Trump concludes his China visit, now flying home — TV
newsare.net
The US president spent three days in ChinaTrump concludes his China visit, now flying home — TV
The US president spent three days in China Read more
The US president spent three days in China Read more
काठमाडौं । महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनले दूरसञ्चार सेवा दस्तुर सङ्कलन तथा राजस्व दाखिलामा गम्भीर अनियमितता औँल्याएको छ। प्रतिवेदनअनुसार विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकबाट असुल गरेको करोडौँ रुपैयाँ बराबरको दूरसञ्चार सेवा दस्तुर राज्यको राजस्व खातामा दाखिला नगरेको पाइएको हो। प्रतिवेदनमा आर्थिक ऐन, २०८१ को दफा १३ अनुसार टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा […]
काठमाडौं । पछिल्लो समय विभिन्न भन्सारबाट नेपालमा आयात हुने विद्युतीय सवारीसाधनमा करछली सामान्य जस्तै बन्दै गएको छ । व्यापारीहरुले आयात गर्ने मालवस्तुको जाँच गर्ने भरपर्दाे प्रणाली र कानुनी कडाईको कमीका कारण पछिल्लो समय राज्यले अर्वाै बराबरको राजस्व गुमाउँदै आएको छ । सोही अनुसार महालेखापरिक्षकको कार्यालयले पनि पछिल्लो समय यस्ता क्रियाकलापहरु बढ्दै गएको औंल्याएको छ । […]
काठमाडौं । बीमा व्यवसाय गर्ने इजाजत नै नभएका र बीमा अभिकर्ताका रुपमा समेत दर्ता नभएका संस्थालाई लघु बिमा कार्यक्रमका नाममा करिब १३ करोड निकासा भएको छ । महालेखा परिक्षकको ६३ औं वार्षिक प्रतिवेदनले बीमा व्यवसाय गर्ने इजाजत नै नभएका र बीमा अभिकर्ताका रुपमा समेत दर्ता नभएका संस्थालाई लघु बीमा कार्यक्रमका नाममा १२ करोड ९२ लाख […]
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार पहिलो चरणमा तीन सहकारी संस्थाका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ। समितिका अनुसार रकम फिर्ता पाउनेमध्ये कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय […]
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनपछि चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिद उल्लेखनीय रूपमा बढाउने सहमति जनाएको छ । विशेषगरी गोमांस, कुखुराको मासु र भटमासजस्ता उत्पादनको व्यापार विस्तार गर्ने समझदारी भएपछि लामो समयदेखि व्यापार युद्धको असर झेलिरहेका अमेरिकी किसानहरूमा नयाँ आशा जागेको छ । ह्वाइट हाउसले […]
काठमाडौं । संसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने भन्दै प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरुले सभामुखको अगाडि गएर पर्चा देखाएर विरोध गरेका हुन् । श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’ भन्दै विरोध गरेको हो । पर्चा […]
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा बिरुवा रोपेको छ । लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा मञ्चद्वारा सञ्चालन भइरहेको देशव्यापी ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ मा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त वृक्षरोपण गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २०० वटा अम्बाका […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी दिएको छ । […]
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । स्कटल्याण्डविरुद्धको खेलमा दुई विकेट हात पार्दै उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडी बन्न सफल भएका हुन् । सन्दीपले मात्र ७३ खेलमै १५० विकेटको आँकडा पूरा गरेका हुन् । यसअघि यो कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका […]
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सिमा नाकामा बस्ने नेपाली नागरिकलाई भन्सारमा विशेष सहुलियत दिने तयारी गरेको छ । जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेटमा सीमा नाकामा हुने तस्करीलाई ड्रोनबाट निगरानी गर्ने र नाका आसपास बस्ने नेपालीलाई भने छुट दिने नीति लिने भएको हो । संघीय संसदअन्तर्गत अर्थ समितिको केही दिनअघिको बैठकमा अर्थमन्त्री […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी आव २०८३र८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेस गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्ताबेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको […]
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुको नाफामा वृद्धि भएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको खुद नाफा ४४.०९ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म आइपुग्दा सूचीकृत लघुवित्त कम्पनीहरुले ७ अर्ब २४ करोड ४८ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षकोभन्दा ४४.०९ प्रतिशतले […]
काठमाडौं । अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तनाव तथा त्यसबाट उत्पन्न पश्चिम एसिया (मध्यपूर्व) संकटका कारण नेपाली श्रम बजारमा गम्भीर असर पार्न थालेको छ । खाडी मुलुकहरूमा निर्माण, पर्यटन, होटल तथा सेवा क्षेत्र सुस्त बनेपछि नेपाली कामदारको माग लगभग ठप्प भएको व्यवसायीहरूले बताएका छन् । वैदेशिक रोजगारीमा निर्भर लाखौं नेपाली परिवार र नेपालको समग्र अर्थतन्त्र […]
मुस्ताङ । यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरला नाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरला नाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब […]
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, गोलभेँडा साना (टनेल) रु ८०, आलु रातो (लाम्चो) प्रतिकिलो […]
काठमाडौँ । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार ठुलो अण्डा रु. ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु. ४८५ फार्मदर कायम गरिएको छ । संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु. २५ कायम गरिएको छ । […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल […]
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यमद्वारा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) को ध्यानाकर्षण भएको जनाएको छ । नाइमाले यसअघि यस विषयलाई अर्थमन्त्री, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलका क्रममा समेत उठाउँदै इभि […]
काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ । महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो । त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै रु ११ अर्ब ३० करोड मात्र भित्रिएको छ । […]
काठमाडौं । चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ ।शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ । चिनियाँ अधिकारीहरूले प्रक्षेपणका लागि आवश्यक प्राविधिक परीक्षण, उपकरण जाँच तथा अन्तिम तयारीहरू भइरहेको बताएका छन् । […]
काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि. (PCPL) ले आफ्नोे नयाँ शोरूमको स्याङ्घजामा भव्य रूपमा उद्घघाटन सम्पन्न गरेको छ । न्यू भुसाल स्टोरमार्फत स्याङ्घजामा सुरु भएको नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउनेछ । उद्घघाटन कार्यक्रममा उद्योगी, इन्जिनियर निर्माण व्यवसायी, आर्किटेक, कन्ट्रयाक्टर लगायत डिलर वर्ग र […]
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यमद्वारा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) को ध्यानाकर्षण भएको जनाएको छ । नाइमाले यसअघि यस विषयलाई अर्थमन्त्री, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलका क्रममा समेत उठाउँदै इभि […]
मेलबर्न । जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ । अध्ययनअनुसार यदि उच्च स्तरमा प्रदूषण उत्सर्जन भइरह्यो भने सन् २०३५ सम्म घरबारविहीन हुने मानिसहरूको सङ्ख्या हालको तुलनामा चार गुणासम्म बढ्न सक्छ । यसले जलवायु परिवर्तनले केवल वातावरणमा मात्र नभई मानिसहरूको दैनिकी, बसोबास र […]
काठमाडौँ । सरकारले विकासको प्रतिफल आम नागरिकलाई शीघ्र रूपमा उपलब्ध गराउने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यका साथ सुरु गरेका रूपान्तरणकारी आयोजनाको प्रगति न्यून भएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक क्षेत्रका पाँच, सामाजिक क्षेत्रका चार, पूर्वाधारका सात र लोकतन्त्र एवम् सुशासन क्षेत्रका एक गरी कूल १७ आयोजनालाई सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा सञ्चालन […]
काठमाडौँ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत बृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य […]
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर शीर्षकसहित बाँडफाँटबाट आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख महिनासम्ममा रु २० […]
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । […]
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्दै सार्वजनिक स्रोत–साधनको मितव्ययी तथा दिगो उपयोग सुनिश्चित गर्न क्षेत्रगत सुझाव दिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा शासकीय प्रबन्ध, अर्थतन्त्र, सार्वजनिक वित्त र विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन क्षेत्रमा सुधार गर्न सरकारलाई सुझाव दिइएको छ […]
काठमाडौं । सर्भर वा क्लाउडमा रहेको डाटा बिना औद्योगिक भविष्यको कल्पना गर्न असम्भव छ । यो डाटा हाम्रो भविष्यको डिजिटल कच्चा पदार्थ जस्तै हो, जुन आज बिजुली र कच्चा तेल जत्तिकै महत्त्वपूर्ण छ । भविष्यमा, डाटाले कसले प्रतिस्पर्धात्मक किनारा पाउँछ र उनीहरूको बजार हिस्सा कति हुनेछ भनेर निर्धारण गर्नेछ । यसले कुन देशको राष्ट्रिय अर्थतन्त्र […]
काठमाडौँ । सशस्त्र प्रहरीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५ सय ९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन् […]
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६५.१६ प्रतिशतले खुम्चिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६५.१६ प्रतिशतले घटेर १ अर्ब १४ करोड १७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ अर्ब २७ करोड ६८ लाख […]
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही […]
हुम्ला । वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् । हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा बढी सहायक कम्पनीमा प्रतिनिधित्व गराइएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । प्राधिकरणले विभिन्न कम्पनी स्थापना गरी सञ्चालन गर्दै आएको छ । ती कम्पनीमा कार्यकारी निर्देशक अध्यक्ष रहने व्यवस्था छ । उच्च तहका कर्मचारी सञ्चालकका रूपमा कार्यरत छन् । त्यसरी सञ्चालक नियुक्ति गर्दा नेपाल सरकारको […]