newsare.net
खोटाङ, मंसिर–१५, खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएकाज्यान मार्ने उद्योगका दोषी ११ वर्षपछि जेल चलान
खोटाङ, मंसिर–१५, खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल बैसाख २० गते ६ वर्ष ७ महिना १० दिन कैंद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७ सुंदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् । अदालतबाट कैंद सजायको फैसला सुनाइए पनि हालसम्म फरार रहेका राईलाई पक्राउ गरेको दोश्रो दिन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । घरैमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा बिहिबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराइएकामा राईलाई आजै जेल चलान गरिएको प्रहरीले जनाएको छ । Read more