newsare.net
खोटाङ कात्तिक–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता स्वस्वर्गीय नेताको परिवारलाई नेकपाको सहयोग
खोटाङ कात्तिक–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता स्वर्गीय बालकृष्ण आचार्यको परिवारलाई नेपाल कम्युनिष्ट पार्टी खोटाङले आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते निधन भएका आचार्यको परिवारको आर्थिक अवस्था कमजोर भएकोले नेकपाले ५१ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको हो । मृतकको किरिया खर्च लगायतका कामका लागि मृतक परिवारलाई आर्थिक सहयोग गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख समेत रहनुभएको नेकपा नेता बबी चाम्लिङले बताउनुभयो । नेकपाले बिहिबार आचार्यको घरैमा पुगेर सहयोग रकम प्रदान गरेको हो । सहयोग रकम जिसस प्रमुख तथा नेकपा खोटाङको नेता चाम्लिङले मृतकका आफन्त गोपालचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै, नेपाल निजामती कर्मचारी संगठनले पनि मृतक आचार्य परिवारलाई ५ हजार अस्तान्तरण गरेका छन् । २०१७ साल मंसिर १३ गते जन्मिएका आचार्यको ५८ वर्षको उमेरमा निधन भएको हो । मृतक आचार्य एमालेका जिल्ला प्रतिनिधि परिषद् सदस्य रहनुभएको थियो । सहयोग रकम हस्तान्तरणका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई, उषाकला राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, समिता कार्की लगायतका नेता तथा कार्यकर्ता आचार्यको घरमा पुगेका थिए । Read more