Nepal



राष्ट्रसंघको अध्ययन : आप्रवासनका क्रममा ७ हजार ९०० को मृत्यु, २०१४ यता ८० हजारले ज्यान गुमाए

काठमाडौं । सन् २०२५ मा आप्रवासन मार्गहरूमा लगभग ७ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएक
BizKhabar Online » BizKhabar Online

राष्ट्रसंघको अध्ययन : आप्रवासनका क्रममा ७ हजार ९०० को मृत्यु, २०१४ यता ८० हजारले ज्यान गुमाए

काठमाडौं । सन् २०२५ मा आप्रवासन मार्गहरूमा लगभग ७ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मङ्गलबार सार्वजनिक उक्त रिपोर्टमा भनेको छ । यससँगै आप्रवासनका क्रममा सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिहरूको सङ्ख्या ८० हजारभन्दा बढी भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन […]

गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ, अनुसन्धानका लागि ७ सात दिन म्याद थप

काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविर
BizKhabar Online » BizKhabar Online

गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ, अनुसन्धानका लागि ७ सात दिन म्याद थप

काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ । ललितपुरको इमाडोलबाट पक्राउ परेका पाठकविरुद्ध थप अनुसन्धानका लागि आज काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी […]

आयोगहरु खारेजीको सट्टा प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड, सेवाप्रवाह चुस्त बनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्त
BizKhabar Online » BizKhabar Online

आयोगहरु खारेजीको सट्टा प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड, सेवाप्रवाह चुस्त बनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पारेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बैसाख ८ गते आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई […]

लगानी बोर्डमाथि अर्थमन्त्रीको प्रश्न : स्वीकृत परियोजना किन अघि बढेनन् ?

काठमाडौं । लगानी बोर्डअन्तर्गत अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठकमा स्वीकृत आयोजनाको कार्यान
BizKhabar Online » BizKhabar Online

लगानी बोर्डमाथि अर्थमन्त्रीको प्रश्न : स्वीकृत परियोजना किन अघि बढेनन् ?

काठमाडौं । लगानी बोर्डअन्तर्गत अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठकमा स्वीकृत आयोजनाको कार्यान्वयन अत्यन्तै कमजोर देखिएको भन्दै अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले कडा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा स्वर्णिम वाग्लेको संयोजकत्वमा बसेको बैठकमा हालसम्म स्वीकृत ५५ आयोजनामध्ये केवल दुईवटा मात्रै निर्माण चरणमा पुगेको तथ्यलाई ‘लाजमर्दो अवस्था’ भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताइएको हो। […]

मन्त्रिपरिषद् बैठक बस्दै, गृहमन्त्री गुरुङबारे प्रधानमन्त्रीले के निर्णय लेलान ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाएको मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानम
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठक बस्दै, गृहमन्त्री गुरुङबारे प्रधानमन्त्रीले के निर्णय लेलान ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाएको मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा, ७० प्रतिशत आम्दानी स्थानीय तहलाई

काठमाडौं । जिल्लाको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलोपटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल
BizKhabar Online » BizKhabar Online

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा, ७० प्रतिशत आम्दानी स्थानीय तहलाई

काठमाडौं । जिल्लाको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलोपटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिब तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याई नागरिकको आयआर्जनमा वृद्धि गर्न, छिमेकी जिल्ला र छिमेकी स्थानीय तहमा पर्यटन प्रवर्द्धनमा […]

नेप्सेमा १७.९१ अंकको गिरावट, पौने ६ अर्बको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार स
BizKhabar Online » BizKhabar Online

नेप्सेमा १७.९१ अंकको गिरावट, पौने ६ अर्बको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १७.९१ अंकले घट्दै २८ सय ७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४७ कम्पनीका १ करोड ३० लाख १९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […]

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पद
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी सहित कर्मचारीहरूसँग बैठक गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सो बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल हुनेछ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त छलफलमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र […]

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही, बिहानै ७७ जनाले गरे मापसे

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी
BizKhabar Online » BizKhabar Online

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही, बिहानै ७७ जनाले गरे मापसे

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन […]

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस

काठमाडौं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता
BizKhabar Online » BizKhabar Online

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस

काठमाडौं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दैलेख हुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रुपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं […]

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट, विदेशको भर पर्नुपर्ने अवस्था

काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्ड
BizKhabar Online » BizKhabar Online

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट, विदेशको भर पर्नुपर्ने अवस्था

काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्डै एक चौथाइले घटेको छ । प्राकृतिक ग्यास आपूर्तिमा आएको अवरोधका कारण उत्पादनमा यस्तो तीव्र गिरावट आएको सरकारी तथ्याङ्कले देखाएको छ । यसले कृषि क्षेत्रमा दबाब बढाउने सङ्केत गरेको छ । भारतमा युरिया उत्पादनका लागि प्राकृतिक ग्यास अत्यावश्यक कच्चा स्रोत मानिन्छ । […]

खानेतेलमा नीतिगत जालझेल, १ खर्ब २९ अर्बकाे आयात गरेर १ खर्ब ५ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको खान
BizKhabar Online » BizKhabar Online

खानेतेलमा नीतिगत जालझेल, १ खर्ब २९ अर्बकाे आयात गरेर १ खर्ब ५ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको खानेतेल आयात भएको छ । पछिल्लो समय लगातार उच्च आयात हुँदै धेरै आयात हुने सूचीको दोस्रो स्थानमा रहेको यसको आयात पछिल्लो ९ महिनामा सबैभन्दा उच्च अर्थात १ खर्ब माथिको भएको हो । तर, नेपालबाट निर्यात हुने वस्तुको सबैभन्दा उच्च […]

चण्डीराज ढकालले सम्हाले सार्क चेम्बर अध्यक्षको पदभार, नेपालबाट क-कसले गर्दैछन् प्रतिनिधित्व ?

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनअन्तर्गतको सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट
BizKhabar Online » BizKhabar Online

चण्डीराज ढकालले सम्हाले सार्क चेम्बर अध्यक्षको पदभार, नेपालबाट क-कसले गर्दैछन् प्रतिनिधित्व ?

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनअन्तर्गतको सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले आफ्नो पदभार औपचारिक रूपमा सुरु गरेका छन्। शनिबार ढकालले बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलम समक्ष शपथ ग्रहण गर्दै अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। ढकाल सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। कार्यभार […]

विश्वविद्यालयलाई कर्मचारी संगठन मुक्त बनाउन प्रधानमन्त्रीको निर्देशन, संरचनाहरु तत्काल हटाइने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका
BizKhabar Online » BizKhabar Online

विश्वविद्यालयलाई कर्मचारी संगठन मुक्त बनाउन प्रधानमन्त्रीको निर्देशन, संरचनाहरु तत्काल हटाइने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिएका हुन् ।छलफलका क्रममा उपकुलतिहरुले […]

खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा श्रम स्वीकृति पुनः खुला गरिएको ज
BizKhabar Online » BizKhabar Online

खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा श्रम स्वीकृति पुनः खुला गरिएको जनाएको छ। विभागले २०८३ वैशाख ७ गते जारी गरेको सूचनाअनुसार यसअघि अस्थायी रूपमा स्थगन गरिएको श्रम स्वीकृति अब पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याइएको हो। विभागका अनुसार २०८२ फागुन १७ गते मन्त्रीस्तरको निर्णयअनुसार पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबिया, यूएई, […]

साताको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो सेयरबजार, ५ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटे
BizKhabar Online » BizKhabar Online

साताको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो सेयरबजार, ५ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १३.१७ अंकले ओरालो लाग्दै २८ सय २५ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४९ कम्पनीका १ करोड १६ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा […]

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी, तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन

टोकियो । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एज
BizKhabar Online » BizKhabar Online

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी, तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन

टोकियो । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ । भूकम्प स्थानीय समय अनुसार साँझ ४ः५३ बजे (०७५३ जिएमटी) इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा […]

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवि
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण भएको हो । ६४ जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्तमा करिब पाँच सय कर्मचारी कार्यरत रहेका […]

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने अध्यागमनका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । भिजिट भिषामा विदेश जाने नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाउन
BizKhabar Online » BizKhabar Online

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने अध्यागमनका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । भिजिट भिषामा विदेश जाने नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाउने अध्यागमन विभागका दुई जना अधिकृत कारबाहीमा परेका छन् । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले विज्ञप्ति जारी गरी नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको भन्दै उनीहरुमाथि कारबाही गरिएको जानकारी दिएका हुन् । नीतिगत […]

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँमा, उच्चस्तरीय भेटघाट गर्ने

काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं
BizKhabar Online » BizKhabar Online

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँमा, उच्चस्तरीय भेटघाट गर्ने

काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । सहायक विदेशमन्त्री कपुर आज बिहान काठमाडौँ आइपुगेका हुन् । तीन दिने भ्रमणका लागि आएका कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली […]

कच्चा तेल ढुवानी हुने यी हुन विश्वका प्रमुख पाँच समुद्री मार्गहरू, यी बन्द भए ठप्प हुनेछ विश्व अर्थतन्त्र

काठमाडौं । इरान र अमेरिका/इजरायल बीचको ऊर्जा संकटले सम्पूर्ण विश्वलाई असर गरेको छ । हर्मुज जलमार्
BizKhabar Online » BizKhabar Online

कच्चा तेल ढुवानी हुने यी हुन विश्वका प्रमुख पाँच समुद्री मार्गहरू, यी बन्द भए ठप्प हुनेछ विश्व अर्थतन्त्र

काठमाडौं । इरान र अमेरिका/इजरायल बीचको ऊर्जा संकटले सम्पूर्ण विश्वलाई असर गरेको छ । हर्मुज जलमार्गमा अवरोधले कच्चा तेलको मूल्य बढेको छ । विश्वव्यापी रुपमा इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ । हर्मुजको जलमार्गबाट ढुवानी अवरुद्ध हुँदा नै विश्वलाई असर परेको छ भने विश्वका अन्य जलमार्ग बन्द भए कस्तो अवस्था आउला भन्ने चिन्ता बढ्दो छ […]

कर्मचारीलाई अब महिनाको दुईपटक तलब, यस्तो छ अर्थ मन्त्रालयको पत्र

काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ
BizKhabar Online » BizKhabar Online

कर्मचारीलाई अब महिनाको दुईपटक तलब, यस्तो छ अर्थ मन्त्रालयको पत्र

काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ताको सुविधा महिना भुक्तान भएपछि मासिक रुपमा दिइँदै आएको थियो। कर्मचारीहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको बुझिएको छ। अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्न […]

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने द
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताए । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उहाँले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने […]

इन्धनको मूल्यवृद्धिको असर पूर्वाधार क्षेत्रमा, चितवनमा मात्रै १२५ ठेक्का रोकिन सक्ने

काठमाडौं । पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा प
BizKhabar Online » BizKhabar Online

इन्धनको मूल्यवृद्धिको असर पूर्वाधार क्षेत्रमा, चितवनमा मात्रै १२५ ठेक्का रोकिन सक्ने

काठमाडौं । पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कमा काम हुन नसक्ने अवस्थामा पुगेको हो । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन् । तीमध्ये १२५ वटा […]

वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सु
BizKhabar Online » BizKhabar Online

वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले उक्त मितिबाट अधिवेशन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको हो। पार्टीका प्रवक्ता मनिष झाले सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टी संरचना विस्तार गर्ने उद्देश्यले जिल्ला अधिवेशन गर्न […]

चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफलाई, उद्योग विभागले दियाे मान्यता

काठमाडौं । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ । उद्योग विभागले हाइलाइफ
BizKhabar Online » BizKhabar Online

चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफलाई, उद्योग विभागले दियाे मान्यता

काठमाडौं । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ । उद्योग विभागले हाइलाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्राण्डको अधिकार हाइलाइफको भएको निर्णय गरेको हो । हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालि बीच लामो समयदेखि चलिरहेको व्यापारिक चिन्ह सम्बन्धी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता […]

घरमै बसेर एनओसी : वैदेशिक अध्ययन अनुमति अब पूर्ण रूपमा अनलाइन

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) घरबाटै अनलाइ
BizKhabar Online » BizKhabar Online

घरमै बसेर एनओसी : वैदेशिक अध्ययन अनुमति अब पूर्ण रूपमा अनलाइन

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) घरबाटै अनलाइनमार्फत लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले पोर्टललाई फेसलेस बनाउँदै त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय सँग एपीआई अन्तरआवद्धता पूरा गरेको हो। अब विद्यार्थीले अनलाइन आवेदन दिएपछि सबै प्रक्रिया डिजिटल रूपमा सम्पन्न हुने र स्वीकृत एनओसी आफैं प्रिन्ट […]

प्रचण्डको पार्टीको सरकारलाई चेतावनी-सुकुम्वासीमाथि दमन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कार्य नगर्नु

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परि
BizKhabar Online » BizKhabar Online

प्रचण्डको पार्टीको सरकारलाई चेतावनी-सुकुम्वासीमाथि दमन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कार्य नगर्नु

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारहरूलाई विकल्पबिना उठिबास गराउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी नेकपाले यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र […]

वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन चल्यो डोजर

वीरगञ्ज । पर्साको वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँड
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन चल्यो डोजर

वीरगञ्ज । पर्साको वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाएको छ । घण्टाघर आसपासको क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार डोजर प्रयोग गरी अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू भत्काउन सुरु गरेको हो । वीरगञ्जको गण्डकचोकदेखि–मितेरी पुलसम्म अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काएको छ […]

रु. ५ लाख जित्ने विजेताको भृकुटीमण्डपमा घोषणा, यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

काठमाडौँ । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. मार्फत् भृकुटीमण्डपम
BizKhabar Online » BizKhabar Online

रु. ५ लाख जित्ने विजेताको भृकुटीमण्डपमा घोषणा, यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

काठमाडौँ । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. मार्फत् भृकुटीमण्डपमा सञ्चालन भइरहेको यामाहा ब्लु फेस्ट अन्तिम दिनमा प्रवेश गर्दै गर्दा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एकजना प्रमुख विजेताको घोषणा गरिएको जनाएको छ । भ्याली रोड मोटर्स प्रा. लि. मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत RayZR १२५ FI Hybrid खरिद […]

सिटिजन लाइफ आईएसओ ९००१ः२०१५ प्रमाणिकरण, विश्वस्तरीय मापदण्डअनुरूप सञ्चालनको पुष्टि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्र
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ आईएसओ ९००१ः२०१५ प्रमाणिकरण, विश्वस्तरीय मापदण्डअनुरूप सञ्चालनको पुष्टि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१ः२०१५ प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण युनाइटेड रजिष्टर अफ सिष्टम तथा युकेएएस म्यानेजमेन्ट सिष्टम मार्फत प्रदान गरिएको हो। यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन […]

नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक, प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थान
BizKhabar Online » BizKhabar Online

नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक, प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार […]

सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ फाइभ जी र ए३७ फाइभ जी, २४ महिनासम्म किस्ता सुविधा

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभ जी र ग्यालेक्सी ए३७ फाइभ जी सार्वजनिक गरेको घोषणा गर
BizKhabar Online » BizKhabar Online

सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ फाइभ जी र ए३७ फाइभ जी, २४ महिनासम्म किस्ता सुविधा

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभ जी र ग्यालेक्सी ए३७ फाइभ जी सार्वजनिक गरेको घोषणा गरेको छ । नयाँ ए श्रृङ्खलाका यी मोडेलहरूले उन्नत क्यामेरा, स्मार्ट विशेषता र आकर्षक बनावटमार्फत दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेका छन् । कम्पनीले यसअघि उपलब्ध १२ महिनाको किस्ता योजनालाई विस्तार गर्दै २४ महिनासम्मको किस्ता सुविधा ल्याएको छ […]

Get more results via ClueGoal