काठमाडौं । राहदानी छपाइसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले उक्त मुद्धामा विभागका सूचना प्रविधि निर्देशक सुनिल केसी, तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्य, उपसचिव राजाराम दाहाल, शाखा अधिकृत […]
काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी याडेआले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि याडेआको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत आयोजित कार्यक्रममा उक्त मोटरसाइकल नेपाली बजारमा भित्र्याइएको हो। कम्पनीका अनुसार किनेसलाई दैनिक आवतजावतका लागि मात्र नभई उच्च प्रदर्शन, तीव्र गति, रोमाञ्चक सवारी अनुभव र आकर्षक बनावटलाई प्राथमिकतामा राखेर […]
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण विभागको पहलमा पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन काठमाडौं ल्याउने तयारी गरिएको बताइएको छ। पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्। प्रहरी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ । मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ । केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै […]
काठमाडौं । नेपालमा स्मार्टफोनको प्रयोग र माग बढ्दै जाँदा यसको आयात पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ […]
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ सम्पत्तिहरु, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परिषद् तथा समितिहरूको नेतृत्व चयन गर्दै १८ वटा समितिका सभापतिको टुङ्गो लगाएको छ। महासंघले संगठनको नीति निर्माण, निजी क्षेत्रका सरोकार तथा विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित गतिविधिलाई प्रभावकारी बनाउन नयाँ जिम्मेवारी बाँडफाँट गरेको हो। महासंघले महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति तोकेको छ भने कुशकुमार जोशीलाई महासंघको विज्ञता परिषद्को नेतृत्वको […]
काठमाडौं । अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ । वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि चीनले त्यसको प्रतिकारस्वरूप रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो । चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले […]
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ । दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् । पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्तिअनुसार […]
काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी मनसुनसम्बन्धी बुलेटिनअनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो । महाशाखाका अनुसार हाल मनसुन कोशी […]
कोलम्बो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ । श्रीलङ्काको निर्यात विकास बोर्ड (इडिबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने […]
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालमा झन्डै १९ खर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्म नेपालले कुल १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । यो गत आवको यहि अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी […]
काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तरराष्ट्रिय निगरानी संस्था (एफएटीएफ) को खैरो सूची (ग्रे लिस्ट)मा परेको छ । फ्रान्समा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमयुक्त मुलुकहरूको ग्रे लिस्टमै कायम राख्ने निर्णय गरेको हो। एफएटीएफ विश्वभर सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा लगानी तथा वित्तीय अपराध […]
कतार । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् । घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन र आपूर्ति प्रणाली […]
काठमाडौं । माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज सोमबार असार ८ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले असार ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ […]
काठमाडौं । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । […]
काठमाडौं । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो वर्ष मधेस […]
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्कका आधारमा धवलागिरिमा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ । विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा गाईगोरु ६ हजार ७५६, रागाभैँसी दुई हजार ३८३, बाख्रा तीन हजार ६६४, भेडा दुई हजार २८ तथा घोडा २२९ रहेका थिए […]
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) साढे ७ अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १९.५१ प्रतिशत […]
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदमा आवेदन खुला गरेको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । मन्त्रालयअन्तर्गत गठित प्रशासक छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । सूचनाअनुसार उम्मेदवारले कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार आवश्यक […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर सोधपुछ गरेको पुष्टि गर्दै राज्यकोष र सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्न जोसुकैलाई पनि नछाड्ने बताएका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगतमा राज्यकोष तथा राज्य सम्पत्तिमाथि भएको अनियमितता र शोषणविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने बताए। उनले कुनै राजनीतिक […]
काठमाडौं । स्याफ्रुबेँसी–रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो । उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी–त्रिशूली–मैलुङ’रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि उक्त […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नेपालको राजनीतिक पुनर्जागरणको अभियान भएको बताएका छन्र । पार्टीको चौँथो स्थापना दिवसको अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका उनले रास्वपा सकारात्मक परिवर्तनको आकाङ्क्षाको राजनीतिक अभिव्यक्ति भएको बताए । डा वाग्लेले आफूहरूको उद्देश्य केबल सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार परिवर्तन […]
काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन […]
काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु […]
काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए । ‘सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ’, उनले भने, ‘बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।’ अस्पतालमा […]
काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् । महाधिवेशनमा शुभकामना दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगन थापा, […]
काठमाडौं । देशका विभिन्न क्षेत्रमा बर्डफ्लुको संक्रमण फैलिएको हल्लाबीच पनि पछिल्लो समय अण्डाको मूल्य लगातार उकालो लाग्दो छ । बर्डफ्लुकै कारण अण्डाको उत्पादन घट्नु र डिमाण्ड तलमाथि नहुनुले बजारमा अण्डाको मूल्य लगातार उकालो लागिरहेको देखिन्छ । यसबाट उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ भने अण्डा उत्पादकले केही राहत पाएपनि चल्ला उत्पादन गर्ने उद्योग भने गम्भीर संकटमा […]
काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब […]
काठमाडौं । नेपाल इकोनोमिक फोरम-NEF ले आज ‘गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ’ विषयमा NEFtalk कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे छलफल गरेका थिए । छलफलमा राइड–हेलिङ सेवाले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा […]
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]
काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको […]
काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]