newsare.net
खोटाङ असोज–१६, ११ वर्षिया बालिकामाथि करणी प्रयास गरेको आरोपमा खोटाङका एक व्यक्ति कारागार चलानबालिका करणी प्रयासको आरोपित कारागार चलान
खोटाङ असोज–१६, ११ वर्षिया बालिकामाथि करणी प्रयास गरेको आरोपमा खोटाङका एक व्यक्ति कारागार चलान भएका छन् । सुतिरहेको वालिकामाथि करणीको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–४ वडकादियालेका ३५ बर्षिय रामकुमार भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । भदौ २२ गते साँझ वालिकालाई करणी गर्ने प्रयास गरेको जानकारी ईलाका प्रहरी कार्यालय खोटाङबजारमा गराएसँगै घटनाको भोलिपल्टै आरोपितलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपितलाई असोज १५ गते गरेको जिल्ला अदालतको आदेशले थुनामा पठाईएको जिल्ला अदालतको श्रेष्तेदार लालबहादुर कार्कीले बताए । घरको माथिल्लो तलामा सुताईरहेको वालिका एक्कासी रोएपछि हेर्न जाँदा आरोपितले करणी प्रयास गरिरहेको अवस्थामा फेला पारिएको वताईएको छ । पीडितका आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएसँगै कार्वाहीको लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो । Read more