newsare.net
असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्कमहिला हिंसा न्यूनिकरण गर्न ‘स्कुल सम्पर्क’
असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, बलात्कार र हत्या, वालविवाह जस्ता घटना दिनानुदिन बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक बिकास सेवा केन्द्रले दिक्तेलस्थि सरस्वती माबिमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतना जगाएको हो ।महिला हिंसा, दुव्र्यवहार र बलात्कारको घटना बढ्दो पाइएपछि कक्षा ११ र १२ का बिद्यार्थीलाई सहभागी गराएर शुक्रबार सचेतनामुलक कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । कार्यक्रममा यौन दुव्र्यबहार, महिला हिंसा, लागु औषध, शान्ति सुरक्षा, साइबर क्राईम, कानूनी प्रावधान, सजाय व्यवस्था, ट्राफिक नियम लगायतका बारेमा छात्र÷छात्रालाई जानकारी दिइएको छ । प्रहरी सहायक निरीक्षक सिता पछाईले हिंसालाई गुपचुप राख्दा अपराधिक मानसिकता भएका व्यक्तिको मनोबल झनै बढ्ने उल्लेख गर्नुभयो । महिला हिंसा बिरुद्धको सचेतनामुलक अभियान अन्य बिद्यालयमा पनि पु¥याइने सामुदायिक बिकास सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो । Read more