newsare.net
खोटाङ माघ–३, लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भखोटाङका चार उद्यमी सम्मानित
खोटाङ माघ–३, लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् । स्वभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै लघु घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने उद्यमी घरेलु तथा साना उद्योग बिकास समिति जिल्ला शाखाबाट बुधबार सम्मानित भएका हुन् । २०४२ सालदेखि निरन्तर दिक्तेलबजारमा साना किसान होजियारी उद्योगसञ्चालन गर्दै आउनुभएको रुपाकोट मझुवागढी नगरपालिकाका हैकमसिं राई र २०५७ सालदेखि सयपत्री अगरबत्ती उद्योग सञ्चाल गर्दै आउनुभएको साकेला गाउँपालिका निवासी शिबकुमार ढकाललाई दोसल्ला, सम्मान–पत्र तथा नगद तीन हजार सहित सम्मान गरिएको हो । यस्तै, २०६७ देखि दिक्तेलमा सिर्जनशील सिलाईकटाई उद्योगलाई निरन्तर सञ्चालन गर्दै आउनुभएको रुपाकोट मझुवागढी नगरपालिकाको देबीकुमारी गेलाल र २०६८ सालदेखि जिल्लाको पहिजान झल्कने कलात्मक लाठ्ठी लगायतको सामाग्री निर्माण गर्ने दिक्तेल हेण्डीक्राप्ट उद्योकाका सञ्चालक भिम बिक पनि सम्मानित हुनुभएको छ । उद्यमीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, बिशेष अतिथि रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायतले सम्मान गुर्नभएको थियो । सम्मानित सबैले घरेलु तथा साना उद्योग बिकास समितिबाट प्राबिधिक ज्ञान तथा सीप प्राप्त गरेपछि ब्यवस्थित ढंगले उद्यममा लागेको घरेलु तथा साना उद्योग समितिका उद्योग अधिकृत लोकनाथ खतिवडाले जनाउनुभयो । Read more