newsare.net
खोटाङ असोज–१६, रुखबाट लडेर गम्भिर घाईते वनेको खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाका ईन्द्रलडेर गम्भीर घाईते राईको उपचारमा आर्थिक अभाव
खोटाङ असोज–१६, रुखबाट लडेर गम्भिर घाईते वनेको खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाका ईन्द्रकुमार राई(रमेश)को उपचारमा आर्थिक अभाव भएको छ । अरिंगाल काढ्नका लागि असोज १२ गते साँझ पात्लेको रुखमा चढ्ने क्रममा करिब डेढ सय फिट माथिबाट लडेको राईको उपचारमा आर्थिक संकट भएको हो । दोश्रो दिन १ लाख ६१ हजारमा हेलिकोप्टर चार्टर गरेर काठ्माण्डौंको मेडिकेयर अस्पतालमा पु¥याइएको राईको होस् नखुलेको आफन्त सिताराम राईले बताउनुभयो । घाईंते राईको मस्तिष्कमा गम्भीर असर पुगेकाले लामो उपचार गर्नुपर्ने बताइएको छ । घाईतेलाई लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले वडा कार्यालय खिदिमाले सोमबार आर्थिक सहयोगका लागि सिफारिस दिएको छ । आर्थिक अवस्था कमजोर भएको र आफैले उपचार गर्न सक्ने अवस्था नभएकाले सहयोगका लागि सिफारिस दिएको वडा कार्यालयले जनाएको छ । श्रीमती टिना राई समेत ब्रेन ट्यूमरको समस्याबाट पीडित भएको अवस्थामा राई पनि लडेर गम्भीर घाईते भएपछि परिवारमा संकट आइपरेको आफन्तले बताएका छन् । Read more