धमाधम सार्वजनिक गरेका छन् । सार्वजनिक घोषणा पत्रमा राजनीतिक दलहरुले आर्थिक एजेन्डालाई प्रमुख प्राथमिकता दिएका छन् । यसैबीच दलहरुले सार्वजनिक गरेका घोषणा पत्रमा पुँजी बजारले पनि प्रमुख प्राथमिकता पाएको छ । पुँजी बजारमा आम […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले दुई देशबीचको व्यापार र लगानी सहकार्यलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, […]
काठमाडौँ । पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरेका हुन्। अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमई प्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त […]
काठमाडौँ । नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थितकार्य गर्नका लागि ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको प्राधिकरणले […]
काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन […]
काठमाडौं । गोल्याण ग्रूपका अध्यक्ष अक्षय गोल्याणले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रबन्ध संचालक प्रविन पन्दाकसँग दुई पटकसम्म कानूनी लडाइ हारेका छन् । यसअघि गोल्याणले पियोर इनर्जीको मुद्दामा पाटन उच्च अदालतमा सीडीएससी र प्रबन्ध संचालक पन्दाकलाई विपक्षी बनाई हालेको मुद्दामा हार व्यहोरेका थिए भने अहिले उनलाई पदबाट हटाउने मुद्दामा हार व्यहोर्नु परेको हो । पियोर […]
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी […]
काठमाडौं । रसुवागढी नाका हुँदै आयात गरिने सबै प्रकारका सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी र सवारीसाधन चालकलाई आग्रह गरेको छ। नियमानुसार छुट भएका सामग्रीसमेत कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने गतिविधि बढेपछि यस्तो कडाइ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक थापाका अनुसार केही व्यवसायीले खेताला प्रयोग गरी […]
काठमाडौं । काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ । गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ । एक्युआइका अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो […]
काठमाडौं । गोल्याण ग्रूपका अध्यक्ष अक्षय गोल्याणले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रबन्ध संचालक प्रविण पन्दाकसँग दुई पटकसम्म कानूनी लडाइ हारेका छन् । यसअघि गोल्याणले पियोर इनर्जीको मुद्दामा पाटन उच्च अदालतमा सीडीएससी र प्रबन्ध संचालक पन्दाकलाई विपक्षी बनाई हालेको मुद्दामा हार व्यहोरेका थिए भने अहिले उनलाई पदबाट हटाउने मुद्दामा हार व्यहोर्नु परेको हो । पियोर […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा नेपालले साढे ९ खर्ब रुपैयाँ बढिको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको साउनयता माघ मसान्तसम्म नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । यो गत आर्थिक वर्ष २०८१/८२ को यहि अवधिको तुलनामा […]
काठमाडौं । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउँछन् । गत वर्ष […]
काठमाडौं । रमाडा बाइ विन्धाम इटहरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाट प्रतिष्ठित ‘अति उत्तम’ फुड बिजनेस स्ट्यान्डर्डाइजेसन प्रमाणपत्र प्राप्त गरेको छ । विभागले प्रदान गर्ने ‘अति उत्तम’ मूल्याङ्कन खाद्य तथा आतिथ्य क्षेत्रमा दिइने सबैभन्दा उच्चस्तरीय सरकारी प्रमाणिकरण मानिन्छ। यसले होटलले खाद्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्दै उच्च गुणस्तरीय भोजन सेवा उपलब्ध गराइरहेको […]
काठमाडौं । नेपालका लागि लक्ष्मी ई–मोबिलिटी प्रालि ले आफ्नो प्रिमियम विद्युतीय एसयूभी फोर्थिङ फ्राइडेका लागि ‘एक्सचेन्ज तथा अपग्रेड टु फ्राइडे’ योजना सार्वजनिक गरेको छ। सीमित अवधिका लागि ल्याइएको यस योजनाले ग्राहकलाई पुरानो गाडी साटेर प्रिमियम विद्युतीय सवारीमा सहज रूपमा अपग्रेड हुने अवसर दिने कम्पनीले जनाएको छ। यस अफरअन्तर्गत फोर्थिङ फ्राइडे खरिद गर्दा ग्राहकले अधिकतम ७ […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का वरिष्ठ नेता बालेन्द्र शाह बिरामी परेपछि सुर्खेतबाट बिहीबार राति नै काठमाडौं फर्किएका छन्। रास्वपा सभापति रवि लामिछानेसँगै दाङको कार्यक्रममा सहभागी हुने पूर्व कार्यक्रम रहे पनि स्वास्थ्य समस्या देखिएपछि शाह जहाजमार्फत काठमाडौं फर्किएको जनाइएको छ। उनलाई के समस्या भएको भन्नेबारे पार्टीले खुलाएको छैन। निर्धारित तालिकाअनुसार लामिछानेसहित अन्य […]
काठमाडौं । नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ अर्ब ६९ करोड ७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १७०.३९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ अर्ब २१ करोड ४१ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकका क्रममा वासिङ्टनमा रहेका इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो अमेरिकासँग महत्त्वपूर्ण व्यापार सम्झौतामा पुगेका छन् । ह्वाइट हाउसले बिहीबार घोषणा गरेको उक्त सहमतिलाई दुवै देशले द्विपक्षीय आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा प्रस्तुत गरेका छन् । सम्झौताअनुसार दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले अमेरिकी वस्तुहरूमा लगाइँदै […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताएका छन् । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उनले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताए । उनले भने, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले भने, “कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको चुनावी वाचा पत्रमार्फत शासकीय संरचना, आर्थिक नीति र विकास रणनीतिमा व्यापक परिवर्तनका महत्वाकांक्षी प्रस्ताव अघि सारेको छ। पार्टीले आफ्नो नेतृत्वमा सरकार बनेलगत्तै दलित तथा पिछडिएका समुदायमाथि भएको ऐतिहासिक उत्पीडनका लागि औपचारिक क्षमा याचना गर्ने र भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलनसम्बन्धी प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने […]
काठमाडौं । आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस […]
काठमाडौं । स्कोडाले कायलाकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनांग, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ। यी क्षेत्रहरू ठाडो उकालो-ओरालो, बिग्रेभत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरूबीच कठिन मार्गका रूपमा चिनिन्छन्। कायलाकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयुभी नेपाली सडकका दैनिक चुनौतीका लागि तयार रहेको स्पष्ट […]
काठमाडौं । टीभीएस एनटर्क १२५ ले नेपालमा १ लाख ५० हजार प्रयोगकर्ता पार गर्दै दुई-पाङ्ग्रे बजारमा एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उपलब्धिले NTORQ लाई नेपालको सबैभन्दा लोकप्रिय प्रदर्शन–केन्द्रित स्कुटरहरूमध्ये एकको रूपमा अझ मजबुत बनाएको छ। यो महत्वपूर्ण उपलब्धि मनाउन, जगदम्बा मोटर्स (शंकर ग्रुप अन्तर्गत) ले फागुन ६ गते देशभरका अधिकृत TVS शोरूमहरूमा ‘150K […]
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गरेका छन् । दशौँ निर्वाचन दिवसका अवसरमा आज निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उनले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही गरिने बताए । निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत […]
बंगलादेश । बंगलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गरेका छन् । योजनामा उनले चारवटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गरेका छन् । पहिलो प्राथमिकतामा कानुन र व्यवस्थाको स्थिति सुधार गर्ने लक्ष्य रहेको छ भने दोस्रो, आवश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्ने योजना छ । तेस्रोमा निर्बाध बिजुली र ग्यास […]
लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ । बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई यहाँ आइपुगेका छन् । यहाँस्थित नेपालको राजदूतावासका अनुसार द्विपक्षीय परामर्शका क्रममा परराष्ट्र […]
काठमाडौं । माइक्रोसफ्टले विश्वव्यापी एआई (आर्टिफिसियल इन्टेलिजेनस) अन्तर कम गर्न दशकको अन्त्यसम्ममा ५० अर्ब डलर (७२ खर्ब ७५ अर्ब) लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले एआई समिटमा बुधबार यो घोषणा गरेको हो । कम्पनीले भनेको छ–‘ग्लोबल साउथमा एआई अपनाउने काम ग्लोबल नर्थको तुलनामा लगभग आधा छ र यो खाडल बढ्दै गइरहेको छ’, कम्पनीले भनेको […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरिन्। सामाजिक सञ्जालमा उनले […]
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढ्दै प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअर्थ आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको हो […]
काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन् । यसले उत्पादन घटाउने मात्र नभई, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्याइरहेको उनीहरूको निष्कर्ष छ । स्वतन्त्र अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले सार्वजनिक गरेको विश्लेषणअनुसार सन् २०२१ देखि […]