Select a country

साकेला गाउँपालिकामा डिप्लोमा तहको ३ वर्षे बालिविज्ञान अध्ययन अनुमति प्रदान

काठमाडौं २१ भदौं । खोटाङको साकेला गाउँपालिकामा डिप्लोमा तहको बालिविज्ञान विषयको पढाई हुने भएको
Hamro Khotang

साकेला गाउँपालिकामा डिप्लोमा तहको ३ वर्षे बालिविज्ञान अध्ययन अनुमति प्रदान

काठमाडौं २१ भदौं । खोटाङको साकेला गाउँपालिकामा डिप्लोमा तहको बालिविज्ञान विषयको पढाई हुने भएको छ ।शिक्षा मन्त्रालय अन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले सोकला गाउँपालिका–२ रतन्छाको साकेला मा.वि.लाई ३ वर्षे उक्त विषय अध्ययनको अनुमति प्रदान गरेको हो ।डिप्लोमा ३ वर्षे कार्यक्रम अन्तर्गत बालिविज्ञान अन्तर्गत ४० जना विद्यार्थी सिट संख्या तोकिएको छ ।योसँगै  चितवनकाे भरतपुर महानगरपालिका, सर्लाहीको बागमती नगरपालिका, तनहुँकाे ब्यास नगरपालिका र रौतहटको गुजारा नगरपालिकामा पनि १/१ सामुदायिक विद्यालयलाई बालिविज्ञानको अध्ययन अनुमति प्रदान गरिएको छ ।सरकारको आगामी २ वर्ष भित्र प्रत्येक स्थानिय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने नीति अनुसार स्थानीय सरकारको अनुमतिसहित आवेदन प्राप्त भएका र सम्बन्धित विषय विज्ञबाट पूर्वाधार निरीक्षण हुँदा पुर्वाधार पूरा गरेका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सत्र २०७५/७६ देखि गुणस्तरीय प्रशिक्षण गराउने शर्तमा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको परिषद्ले जनाएको छ ।

दुधकोसी किनारमा वेवारिसे शव

खोटाङ भदौ–२०, खोटाङस्थित रावाबेंसी गाउँपालिका–३ रम्भुवाघाटस्थित दुधकोशी किनारमा वेवारीसे शव
Hamro Khotang

दुधकोसी किनारमा वेवारिसे शव

खोटाङ भदौ–२०, खोटाङस्थित रावाबेंसी गाउँपालिका–३ रम्भुवाघाटस्थित दुधकोशी किनारमा वेवारीसे शव भेटिएको छ । अन्दाजी २६–२७ वर्षिय पुरुषको शव मंगलवार बेवारीसे अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायण प्रसाद कोइरालाले  ।पाँच करिव पाँच फीट पाँच इन्च उचाईको पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ । कोशी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको स्थानीय टीवन राईले उल्लेख गर्नुभएको छ । बेवारीसे सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।शवको शरीर मोटो र वर्ण गहुँगोरो रहेको जनाईएको छ ।

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर

खोटाङ भदौ–२०, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिक्तेलबजारको अल्छेढुङ्गाब
Hamro Khotang

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर

खोटाङ भदौ–२०, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिक्तेलबजारको अल्छेढुङ्गाबाट रत्नपार्कतर्फ लागेको को २ त १३८८ नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाको जिरो प्वाइन्ट नजिक दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका ट्याक्टर चालक २२ वर्षीय प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा गम्भीर घाइते भएका चालकको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताउनुभयो । मंगलवार राती करिव एक वजे उक्त ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ४ खाल्लेका २० वर्षीय सहचालक सुजन राई गम्भीर घाइते भएका छन् । घाईंतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ । 

खोटाङमै विवादमा परेका एसपीलाई पदक दिएपछि चर्को आलोचना

काठमाडौं २० भदौं । खोटाङ प्रहरी प्रमुख हुँदा विवादित बनेका तत्कालिन डिएपी (हालका एसपी) विद्यानन्
Hamro Khotang

खोटाङमै विवादमा परेका एसपीलाई पदक दिएपछि चर्को आलोचना

काठमाडौं २० भदौं । खोटाङ प्रहरी प्रमुख हुँदा विवादित बनेका तत्कालिन डिएपी (हालका एसपी) विद्यानन्द माझीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएपछि चर्को आलोचना बढेर गएको छ ।बलात्कारीलाई जोगाएको समेत आरोप बेहोरेका उनले प्रवल जनसेवाश्री विभूषण पाएका थिए । राज्यलाई महत्वपूर्ण योगदान पुर्याए बापत प्रदान गरिने यस्ता पदक विवादित छविका एपी माझीले पाएपछि सामाजिक सञ्जालमा चर्को रुपमा आक्रोश चुलिएको छ ।नयाँ पत्रिका दैनिकका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही समेत गरेको थियो ।खोटाङ प्रहरी प्रमुख रहँदा समेत उनले ७३ वर्षिया एक वृद्धामाथि बोक्सीको आरोपमा मरणाशान्न हुने गरी कुटपिट गरेको मुद्धाको विषयमा दोषीलाई कम सजाय दिलाउने उद्देश्यले बोक्सी सम्बन्धी कसुर छलेर सार्वजनिक अपराध शिर्षकमा मुद्धा चलाएर कमजोर बनाएका थिए । पीडितले न्याय नपाएको भन्दै गुनासो गरेपछि मानव अधिकार आयोगले घटनाको छानबिन गर्दै उनको बढुवा रोक्न सरकारलाई दबाब दिएको थियो । केही महिनासम्म उनको बढुवा समेत रोकिएको थियो ।मानव अधिकार आयोगले बोक्सी सम्बन्धी उक्त घटनाको किनारा लगाउन अझैं बाँकी छ । 

‘खोर्सानी डल्ले’मा तक्मे वुढाको चर्तिकला(रमाईलो भिडियो सहित)

भदौ–१६,  हालै सार्वजानिक भएकोे ‘खोर्सानी डल्ले’ वोलको गीति भिडियोमा पूर्वेली संस्कृतिलाई देख्
Hamro Khotang

‘खोर्सानी डल्ले’मा तक्मे वुढाको चर्तिकला(रमाईलो भिडियो सहित)

भदौ–१६,  हालै सार्वजानिक भएकोे ‘खोर्सानी डल्ले’ वोलको गीति भिडियोमा पूर्वेली संस्कृतिलाई देख्न सकिन्छ ।  गायक भिषण मुकारुङको उक्त पुर्वेली लोक भाकामा किरात संस्कृतिलाई समेटिएको छ । मुकारुङकै शब्द, संगीत तथा स्वर रहेको म्युजिक भिडियोमा तक्मे वुढाले परिचित विल्सन बिक्रम राई, अरुणा कार्की, रेखा फागो तथा पछिल्लो समय कुल्फी वेचेर चर्चामा आएका ‘कुल्फीवाला’ उपनामले चर्चित मनकुमार राईले अभिनय गरेका छन् । गीति भिडियोमा चर्चित कलाकार सुरवीर पण्डित, रामचन्द्र अधिकारी लगायतले समेत अभिनय गरेका छन् । गीति भिडियोको निर्देशन स्वयम विल्सनबिक्रमले गरेका हुन् ।

खोटाङको खाल्लेमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

लिला निरौला /खोटाङ                   भदौ–१५, वेदेशिक रोजगारीलाई सुरक्षित उपलब्धिमूलक बना
Hamro Khotang

खोटाङको खाल्लेमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

लिला निरौला /खोटाङ                   भदौ–१५, वेदेशिक रोजगारीलाई सुरक्षित उपलब्धिमूलक बनाउने उदेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ स्थित सितला मावि खाल्लेमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम सचालन गरिएको हो । पहिलो र दोस्रो गरी दुई चरणमा हालै सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा वैदेशिक रोजगार सम्बन्धी जानकारी गराईकएको थियो । पहिलो चरणमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना तथा परामर्श केन्द्रले प्रदान गर्ने सेवा सुविधा, वैदेशिक रोजगारी र नेपालको वर्तमान अवस्था, कागजपत्रको महत्व, विदेश जादा ध्यान दिनुपर्ने कुराहरु तथा वैदेशिक रोजगारको फाइदा–वेफाइदावारे जानकाारी गराईएको थियो । कार्यक्रमका दोश्रो चरणमा भने महिला कामदार सम्बन्धी जानकारी तथा अतिरितm क्रियाकलापखन्तर्गत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरीजवाफ प्रतियोगितामा क्रमश : भिषण कट्वाल, कुमार भुजेल र मञ्जु भट्राईको समुह,  अमिता भुजेल, जनक भट्टराई  र रितेश परियारको समुह र युवराज खतिवडा,प्रकाश गजमेर तथा रोशना राईको समुह प्रथम, दोस्रो र तेस्रो वन्न सफल बनेका छन् ।  विद्यार्थीहरुले  वैदेशिक रोजगार सम्बन्धी सोधिएका प्रश्नहरुको ८० प्रतिशत सशी उत्तर दिएका थिए ।  कार्यक्रम  पश्चात सहभागी विद्यार्थीहरुले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारीहरु गाउँटोलमा गएर सुचना जानकारी दिने र वैदेशिक रोजगारमा जान लागेकाहरुलाई सुचना केन्द्रमा पठाउने प्रतिबद्धता गरेका छन् । 

कथा- ब्ल्याक कफिको प्रमिस !

-ओजोन वावु आचार्य, दिक्तेल खोटाङ        मग बाहिर सादा रङ्गमा क्रिसमस ट्रि का बिभिन्न स्वरुपह
Hamro Khotang

कथा- ब्ल्याक कफिको प्रमिस !

-ओजोन वावु आचार्य, दिक्तेल खोटाङ        मग बाहिर सादा रङ्गमा क्रिसमस ट्रि का बिभिन्न स्वरुपहरु गाढा रङ्गले पोतिएका छन् । निश्चित एउटा प्वाल छ मगमा । माथिपट्टिको त्यो प्वालबाट कफिको बास्ना सँगसँगै तातो बाफ उडिरहेछ । यो मेरो डमेस्टिक सयन कक्ष हो । डिसेम्बर महिनाको अन्त्यतिर क्रिसमस ट्रि ( X- Mas Tree)ले वरिपरि पोतिएको Large Size को मगमा बत्तिस दाँत र एक जिब्रो लगायतलाई साक्षि राखि मेरो डोमेस्टिक मुखबाट स्ट्रङ कफिलाई पेटमा खन्याइरहेको छु ।(–०.५) को चस्माले आँखा छोपेर ति पूराना दिनहरुलाई हेर्दैछु । कालो उनीको टोपी भित्रको मेरो टाउको प्लस दिमागमा रिल घुमेझैँ घुमिरहेको छन् अतितहरु । मैले अतितको ठिक अगाडी कालो छुटाएको हुनुपर्छ । (कालो अतित)एकछिन है !वेटर छैन ......???डिसेम्बरले चिसो बतास ल्यायो, मैले झ्याल बन्द गर्नुपर्छ । झ्याल मतलब सिँगै घर बनाउँदा पूर्व नियोजित पारिएका प्वाल मध्येका जुनियर, जसमा ढकनी लगाइएको हुन्छ र आवश्यकता अनुसार खोल्न र बन्द गर्न मिल्छ । (बन्द गरिदिएँ) । ढिला गर्ने दुस्साहस म बाट भएन । म कफिलाई पिउँदै छु । विस्तारै मग रित्तिँदै छ । मलाई कसैले धुवाँ उडाइरहेको देख्नु हुने छैन । म धुवाँ उडाउन सौखिन छैन । यसमा मेरो आफ्नो मान्यता छ ।यो डमेस्टिक रुम हो क्यारे !मग रित्तिएको छ ....।रित्तो मगसँग बसेर म बोर मात्र हुन्छु । मग भर्ने र रिल घुम्ने काम तिब्र गतिमा भयो ।त्यो साँझ.......।मलाई यत्ति याद छ............।म पल पल स्मरण/याद गर्ने थिएँ । तिमीले तिम्रो तर्फबाट भूतपूर्व लगाइसक्दा पनि म तिमीलाई सिर्फ प्रेमिका भन्न रुचाइरहेको छु । मलाई हाम्रो अन्तीम भेटसँग खुलेर चित्त बुझेको छैन । या भनौँ न चित्तै बुझेको छैन । त्यो गर्मिको मैसमको साँझ हामी सँगै थियौँ । मेरो रोजाइको Cold Coffee पिउन तयार हुन तिमीले धेरै बाहाना बाजी गरेको र मैले कष्ट उठाउनु परेको थियो । त्यसबेला तिमीलाई फकाउने बाहानामा म तिम्रो अनुहारमा एकोहोरिन सक्थेँ । तिमिले स्यान्डल खोलेकी थियौ । तिम्रो खुट्टामा निश्चय नै १० वटै औँला थिए । हुन सक्छ.... नौ या एघार पनि हुन सक्छन् । तर, म गुनासो गरिरहेको छु तिमीले मलाई भुतपूर्व बनाउने पूर्व योजना बताएकी भए ति औँला गन्ने थिएँ ।हामी ठूलो मानव पुर्खा(डार्विनका अनुसार ढेडु/ बाँदर/बन्कर/मंकी) को प्रतिमावाला प्वाल (उर्फ गेट) बाट छिरेका हौँ । मेरो आचि धुने हात तिम्रो कम्मरमा थियो अनि तिम्रो लिपिस्टिक दल्ने हात मेरो काँधसम्मै थियो । मलाई याद रहनु स्वभाविकै हो । तिमिलाई मन पर्ने क्याजुअल कपल पोज हो यो । कति अनपेक्षित रुपमा वित्छ जीवन/समय/काल.......कास..........मैले यो दिन आउँछ भन्ने थाहा पाएको भए.......के अर्थ हुन्छ औँला गन्नुको.........?.... खै...............?अफसोस ! मलाई त तिम्रो स्यान्डिलको रङ समेत याद भएन । दरी ओछ्याइएका छन् भुइँमा त्यसमाथीका चकटीमा तिमी र म छौँ । कफि टेबललाई साक्षि राखेर माथी एउटा पंखा रिँगटा लाग्ने डर नै नभएझैँ घुमिरहेछ र तिमीलाई शंकै छैन त्यो पंखा हाम्रो टाउकोमाथि खस्छ भनेर ।त्यो क्याफेको Single Room मा हामी छौँ । या भनौँ चिन्तन क्याफेको single room मा Couple छौँ ।बाहीर चिसो बतास/हावा चलिरहेकै छ, मैले ज्याकेट खप्टिएँ र मफलरले मसिनो घाँटी बेरेर छोपेँ । माथी....माथी...... लेकहरु सेताम्मे फूलेका होलान् हिउँले । ति अन्तर्मुखी पहाडहरु चिसो हिउँ सहिरहेकै होलान् । कस्तो विडम्बना हगी ! चर्को घाम लागे पनि चिसा हिउँहरु परे पनि त्यहि चुचुरो/टाकुरो/पहाड..........।आँखी झ्यालबाट बाहिरको दृष्यलाई मेरो आँखामाथिको (–०.२५) को सिसाले घरि घरि नियाली रहेको छु । तिम्रा आँखा निर्वस्त्र छन् ।समय धेरै घर्किसकेछ, तिमिलाई खै सुनाउन पाएँ जुन संसारमा तिमी र म सँगै (–०.२५) ले हेथ्र्यौ, आज एक्लै (–०.५०) ले हेरिरहेको छु ।तिम्रो कपाल, अनुहारमा म्याच गर्ने कोठि, झलक्क हेर्दा देखिने आकर्षण । आज मेरो गुनासो छ त्यो भेट अन्तिम भएकोमा । त्यस्ता भेटहरु धेरै भए तर अन्तिम नभएका ति भेटहरुसंग मेरो कुनै गुनासो छैन । तिम्रो भुतपूर्व म, तिम्रो कपालको लम्बाई जाँच्न चाहन्थेँ, तिमीले भन्थ्यौ नि ! तिम्रो अनुहारमा थुपै्र कोठिहरु छन् । तिम्रो अनुहारमा नएकोहोरिएको होइन तर हरेक एकोहोराइमा म तिम्रा आँखाको गहिराइ नाप्ने सूरमा रहन्थेँ, तर म तिम्रो अफिसियल अनुहारमा एकोहोरिएर ति कोठिहरु गन्ने थिएँ मलाई भुतपूर्व बनाउने पूर्व योजना बताएकी भए ।सायद यो भेट अन्तिम नभएको भए म लगायत .... जानकार हुने थियौँ । खैर त्यो सेतो चुरा अझै पनि तिम्रो भुतपूर्व पे्रमी सँग नै छ ।त्यो बाहिरको गेटको ढेडुको प्रतिमाले सिगरेट पिईरहेको याद छ मलाई । सिगरेट पिउने/कि खाने/वा उडाउने कुरामा म Confuse छु । जे होस त्यस्तै झल्किन्थ्यो । तिम्रो हातमा अक्सर (स्मरण रहोस वायाँ हात) सेतो चुरा बेरिन पाउँथ्यो । त्यो साँझ मैले दुस्साहस गरेँ त्यो सेतो चुरा किन मेरै रोजाइको नहोस......? छिरेँ एक कस्मेटिक पसल र कस्मेटिक पसलकि बार्बाइ डल सँग मागेँ एक थान ह्वाइट कलरमा । Doll ले अड्कल गरि Gift हो ? हन्ड्रेड पर्सेन्ट हो............। म जवाफित भएँ । लुसुक्क भित्र पसी/अन्तर्धान भई र बेरमै झिलमिल बक्स सहित प्रकट भई । मस्काई हेर्न लायकको थियो, । के उसलाई दिउँ त्यो गिफ्ट........? नाईँ नाँई यो मेरो प्रेमिकाको लागि हो र मैले पत्तै नपाएको/अपेक्षा नगरेको अन्तिम भेटको चिनो हो........ –भनेर भन्न सकिन ।“सेतो चुरा Gift दिएको अर्थ अर्कै लाग्छ, Please यो सेतो चुरा मलाई नदिनुहोस्....” यो तिमै्र बाणि हो । By the way तिम्रो सुझावले म पानी–पानी/पसिना–पसिना भएँ । खै के अर्थ लाग्छ ?के धोका भन्न मिल्छ............?मैले सोध्ने तिमो्र फेटाहरु फगत हाँसिरहन्छन् मानौँ ती फोटाहरुलाई/तिमीलाई केही थाहा छैन । मैले भनेथेँ कुनै दिन, तिम्रा यि तस्विरहरु मसँग बात गर्छन, हाँँस्छन, मलाई एक्लै हुन दिदैनन । यी फोटाहरु साक्षि छन् ।तर यी फोटाहरु मलाई गलत सावित गरिरहेका छन् । बोलुँलाझैँ तिम्रा तस्विर आज किन अन्जान छन् । तिम्रो मनको र यि तस्वीरको के सम्बन्ध/Relation छ हँ । हिजो मोनालिसा उपमा पाएका तिम्रा यि तस्विरहरु आज भुत/डायन/प्रेत/किचकन्या झैँ लागिरहेका छन......।बट ! मेरो ब्ल्याक कफिको प्रमिस म धोका भन्दिन । बस ! गुनासो त्यही भेटको जसलाई तिमीले एकलौटी/जबरजस्ती/खुदखुसी ढङ्गले अन्तिम बनायौ ।

किशोर–किशोरीले लिए जीवन उपायोगी सीप–तालिम

खोटाङ भदौ–१४, खोटाङस्थित रावाबेंसी गाउँपालिकाका किशोर–किशोरीले जीवन उपयोगी सीप–तालिम लिएका छन
Hamro Khotang

किशोर–किशोरीले लिए जीवन उपायोगी सीप–तालिम

खोटाङ भदौ–१४, खोटाङस्थित रावाबेंसी गाउँपालिकाका किशोर–किशोरीले जीवन उपयोगी सीप–तालिम लिएका छन् । पालिकाको ५ नम्वर वडामा पर्ने दुबेकोलकस्थित गंगोदय मा.वि.मा आयोजना गरिएको तीन दिने जीवन उपयोगी सीप तालिममा सोही विद्यालयका २९ जना किशोर–किशोरीहरु सहभागी वनेका हुन् ।वातावरणीय कृषि तथा विकास केन्द्र (केड) काठमाडौंको सहयोगमा हलेसी विकास मञ्च नेपाल वडहरेद्वारा सञ्चालित महिला प्रजनन् अधिकार कार्यक्रम अन्तर्गत हालै उक्त तालिम आयोजना गरिएको हो । आङ खस्ने र यौन तथा प्रजनन स्वास्थ्य सेवामा महिला तथा किशोरीहरुको पहुच बृद्घि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको सहजकर्ता विरेन्द्र मगरले वताउनुभयो । वाल विवाह, छोरा र छोरी वीचको भेदभाव जस्ता विभेदकारी सामाजिक मूल्य मान्यता एवं चालचलनहरुको न्युनिकरण गर्दै किशोरीहरुलाई माध्यमिक तहको शिक्षा पुरा गर्न सहयोग गर्ने समेत उक्त कार्यक्रमको उदेश्य रहेको मगरको भनाई छ । किशोरावस्थामा मन स्थिर नहुने हुँदा किशोर–किशोरीहरुको जीवनमा आईपर्न सक्ने जोखिम तथा समस्याहरुको व्यावस्थापन साथ–साथै जीवनमा आइपर्ने जोखिमहरुको आफै समाधान गर्न सकुन् भन्ने कुरामा तालिममा जोड दिईएको बताईएको छ । किशोर–किशोरीको व्यक्तिगत जीवनलाई उपयोगी र व्यावस्थित वनाउन सहयोग गर्ने ढंगले तालिमको सहजीकरण थियो । यसैबीच, सोही गाउँपालिका–४ डुम्रेधारापानीस्थित देउराली मा.वि.मा पनि उक्त तालिम सम्पन्न गरिएको छ । डुम्रेधारापानीमा पनि २९ जना किशोर–किशोरीहरुको सहभागिता रहेको थियो ।  

वैदेशिक रोजगार सुरक्षित टोल घोषणाको फरक दृश्य : विना तामझाम महत्वपूर्ण काम !

रामधन वेदना/खोटाङभदौ–१४,  पुरानो त्रिपाल टाँगिएको आँगन । आँगनमा केही बेन्च र प्लाष्टिकको कुर्स
Hamro Khotang

वैदेशिक रोजगार सुरक्षित टोल घोषणाको फरक दृश्य : विना तामझाम महत्वपूर्ण काम !

रामधन वेदना/खोटाङभदौ–१४,  पुरानो त्रिपाल टाँगिएको आँगन । आँगनमा केही बेन्च र प्लाष्टिकको कुर्सी । आँगनतर्फ वसेका गाउँका केही युवा र बृद्दाहरुको लाईनमा जिल्लाका सञ्चारकर्मीहरु । घरको दलनतर्फ(सिकुवामा) भने गाउँकै महिला, वालवालिका तथा केही बृद्दाहरु मिलेर अँटेका छन् । महिलाहरु वसेको अगाडी अर्थात सिकुवाको भित्तामा वैदेशिक रोजगारीका हिसावले पहिलेको गाउँको अवस्था र अहिलेको अवस्था संकेत गरिएको तुलनात्मक नक्सा झुण्ड्याईएको छ ।खोटाङस्थित साविकको खाल्ले गाविस तथा हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ को आयोजनामा सम्पन्न एक औपचारिक घोषणा–सभामा देखिएको दृश्य हो यो । वडाको वस्नेत गाउँमा विहिवार विहान सम्पन्न कार्यक्रमको सभापति सोही वडाको वडाध्यक्ष डिल्लीकुमार राई बेन्चमै बस्नुभएको थियो । उही खाल्लेमा यसअघि आयोजना भएका खुला दिसामुक्त वडा घोषणा हुँदा या कुनै पनि अभियानको दौडानमा खुबै तामझामका साथ कार्यक्रम हुन्थ्यो । खसी काटिन्थ्यो होला । स्वागतद्वार निर्माणदेखि अतिथि स्वागत तथा सत्कारका लागि कुनै कसर बाँकी राखिएन होला । कामभन्दा बढी तामझाम गर्ने हाम्रो चलनै हो ।तर त्यत्तिकै या त्यो भन्दा बढी महत्वपूर्ण अभियान ‘वैदेशिक रोजगार सुरक्षित टोल’ घोषणा कार्यक्रम भद्दा र असहज लाग्ने देखिएन । कसैको निधारमा अविर लगाईएन, कसैलाई फूलमाला तथा खदा केही भिराईएन , न त भोज भत्तेर नै भयो ।तर उक्त अभियान सफल भएकोमा खुशी ब्यक्त गर्दै अन्य स्थानमा पनि सफल बनाउन सवै आफ्नो ठाउँवाट लागी पर्ने स्वस्फुर्त प्रतिबद्दता स्थानीयले जनाए । देशकै पहिलो ‘वैदेशिक रोजगार सुरक्षित टोल’ निर्माण गर्न सकेकोमा मनमनै खुशियाली मनाए । वैदेशिक रोजगारीमा जाने सवै परिवार मानसिक, सामाजिक, आर्थिक, वैधानिक अर्थात कानुनी लगायत विविध पक्षले सुरक्षित भएपछि वस्नेत टोललाई ‘वैदेशिक रोजगार सुरक्षित टोल’ घोषण गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो तथा मर्यादित वनाउन आवश्यक सवै प्रकारका मापदण्डहरु पूरा गरेपछि वडाध्यक्ष डिल्लीकुमार राईले औपचारिक रुपवाट ‘वैदेशिक रोजगार सुरक्षित टोल’ घोषणा गर्नुभएको हो ।   वैदेशिक रोजगारीमा जाने सवै परिवारका सदस्यहरुले आफन्तको कागजातको प्रतिलिपी घरमा मगाउने, २८ हप्ते वित्तिय साक्षरता कक्षामा सहभागी वन्ने र सो कक्षामा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने लगायतका कार्यहरु पूरा गरेपछि उक्त घोषणा गरिएको हो ।३१ घरधुरी रहेको वस्नेत टोलवाट वैदेशिक रोजगारीमा जाने तथा नजाने सवै जसो परिवारका सदस्यहरु सामुहिक छलफलमा जुट्ने, आम्दानी बढाउने तथा वचत गर्ने, अरुको कुरा नकाट्ने, मानसिक तनाव घटाउन र अरुलाई तनाव हुने कुरा नगर्न विभिन्न उपायहरु अपनाउने आदि कार्य नियमित गर्न थालेपछि उक्त घोषणा गरिएको वडाध्यक्ष डिल्लीकुमार राईले वताउनुभयो ।  नवकिरण सेवा समाज दुर्छिम तथा वालसेवा समाज नेपाल नेर्पाले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगतका विभिन्न कार्यक्रमहरुको प्रभावले सुरक्षित टोल घोषणा गर्न सफल बनेको वडाध्यक्ष राईको भनाई छ ।सुरक्षित टोल निर्माण तथा घोषणाका लागि पुरा गर्नुपर्ने मापदण्ड अर्थात प्राविधिक पक्ष लगायतमा सम्पूर्ण जस सामी परियोजना र सो अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने दुवै संस्थालाई जाने वडाध्यक्षले स्पष्ट पार्नुभयो । उहाँले यो अभियानलाई निरन्तरता दिँदै पुरै वडालाई वैदेशिक रोजगारका हिसावले सुरक्षित वनाउने जनाउनुभएको छ ।गत वर्षदेखि सुरु गरिएको सुरक्षित टोल निर्माण अभियान सफल पार्न सामाजिक नक्सालाई विशेष प्रयोगमा ल्याईएको नवकिरण सेवा समाजका सामाजिक परिचालक सन्तोषकुमार राईले जनाउनुभयो । वैदेशिक रोजगारीमा जाने सदस्यको सुरक्षा र खतरालाई संकेत गरी गाउँको नक्सा तयार पारिएपछि स्थानीयले स्वस्फुर्त रुपमा सुरक्षित हुने विधि तथा प्रक्रिया अपनाउने गरेको राईको भनाई छ । आफ्नो घरमा लागेको खतराको संकेत हटाई सुरक्षितको संकेत राख्ने हत्तारोका कारण सुरक्षित हुने विधि तथा प्रक्रियाहरु स्थानीयले पूरा गरेका छन् । स्थानीयले वैदेशिक रोजगारीको क्रममा हुने ठगीवाट बच्ने उपायवारे समेत बुझेका छन् । सामी अन्र्तगत सञ्चालन गरिएको वित्तिय साक्षरता कक्षा, मनोसामाजिक परामर्श कक्षा, सामुदायिक अभिमुखिकरणका साथै सचेतनामूलक भिडियो प्रर्दशनीका कारण वस्नेत टोल वैदेशिक रोजगारमा सुरक्षित वनेको स्थानीय सुनाउँछन् ।हाल वैदेशिक रोजगारीमा गएकाको परिवारमा आम्दानी बढाउन विभिन्न आयमूलक व्यवसाय अपनाएको पाईन्छ । सामी अन्तर्गतको कार्यक्रमहरुका कारण व्यवहारिक जीवनमा परिवर्तन आएको स्थानीय महिला दुर्गा वस्नेतले वताउनुभयो । वित्तिय साक्षरता कक्षामा सहभागी सवैले आम्दानी बढाउने, खर्च घटाउने तथा  नियमित वचत गर्ने गरेको वस्नेतले सुनाउनुभयो । यस्तै, अरुको कुरा काट्ने, मनमा तनाव लिने, वालवच्चालाई कुटपिट गर्ने, बजारिया खाने कुरा प्रयोग गर्ने जस्ता ब्यवहारमा सुधार आएको महिलाहरु सुनाउँछन् । वस्नेत टोलका स्थानीयले वैदेशिक रोजगारीमा जान तयार भएकाहरुलाई जानेको वुझेको सचेतनामुलक जानकारी गराउनेदेखि लिएर दिक्तेलवजारमा सञ्चालित सूचना तथा परामर्श केन्द्र पठाउने कार्य समेत गर्न थालेका छन् । वस्नेत टोललाई २० वटा टनेल वस्नेत गाउँका स्थानीय आयआर्जन मुलक कार्यमा लागेको भन्दै वडा कार्यालयले २० वटा टनेल प्रदान गर्ने भएको छ । आम्दानीमूलक कृषि ब्यवसाय गर्न इच्छुक परिवारलाई आवश्यक्ताका आधारमा टनेल प्रदान गर्ने वडाध्यक्ष डिल्लीकुमार राईले वताउनुभएको छ ।वस्नेत गाउँले वैदेशिक रोजगार सुरक्षित टोल निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका साथै सवैलाई सुरक्षित वनाउन प्रतिबद्द वनेकोमा प्रशंसा गर्दै धन्यवाद ब्यक्त गर्नुभयो । वैदेशिक रोजगारीवाटै मुलुक चलेको अवस्थामा यसलाई सुरक्षित र मर्यादित वनाउनतर्फ सवैले ध्यान दिनुपर्ने उहाँले जनाउनुभयो । ‘जग्गाको कागजात हिफाजत गर्छौं,  मान्छेको कागजात वेवास्ता’ सुरक्षित आप्रवासन परियोजना (सामी)को जिल्ला संयोजक भक्तकुमार राईले कागजातको महत्वबारे स्पष्ट पार्नुभएको छ । ‘वैदेशिक रोजगार सुरक्षित टोल’ निर्माणका अभियन्ताहरुले कागजातको महत्व बुझेको र बुझाउन सकेकोमा धन्यवाद दिँदै अधिकांशले कागजातको महत्व नै नवुझेको बताउनुभयो । ‘आँखै अगाडीको जग्गाको धनिपूर्जा हामी खुव जतनले तीन–चार खाप बेरेर राख्छौं ।’ उहाँले भन्नुभयो–‘सात समुन्द्र पारी पुगेको मान्छेको कागजपत्रको हामीलाई मत्लव नै छैन ।’उहाँले आफन्त वेपत्ता भएको वा अप्ठ्यारोमा परेको खण्डमा खोजी गर्ने पहिलो आधार नै कागजपत्र भएकोले त्यसको प्रतिलिपी अमूल्य हुने संकेत गर्नुभयो । नेपाली श्रम वजारमा वार्षिक साँढे चार लाख युवाहरु निस्कने प्रशंग निकाल्दै जिल्ला संयोजक राईले ती मध्ये अधिकांश युवा व्यवस्थापन वैदेशिक रोजगारीमा हुने गरेको जनाउनुभयो । यसर्थ, वैदेशिक रोजगारीको समस्या घर–घर, जन–जनको समस्या भएकोले यसलाई सुरक्षित र उपलब्धीमूलक बनाउन सवैले चासो दिनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा स्थानीय युवा विनोद वस्नेत लगायतले वैदेशिक रोजगारीको क्रममा भोग्नुपरेको समस्या तथा अनुवभहरु सुनाउनुभएको थियो ।

सार्वजानिक सुनुवाई गर्ने भएपछि वडा कार्यालयको ताला खुल्यो

खोटाङ, भदौ १३– स्थानीयले खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर वडा कार्यालयमा लगाएको ताला चार द
Hamro Khotang

सार्वजानिक सुनुवाई गर्ने भएपछि वडा कार्यालयको ताला खुल्यो

खोटाङ, भदौ १३– स्थानीयले खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर वडा कार्यालयमा लगाएको ताला चार दिनपछि खुलेको छ । आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट स्थानीयले गत शनिबार लगाएको ताला सहमतीपछि खुलेको हो । स्थानीय जोडी महादेबस्थान मन्दीर घेराबारा गरिएको काम लगायत वडाको सबै योजनाको विषयमा पुःन सार्वजनिक सुनुवाई गर्ने, पुराना तथा नयाँ योजनाको बारेमा स्थानीयलाई जानकारी गराउने लगायतका सहमतीपछि वडाको ताला खुलेको हो । गाउँपालिकाका प्रमुख लिलानाथ निरौला, उपप्रमुख समला राई, प्रमुख प्रशासकीय अधिकृत प्रज्वल घिमिरे, वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, निर्माण उपभोक्ता समितिका पदाधिकारी र असन्तुष्टपक्षबीचमा भएको छलफलपछि ताला खुलाउने सहमती बनेको हो । जोडी महादेबस्थान मन्दीर घेराबाराका लागि आर्थिक वर्ष २०७४÷०७५ मा ४ लाख ५० हजार विनियोजन गरिएको भए पनि उपभोक्ता समितिले ३ लाख ५० हजारमा ठेक्का लगाएर फाईदाका लागि गुणस्तरहिन काम गरेको, जानकारी नदिइ सडक निर्माण उपभोक्ता समिति गठन गरेको लगायतका विषयमा असन्तुष्ट जनाउँदै पर्शुराम राईको नेतृत्वको समुहले वडा कार्यालयमा ताला लगाएको थियो । 

शिक्षाको तिर्खा : ७५ बर्षीया बृद्दा एक कक्षाको विद्यार्थी

रामधन राई/खोटाङभदौ–१३, कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रन
Hamro Khotang

शिक्षाको तिर्खा : ७५ बर्षीया बृद्दा एक कक्षाको विद्यार्थी

रामधन राई/खोटाङभदौ–१३, कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती–पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’ जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि केटाकेटीलाई नियन्त्रण गर्न सकिन्छ की भनेर आफ्नै दुमी राई लवजमा हर्कानुहुन्छ–‘तिम्हारलाई मार्दिन्छु है म त फेरि, चकचक नगरी बस न हन !’ तर एक कक्षाको बालबच्चा न हुन् चाला उस्तै । ‘मलाई त झिजो हुन्दैना, म हाकारिम् दिन्छु झिजो गर्छन् भने अनि, हजुरआमा भन्छन्, बजु भन्छन् ।’ वसेर लेख्दा वच्चाहरुले हल्लाईदिने हुनाले उहाँ उभी–उभी लेख्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘गर्छन् नै डिस्टव त तर बानी भएछ अव त केई जस्तो लाग्दैन सर !’    बिक्रम सम्बत २००१ साल साउन ८ गते विहिबार जन्मनुभएको खोटाङ बाक्सिलाकी जुरीमायाँ राई २०७५ साल साउन ६ गते आईतवार कक्षा एकमा भर्ना हुनुभएको हो । केपिलासगढी गाउँपालिकामा पर्ने वाक्सिलाकी राईले लेखपढ गर्ने अधुरो धोका पूरा गर्न दिक्तेलवजारस्थित सरस्वती माविमा भर्ना हुनुभएको हो । उहाँको रोल नम्बर ३१ रहेको छ ।तीन बर्ष अघि वित्नुभएको जुरीमायाँको श्रीमान पूर्व व्रिटिस लाहुरे हुनुहुन्थ्यो । जुरीमायाँको जमानामा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमानसँग पल्टन(मरक्का)मा रहँदा पढ्न सूरु गर्नुभएको थियो । तर त्याहाँ बसेको एक महिना वित्न नपाउँदै हङकङ सर्नुपरेको कारण उहाँको पढ्ने धोको अधुरै रहेको थियो । सोही अधुरो धोको पूरा गर्न उहाँ अहिले एक कक्षाको विद्यार्थी बन्नुभएको छ ।  एक बर्षदेखि दिक्तेलवजारमा कोठा भाडामा लिएर एक्लै वसोवास गर्दै आउनुभएको जुरीमायाँको धोको किताव पढ्न सक्ने र लेख्न सक्ने बन्नु रहेको छ । विद्यालयमा वाह्रखरी र अंकहरु सिक्दै गर्नुभएको वृद्दा राईलाई वाईवल पढ्न सक्ने वन्नु छ । क्रिस्चियन धर्मावलम्वी राई भन्नुहुन्छ–‘सेवामा जान्छु, कहिलेकाहीँ नवुझेको कुरा सोध्दा हल्ला भयो भन्छन् ।’ उहाँको अनुसार नवुझेको कुरा आफैले पढेर वुझ्न सक्ने हुनुपर्ने छ । त्यसैले उहाँ विद्यालयको नियमित विद्यार्थीको रुपमा विहान १० वजेदेखि वेलुकी ३ः२० सम्म सरस्वती माविको कक्षा–एकभित्रै रहनुहुन्छ । आफ्नो कोखवाट सन्तान नभएपछि कान्छी श्रीमतिको रुपमा उहाँको श्रीमानले अर्को विवाह गर्नुभएको थियो । कान्छीतर्फवाट जन्मेको ४ छोरी र दुई छोराले पनि राम्रो नपढेकोमा शिक्षाप्रेमी जुरीमायाँको गुनासो छ । श्रीमानको तीन बर्ष अघि मृत्यु भईसकेको छ । छोराछोरी सवैले आ–आफ्नै लय समातिसकेका छन् । श्रीमानको पेन्सन जेठी–कान्छीले आधा–आधा थाप्ने सर्तमा दुवै छुट्टाछुट्टै रहेका छन् । नाती–नातिनीलाई धेरै पढेको हेर्न चाहाने जुरीमायाँ मसिना बालवच्चासँगै वसेर सिक्न पाउँदा खुशी लागेको वताउनुहुन्छ । शिक्षकहरुसँग कुनै अप्ठ्यारो नमान्नुहुने उहाँ कक्षाकोठातिर देखाउँदै भन्नुहुन्छ–‘मलाई त यहाँ आनन्द छ , एकदमै खुशी छु ।’ अहिले उहाँले अंक जोड्न, अक्षर पढ्न र सार्न समेत सक्नुहुन्छ । उहाँ विहान वेलुकी खाना पकाउने, खाने अनि वाँकी रहेको समयमा लेख्न,पढ्न सिक्नुहुन्छ । ‘अलिअलि त पढ्न सक्छु जस्तो लाग्दैछ ।’ हँसिलो मुद्रामा सुनाउनुहुन्छ । जुरीमायाँले एक महिनाको अवधीमा नै निक्कै प्रगति गर्नुभएको विद्यालयका शिक्षक नुरकाजी सैंजुको भनाई छ । अध्ययनमा रुचि तथा चासो र नियमित उपस्थितीका कारण छोटो समयमा नै उहाँले लेखेको सार्न, तथा अंकहरु जोड्न सक्ने हुनुभएको कक्षा शिक्षक सैंजुले जनाउनुभयो । सैंजुका अनुसार बृद्दा राईले पढ्नमा भोक जगाईदिनका लागि शिक्षकहरुलाई आग्रह गर्ने गर्नुभएको छ ।‘मेरो आमा ७८ बर्षमा खस्नुभएको, ७५ बर्षको आमालाई पढाउन पाउँदा गर्व लागिरा’छ, धर्म पनि कमायौं की भन्ने लागिरा’छ ।’ शिक्षक सैंजुले भन्नुभयो–‘यो हामी सबैको गौरवको कुरा हो ।’सरस्वती मावि पछिल्लो समय शैक्षिक, भौतिक लगायत विभिन्न हिसावले जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित छ ।

अनियन्त्रित मोटरसाईकल घरभित्र छिर्दा दुई घाईंते

खोटाङ  भदौ–१३, खोटाङको दिक्तेलवजारमा हाँकिरहेको मोटरसाईकल अनियन्त्रित भई घरभित्र पस्दा दुई जन
Hamro Khotang

अनियन्त्रित मोटरसाईकल घरभित्र छिर्दा दुई घाईंते

खोटाङ  भदौ–१३, खोटाङको दिक्तेलवजारमा हाँकिरहेको मोटरसाईकल अनियन्त्रित भई घरभित्र पस्दा दुई जना घाईते भएका छन् । सडकमा गुड्दै गरेको बा ९६ प ५२२२ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पसल राखिएको घरभित्र छिर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका किसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टंक श्रेष्ठ घाईते भएका हुन् । सोही नगरपालिका–४ खाल्लेका शंकर कटवालले बुधवार बिहान बच्चालाई बोर्डिङ लैजाने क्रममा बाईक अनियन्त्रित हुँदा किसन राईको पसलको ढोका फोड्दै घरभित्र पसेको प्रहरीले जनाएको छ । हाटडाँडाबाट त्रिबेणीचोकतर्फ गुडिरहेकोे मोटरसाईकलवाट घाईते वनेका दुवैलाई उपचारका लागि काठ्माण्डौं पठाइएको आफन्तले बताएका छन् । मोटरसाईकलले ठक्कर दिनुका साथै खुट्टामा किचेको थियो । अनियन्त्रित बाईक सडकमा जथाभाबी गुड्न थाल्दा हो–हल्ला मच्चिएपछि पसलबाट हेर्न निस्किए लगत्तै बाईकले ठक्कर दिएको घाईते राईले बताउनुभयो । मोटरसाईकलमा सवार बच्चा पनि सामान्य घाईते भएका छन् । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सई मनोज यादबले बताउनुभयो । 

नेबि संघ खोटाङको उपाध्यक्षले राजिनामा दिए

भदौ–१२, नेपाल बिद्यार्थी संघ खोटाङका मनोनित उपाध्यक्ष जीवन खत्रीले राजिनामा दिएका छन् । भदौ ६ र ७
Hamro Khotang

नेबि संघ खोटाङको उपाध्यक्षले राजिनामा दिए

भदौ–१२, नेपाल बिद्यार्थी संघ खोटाङका मनोनित उपाध्यक्ष जीवन खत्रीले राजिनामा दिएका छन् । भदौ ६ र ७ गतेको बैठकबाट नेबिसंघको उपाध्यक्षमा मनोनित खत्रीले सोमबार राजीनामा दिएका हुन् । कांग्रेसको हस्तक्षेपमा विधान विपरित दुई गुणा पदाधिकारी चयन गरिएकाले नेबिसंघका जिल्ला अध्यक्ष समक्ष राजीनामा दिएको खत्रीले बताए । अन्य प्रस्तावमाथि सर्वसहमतीमा निर्णय भएपनि प्रस्ताव नम्बर ५ मा उल्लेखित उपाध्यक्ष, सचिव एबं कोषाध्यक्ष मनोनयन सम्वन्धी छलफलमा विधान र नियमावली विपरित निर्णय भएको राजीनामा पत्रमा उल्लेख छ । जिल्ला सदस्यबाट उपाध्यक्षमा मनोनित भएको केही दिनपछि राजीनामा दिएका खत्रीले राजीनामा स्वीकृत गर्न र विधान विपरित भएको निर्णय सच्याउन माग गरेका छन् । 

५ बर्ष कैद सजाय सुनाईएका बृद्द चार बर्षपछि पक्राउ

खोटाङ भदौ–१२,  ज्यान मार्ने उद्योगको मुद्धामा ५ बर्ष जेल सजाय सुनाईएका खोटाङका एक बृद्द चार बर्ष
Hamro Khotang

५ बर्ष कैद सजाय सुनाईएका बृद्द चार बर्षपछि पक्राउ

खोटाङ भदौ–१२,  ज्यान मार्ने उद्योगको मुद्धामा ५ बर्ष जेल सजाय सुनाईएका खोटाङका एक बृद्द चार बर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत भोजपुरले २०७१ जेठ २२ गते कैद सजाय सुनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका ६४ वर्षीय दावानिमा शेर्पा पक्राउ परेका हुन् । भोजपुर दिङ्लाका एक आफन्तलाई ज्यान मार्ने नियतले कुटपिट गरेको मुद्धामा सजाय फैसला गरिएको शेर्पा यसअघि फरार थिए । शेर्पालाई जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 

खोटाङमा एमालेलाई ६ माओवादीलाई ४ पालिका (कसलाई कुन सूचिसहित)

खोटाङ १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको एकता अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म जिल्
Hamro Khotang

खोटाङमा एमालेलाई ६ माओवादीलाई ४ पालिका (कसलाई कुन सूचिसहित)

खोटाङ १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको एकता अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म जिल्लाको नेतृत्व बाहेक अन्य विषय भने करिब टुंगो लागेको छ ।नेतृत्वको विषयमा भने अझै पनि सहमतिमा नेताहरु पुग्न नसकेको बताइएको छ । एकताका क्रममा पूर्व एमालेको भागमा ६ वटा पालिका र पूर्व माओवादी केन्द्रको भागमा ४ वटा पालिकाको नेतृत्व हुने गरी टुंग्याउने अन्तिम तयारी छ ।जस अन्तर्गत दिक्तेल रुपाकोट नपा, ऐंसेलुखर्क, लामिडाँडा, जन्तेढुंगा, बाराहापोखरी र साकेला गाउँपालिकाको नेतृत्व पूर्व एमालेबाट हुने भएको छ ।यसैगरी, हलेसी नपा, केपिलासगढी, दिप्रुङ र खोटेहाङ गाउँपालिकाको नेतृत्वमा पूर्व माओवादीको तर्फबाट हुने देखिएको छ । नेकपाको खोटाङ जिल्ला कमिटी १ सय ३५ सदस्यीय बनाउने तयारी समेत  छ । पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले पूर्व एमालेलाई ७८ जना र पूर्व माओवादीबाट ५७ जना सदस्यीय रहने गरी जिल्ला कमिटी बनाउने तयारी भएको हो ।नेकपाले ४५ सदस्यीय सचिवाय गठनको तयारी समेत गरेको छ । जसमा पूर्व एमालेको भागमा २५ र पूर्व माओवादीलाई २० जना रहने गरी गठनको अन्तिम तयारीमा नेताहरु छन् ।

पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणाका लागि अभियान

खोटाङ भदौ–१०, खोटाङको साकेला गाउँपालिका–३ खिदिमालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणाका लागि अभिया
Hamro Khotang

पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणाका लागि अभियान

खोटाङ भदौ–१०, खोटाङको साकेला गाउँपालिका–३ खिदिमालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणाका लागि अभियान थालिएको छ । गाउँपालिकाकै पहिलो सरसफाई उन्मुख वडा घोषणाका लागि अभियान थालिएको हो । व्यक्तीगत सरसफाई, घरायसी सरसफाई र वातावरणीय सरसफाई सम्वन्धी सूचक पूरा गर्दै पूर्ण सरसफाईयुक्त वडा घोषणाका लागि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको बताईएको छ । प्रदेशसभा सांसद रामकुमार राई र साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले शनिबार खिदिमालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरेका छन् । गाउँपालिकालाई नै पूर्णसरसफाई उन्मुख घोषणाको पहल स्वरुप वडामा पूर्ण सरसफाई उन्मुख अभियान थालिएको वडाध्यक्ष मणीकुमार राईले बताउनुभयो । पूर्ण सरसफाईयुक्त वडा घोषणाका लागि प्रत्येक व्यक्तिले व्यक्तिगत सरसफाई÷स्वच्छता कायम गर्ने, महत्वपूर्ण अवस्थामा प्रत्येक व्यक्तिको साबुन पानीले हात धुने अभ्यास, प्रत्येक घरमा चर्पी निर्माण तथा नियमित प्रयोग लगायतका कार्य गरिने छ । यस्तै, वडाका प्रत्येक घरमा घरायसी तहमा पिउने पानीको सुरक्षित व्यवस्थापन, प्रत्येक घरमा ठोस वस्तु÷फोहोरमैलाको उचित व्यवस्थापन, प्रत्येक घरमा सरसफाईको इकाई निर्माण तथा प्रयोग, प्रत्येक घरमा तरल फोहोरमैलाको उचित व्यवस्थापन गर्ने अभियोन थालिएको छ । वडाको प्रत्येक घरमा सुधारिएको चुल्हो÷बायो ग्याँस, सार्वजनिकस्थलको सरसफाई गरेको अवस्थामा वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिने वडा कार्यालयले जनाएको छ । 

हौंचुरमा आर्थिक अनियमितता भएको भन्दै वडा कार्यालय तालाबन्दी

खोटाङ भदौ–१०,  खोटाङको रावाबेंसी गाउँपालिका–६ हौंचुरमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयवा
Hamro Khotang

हौंचुरमा आर्थिक अनियमितता भएको भन्दै वडा कार्यालय तालाबन्दी

खोटाङ भदौ–१०,  खोटाङको रावाबेंसी गाउँपालिका–६ हौंचुरमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयवासीले वडा कार्यालय तालाबन्दी गरेका छन् । वडामा सञ्चालन भएका योजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै पर्शुराम राई नेतृत्वको समूहले शनिबार बेलुका वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।वडा अध्यक्ष राजु श्रेष्ठले आफ्नो मनोपली ढङ्गबाट योजना सञ्चालन गर्नुका साथै आर्थिक अनियमितता गरेकाले छानविन गरेर कारवाही गर्न माग गर्दै वडा कार्यालय तालाबन्दी गरिएको जनाईएको छ । वडाध्यक्षले हरेक योजना आफ्नो अनुकुलमा सञ्चालन गर्दै आएको र सो विषयमा कुरा राख्दा चित्त बुझ्दो जवाफ नआएपछि तालाबन्दी गर्नु परेको तालाबन्दीको नेतृत्वकर्ताको भनाई छ ।योजना सञ्चालनमा भएको आर्थिक अनियमितता सम्बन्धी छानविन गरी कारवाही तथा आगामी दिनमा नदोहोरिने प्रतिवद्धता नगरेसम्म ताला नखोलिने उनीहरुले अडान लिएका छन् । वडा अध्यक्षले उपभोक्ता समिति गठन गर्दा समावेसी नबनाएको, समिति गठन गरिएको योजना पनि ठेकेदारलाई दिएको, आफ्नो अनुकुलका व्यक्तिहरुलाई मात्र समितिमा राखेको लगायतका आरोप उनीहरुले लगाएका छन् । वडा अध्यक्ष श्रेष्ठले भने आफूले स्थानीय तह सञ्चालन कार्यविधि अनुसार नै काम अगाडि बढाएको बताउनुभएको छ । चित्त नबुझेको खण्डमा सम्बन्धित निकायमा जान सल्लाह दिँदादिँदै आवेसमा आएर तालाबन्दी गर्नु निन्दनीय विषय भएको वडाध्यक्षको तर्क छ ।स्थानीयवासीले गरेको तालाबन्दीका विषयमा छानविन गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । 

खोटाङमा चन्दावाटै व्यवस्थित कम्प्युटर कक्षा

खोटाङ भदौ–१०, खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यु माध्यमिक विद्यालयमा चन्दा संकल
Hamro Khotang

खोटाङमा चन्दावाटै व्यवस्थित कम्प्युटर कक्षा

खोटाङ भदौ–१०, खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यु माध्यमिक विद्यालयमा चन्दा संकलन गरेरै ब्यवस्थित कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । हाल बेलायत (युके)मा बसोवास गर्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा संकलन गरिएको ११ थान कम्प्युटर जडान गरी विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरिएको हो ।विद्यालयमा विद्युत नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेट समेत जडान गरिएको छ । समाजसेवी राईले नौं थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराउनुभएको प्रधानाध्यापक तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दिपेन राई र मुकेश राईले एक÷एक थान उपलब्ध गराउनुभएको जनाइएको छ । विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि १२ लाख २५ हजार ५ सय ८४ रुपैंयाँ बराबरको अक्षयकोष समेत स्थापना गरिएको छ ।सुन्तलेमा जन्मिएर विभिन्न देशमा कार्यरत प्रवासीबाट दश लाख ८९ हजार २ सय ९ र स्थानीयवासीबाट संकलन भएको रु एक लाख ४३ हजार ३ सय ७५ गरी उक्त अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले बताउनुभयो ।‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहनुभएका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम संकलन गरिएको जनाइएको छ । अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले दश हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले २० हजार ५ सय, उपप्रमुख गोमा मगरले पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले सात हजार रुपैंयाँ रकम उपलब्ध गराउनुभएको अध्यक्ष राईले जानकारी दिनुभयो ।भौगोलिक रुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीले समेत थोरै शुल्क तिरेर आफ्नै ठाउँमा कम्प्युटर शिक्षा हाँसिल गर्न पाउने भएपछि सुन्तलेवासी हर्षित भएका छन् ।अक्षयकोषबाट आएको ब्याजले एक जना कम्प्युटर शिक्षकलाई मासिक २० हजार तलब उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै ईमेल÷ईन्टरनेट सेवा समेत बिस्तार गर्ने तयारी गरिएको बताईएको छ ।

खोटाङकी सांसद गुरुङको प्रधानमन्त्रीलाई प्रश्न– ‘रोजगार अभियानमा कति जनाले रोजगार पाए ?’

काठमाडौं १० भदौं ।खोटाङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद हिरा गुरुङले प्रधानमन्त्री
Hamro Khotang

खोटाङकी सांसद गुरुङको प्रधानमन्त्रीलाई प्रश्न– ‘रोजगार अभियानमा कति जनाले रोजगार पाए ?’

काठमाडौं १० भदौं ।खोटाङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद हिरा गुरुङले प्रधानमन्त्रीलाई कति जनाले रोजगार पाए भनेर प्रश्न गरेकी छिन् ।संसदको शून्य समयमा बोल्दै नेपाली कांग्रेस समानुपातिकतर्फबाट सांसद बनेकी गुरुङले प्रधानमन्त्री रोजगार अभियान अन्तर्गत कति जनाले रोजगार पाए भनेर प्रश्न गरेकी हुन् ।उनले कुखुराको अण्डादेखि चटपटेसम्ममा कर लगाएर संघीयतालाई मजाक बनाएको भन्दै संघीयताको विषयलाई लिएर खिलाफ नगर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेकी छिन् ।उनले संसदमा बोल्न सुरु गर्दा नै सपथ नै नलिई (सांसदको रुपमा सपथ) प्रधानमन्त्री बनेको भन्दै प्रधानमन्त्रीको कटाक्ष गरेकी थिइन् ।

गाेर्खा समुदायकाे ईतिहास खाेज्न ट्रष्ट स्थापना

ललितपुर । पूर्व गाेर्खाली पुर्खाहरुकाे खाेज अनुसन्धान गर्न गाेर्खा सेमिट्रेज ट्रष्टकाे स्थापन
Hamro Khotang

गाेर्खा समुदायकाे ईतिहास खाेज्न ट्रष्ट स्थापना

ललितपुर । पूर्व गाेर्खाली पुर्खाहरुकाे खाेज अनुसन्धान गर्न गाेर्खा सेमिट्रेज ट्रष्टकाे स्थापना भएकाे छ । हङ्कङमा बस्दै अाएका नेपालीहरुले सन 2009 मा ट्रष्टकाे स्थापना गरेकाे भएपनि नेपालमा भने भर्खरै स्थापना गरिएकाे हाे ।पहिलाे र दाेश्राे विस्वयुद्वमा वीरगती प्राप्त वीर गाेर्खालीहरुकाे ईतिहास खाेज तथा अनुसन्धान गर्ने मुलउदेश्य सहित नेपालमा ट्रष्ट स्थापना गरिएकाे अध्यक्ष महेन्द्र राईले जानकारी दिएका छन् । पहिलाे र दाेस्राे विश्व युद्व बाहेक अन्य किसिमका युद्वमा परेका, बेपत्ता पारिएका पुर्खाहरुकाे ईतिहास खाेज तथा अनुसन्धान गर्दै अभिलेखीकरण गर्न सँस्थाकाे स्थापना भएकाे राईले बताएका छन्।ललितपुरकाे धराने सेकुवाकाे शभाहलमा अायाेजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले नेपालीहरु गाेर्खाली सेनामा गएर गरेकाे याेगदान र नेपाली वीरताकाे गाथालाई सम्झनु पर्ने बताए । विस्वका जुनसुकै ठाउँमा गएर शाहषका साथ लडाई लडेका पुर्खाहरुकाे ईतिहाँसलाई संरक्षण गर्ने दायित्व वाेध गर्नु पर्ने उनकाे भनाई रहेकाे छ । नेपाल सरकारसँग सहकार्य गरेर वीरगति प्राप्त गाेर्खाहरुकाे चिहान व्यवस्थित गर्ने सकेसम्म ट्रष्टले नेपालकाे उपयुक्त स्थानमा जग्गाकाे व्यवस्था गर्ने सँस्थाकाे याेजना रहेकाे पत्रकार सम्मलेनमा जानकारी दिईएकाे थियाे ।

समाचार प्रभाव : साउदीमा अलपत्र ३८ नेपालीले काम र दाम पाए

खोटाङ भदौ–९, साउदी अरबका कम्पनीले अलपत्र बनाएका खोटाङका १३ सहित ३८ नेपाली कामदारले काम र दाम पाउन
Hamro Khotang

समाचार प्रभाव : साउदीमा अलपत्र ३८ नेपालीले काम र दाम पाए

खोटाङ भदौ–९, साउदी अरबका कम्पनीले अलपत्र बनाएका खोटाङका १३ सहित ३८ नेपाली कामदारले काम र दाम पाउने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका ३८ नेपाली कामदार अलपत्र सम्बन्धी समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि कामदारले काम–दाम पाउने भएका हुन् । कार्यरत कम्पनीले तलव उपलब्ध नगराएको भन्दै एक दिन काममा नगएको कारण सडकमा निकालिएको ३८ जना कामदारलाई काम र दाम दुवै उपलब्ध गराउने सहमति गरिएको छ । साउदीअरबको सोनमार अलमामलखास्थित एडभरटाइजिङ कम्पनीमा सप्लाईको काम गर्दै आएका उनीहरु कम्पनीले तलब नदिएको भन्दै गत असार ३२ गते काम छाडेर कोठामै बसेका कारण कामवाट निकालिएका कामदारहरुको आफन्त र म्यानपावर सञ्चालकबीच वैदेशिक रोजगार विभागको रोहबरमा सहमती गरिएको हो  ।  कामदारहरु काममा नगएपछि कम्पनीले त्यसको भोलिपल्ट साउन १ गते कोठाबाट झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमा फालिदिनुका साथै गाडीमा राखेर एकान्त ठाउँमा लगेर अलपत्र पारेको जनाइएको छ ।साउदीअरब पुगेयता ९ सय रियाल मात्र पाएका नेपालीले एक दिन काम छाडेर बसेकामा कम्पनीले सडकमा निकालिदिएपछि उनीहरु बिचल्ली परेका जनाइएको छ । गत २०७४ साल फागुन १ गते एकैसाथ साउदी अरब पुगेका उनीहरु सम्झौता अनुसारको काम र दाम नपाएपछि आन्दोलन गर्दा अलपत्र परेका हुन् । अलपत्र पारिएको समाचार सञ्चार माध्यममार्फत बाहिर आएपछि उद्दार तथा कानुनी प्रक्रिया सुरु गरिएको थियो ।साउदीअरबमा ३८ नेपाली अलपत्र परेपछि उनीहरुका आफन्तले काठमाडौंमा रहेको सुरक्षित आप्रवासन परियोजना अन्र्तगत पिपुल्स फोरम मार्फत निः शुल्लक कानूनी सहायताको लागि निवेदन दिएका थिए । निवेदन दर्ता भएलगत्तै पीडितको आवश्यक कागजात इमेलमार्फत मगाएर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरिएको थियो ।हालै गरिएको सम्झौता पत्रमा सबै कामदारलाई सरसफाइको काम दिइने, एक दिनमा आठ घन्टा महिनामा २६ दिन काम गर्नुपर्ने, तलब साउदी रियाल एक हजार र २ सय खाना खर्च दिइने आदि सर्त उल्लेख छ । द्विपक्षीय सम्झौतापत्रमा कामदारलाई बस्ने, यातायात, सुरक्षा आदि कम्पनीले उपलब्ध गराउने, परिचयपत्र र जीवन बिमा कामदारले काम सुरु गरेको ४५ दिनभित्र कम्पनीले उपलब्ध गराउने पनि सम्झौता गरिएको छ । यस्तै, नेपालबाट साउदी गएर काम गरेको दिनदेखि अहिलेसम्म पाउन बाँकी तलब कम्पनीले दिने, काम नगरी बसेको तलब हरेक महिनाको तलबमा थपेर कम्पनीले दिने र सबै कामदारले दुई वर्ष करार अवधि  पुरा गरेपछि घर फर्कन चाहने कामदारलाई हवाई टिकट दिएर घर फिर्ता गराउने तथा काम गर्न चाहानेलाई सम्पूर्ण सेवा सुविधा उपलब्ध गराइ पुनः काममा लगाउने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता पत्रमा उल्लेखित शर्त पूरा नभए नेपालबाट पठाउने म्यानपावर कम्पनी काठमाडौं मित्रपार्कस्थित इमप्लाइमेन्ट सर्भिसेज र ईम्पावर ओभरसिज प्रा.लि पूर्ण रुपले जवाफदेही हुने ब्यहोरा समेत प्रष्ट पाारिएको छ ।  म्यानपावर कम्पनी र कामदारका आफन्तबीच शर्त पूरा गर्छु भनेर तयार पारिएको सम्झौता पत्रमा हस्ताक्षर भएपनि कामदारहरु भने अझै असन्तुष्ट रहेको दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रका परामर्शदाता बुना विश्वकर्माले बताउनुभयो । बिकका अनुसार अलपत्र अवस्थामा रहेका सबै कामदारको उद्दार गर्न सूचना केन्द्रले हदैसम्म प्रयत्न गरेको थियो । पीडितहरुको उद्दार गर्न धेरै चुनौति भएकाले उनीहरुलाई पुनः काममा फर्काउन बाध्य भएको दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजना अन्र्तगतको सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ताहरुले जनाएका छन् ।  म्यानपावर कम्पनीले गरेको प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गरे समस्या नहुने बताईएको छ । समस्याको समाधान चाडै र इमान्दारीपूर्वक गर्न सम्बन्धित निकायलाई खबदारी गरिरहेका सूचना केन्द्रले जानकारी गराएका छन् ।एक महिना नौं दिनदेखि साउदीअरबको दमामस्थित तुक्बा भन्ने ठाउँमा अलपत्र अवस्थामा रहेका कामदारले भने उल्लेखित सम्झौताकै भरमा मात्र काममा नजाने बताउँदै आएका छन् । पीडितमध्येका खोटाङ जालपाका शेषन श्रेष्ठका अनुसार यसअघि पनि कामदारले सबै प्रक्रिया पु¥याएरै साउदी गएका थिए ।  अब काममा फर्कन राजदुतावासले पनि विश्वास दिलाउनुपर्ने कामदारहरुको माग छ ।  

घाँस काट्न गएका ब्यक्ति भिरमुनी मृत फेला

खोटाङ भदौ–८,  खोटाङमा घाँस काट्न भनेर हिँडेका एक ब्यक्ति मृत फेला परेका छन् । बाख्रालाई घाँस काट
Hamro Khotang

घाँस काट्न गएका ब्यक्ति भिरमुनी मृत फेला

खोटाङ भदौ–८,  खोटाङमा घाँस काट्न भनेर हिँडेका एक ब्यक्ति मृत फेला परेका छन् । बाख्रालाई घाँस काट्न बिहीबार दिउसो घरबाट हिडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय वीरबहादुर बस्नेत शुक्रवार मृत फेला परेका हुन् । घरमा बिहानको खाना खाएर घाँस काट्न हिडेका बस्नेत बेलुका घर नफर्किएपछि खोजी गर्ने क्रममा बाघढुङ्गा भन्ने स्थानको भिरमुनी मृत फेला पारिएको आफन्तले बताएका छन् । शरीरको विभिन्न भागमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेका बस्नेतको घाँस काट्न खोज्दा चिप्लिएर लड्दा मृत्यु भएको प्रहरीको अनुमान छ । सयभिरमा रहेको घाँस काट्ने क्रममा चिप्लिएको जस्तो देखिने ठाउँबाट करीब सय मिटर तल बस्नेतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । मृतक बस्नेत यसअघि शिक्षण पेशा गर्दै आएका थिए । 

भेडा चोर्ने दुई युवालाई एक महिना कैद र पन्ध्र हजार जरिवाना

खोटाङ  भदौ–८, गोठमा बाँधेको भेडा चोरी गरी फरार हुने खोटाङका दुई युवालाई पक्राउ गरि कारागार चलान
Hamro Khotang

भेडा चोर्ने दुई युवालाई एक महिना कैद र पन्ध्र हजार जरिवाना

खोटाङ  भदौ–८, गोठमा बाँधेको भेडा चोरी गरी फरार हुने खोटाङका दुई युवालाई पक्राउ गरि कारागार चलान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जयन राईको भेडा चोरी फरार रहेका सोही नगरपालिका–३ बाम्राङका रविन हिङमाङ र वडा नम्बर–४ खाल्लेका योगेश राईलाई पक्राउ गरी कैद भूक्तानीको लागि कारागार चलान गरिएको हो । जिल्ला अदालत खोटाङले दुवै युवाले चोरी गरेको ठहर गरी जनही एक महिनाको कैद सजाय र १५ हजार रुपैंयाँ जरिवाना तोकेको थियो । फरार रहेका २१ बर्ष उमेरका दुवै जनालाई गत बर्ष भदौ–७ गते सजायको फैसला गरेकोे थियो ।  सजाय फैसला गरिएको ठीक एक बर्ष पछि यही भदौ–७ गते फरार युवाद्वयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको दुवैलाई शुक्रवार फैसला कार्यान्वायनका लागि अदालतमा पेश गरिएकोमा सोही दिन कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।   

नेबि संघ खोटाङभित्र असन्तुष्टी, पार्टी हस्तक्षेपको भत्र्सना

खोटाङ  भदौ–८, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ खोटाङमा असन्तुष्टी पैदा भएको छ । जिल्ला
Hamro Khotang

नेबि संघ खोटाङभित्र असन्तुष्टी, पार्टी हस्तक्षेपको भत्र्सना

खोटाङ  भदौ–८, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ खोटाङमा असन्तुष्टी पैदा भएको छ । जिल्ला संगठनको हालै बसेको वैठकले विधान विपरित निर्णय गरेको भन्दै संगठनभित्रकै केही सदस्यले प्रेस बिज्ञप्तीमार्फत असन्तुष्टी प्रकट गरेका हुन् । संगठनको रिक्त पदपूर्तिका विषयमा बसेको वैठकवाट केन्द्रको विधानलाई कुल्चँदै तानाशाही र हुकुमी शैलीवाट निर्णय गरिएको भन्दै जिल्ला सदस्यहरुले आपत्ति जनाएका छन् । नेवि संघ जस्तो अन्याय र अत्याचारको विरुद्दमा लड्ने संगठनले सवैको भावनालाई समेटेर अघि बढ्नुको सट्टा विधि र विधान विपरित मनोपली ढंगले पदपूर्ति गर्ने काम गरेकोमा असन्तुष्टी रहेको विज्ञप्तीमा उल्लेख छ । जिल्ला सदस्यद्वय राजन भट्टराई र मन्दिप राईले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा लेखिएको छ–‘विधान विपरित उपाध्यक्ष ३ जना, सचिव ४ जना लगायतका अन्य सदस्य मनोनयन गरी केन्द्रको विधानलाई लत्याउने र नेपाल विद्यार्थी संघमा लामो समय काम गरेको हामी साथीहरुको विचार र भावनाको वेवास्ता गर्दै तानासाही र हुकुमी शैलीवाट पदाधिकारी नियुक्ति गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ–‘यस निर्णयप्रति हामी लगायत न्यायप्रेमी विद्यार्थी नेताहरुको घोर आपत्ति छ ।’ सदस्यहरुले विद्यार्थीको वैठकमा पार्टीका केही नेताहरुले निर्देशन गरे बमोजिम निर्णय भएको जनाएका छन् । ‘वैठकमा पार्टीको तर्फवाट केही गलत साेंचका नेताहरु प्रवेश गरी गलत निर्णय गर्न निर्देशन र उक्साहट गर्ने कार्य समेत भएको छ ।’ विज्ञप्तीमा उल्लेख छ–‘यस अधिनायकवादी शैलीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण र भत्र्सना छ ।’उक्त निर्णय र कमजोरीहरु तुरुन्तै सच्याउन माग गरेका असन्तुष्ट पक्षले आफ्नो माग पूरा नभए विरोधका कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन् ।  

यसरी हुँदैछ नेकपाको खोटाङ एकता, यसरी मिल्दैछ भागबन्डा

खोटाङ ८ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खोटाङ जिल्ला कमिटी १ सय ३५ सदस्यीय बनाउने तयारी ग
Hamro Khotang

यसरी हुँदैछ नेकपाको खोटाङ एकता, यसरी मिल्दैछ भागबन्डा

खोटाङ ८ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खोटाङ जिल्ला कमिटी १ सय ३५ सदस्यीय बनाउने तयारी गरिएको छ । पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले पूर्व एमालेलाई ७८ जना र पूर्व माओवादीबाट ५७ जना सदस्यीय रहने गरी जिल्ला कमिटी बनाउने तयारी गरेका छन् ।नेकपाले ४५ सदस्यीय सचिवाय गठनको तयारी समेत गरेको छ । जसमा पूर्व एमालेको भागमा २५ र पूर्व माओवादीलाई २० जना रहने गरी गठनको अन्तिम तयारी गरेका छन् ।पूर्व दुई पार्टीले १० स्थानीय तहको पनि भागबण्डा अन्तिम तयारीमा पु¥याएका छन् । जसमा ६ एमाले र ४ वटामा पूर्व माओवादीको तर्फबाट नेतृत्व रहने गरी मिलाउने अन्तिम तयारी भएको एक नेताले जानकारी दिए ।काठमाण्डौंस्थित एक होटलमा जारी छलफलबाट जिल्लाका ७९ वडा मध्ये ४५ एमाले र ३४ माओवादीको नेतृत्वमा हुने गरी मिलाउने तयारी समेत गरिएको वताईएको छ ।जिल्लाको नेतृत्वको विषयमा भने छलफल जारी नै रहेको जनाईएको छ । अध्यक्षमा पूर्व माओवादी केन्द्रका नेता तथा सचिवमा पूर्व एमालेबाट सहमतिमा ल्याउने गरी छलफल जारी रहेको श्रोतले बताएको छ ।

जवरजस्ती करणी उद्योगका फरार दोषी दुई बर्षपछि पक्राउ

खोटाङ भदौ–७, जबरजस्ती करणी उद्योगमा सजाय सुनाईएका खोटाङका फरार दोषी दुई बर्षपछि पक्राउ परेका छन्
Hamro Khotang

जवरजस्ती करणी उद्योगका फरार दोषी दुई बर्षपछि पक्राउ

खोटाङ भदौ–७, जबरजस्ती करणी उद्योगमा सजाय सुनाईएका खोटाङका फरार दोषी दुई बर्षपछि पक्राउ परेका छन् । जवरजस्ती करणी महल अन्तर्गत सजाय सुनाइएपछि फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका हुन् ।२०७३ भदौ १ गते ३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएको लामो समयपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती करणी उद्योग महल अन्तर्गत राईको बिरुद्द मुद्दा दर्ता भएपछि जिल्ला अदालतले २०७३ साल कार्तिक २९ गते २ वर्ष ६ महिना कैंद सजाय हुने फैसला सुनाएको थियो ।  गिरफ्तार गरिएका आरोपितलाई अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कारागार शाखा दिक्तेल थुनामा पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।सुरुमा जिल्ला अदालतले २०७३ साल भदौ २१ गते मागेको १९ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका राई धरौटी बुझाएर केही दिनपछि रिहा भएका थिए ।

कारागारवाट फरार खोटाङ खार्मीका कैदी १३ वर्षपछि पक्राउ

खोटाङ भदौ–७,  दश वर्षे माओवादी जनयुद्दको समयमा कारागारवाट फरार रहेका खोटाङ खार्मीका एक कैदी तेह
Hamro Khotang

कारागारवाट फरार खोटाङ खार्मीका कैदी १३ वर्षपछि पक्राउ

खोटाङ भदौ–७,  दश वर्षे माओवादी जनयुद्दको समयमा कारागारवाट फरार रहेका खोटाङ खार्मीका एक कैदी तेह्र वर्षपछि पक्राउ परेका छन् । माओवादी सशस्त्र जनयुद्दकोे समयमा २०६२ साल असार ५ गते कारागारबाट भागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ तेह्र वर्षपछि बिहीबार घरैबाट पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । २०६० साल असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङ सहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका थिए । उनीहरु विरुद्ध जिल्ला अदालत खोटाङले २०६३ साल चैत ६ गतेको फैसलाले तीनै जनालाई २०÷२० वर्ष कैद सजाय सुनाएको थियो । दाहालको हत्या लगत्तै पक्राउ परेका उनीहरुले दुई वर्ष नौं महिना दश दिन कैद भुक्तानी गरिसकेका थिए । उनीहरुले दाहाल लगायतका केही व्यक्ति आफ्नै घरमा आएर आक्रमण गरेपछि नियन्त्रणमा लिएर कुटपिट गर्दा दाहालको मृत्यु भएको थियो । हत्यामा संलग्नमध्ये कटकबहहादुर तामाङ भने यसअघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेका छन् । डिएसपी केसीका अनुसार घटनामा संलग्न अझै एक जना फरार रहेकोले उनको खोजी भइरहेको छ ।

१० महिनादेखि साउदीमा अलपत्र कामदारको अपिल :‘मलाई उद्दार गरिदिनोस्’

वुना बिश्वकर्मा, खोटाङभदौ–६, साउदी अरवमा काम–दामविहिन भई १० महिनादेखि अलपत्र परेका खोटाङ खाल्ले
Hamro Khotang

१० महिनादेखि साउदीमा अलपत्र कामदारको अपिल :‘मलाई उद्दार गरिदिनोस्’

वुना बिश्वकर्मा, खोटाङभदौ–६, साउदी अरवमा काम–दामविहिन भई १० महिनादेखि अलपत्र परेका खोटाङ खाल्लेका युवाले आफ्नो उद्दार गरिदिन अपिल गर्नुभएको छ । तलव नपाएको भन्दै हड्तालमा उत्रिएपछि कम्पनीवाट निकालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कटुवालले आफ्नो उद्दार गर्न आग्रह गर्नुभएको हो । कामबाट निकालिदिने रसान कम्पनीले नेपाल फर्कने प्रक्रिया समेत अघि नबढाईदिएकोले आफु अलपत्र परेको कटुवालले फोनमार्फत सुनाउनुभयो । सन् २०१० मा एबी इम्प्रोमेन्ट सोलुसन म्यानपावर कम्पनीलाई ८० हजार रुपैंयाँ रकम बुझाई साउदी गएकोमा गत बर्ष तेश्रो छुट्टीमा दशैंमा घर फर्कनुभएको थियो । गत बर्ष पौष महिनामा पूनः साउदीको सोही कम्पनीमा फर्कनुभएको कटुवाललगायतका कामदारहरु तलव नपाएको भन्दै हड्तालमा उत्रिएका थिए । ५ सय रियाल बेसिक र ओभरटाईम समेत गरी ११ सय रियालसम्म तलव पुगे पनि तलव नै दिन छाडेकोले हड्ताल गरिएको कटुवालको भनाई छ । हड्तालमा निस्कने अन्य कामदारहरुमध्ये कोही घर फर्केको र कोही काममा स्थापित भए पनि कटुवालका साथै श्रृलंका र भारतका एक एक कामदार गरी तीन जना भने अलपत्र परेको जनाईएको छ । नेपाली साथीहरु समेत कोही नभएको बताउनुहुने कटुवालका अनुसार कम्पनीले अकमा (कामदार परिचयपत्र) नविकरण नगरिदिएकोले नेपाल फर्कन समस्या भएको छ । अकमाको मान्य मिति १९ महिना अघि नै सकिए पनि कम्पनीले नविकरण नगरिदिएको पीडितको भनाई छ । ईमेल तथा फेसबुकको सेवा समेत प्रयोग गर्न नसकिने अवस्थामा आफु रहेकोले फोनमार्फत समस्याबारे जानकारी गराउनुपरेको उहाँले जनाउनुभयो । मोवाईल समेत नभएकोले साथीहरुको मोवाईलमा आफ्नो सिमकार्ड लगाएर फोन गरेको उहाँले बताउनुभयो ।  कटुवाललाई अन्य देशका कामदार साथीहरुले खाना खुवाईरहेको बताईएको छ । सम्बन्धित कम्पनीले अकमा नविकरण अर्थात स्वदेश फर्कन तोक नलगाईदिएसम्म सोही अवस्थामा बस्न बाध्य हुनुपर्ने भन्दै उहाँले उद्दारको लागि आग्रह गर्नुभएको छ । कटुवालको घरमा श्रीमति तथा छोरा समेत बिरामी भएकोले समस्या झनै जटिल बनेको छ । कटुवालको श्रीमतिको पाठेघर अप्रेसन गर्दा थप समस्या भएको छ भने छोरालाई हर्नियाको समस्याले गर्दा अवस्था दयनीय बनेको छ । कटुवालले सम्बन्धित सवैलाई चाँडो उद्दार गरी नेपाल फर्काईदिन आग्रह गर्नुभएको छ । उहाँलाई नेपाल फर्काउनका लागि कम्पनीमा मुद्दा चलाईएको छ । उद्दारको लागि सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सूचना तथा परामर्श केन्द्रले समन्वय गरिरहेका छन्् । कम्पनीमा मुद्दा चलाईए पनि हालसम्म प्रक्रिया टुंगो लागेको छैन । कार्यरत कम्पनीले कामदार भएको तोक लगाईदिएपछि अर्थात कामदार परिचयपत्र नबिकरण गरिदिएपछि मात्र नेपाल फर्काउन सकिने प्रावधान रहेको छ । कटुवाललाई कार्यरत कम्पनीले नै अवैधानिक बनाईरहेका छन् । हाल जीतवहादुर साउदी जुगोलको दमाम आसपासमा रहनुभएको छ ।

डेढ करोड लगानीमा बेकरी उद्योग

खोटाङ भदौ–६, खोटाङको दिक्तेलबजारमा डेढ करोड रुपैंयाँ लगानीमा बेकरी उद्योग सञ्चालन गरिएको छ । एक क
Hamro Khotang

डेढ करोड लगानीमा बेकरी उद्योग

खोटाङ भदौ–६, खोटाङको दिक्तेलबजारमा डेढ करोड रुपैंयाँ लगानीमा बेकरी उद्योग सञ्चालन गरिएको छ । एक करोड ४० लाख रुपैंयाँ लगनीमा स्थानीय ५० जना उद्यमीले सिद्धलक्ष्मी बेकरी उद्योग सञ्चालन गरेका हुन् । जिल्लाकै उत्पादनलाई बिस्तार गरेर आर्थिक समृृद्धि प्राप्त गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बैंक चोकमा बेकरी उद्योग स्थापना गरी सञ्चालन गर्न सुरु गरिएको हो । हाल दिक्तेलको बैंक चोकमै बिक्रि कक्ष राखेको कम्पनीले दिक्तेलबजार, नुनथला, बुइपा, अर्खौले, हलेसी लगायतका बजारसम्म आफ्नो उत्पादनलाई पु¥याउँदै आएको उद्योगका प्रबन्धक मनोज बजिमयले बताउनुभयो ।अत्याधुनिक उपकरण प्रयोग गरेर उद्योग सञ्चालन गरिएको बजिमयको भनाई छ । दिक्तेलमा सिद्धलक्ष्मी सहकारी सञ्चालन गर्दै आएको समुहले सुरु गरेको बेकरी उद्योगमा स्थानीय २५ जना मानिसले रोजगारी पाएका छन् ।उत्पादनलाई क्रमशः छिमेकी जिल्लामा समेत बिस्तार गर्ने तयारी गरिएको सिद्धलक्ष्मी कम्पनीका अध्यक्ष छत्र बजिमयले बताउनुभयो । दिक्तेलमा उद्योगसँगै क्याफे समेत सञ्चालन गरिएको सञ्चालक समितिले जनाएको छ ।

सुनीता र जीबिहाङको नया गीत ‘समुन्द्रवारी’

काठमाडौं । नेपाली संगीत क्षेत्रमा उदयीमान गायक जीविहाङ राई र फरक स्वरकी धनी गायीका सुनिता राईको स
Hamro Khotang

सुनीता र जीबिहाङको नया गीत ‘समुन्द्रवारी’

काठमाडौं । नेपाली संगीत क्षेत्रमा उदयीमान गायक जीविहाङ राई र फरक स्वरकी धनी गायीका सुनिता राईको स्वरमा नया गीत ‘समुन्द्रवारी’ भर्खरै युट्युबमा सार्वजनिक भएको छ । दुख सुखको समिश्रण रहेको गीतको शब्द इन्द्र दुमी राईले लेखेका हुन् ।आम नेपाली यूवाहरुको वैदिशिक रोजगारमा जानुको पिडा र भोगाइलाई शब्दमा उतारेका गीतकार राईको गीतमा गीतकार स्वयं राईले संगीत भरेका छन् । राजु कार्कीको एरेन्ज तथा मिक्सिङमा रहेको गीतको भावमा पररदेशीएको युवाको पिडा पोखीएको छ । परदेशमा बसेर  गाउँमा भएकी आफ्नो प्रियसीको यादमा रुमालिएको एउटा अमुक कथा गीतमा समेटिएको छ ।माइतीको श्रेय पाएकी गायीका सुनीताको पछिल्लो स्वरमा आएको यो गीतमा स्थानीयपन झल्किएको छ । जुन स्वरमा आफ्नै रस छ । तीनै गायीका हुन जस्ले संगीतमा निकै लामै संघर्षको बाटो रोजेकी छन् पारिवारीक रुपमा ।इन्द्र आफैमा अदेखा कुशल शब्द खेलाडि हुन् । बाहिर देखा पर्न नचाहाने उनी मनको कुरा मनमै थन्काएर बेला बेला पोखाउने गर्छन । उनको कला आफैमा अनौठो छ । उनले यस्तो अवसर जुटाए । यो गीतको लिप्सिङ भिडियो बनाउँदा श्रीमतीलाईसँगै राखे । हो यो हो महानाता ।

ससुराली जाँदै गरेका पुरुष बाटोमा मृत फेला

खोटाङ भदौ–५, खोटाङमा ससुराली जाँदै गरेका पुरुष बाटैमा मृत फेला परेका छन् । खोटेहाङ गाउँपालिका–६ इ
Hamro Khotang

ससुराली जाँदै गरेका पुरुष बाटोमा मृत फेला

खोटाङ भदौ–५, खोटाङमा ससुराली जाँदै गरेका पुरुष बाटैमा मृत फेला परेका छन् । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित ससुराली जानेक्रममा धरान उपमहानगरपालिका–१९ चौकीबारीका ३५ वर्षीय समीर परियार मृत फेला परेका हुन् ।दिक्तेलबाट ससुराली जाँदै गरेका परियार सोमबार बिहान दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । परियारको मृत्युको कारण खुल्न सकेको छैन । इन्द्रेणीपोखरीबाट लिन गएका आफन्तले परियारलाई मृत फेला पारेका हुन् ।

१२ औं दिनमा भेटिए खोटाङका शिवराम

काठमाडौं ४ भदौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर १ का शिवराम गुरुङ भेटिएका छन् । २१ साउनमा काठम
Hamro Khotang

१२ औं दिनमा भेटिए खोटाङका शिवराम

काठमाडौं ४ भदौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर १ का शिवराम गुरुङ भेटिएका छन् । २१ साउनमा काठमाडौंको भिमसेनगोलाबाट हराईरहेका उनी १२ औं दिनमा फेला परेका हुन् ।खोटाङबाट उपचारका लागि काठमाडौं ल्याइएका  १६ वर्षिया उनी हराएपछि परिवारमा चिन्ता थपिएको थियो ।उनी हराएकोबारे फोटोसहित समाचार सार्वजनिक भएपछि एक व्यक्तिले शिवरामको बारेमा जानकारी दिएपछि उक्त व्यक्तिको सुचनाको आधारमा उनका परिवारले खोजी गर्दा उनी फेला परेको उनको दाजु बलराम गुरुङले जानकारी दिए । शिवराम फेलापरे सँगै उनको परिवारमा खुसी छाएको छ भने शिवरामको उपचारमा परिवार लागेको छ ।

ज्यान मार्ने उद्योगमा पक्राउ वडा सचिव पाँच लाख धरौटीमा छुटे

खोटाङ भदौ–३, ज्यान मार्ने उद्योगमा पक्राउ परेका खोटाङका दुई आरोपितमध्ये एक जना पाँच लाख रुपैंयाँ
Hamro Khotang

ज्यान मार्ने उद्योगमा पक्राउ वडा सचिव पाँच लाख धरौटीमा छुटे

खोटाङ भदौ–३, ज्यान मार्ने उद्योगमा पक्राउ परेका खोटाङका दुई आरोपितमध्ये एक जना पाँच लाख रुपैंयाँ धरौटीमा छुटेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का कर्ण राईमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोपमा पक्राउ परेका सोही नगरपालिकां–५ का वडा सचिव गोपिकृष्ण बस्नेत जिल्ला अदालतलाई पाँच लाख रुपैंयाँ धरौटी बुझाएर आइतबार छुटेका हुन् ।राईलाई २०६७ असार ७ गते स्थानीय आहालेडाँडामा ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको अरोपमा गत साउन २५ गते बस्नेत पक्राउ परेका थिए । त्यसै घटनाका अर्का आरोपी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यालय सहयोगी रामकुमार थापा भने पुर्पक्षका लागि कारागार पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो । बस्नेतको कुटपिटवाट कर्ण राई अचेत अवस्थामा रहेकाले तत्कालै किटानी उजुरी नपरेको जनाईएको छ । हाल राईको अवस्था सामान्य बनी चेत खुलेका कारण दुई जना विरुद्ध उजुरी परेपछि पक्राउ आरापीहरु पक्राउ परेका हुन् । घटनापछि कर्ण राईलाई हेलिकोप्टरमार्फत उपचारमा लगिए पनि लामो समयसम्म अचेत रहेका थिए । 

खोटाङमा तीन महिला हत्याको घटना रहस्यमै रह्यो, लामो समयसम्म पत्ता लागेन दोषी

खोटाङ भदौ–३, खोटाङमा तीन महिलाको श्रंखलाबद्द हत्या भएको लामो समय बित्दा समेत हत्यामा संलग्न दोषी
Hamro Khotang

खोटाङमा तीन महिला हत्याको घटना रहस्यमै रह्यो, लामो समयसम्म पत्ता लागेन दोषी

खोटाङ भदौ–३, खोटाङमा तीन महिलाको श्रंखलाबद्द हत्या भएको लामो समय बित्दा समेत हत्यामा संलग्न दोषी पत्ता नलाग्नुले घटना रहस्यामय बनेको छ ।  २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र त्यसपछि क्रमशः भएको दुई महिलाको हत्यामा संलग्न दोषी पत्ता अझै पत्ता लाग्न नसक्दा घटना रहस्यमय बनेको हो । किशोरी तामाङको हत्याबारे अनुसन्धान गर्दागर्दै २०७४ साल जेठ १६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्या भएको थियो । हत्याको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाए पनि तीनै जनाको हत्यामा संलग्न दोषीलाई अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन डिएसपी नविनकिशोर प्रधान हुँदै डिएसपी लोकदर्शन थापाको सरुवा हुँदासम्म महिलाको हत्यामा संलग्न दोषीको पहिचान हुन नसकेको पीडितको गुनासो छ । घटना घटेको लामो समय बित्दा समेत घटनाको कारण र संलग्न दोषी पत्ता नलाग्दा पीडित परिवार थप पिडित बनेका छन् । यसैबीच, नेकपा खोटाङका नेताले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन् । नेकपा (माओबादी केन्द्र)का नेता देवान किराती नेतृत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेट गरी तीन महिलाको हत्यारालाई पत्ता लगाएर कानुनी कारबाहीका लागि हालै ध्यानाकर्षण गराएका हुन् । भेटमा गृहमन्त्री थापाले महिलाको हत्याका विषयमा सत्यतथ्य पत्ता लगाएर कारबाहीका लागि प्रतिबद्धता जनाउनुभएको नेता किरातीले जनाउनुभयो । बिभत्स हत्याको घटना भएको लामो समयसम्म दोषी पत्ता नलाग्दा झनै त्रास बढेको स्थानीय बताउँछन् । 

खोटाङमा शिक्षक मृत फेला

खोटाङ भदौ–२, खोटाङमा एक शिक्षक मृत फेला परेका छन् । दिक्तेलस्थित दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स
Hamro Khotang

खोटाङमा शिक्षक मृत फेला

खोटाङ भदौ–२, खोटाङमा एक शिक्षक मृत फेला परेका छन् । दिक्तेलस्थित दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार बिहान मृत फेला परेका हुन् । बिगत ७ वर्षदेखि दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक भट्टराई आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । बुढीगंगा गाउँपालिका–७ मोरङ ठेगाना भएका शिक्षकको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान भइरहेको डिएसपी केसीको भनाई छ ।