newsare.net
खोटाङ असोज–२४, कृषिविज्ञ मदन राईले खोटाङ जिल्लामा आर्थिक समृद्दिको प्रशस्त आधारहरु भए पनि पहिचा‘हलेसीवाट नेपालै धान्ने आर्थिक समृद्दि ल्याउन सकिन्छ’ : कृषिविज्ञ राई (भिडियोसहित)
खोटाङ असोज–२४, कृषिविज्ञ मदन राईले खोटाङ जिल्लामा आर्थिक समृद्दिको प्रशस्त आधारहरु भए पनि पहिचान गरी अवधारणा निर्माण गर्न नसकिएको वताउनुभएको छ । कृषिविज्ञ राईले जिल्लाको हलेसी लगायतको पर्यटकीय क्षेत्रहरुमार्फत जिल्लालाई समृद्दितर्फ उन्मुख गराउन सक्ने प्रशस्त आधार र प्रचुर सम्भावनाहरु भए पनि त्यसतर्फको अवधारणा विकास गर्न नसकिएको वताउनुभएको हो । दिक्तेलको शुभम फाउण्डेसनमा हालै भएको पत्रकार भेटघाटमा राईले हलेसी जेरुसलेमपछिको विश्वकै ठूलो धाम भएको उल्लेख गर्नुभयो । अन्य धामहरु एक धर्मको मात्र हुने भए पनि हलेसी तीन धर्मवालम्वीहरुको आस्थाको केन्द्र भएकाले विश्वले नै महत्वका साथ हेर्ने गरेको उहाँको तर्क छ । नेपालको पशुपति र लुम्विनी एक–एक धर्मको मात्र भएको तर हलेसी त्रीधार्मिक स्थल भएकोले नेपालको सवै भन्दा ठूलो धाम हलेसी नै भएको उहाँले प्रष्ट्याउनुभयो । नेपालमा पाँच करोड र त्यहीमध्येको एकदेखि तीन करोड पर्यटक हलेसी ल्याउन सकिने गरी अवधारणा वनाउन सकिने उहाँले जनाउनुभयो । त्यसो भएको खण्डमा जिल्ला मात्र नभई नेपाललाई नै धान्ने गरी आर्थिक समृद्दि प्राप्त गर्न सकिने उहाँको धारणा छ । हलेसी लगायत हामीले वदरदानको रुपमा प्राप्त गरेको भुगोल तथा हावापानीलाई सदुपयोग गर्ने अवधारणाको विकास गरी आर्थिक समृद्दि निम्त्याउन सकिने उहाँको ठहर छ । राईले जिल्ला प्राकृतिक, साँस्कृतिक रुपले समेत समृद्द भएको कारण त्यसको समुचित उपयोगवाट नेपाललाई नै धान्ने अर्थोपार्जन गर्न सकिने जनाउनुभयो । उहाँले जिल्लालाई पर्यटनको माध्यमवाट नै समृद्दितर्फ लैजाने अभियानमा आफु लागिरहेको भन्दै अभियानमा सवै सहभागी हुनुपर्ने धारणा राख्नुभयो । हावापानीको हिसावले लोभ लाग्दो जिल्ला सगरमाथा करिडोरमा पर्नु अर्को सम्भावना भएको राईको भनाई छ । सगरमाथा छर्लङ्ग देखिने जिल्लाको रम्भुवामा केही वर्षमा नै विशाल ताल वन्ने हुनाले पनि पर्यटक आकर्षित हुने राईले सुनाउनुभयो । जिल्लामा भएको श्रोत साधनको पहिचान गरी योजना तथा अवधारणाको विकास गरी काम गरेको खण्डमा समृद्द जिल्ला वनाउन लामो समय नलाग्ने कृषिविज्ञ राईले जनाउनुभएको छ । Read more