Nepal



कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग

खानेतेलमा नीतिगत जालझेल, १ खर्ब २९ अर्बकाे आयात गरेर १ खर्ब ५ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको खान
BizKhabar Online » BizKhabar Online

खानेतेलमा नीतिगत जालझेल, १ खर्ब २९ अर्बकाे आयात गरेर १ खर्ब ५ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको खानेतेल आयात भएको छ । पछिल्लो समय लगातार उच्च आयात हुँदै धेरै आयात हुने सूचीको दोस्रो स्थानमा रहेको यसको आयात पछिल्लो ९ महिनामा सबैभन्दा उच्च अर्थात १ खर्ब माथिको भएको हो । तर, नेपालबाट निर्यात हुने वस्तुको सबैभन्दा उच्च […]

चण्डीराज ढकालले सम्हाले सार्क चेम्बर अध्यक्षको पदभार, नेपालबाट क-कसले गर्दैछन् प्रतिनिधित्व ?

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनअन्तर्गतको सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट
BizKhabar Online » BizKhabar Online

चण्डीराज ढकालले सम्हाले सार्क चेम्बर अध्यक्षको पदभार, नेपालबाट क-कसले गर्दैछन् प्रतिनिधित्व ?

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनअन्तर्गतको सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले आफ्नो पदभार औपचारिक रूपमा सुरु गरेका छन्। शनिबार ढकालले बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलम समक्ष शपथ ग्रहण गर्दै अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। ढकाल सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। कार्यभार […]

विश्वविद्यालयलाई कर्मचारी संगठन मुक्त बनाउन प्रधानमन्त्रीको निर्देशन, संरचनाहरु तत्काल हटाइने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका
BizKhabar Online » BizKhabar Online

विश्वविद्यालयलाई कर्मचारी संगठन मुक्त बनाउन प्रधानमन्त्रीको निर्देशन, संरचनाहरु तत्काल हटाइने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिएका हुन् ।छलफलका क्रममा उपकुलतिहरुले […]

खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा श्रम स्वीकृति पुनः खुला गरिएको ज
BizKhabar Online » BizKhabar Online

खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा श्रम स्वीकृति पुनः खुला गरिएको जनाएको छ। विभागले २०८३ वैशाख ७ गते जारी गरेको सूचनाअनुसार यसअघि अस्थायी रूपमा स्थगन गरिएको श्रम स्वीकृति अब पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याइएको हो। विभागका अनुसार २०८२ फागुन १७ गते मन्त्रीस्तरको निर्णयअनुसार पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबिया, यूएई, […]

साताको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो सेयरबजार, ५ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटे
BizKhabar Online » BizKhabar Online

साताको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो सेयरबजार, ५ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १३.१७ अंकले ओरालो लाग्दै २८ सय २५ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४९ कम्पनीका १ करोड १६ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा […]

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी, तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन

टोकियो । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एज
BizKhabar Online » BizKhabar Online

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी, तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन

टोकियो । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ । भूकम्प स्थानीय समय अनुसार साँझ ४ः५३ बजे (०७५३ जिएमटी) इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा […]

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवि
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण भएको हो । ६४ जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्तमा करिब पाँच सय कर्मचारी कार्यरत रहेका […]

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने अध्यागमनका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । भिजिट भिषामा विदेश जाने नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाउन
BizKhabar Online » BizKhabar Online

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने अध्यागमनका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । भिजिट भिषामा विदेश जाने नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाउने अध्यागमन विभागका दुई जना अधिकृत कारबाहीमा परेका छन् । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले विज्ञप्ति जारी गरी नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको भन्दै उनीहरुमाथि कारबाही गरिएको जानकारी दिएका हुन् । नीतिगत […]

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँमा, उच्चस्तरीय भेटघाट गर्ने

काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं
BizKhabar Online » BizKhabar Online

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँमा, उच्चस्तरीय भेटघाट गर्ने

काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । सहायक विदेशमन्त्री कपुर आज बिहान काठमाडौँ आइपुगेका हुन् । तीन दिने भ्रमणका लागि आएका कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली […]

कच्चा तेल ढुवानी हुने यी हुन विश्वका प्रमुख पाँच समुद्री मार्गहरू, यी बन्द भए ठप्प हुनेछ विश्व अर्थतन्त्र

काठमाडौं । इरान र अमेरिका/इजरायल बीचको ऊर्जा संकटले सम्पूर्ण विश्वलाई असर गरेको छ । हर्मुज जलमार्
BizKhabar Online » BizKhabar Online

कच्चा तेल ढुवानी हुने यी हुन विश्वका प्रमुख पाँच समुद्री मार्गहरू, यी बन्द भए ठप्प हुनेछ विश्व अर्थतन्त्र

काठमाडौं । इरान र अमेरिका/इजरायल बीचको ऊर्जा संकटले सम्पूर्ण विश्वलाई असर गरेको छ । हर्मुज जलमार्गमा अवरोधले कच्चा तेलको मूल्य बढेको छ । विश्वव्यापी रुपमा इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ । हर्मुजको जलमार्गबाट ढुवानी अवरुद्ध हुँदा नै विश्वलाई असर परेको छ भने विश्वका अन्य जलमार्ग बन्द भए कस्तो अवस्था आउला भन्ने चिन्ता बढ्दो छ […]

कर्मचारीलाई अब महिनाको दुईपटक तलब, यस्तो छ अर्थ मन्त्रालयको पत्र

काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ
BizKhabar Online » BizKhabar Online

कर्मचारीलाई अब महिनाको दुईपटक तलब, यस्तो छ अर्थ मन्त्रालयको पत्र

काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ताको सुविधा महिना भुक्तान भएपछि मासिक रुपमा दिइँदै आएको थियो। कर्मचारीहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको बुझिएको छ। अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्न […]

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने द
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताए । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उहाँले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने […]

इन्धनको मूल्यवृद्धिको असर पूर्वाधार क्षेत्रमा, चितवनमा मात्रै १२५ ठेक्का रोकिन सक्ने

काठमाडौं । पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा प
BizKhabar Online » BizKhabar Online

इन्धनको मूल्यवृद्धिको असर पूर्वाधार क्षेत्रमा, चितवनमा मात्रै १२५ ठेक्का रोकिन सक्ने

काठमाडौं । पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कमा काम हुन नसक्ने अवस्थामा पुगेको हो । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन् । तीमध्ये १२५ वटा […]

वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सु
BizKhabar Online » BizKhabar Online

वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले उक्त मितिबाट अधिवेशन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको हो। पार्टीका प्रवक्ता मनिष झाले सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टी संरचना विस्तार गर्ने उद्देश्यले जिल्ला अधिवेशन गर्न […]

चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफलाई, उद्योग विभागले दियाे मान्यता

काठमाडौं । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ । उद्योग विभागले हाइलाइफ
BizKhabar Online » BizKhabar Online

चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफलाई, उद्योग विभागले दियाे मान्यता

काठमाडौं । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ । उद्योग विभागले हाइलाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्राण्डको अधिकार हाइलाइफको भएको निर्णय गरेको हो । हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालि बीच लामो समयदेखि चलिरहेको व्यापारिक चिन्ह सम्बन्धी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता […]

घरमै बसेर एनओसी : वैदेशिक अध्ययन अनुमति अब पूर्ण रूपमा अनलाइन

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) घरबाटै अनलाइ
BizKhabar Online » BizKhabar Online

घरमै बसेर एनओसी : वैदेशिक अध्ययन अनुमति अब पूर्ण रूपमा अनलाइन

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) घरबाटै अनलाइनमार्फत लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले पोर्टललाई फेसलेस बनाउँदै त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय सँग एपीआई अन्तरआवद्धता पूरा गरेको हो। अब विद्यार्थीले अनलाइन आवेदन दिएपछि सबै प्रक्रिया डिजिटल रूपमा सम्पन्न हुने र स्वीकृत एनओसी आफैं प्रिन्ट […]

प्रचण्डको पार्टीको सरकारलाई चेतावनी-सुकुम्वासीमाथि दमन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कार्य नगर्नु

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परि
BizKhabar Online » BizKhabar Online

प्रचण्डको पार्टीको सरकारलाई चेतावनी-सुकुम्वासीमाथि दमन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कार्य नगर्नु

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारहरूलाई विकल्पबिना उठिबास गराउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी नेकपाले यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र […]

वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन चल्यो डोजर

वीरगञ्ज । पर्साको वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँड
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन चल्यो डोजर

वीरगञ्ज । पर्साको वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाएको छ । घण्टाघर आसपासको क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार डोजर प्रयोग गरी अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू भत्काउन सुरु गरेको हो । वीरगञ्जको गण्डकचोकदेखि–मितेरी पुलसम्म अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काएको छ […]

रु. ५ लाख जित्ने विजेताको भृकुटीमण्डपमा घोषणा, यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

काठमाडौँ । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. मार्फत् भृकुटीमण्डपम
BizKhabar Online » BizKhabar Online

रु. ५ लाख जित्ने विजेताको भृकुटीमण्डपमा घोषणा, यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

काठमाडौँ । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. मार्फत् भृकुटीमण्डपमा सञ्चालन भइरहेको यामाहा ब्लु फेस्ट अन्तिम दिनमा प्रवेश गर्दै गर्दा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एकजना प्रमुख विजेताको घोषणा गरिएको जनाएको छ । भ्याली रोड मोटर्स प्रा. लि. मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत RayZR १२५ FI Hybrid खरिद […]

सिटिजन लाइफ आईएसओ ९००१ः२०१५ प्रमाणिकरण, विश्वस्तरीय मापदण्डअनुरूप सञ्चालनको पुष्टि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्र
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ आईएसओ ९००१ः२०१५ प्रमाणिकरण, विश्वस्तरीय मापदण्डअनुरूप सञ्चालनको पुष्टि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१ः२०१५ प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण युनाइटेड रजिष्टर अफ सिष्टम तथा युकेएएस म्यानेजमेन्ट सिष्टम मार्फत प्रदान गरिएको हो। यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन […]

नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक, प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थान
BizKhabar Online » BizKhabar Online

नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक, प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार […]

सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ फाइभ जी र ए३७ फाइभ जी, २४ महिनासम्म किस्ता सुविधा

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभ जी र ग्यालेक्सी ए३७ फाइभ जी सार्वजनिक गरेको घोषणा गर
BizKhabar Online » BizKhabar Online

सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ फाइभ जी र ए३७ फाइभ जी, २४ महिनासम्म किस्ता सुविधा

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभ जी र ग्यालेक्सी ए३७ फाइभ जी सार्वजनिक गरेको घोषणा गरेको छ । नयाँ ए श्रृङ्खलाका यी मोडेलहरूले उन्नत क्यामेरा, स्मार्ट विशेषता र आकर्षक बनावटमार्फत दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेका छन् । कम्पनीले यसअघि उपलब्ध १२ महिनाको किस्ता योजनालाई विस्तार गर्दै २४ महिनासम्मको किस्ता सुविधा ल्याएको छ […]

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

कठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तरको प्र
BizKhabar Online » BizKhabar Online

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

कठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप Q4 2025 को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको छ, जसले विश्वभरका प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न सहयोग […]

५० दिनको युद्धमा ५० अर्ब डलरको क्षति, इन्धनको बजार सामान्य अवस्थामा फर्किन पाँच महिना लाग्ने

काठमाडौं । इरान युद्ध लगभग ५० दिन पुगेको छ । यस समयमा, विश्वव्यापी ऊर्जा बजारले ५० अर्ब डलरभन्दा बढ
BizKhabar Online » BizKhabar Online

५० दिनको युद्धमा ५० अर्ब डलरको क्षति, इन्धनको बजार सामान्य अवस्थामा फर्किन पाँच महिना लाग्ने

काठमाडौं । इरान युद्ध लगभग ५० दिन पुगेको छ । यस समयमा, विश्वव्यापी ऊर्जा बजारले ५० अर्ब डलरभन्दा बढीको कच्चा तेल गुमाएको छ । विश्लेषकहरूले चेतावनी दिएका छन् कि यसको प्रभाव महिनौं होइन, वर्षौंसम्म रहन सक्छ । फेब्रुअरीको अन्त्यमा द्वन्द्व सुरु भएदेखि ५० करोड ब्यारेलभन्दा बढी कच्चा तेल बजारबाट बाहिर रहेको छ । केप्लरको तथ्यांकअनुसार, […]

दूरसञ्चार सेवा दस्तुर बुझाउन सेवाप्रदायकको बेवास्ता : प्राधिकरणले भन्यो २५ गतेभित्र बुझाउनु

काठमाडौं । दूरसञ्चार सेवा दस्तुर (टीएससी) संकलन र दाखिला प्रक्रियामा सेवाप्रदायकहरुले बेवास्ता
BizKhabar Online » BizKhabar Online

दूरसञ्चार सेवा दस्तुर बुझाउन सेवाप्रदायकको बेवास्ता : प्राधिकरणले भन्यो २५ गतेभित्र बुझाउनु

काठमाडौं । दूरसञ्चार सेवा दस्तुर (टीएससी) संकलन र दाखिला प्रक्रियामा सेवाप्रदायकहरुले बेवास्ता गरेको पाईएको छ । लामो समयदेखि बेवास्ता र अन्यौलतामा रहेको टीएससी अब भने बुझाउनु भनी प्राधिकरणले निर्देशनसमेत दिएको छ । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक ऐन, २०८२ अनुसारको व्यवस्था कार्यान्वयनमा सेवा प्रदायकहरूले गम्भीर त्रुटि गरेको ठहर गर्दै कडा चेतावनीसहित टीएससी दाखिला गर्न निर्देशन दिएको […]

अधिक तरलताको दबाबमा बैंकहरु : ५४ प्रतिशतसम्म झर्यो सीडी रेसियो, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ५४ प्रतिशत भन्दा तल झरेको छ । पछिल
BizKhabar Online » BizKhabar Online

अधिक तरलताको दबाबमा बैंकहरु : ५४ प्रतिशतसम्म झर्यो सीडी रेसियो, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ५४ प्रतिशत भन्दा तल झरेको छ । पछिल्लो ३ वर्षयता कर्जा विस्तारमा देखिएको सुस्तता र निक्षेपमा आएको लगातार वृद्धिले गर्दा बैंकहरुको सीडी रेसियो लगातार घटिरहेको हो । नेपाल बैकर्स संघको चैत मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७३.३५ प्रतिशतमा झरेको छ । एक वर्षमा वाणिज्य […]

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन
BizKhabar Online » BizKhabar Online

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ […]

स्ट्रेट अफ हर्मुजमा तनावले कच्चा तेल आपूर्तिमा अवरोध, नेपालमा तेलको मूल्य घट्ने आशामा तुषारापात

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक अस्थिरता र एकपछि अर्को विरोधाभापूर्ण अ
BizKhabar Online » BizKhabar Online

स्ट्रेट अफ हर्मुजमा तनावले कच्चा तेल आपूर्तिमा अवरोध, नेपालमा तेलको मूल्य घट्ने आशामा तुषारापात

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक अस्थिरता र एकपछि अर्को विरोधाभापूर्ण अभिव्यक्तिले यतिबेला विश्व अर्थतन्त्रलाई नै पिरोलेको छ । केही दिन अघिसम्म अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको ऐतिहासिक गिरावटले नेपालमा पनि इन्धनको भाउ घट्ने र महँगीबाट केही राहत पाइने अपेक्षा गरिएको थियो । तर, ट्रम्पको ‘दुईजिब्रे’ बोली र मध्यपूर्वमा अचानक बदलिएको रणनीतिका कारण […]

यसरी फेरिदैछ रुपाको रुप : ४ अर्बको गुरुयोजना, बन्दैछ नयाँ पर्यटकीय गन्तव्य

गण्डकी । अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक
BizKhabar Online » BizKhabar Online

यसरी फेरिदैछ रुपाको रुप : ४ अर्बको गुरुयोजना, बन्दैछ नयाँ पर्यटकीय गन्तव्य

गण्डकी । अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो […]

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि : शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनी
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि : शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ । सो अवधिमा कुल एक लाख ६६ हजार ५२० उजुरी परेकामा एक लाख २१ हजार ९४३ (७३ दशमलव २३ प्रतिशत) फर्छ्यौट भई ७९८ मुद्दा दायर भएका छन् । ती […]

शनिबार र आइतबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने सरकारको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा
BizKhabar Online » BizKhabar Online

शनिबार र आइतबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने सरकारको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताP । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन […]

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी ब
BizKhabar Online » BizKhabar Online

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताएका छन् । इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबंदी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ । तेहरान र वासिङ्टनबिच […]

कैलाली भन्सारद्वारा ६ अर्ब ३२ करोड राजस्व सङ्कलन, भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयल
BizKhabar Online » BizKhabar Online

कैलाली भन्सारद्वारा ६ अर्ब ३२ करोड राजस्व सङ्कलन, भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि […]

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले परीक्षण विना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्
BizKhabar Online » BizKhabar Online

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले परीक्षण विना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन्। काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको […]

Get more results via ClueGoal