newsare.net
खोटाङ असोज–१३, खोटाङको बराहपोखरी गाउँपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचअतिक्रमित जग्गाको संरचना हटाउन समयसिमा
खोटाङ असोज–१३, खोटाङको बराहपोखरी गाउँपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउने समयसिमा तोकिएको छ । गाउँपालिका भित्रका सरकारी, गुठी लगायतका सार्वजनिक जग्गामा बनाइएका घर तथा टहरा हटाउनका लागि समय सिमा जारी गरिएको हो ।गाउँपालिकाभित्रका सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा हटाएर खाली गर्नका लागि गाउँपालिकाले फागुन मसान्तसम्मको समय सिमा दिइएको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका काम गर्ने क्रममा बाधकका रुपमा देखिएपछि हटाउनका लागि समय सिमा दिइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । पालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान थालिएको नगरपालिकाले जनाएको छ । अभियानका क्रममा मापदण्ड पूरा नगरी नगरभित्रका बिभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाउने जनाइएको छ । जारी गरिएको सूचनालाई वेवस्ता गरे प्रचलित कानुन अनुसार बल प्रयोग गरेर भएपनि संरचना हटाउने गाउँपालिकाले जनाएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने अभियान नै चलाएको छ । Read more