Nepal



'Climate resilience not optional' amidst climate change and energy shocks: DPM Gan

An increasingly uncertain world — energy disruptions, supply shocks and extreme weather — has reinforced the age-old lessons for Singapore that resilience cannot be built overnight, and must be part of Singapore's long-term planning, said Deputy Prime Min

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

काठमाडौं । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ
BizKhabar Online » BizKhabar Online

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

काठमाडौं । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ । नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिए । विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच जनाको […]

सरकारले घटायो मन्त्रालयको संख्या, अब संघीय मन्त्रालय १७ मा सीमित

काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्न
BizKhabar Online » BizKhabar Online

सरकारले घटायो मन्त्रालयको संख्या, अब संघीय मन्त्रालय १७ मा सीमित

काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्ने निर्णय गरेको छ । अब संघीय सरकार सहित १७ वटा मन्त्रालयमा मात्रै सीमित हुने भएको छ । यसअघि २२ वटा मन्त्रालय रहेको संरचना सरकारले कार्यविभाजन नियमावली–२०८३ मार्फत पुनर्गठन गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेसँगै मन्त्रालय संख्या औपचारिक रूपमा […]

सामान्य घट्यो नेप्से, कारोबार २ अर्ब ८० करोडमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घ
BizKhabar Online » BizKhabar Online

सामान्य घट्यो नेप्से, कारोबार २ अर्ब ८० करोडमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.१५ अंकले घट्दै २७ सय ४० को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ३९ कम्पनीका ५६ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्तरूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु, व्यापक जीवन र स्वास्थ्य सुरक्षा प्रदान

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सा
BizKhabar Online » BizKhabar Online

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्तरूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु, व्यापक जीवन र स्वास्थ्य सुरक्षा प्रदान

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । यो योजना अब खल्ती एपमार्फत सहज रूपमा उपलब्ध हुनेछ, जसले वित्तीय सुरक्षा अझ सरल, छिटो र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । बीमा सेवा लिन अब जटिल प्रक्रिया वा लामो समय कुर्नुपर्ने आवश्यकता छैन । मोबाइल […]

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । डा.चण्डिकाप्रसाद भट्टले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन
BizKhabar Online » BizKhabar Online

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । डा.चण्डिकाप्रसाद भट्टले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन् । सरकारले यसअघि सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि त्यसको प्रभावस्वरूप भट्टले पदबाट राजीनामा दिएको बताइएको छ ।

पर्यटकीय ‘हब’ बन्दै रुपन्देही, होटल क्षेत्रमा उच्च लगानी

भैरहवा । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास ह
BizKhabar Online » BizKhabar Online

पर्यटकीय ‘हब’ बन्दै रुपन्देही, होटल क्षेत्रमा उच्च लगानी

भैरहवा । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो । भैरहवा–लुम्बिनी करिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा आएका छन् भने […]

२४ घण्टामा ट्राफिक कारबाहीमा २० लाख ३१ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यस
BizKhabar Online » BizKhabar Online

२४ घण्टामा ट्राफिक कारबाहीमा २० लाख ३१ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५०६ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, संकेत बत्ती उल्लंघनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

सागर डिस्टिलरी साढे ३ करोड नोक्सानमा, अन्य सूचक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सागर डिस्टिलरीले ३ करोड ५३ लाख ५७ हजार
BizKhabar Online » BizKhabar Online

सागर डिस्टिलरी साढे ३ करोड नोक्सानमा, अन्य सूचक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सागर डिस्टिलरीले ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यसले ७ करोड ७३ लाख ४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । कम्पनीको कुल सञ्चालन आम्दानी बढेकाले यसको नोक्सानी घटेको हो । यद्दपि, खर्चहरुमा भएको उल्लेख्य वृद्धिका कारण कम्पनीले […]

याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख ७४ हजार ३ सय जनाले पाए १० कित्ता

काठमाडौं । याम्बालिङ हाइड्रोपावरको आईपीओ आज बैशाख ३० गते बाँडफाँड भएको छ । बुधबार बिहान कम्पनीको
BizKhabar Online » BizKhabar Online

याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख ७४ हजार ३ सय जनाले पाए १० कित्ता

काठमाडौं । याम्बालिङ हाइड्रोपावरको आईपीओ आज बैशाख ३० गते बाँडफाँड भएको छ । बुधबार बिहान कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँड भएको हो । यस कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ता प्राप्त गरेका छन् । कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि […]

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । आजको ब
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने […]

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु २८, आलु रातो (गोलो) प्रतिकिलो […]

टोखामा ११ वटै वडामा बजार अनुगमन, ४६ व्यवसायी कारवाहीमा

काठमाडौँ । टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनु
BizKhabar Online » BizKhabar Online

टोखामा ११ वटै वडामा बजार अनुगमन, ४६ व्यवसायी कारवाहीमा

काठमाडौँ । टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारवाही गरेको छ । ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा बजार अनुगमन गरेको थियो । नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, […]

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोट
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम २०८३ साल जेठ १ […]

आगामी आवको बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्य
BizKhabar Online » BizKhabar Online

आगामी आवको बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उनले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने […]

यती एअरलाईन्सको आइपीओ निष्काशनको तयारी, विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काडमाडौं । यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्
BizKhabar Online » BizKhabar Online

यती एअरलाईन्सको आइपीओ निष्काशनको तयारी, विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काडमाडौं । यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय […]

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलम
BizKhabar Online » BizKhabar Online

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले बताए । उनका अनुसार दुर्घटनामा उद्धारकार्य चलिरहेको छ । […]

प्यारामाउन्ट मोटर्सद्वारा नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । प्यारामाउन्ट मोटर्सले नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६ ईभी ट्रफी लङ रेञ्ज’ सा
BizKhabar Online » BizKhabar Online

प्यारामाउन्ट मोटर्सद्वारा नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । प्यारामाउन्ट मोटर्सले नेपालमा नयाँ विद्युतीय एसयूभी ‘एमजी एस६ ईभी ट्रफी लङ रेञ्ज’ सार्वजनिक गरेको छ । मोरिस ग्यारेज (एमजी) मोटर्सको आधिकारिक वितरक कम्पनीले एक विशेष कार्यक्रमबीच नयाँ गाडी नेपाली बजारमा भित्र्याएको हो । कार्यक्रममा मोहम्मत क्वासिम जहुरको विशेष उपस्थिति रहेको थियो । कम्पनीका अनुसार उत्कृष्ट कार्यसम्पादन, आधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजनमा तयार […]

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘
BizKhabar Online » BizKhabar Online

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकोे बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि […]

पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षाको विषय : प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यू
BizKhabar Online » BizKhabar Online

पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षाको विषय : प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् । समितिका सदस्यहरुले सवारीको गति बढी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सडक सुरक्षालाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् । बैठकमा समितिका सभापति […]

नेपाल पर्यटन बोर्डलाई ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डलाई प्रतिष्ठित ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान प्रदान गरिएको
BizKhabar Online » BizKhabar Online

नेपाल पर्यटन बोर्डलाई ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डलाई प्रतिष्ठित ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान प्रदान गरिएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप सो सम्मान प्रदान गरिएको हो । उक्त सम्मान गणतन्त्र कोरियाको ग्योङ्जु तथा पोहाँगमा आयोजित पाटा वार्षिक सम्मेलन २०२६ का अवसरमा प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका निमित्त निर्देशक […]

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथ
BizKhabar Online » BizKhabar Online

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । […]

संसद्‌मा निदाएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि अर्थमन्त्री वाग्लेको स्पष्टीकरण-‘म निदाएको थिइनँ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै सामाजिक सञ्ज
BizKhabar Online » BizKhabar Online

संसद्‌मा निदाएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि अर्थमन्त्री वाग्लेको स्पष्टीकरण-‘म निदाएको थिइनँ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् । अर्थ समितिको बैठकमा वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे । अर्थमन्त्री वाग्लेले भने, ‘मैले टेबुलमुनि फोन हेरिरहेको कुरालाई धेरैले निदाएको भनेर गलत अर्थ लगाए। राष्ट्रपतिको अगाडि फोन चलाउनु […]

अर्थतन्त्रमा आइटी क्षेत्रको योगदान बढ्दै, ९ महिनामै २१ अर्ब ४४ करोडको सेवा निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै नेपालले दूरसञ्चार, कम्प्युटर तथा सूचना सेव
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रमा आइटी क्षेत्रको योगदान बढ्दै, ९ महिनामै २१ अर्ब ४४ करोडको सेवा निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै नेपालले दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवाको निर्यातबाट मात्रै २१ अर्ब ४४ करोड ३७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भुक्तानी सन्तुलन तथ्यांकअनुसार आइटी क्षेत्रको क्रेडिट (निर्यात) २१ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ पुग्दा डेबिट (आयात) भने ४ […]

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतामा योगदानमा आधारित भए /नभएको, उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको […]

बजाजको ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, एक लाखसम्म नगद छुट

काठमाडौं । बजाज नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले ‘न्यु खोज्नेलाई झ्याम्मै
BizKhabar Online » BizKhabar Online

बजाजको ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, एक लाखसम्म नगद छुट

काठमाडौं । बजाज नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले ‘न्यु खोज्नेलाई झ्याम्मै’ नारासहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। कम्पनीका अनुसार कार्निभल काठमाडौंको भृकुटीमण्डप मा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ग्राहकहरूले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा पाउनेछन्। कार्निभलमा २२ जना […]

फोटोन नेपालले काठमाडौंमा गर्यो कस्टमर मिट एण्ड ग्रिटको आयोजना

काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले २५ वैशाख २०८३ मा ललितपुरको बालकुमारीस्
BizKhabar Online » BizKhabar Online

फोटोन नेपालले काठमाडौंमा गर्यो कस्टमर मिट एण्ड ग्रिटको आयोजना

काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले २५ वैशाख २०८३ मा ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यो कार्यक्रम काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट संचालक, व्यवसायिक अपरेटर तथा प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूको अनुभव र अपेक्षाबारे खुला र अर्थपूर्ण छलफल गर्ने उद्देश्यले आयोजना गरिएको […]

नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा

जनकपुर | नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experienc
BizKhabar Online » BizKhabar Online

नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा

जनकपुर | नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experience Center को भव्य उद्घाटन गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ। जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ Experience Center सोमबार, २८ बैशाख […]

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्
BizKhabar Online » BizKhabar Online

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि […]

कुरिलो प्रतिकिलो रु ४५०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ४५०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु […]

सेयर धितो कर्जा साढे २८ प्रतिशतले बढ्यो, अन्य क्षेत्रमा कस्तो छ कर्जा प्रवाहको अवस्था ?

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको क
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जा साढे २८ प्रतिशतले बढ्यो, अन्य क्षेत्रमा कस्तो छ कर्जा प्रवाहको अवस्था ?

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) साढे २८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा सेयर कर्जा २८.४९ प्रतिशतले बढेको छ । यसअवधिमा सेयर कर्जा ३५ अर्ब ३६ करोड ६८ लाख रुपैयाँले बढेको हो […]

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्य
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार
BizKhabar Online » BizKhabar Online

पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानी वासीका साथै मुस्ताङ […]

धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किए, ३७ जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा ३७ जना घाइत
BizKhabar Online » BizKhabar Online

धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किए, ३७ जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् । काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले गएराति ११ बजेको समयमा पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो […]

‘प्रि-बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थ मन्त्रालय

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-ब
BizKhabar Online » BizKhabar Online

‘प्रि-बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थ मन्त्रालय

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट)बारे छलफल सुरु गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुअघि बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस हुने आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बताए । “प्रि-बजेट छलफल भइरहेको छ । जिल्ला […]

एसईईको नतिजा प्रकाशित, ६६ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनि
BizKhabar Online » BizKhabar Online

एसईईको नतिजा प्रकाशित, ६६ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले केही समयअघि सार्वजनिक गरेको नतिजा अनुसार यस पटकको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । चार लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा २ लाख ८४ हजार १ सय ६० परीक्षार्थी […]

Get more results via ClueGoal