Nepal



नेप्से परिसूचकमा उछाल, कारोबार भने सामान्य बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उछाल आएका छ । यसदिन नेप्से परिसूचक ४४.५९

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भएको निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दा
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भएको निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ । ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ’, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता […]

हवाई भाडा घट्यो, अब कहाँ जान कति ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायो
BizKhabar Online » BizKhabar Online

हवाई भाडा घट्यो, अब कहाँ जान कति ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायोजन गरेको छ। इन्धन शुल्क घटाएर बुधबारदेखि नयाँ भाडादर लागू गरिएको प्राधिकरणले जनाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई नयाँ भाडादर लागू गर्न निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार इन्धन शुल्क अधिकतम २ हजार […]

बजेट समयमै पेस नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/
BizKhabar Online » BizKhabar Online

बजेट समयमै पेस नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट तोकिएको समयभित्र सभामा पेस नगर्ने २३ स्थानीय तहसँग तीन दिनभित्र स्पष्टीकरण मागेको छ। मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार १० असारभित्र कार्यपालिकाबाट बजेट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित […]

पर्याप्त यात्री नहुँदा सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेनः मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण
BizKhabar Online » BizKhabar Online

पर्याप्त यात्री नहुँदा सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेनः मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान हुन नसकेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले विमानस्थल सञ्चालनबारे राख्नुभएको जिज्ञासामा मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्याको उपलब्धताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको बताए । विसं २०८० फागुन १४ गते […]

सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय, छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी

काठमाडौँ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथ
BizKhabar Online » BizKhabar Online

सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय, छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी

काठमाडौँ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि सरकारको प्रयासले सुशासनका साथै सार्थक उपलब्धि हासिल गर्ने दिशा तय गरेको स्पष्ट देखिएको छ । सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा समावेश यस क्षेत्रका कार्ययोजना […]

मूल्य घटेपछि पेट्रोल पम्पमा कृत्रिम अभाव, इन्धन लुकाउनेमाथि निगमको एक्शन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएलगत्तै काठमाडौं उपत्य
BizKhabar Online » BizKhabar Online

मूल्य घटेपछि पेट्रोल पम्पमा कृत्रिम अभाव, इन्धन लुकाउनेमाथि निगमको एक्शन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएलगत्तै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ । मूल्य घट्ने पूर्वानुमानका कारण निजी पेट्रोल पम्प सञ्चालकहरूले डिपोबाट इन्धन नउठाउँदा बजारमा आपूर्ति प्रभावित भएको हो। निगम स्रोतका अनुसार मूल्य घटेपछि नोक्सानी बेहोर्नुपर्ने डरले केही दिनदेखि धेरै पम्प सञ्चालकहरूले डिपोबाट इन्धन […]

इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्ला ? यस्तो छ व्यवसायीको माग

काठमाडौँ । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा स्वचालित प्रणालीअनुसार तत्काल समायो
BizKhabar Online » BizKhabar Online

इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्ला ? यस्तो छ व्यवसायीको माग

काठमाडौँ । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीहरूले सरकारसँग माग गरेका छन्। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भाडा पनि सोहीअनुसार संशोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो। महासंघका अध्यक्ष सरोज सिटौलाले इन्धनको मूल्य बढ्दा भाडा बढाउने तर मूल्य […]

उपभोक्ताको अपेक्षाअनुसार घटेन पेट्रोलियम पदार्थको मूल्य, कति हुनुपर्ने थियो नयाँ मूल्य ?

काठमाडौं । मध्यपूर्वमा तनाव शान्त हुँदै जाँदा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओ
BizKhabar Online » BizKhabar Online

उपभोक्ताको अपेक्षाअनुसार घटेन पेट्रोलियम पदार्थको मूल्य, कति हुनुपर्ने थियो नयाँ मूल्य ?

काठमाडौं । मध्यपूर्वमा तनाव शान्त हुँदै जाँदा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लाग्दो क्रममा छ । करिव २ महिना अघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल १ सय १४ अमेरिकी डलरसम्म पुगिसकेको कच्चा तेलको मूल्य हाल घटेर प्रतिब्यारल ७४ डलर आसपास पुगेको छ । अर्थात २ महिनायता मात्रै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल […]

साउनभित्रै सवा २ लाख टन मल, रोपाइँको चटारोमा किसानलाई राहत

काठमाडौँ । मानसुनको सक्रियतासँगै मुलुकभर धान रोपाइँको चटारो सुरु भएको छ । हरेक वर्ष मुख्य सिजनमै
BizKhabar Online » BizKhabar Online

साउनभित्रै सवा २ लाख टन मल, रोपाइँको चटारोमा किसानलाई राहत

काठमाडौँ । मानसुनको सक्रियतासँगै मुलुकभर धान रोपाइँको चटारो सुरु भएको छ । हरेक वर्ष मुख्य सिजनमै रासायनिक मलको हाहाकार खेप्दै आएका किसानका लागि यसपटक भने केही सुखद् संकेत देखिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्रै करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने अन्तिम तयारी गरेको छ । […]

ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक, सन् २०२५ मा एक अर्ब डलर बराबरको आम्दानी

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो
BizKhabar Online » BizKhabar Online

ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक, सन् २०२५ मा एक अर्ब डलर बराबरको आम्दानी

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वल्र्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आय आर्जन गरेको हो । यही आम्दानीका […]

राहदानी प्रकरणमा जर्मन दूतावासद्वारा ध्यानाकर्षण, भ्रममा नपर्न सरोकारवाला सबैमा आग्रह

काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) खरिद प्रक्रिया र त्यससँग जोडिएर न्यायालयमा विचाराधीन मुद्
BizKhabar Online » BizKhabar Online

राहदानी प्रकरणमा जर्मन दूतावासद्वारा ध्यानाकर्षण, भ्रममा नपर्न सरोकारवाला सबैमा आग्रह

काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) खरिद प्रक्रिया र त्यससँग जोडिएर न्यायालयमा विचाराधीन मुद्दाको विषयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति काठमाडौँस्थित जर्मन दूतावासले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दूतावासले एक वक्तव्य जारी गर्दै पछिल्ला दिनहरूमा यस कूटनीतिक मामिलालाई लिएर सञ्चारमाध्यममा सम्प्रेषण भएका कतिपय रिपोर्टहरू गलत, भ्रामक र तथ्यहीन रहेको दाबी गरेको छ। पछिल्लो समय नेपालको राहदानी […]

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं। आर्थिक पत्रकार समाज (सेजन)ले ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका (Role of Monetary Policy i
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं। आर्थिक पत्रकार समाज (सेजन)ले ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका (Role of Monetary Policy in Accelerating Economic Growth)’ विषयमा अन्तरक्रिया तथा प्यानल छलफल आयोजना गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यबहाक गभर्नर किरण पण्डित, बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सहित बैंकिङ क्षेत्र, […]

गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र ८ वर्षदेखि अलपत्र, जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा समस्या

गण्डकी । ८ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपु
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र ८ वर्षदेखि अलपत्र, जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा समस्या

गण्डकी । ८ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका साथ समेटिन्छन् । तर, औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुङ्गिन सकेको छैन । गत वर्ष स्वीकृत गरिएको […]

नेपाल लाइफ इन्स्योरेन्स नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५ बाट सम्मानित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ इन्स्योरेन्स नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५ बाट सम्मानित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५ अन्तर्गत प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यती मा आयोजित एक विशेष […]

यी नौ वटा ठेकेदार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म ठेक्का नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसू
BizKhabar Online » BizKhabar Online

यी नौ वटा ठेकेदार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म ठेक्का नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार मंगलबार उक्त निर्णय गरेको हो। कार्यालयले जारी गरेको सूचनाअनुसार दोलखास्थित ओमबुद्ध कन्स्ट्रक्सन प्रालिलाई सबैभन्दा बढी तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यसैगरी लोहनी एण्ड ब्रदर्श प्रालि […]

चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट, पुराना घटनालाई पनि नयाँजस्तो बनाएर प्रकाशन गरियो

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक
BizKhabar Online » BizKhabar Online

चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट, पुराना घटनालाई पनि नयाँजस्तो बनाएर प्रकाशन गरियो

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च ९सिएमआर०ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो । आज आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा […]

अब नयाँ कम्पनीको प्यान र दर्ता प्रमाणपत्र आफैं डाउनलोड गरी प्रिन्ट गर्न सकिने

काठमाडौं । अब नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले आफ्नो स्थायी लेखा नम्बर (प्यान) र कम्पनी दर्ता
BizKhabar Online » BizKhabar Online

अब नयाँ कम्पनीको प्यान र दर्ता प्रमाणपत्र आफैं डाउनलोड गरी प्रिन्ट गर्न सकिने

काठमाडौं । अब नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले आफ्नो स्थायी लेखा नम्बर (प्यान) र कम्पनी दर्ता प्रमाणपत्र कार्यालयमा पुगेर लिनुपर्ने बाध्यता हटेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ व्यवस्था लागू गर्दै सेवाग्राहीले आफ्नै माध्यमबाट प्यान र दर्ता प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने सुविधा सुरु गरेको जनाएको छ। कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कम्पनी रजिस्ट्रारको कार्यालय […]

९ बैंकका सिइओ र सञ्चालकलाई पदमुक्त गर्न माग गरिएको रिट खारेज, राष्ट्र बैंकलाई कानुन स्पष्ट पार्न निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले ९ वटा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्च
BizKhabar Online » BizKhabar Online

९ बैंकका सिइओ र सञ्चालकलाई पदमुक्त गर्न माग गरिएको रिट खारेज, राष्ट्र बैंकलाई कानुन स्पष्ट पार्न निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले ९ वटा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले अधिवक्ता मधुकुमार चौलागाईंको रिट खारेज गर्दै हाल कार्यरत पदाधिकारी स्वतः पदमुक्त नहुने स्पष्ट पारेको हो। अदालतले नेपाल राष्ट्र बैंकले […]

विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन सुरु, पचास हजारसँग सुझाव सङ्कलन गरिँदै

काठमाडौं । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्
BizKhabar Online » BizKhabar Online

विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन सुरु, पचास हजारसँग सुझाव सङ्कलन गरिँदै

काठमाडौं । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने भएको छ । शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पाँचवर्षे चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागिएकाले विज्ञसँग सुझाव जम्मा गर्न लागिएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आज आयोजना […]

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको
BizKhabar Online » BizKhabar Online

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ । मकवानपुरका प्रमुुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज जारी गरेको सूचनामा असार १६ र १७ गते बेलुका ५।०० बजेदेखि भोलिपल्ट बिहान ५.०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा […]

तुँदी पावरले आईपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । तुँदी पावर कम्पनी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,००,००,००० कित्ता साधार
BizKhabar Online » BizKhabar Online

तुँदी पावरले आईपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । तुँदी पावर कम्पनी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,००,००,००० कित्ता साधारण शेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामुहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा तँुदी पावर […]

रारातालसँगैको पर्यटकीय क्षेत्र मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्या
BizKhabar Online » BizKhabar Online

रारातालसँगैको पर्यटकीय क्षेत्र मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । सोमबार (२०८३ असार १५) देखि सो सेवा शुभारम्भ भएको हो । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने […]

प्राइम बैंकको लगानीमा अरुण खोला आयोजना बन्ने, ३० करोड ऋण दिने सम्झौत

काठमाडौं । प्राइम कमर्सियल बैंकको लगानीमा दुई मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत् आयोजना
BizKhabar Online » BizKhabar Online

प्राइम बैंकको लगानीमा अरुण खोला आयोजना बन्ने, ३० करोड ऋण दिने सम्झौत

काठमाडौं । प्राइम कमर्सियल बैंकको लगानीमा दुई मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत् आयोजना बन्ने भएको छ । प्राइम बैंक र हिमालयन इन्जिनियरिङ एन्ड इनर्जीद्वारा प्रवद्र्धित दुई मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट डिपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराईले […]

रवि र बालेनले हानेको पेनाल्टी शिशिरले रोके, पुरानै कम्पनीलाई पासपोर्ट छाप्ने जिम्मा

काठमाडौं । नयाँ सरकार गठन भएको छोटो समयमै राहदानी छपार्ई ठेक्का प्रकरणले ठूलो विवाद निम्त्याएको
BizKhabar Online » BizKhabar Online

रवि र बालेनले हानेको पेनाल्टी शिशिरले रोके, पुरानै कम्पनीलाई पासपोर्ट छाप्ने जिम्मा

काठमाडौं । नयाँ सरकार गठन भएको छोटो समयमै राहदानी छपार्ई ठेक्का प्रकरणले ठूलो विवाद निम्त्याएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले सस्तो मूल्यमा राहदानी छपाईको लागि टेन्डर पारेको नयाँ जर्मन कम्पनीलाई हटाएर यसअघि महंगो मूल्यमा छपाई गर्दै आएको फ्रान्सेली कम्पनीलाई नै निरन्तरता दिन लागेपछि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीबीच […]

प्राइम कमर्सियल बैंकको ऋणपत्र बिक्री खुला, कस्तो छ रेटिङ ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बै
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकको ऋणपत्र बिक्री खुला, कस्तो छ रेटिङ ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो […]

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन अझै आधा वर्ष लाग्ने, किन हुँदैछ अलमल ?

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग भनिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मुख्य स
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन अझै आधा वर्ष लाग्ने, किन हुँदैछ अलमल ?

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग भनिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङमार्ग ब्रेकथ्रु भएको २ बर्ष वित्यो । यता त्यसैको सहायक मानिएको इभ्याकुएसन सुरुङ ब्रेकथ्रु भएको पनि २ वर्ष नै पुग्न लाग्यो । आयोजनाको निर्माण जिम्मा पाएको जापानी कम्पनीले सुरुङ ब्रेकथ्रु भएको एक वर्षमा बाँकी कामहरु सकाएर पूर्णरुपमा सुरुङमार्ग सञ्चालनमा ल्याउन सकिने बताएको थियो । […]

घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको स
BizKhabar Online » BizKhabar Online

घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय […]

भन्सार छली नेपाल ल्याउँदै गरेको २० लाख मूल्य बढीको ‘आइफोन’ बरामद

काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० ला
BizKhabar Online » BizKhabar Online

भन्सार छली नेपाल ल्याउँदै गरेको २० लाख मूल्य बढीको ‘आइफोन’ बरामद

काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० लाख ५० हजार बराबरको ‘आइफोन’ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारी बरामद […]

सेयर बजारमा म्युचुअल फन्डको लगानी सवा ६८ अर्ब बढी, सबैभन्दा धेरै एनआइबिएल सहभागिता फन्डको

काठमाडौं । नेपालमा सञ्चालित म्युचुअल फन्डहरुले सेयर बजारमा ६८ अर्ब ३६ करोड १७ लाख ८४ हजार रुपैया
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा म्युचुअल फन्डको लगानी सवा ६८ अर्ब बढी, सबैभन्दा धेरै एनआइबिएल सहभागिता फन्डको

काठमाडौं । नेपालमा सञ्चालित म्युचुअल फन्डहरुले सेयर बजारमा ६८ अर्ब ३६ करोड १७ लाख ८४ हजार रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो महिनाको तुलनामा १ अर्ब ३६ करोड ४५ लाख ४१ हजार रुपैयाँले बढी हो । बैशाखसम्म सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले ६६ अर्ब ९९ करोड ७२ लाख ४३ हजार रुपैयाँ लगानी गरेका थिए । […]

जर्मनीपछि फुटबलको अर्को महाशक्ति नेदरल्यान्ड्स पनि विश्वकपबाट बाहिरियो, मोरक्को अन्तिम १६ मा प्रवेश

काठमाडौँ । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ क
BizKhabar Online » BizKhabar Online

जर्मनीपछि फुटबलको अर्को महाशक्ति नेदरल्यान्ड्स पनि विश्वकपबाट बाहिरियो, मोरक्को अन्तिम १६ मा प्रवेश

काठमाडौँ । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो । पराजयसँगै नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सले सुरुआती गोल गर्दा […]

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँद
BizKhabar Online » BizKhabar Online

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै […]

आज अर्थ समितिको बैठक बस्दै, राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनसम्बन्धी छलफल गर्ने

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४
BizKhabar Online » BizKhabar Online

आज अर्थ समितिको बैठक बस्दै, राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनसम्बन्धी छलफल गर्ने

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनका साथै उपसमितिहरुको हालसम्मको कामकारबाही सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कालीमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) […]

२४ घण्टामा १५९२ सवारीसाधन कारबाही, २० लाख २४ हजार राजस्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनला
BizKhabar Online » BizKhabar Online

२४ घण्टामा १५९२ सवारीसाधन कारबाही, २० लाख २४ हजार राजस्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु २० लाख २४ हजार ५६१ राजस्व संकलन गरेको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, […]

सवारीमा कालो सिसा हटाउन नाडा र उपत्यका ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं । सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ न
BizKhabar Online » BizKhabar Online

सवारीमा कालो सिसा हटाउन नाडा र उपत्यका ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं । सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ । आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने विषयमा विस्तृत छलफल गरेको हो । छलफलका क्रममा […]

Get more results via ClueGoal