Select a country

फेसबुक पेजबाट संकलित रकम मृगौला पीडितलाई

खोटाङ  असोज–६, खोटाङका मृगौला पीडित वालिकाको लागि फेसबुक पेजको माध्यमबाट संकलन गरिएको रकम हस्त
Hamro Khotang

फेसबुक पेजबाट संकलित रकम मृगौला पीडितलाई

खोटाङ  असोज–६, खोटाङका मृगौला पीडित वालिकाको लागि फेसबुक पेजको माध्यमबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।  ‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालकले संकलन गरेको २२ हजार पाँच सय रुपैंयाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मृगौला पीडित ९ वर्षीय सुस्मिता बिश्वकर्मालाई हस्तान्तरण गरिएको हो ।  पुर्व–पश्चिमका ७२ युवाले सञ्चालन गरिरहेको फेसबुक पेजका सञ्चालकले शनिबार खोटाङखबर साप्ताहिकको दिक्तेलस्थित कार्यालयमा रकम हस्तान्तरण गरेका हुन् । फेसबुक पेजका सञ्चालकबाट संकलन गरिएको रकम सामाजिक दिवसको अवशर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंक आचार्यले पीडित बालिकालाई हस्तान्तरण गर्नुभएको हो । दुबै मिर्गौला प्रत्यारोपणका लागि आर्थिक समस्यामा परेका बिश्वकर्मा परिवारलाई सहयोग गरिएको फेसबुक पेजका सञ्चालक कृष्णकला राईले बताउनुभयो । बाम्राङ घर भइ हाल कतारमा रहेका युवराज थापाले पनि सुस्मितालाई शुक्रबार सुर्केडाँडा आधारभुत बिद्यालयका प्रअ सुर्यबहादुर थापामार्फत १५ हजार सहयोग प्रदान गर्नुभएको थियो । 

महुरेगढीमा भर्नाका लागि पुनः प्रवेश परीक्षा खुल्यो

खोटाङ ७ असोज । खोटाङको महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट नुन्थलामा तीन वर्षे प्रमाणपत्र तहमा भर
Hamro Khotang

महुरेगढीमा भर्नाका लागि पुनः प्रवेश परीक्षा खुल्यो

खोटाङ ७ असोज । खोटाङको महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट नुन्थलामा तीन वर्षे प्रमाणपत्र तहमा भर्ना हुन चाहनेका लागि पुनः प्रवेश परीक्षा खुला गरिएको छ ।केही कोटा रिक्त रहेको भन्दै इन्ष्टिच्युटले पुनः परीक्षा खुल्ला गरेको हो । १० असोजसम्म फर्म बुझाउनेले पुनः परीक्षामा सहभागी हुन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालित परीक्षामा सम्मिलित भई पास लिष्टमा परेका तर अन्य शिक्षालयमा भर्ना नभएका प्रशिक्षार्थीले पनि शिक्षालयमा भर्ना गर्न सक्ने बताइएको छ । पुनः परीक्षाका लागि १५ सय शुल्क तोकिएको छ ।

खोटाङमा आगलागी हुँदा दुई घर नष्ट

खोटाङ असोज–६, खोटाङस्थित साकेला गाउँपालिका–२ रतन्छामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । शु
Hamro Khotang

खोटाङमा आगलागी हुँदा दुई घर नष्ट

खोटाङ असोज–६, खोटाङस्थित साकेला गाउँपालिका–२ रतन्छामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । शुक्रवार अचानक भएको आगलागीमा परी सोही स्थानका बुर्जाबहादुर राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे गोर्लामका नैनबहादुर राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएकोहो ।  अगेनाबाट सुरु भएको आगलागीमा बुर्जाबहादुरको एक तले घर, घरभित्र रहेका अन्न, नगद १० हजार, लत्ता कपडा जल्दा करिब ४ लाख बराबरको क्षती भएको छ ।  यस्तै, आगलागीमा नैनबहादुरको एउटा गोरु, एउटा सुँगुर, मकैको थाँक्रो, नगद १५ हजार ५ सय, ४० वाटको सोलार लगायतका धनमाल डढेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । नैनबहादुरको घर तथा घरमा भएका घरायसी सामान जल्दा करिब ५ लाखको क्षती भएको प्रहरीले जनाएको छ । सुस्त मनोस्थितिका श्रीमतीले चलाएको आगोका कारण घटना भएको स्थानीयको अनुमान छ । 

फेसबुक पेजवाट संकलित रकम मृगौला पीडितलाई

खोटाङ  असोज–६, खोटाङका मृगौला पीडित वालिकाको लागि फेसबुक पेजको माध्यमवाट संकलन गरिएको रकम हस्त
Hamro Khotang

फेसबुक पेजवाट संकलित रकम मृगौला पीडितलाई

खोटाङ  असोज–६, खोटाङका मृगौला पीडित वालिकाको लागि फेसबुक पेजको माध्यमवाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।  ‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालकले संकलन गरेको २२ हजार पाँच सय रुपैंयाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मृगौला पीडित ९ वर्षीय सुस्मिता बिश्वकर्मालाई हस्तान्तरण गरिएको हो ।  पुर्व–पश्चिमका ७२ युवाले सञ्चालन गरिरहेको फेसबुक पेजका सञ्चालकले शनिबार खोटाङखबर साप्ताहिकको दिक्तेलस्थित कार्यालयमा रकम हस्तान्तरण गरेका हुन् । फेसबुक पेजका सञ्चालकबाट संकलन गरिएको रकम सामाजिक दिवसको अवशर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंक आचार्यले पीडित बालिकालाई हस्तान्तरण गर्नुभएको हो । दुबै मिर्गौला प्रत्यारोपणका लागि आर्थिक समस्यामा परेका बिश्वकर्मा परिवारलाई सहयोग गरिएको फेसबुक पेजका सञ्चालक कृष्णकला राईले बताउनुभयो । बाम्राङ घर भइ हाल कतारमा रहेका युवराज थापाले पनि सुस्मितालाई शुक्रबार सुर्केडाँडा आधारभुत बिद्यालयका प्रअ सुर्यबहादुर थापामार्फत १५ हजार सहयोग प्रदान गर्नुभएको थियो । 

मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फस्र्यौट गर्न बाँकी

खोटाङ असोज–३, खोटाङमा मानव अधिकार उल्लङ्घनका ४९ वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेको देखिएको छ । र
Hamro Khotang

मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फस्र्यौट गर्न बाँकी

खोटाङ असोज–३, खोटाङमा मानव अधिकार उल्लङ्घनका ४९ वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेको देखिएको छ । राष्ट्रिय मानव अधिकार आयोग १ नम्बर प्रदेश शाखा कार्यालय दिक्तेलमा परेका उजुरीमध्ये ४९ उजुरीको किनारा लाग्न बाँकी रहेको हो । २०६४ साल यता उक्त कार्यालयमा दर्ता भएका मुद्दा समेत फस्र्यौट गर्न बाँकी रहेको शाखाका निमित्त प्रमुख सुवोध पोखरेलले वताउनुभयो । द्वन्द्वकालिन मुद्दा समेत किनारा लाग्न बाँकी रहेको निमित्त प्रमुख पोखरेलको भनाई छ ।हत्याका १२, विस्थापित सम्बन्धी ९ वटा, महिला अधिकार सम्बन्धी ६ वटा, बेपत्ता सम्बन्धी ५ वटा, सम्पत्ती कब्जा सम्बन्धी ५ वटा मुद्दा किनारा लाग्न बाँकी रहेको आयोगले जनाएको छ । यस्तै, यातना सम्बन्धी ५ वटा, गैर–कानूनी थुना सम्बन्धी २ वटा, जातीय विभेद सम्बन्धी २ वटा, स्वास्थ्य अधिकार सम्बन्धी १ वटा र अन्य १ वटा मुद्दा समेत फस्र्यौट बाँकी रहेको जनाइएको छ । 

नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा ई–हाजिरी

खोटाङ असोज–३,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने सवै माध्यमिक तहका साम
Hamro Khotang

नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा ई–हाजिरी

खोटाङ असोज–३,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने सवै माध्यमिक तहका सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु गरिएको छ । शिक्षकहरु समयमा विद्यालय नजाने तथा गएर पनि समय अगाडि नै विद्यालय छाड्ने क्रम बढेकाले नियन्त्रण गर्न नगरपालिकाभित्र पर्ने   १८ वटा माध्यमिक तहका विद्यालयमा ई–हाजिरी शुरु गरिएको हो । सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु भएपछि शिक्षकहरु समयमै विद्यालय आउन थालेको  नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । विद्यालयमा जडान गरिएको ई–हाजिरीको रिपोर्ट सिधै नगरपालिकामा आउने गरी व्यवस्था मिलाइएको नगरपालिकाका सुचना प्रविधि अधिकृत सुवास राईले बताउनुभयो । नगरपालिकाको लगानीमा जडान गरिएको ई–हाजिरी इन्टरनेटको माध्यमबाट सिधै कार्यालयसँगै जोडिएको जनाइएको छ । नगरपालिकाभित्र पर्ने माध्यमिक तहको १८ वटा सामुदायिक विद्यालयमा १ सय ८२ जना शिक्षक रहेका छन् ।  

ससफो र आदिवासी जनजाति महासंघद्वा संबिधान दिवस अस्विकार

खोटाङमा सङ्घीय समाजबादी फोरमले संबिधान दिवसमा सहभागीता जनाउन अस्विकार गरेको छ । आफ्नो पार्टी वर
Hamro Khotang

ससफो र आदिवासी जनजाति महासंघद्वा संबिधान दिवस अस्विकार

खोटाङमा सङ्घीय समाजबादी फोरमले संबिधान दिवसमा सहभागीता जनाउन अस्विकार गरेको छ । आफ्नो पार्टी वर्तमान सरकारमा समाबेस भए पनि नेपालको संबिधानप्रति असहमती, बिरोध र फरक धारणा यथावत रहेको भन्दैै सङ्घीय समाजबादी फोरम जिल्ला कार्य समितिले बुधबारको संबिधान दिबस मनाउने कार्यक्रममा सहभागिता जनाउन अस्विकार गरेको हो । संबिधान संशोधन गर्दै संबिधानमा भएका कमिकमजोरीलाई सच्याएर प्राप्त अधिकार संरक्षण गर्ने शर्तमा वर्तमान सरकारमा पार्टी समाबेश भए पनि माग सम्बोधन गर्न बाँकी रहेको भन्दै फोरमले बुधबार बिज्ञाप्ती निकाल्दै संबिधान दिबस बिशेष कार्यक्रममा सहभागीता नजनाएको हो । शसर्त सरकारमा सहभागी भए पनि हालसम्म संबिधान संशोधनको मुद्धा सम्बोधन हुन बाँकी रहेकाले संबिधान दिबसमा सहभागीता नजनाइएको संघीय समाजबादी फोरम खोटाङका अध्यक्ष नबिन राईले बताए । यसैबीच, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले पनि संबिधान दिबसमा सहभागीता जनाएनन् । विभिन्न चरणमा राज्य र महासंघबीच भएको सम्झौता कार्यन्वयन नभएकाले संबिधान दिबस नमनाउने निर्णय गरिएको महासंघले जनाएको छ । 

मानव अधिकार रक्षाका लागि पत्रकारसँग अन्र्तक्रिया

खोटाङ असोज–२, खोटाङमा मानव अधिकार रक्षाका लागि मानव अधिकारकर्मी र पत्रकारवीच छलफल तथा अन्र्तक्र
Hamro Khotang

मानव अधिकार रक्षाका लागि पत्रकारसँग अन्र्तक्रिया

खोटाङ असोज–२, खोटाङमा मानव अधिकार रक्षाका लागि मानव अधिकारकर्मी र पत्रकारवीच छलफल तथा अन्र्तक्रिया सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग १ प्रदेश शाखा खोटाङको आयोजनामा मानव अधिकार हननका घटना न्युनिकरण तथा पीडितलाई न्याय दिलाउने विषयमा मंगलवार छलफल तथा अन्र्तक्रिया गरिएको हो । आयोगको कार्यालय दिक्तेलवजारमा आयोजना गरिएको कार्यक्रममा हालै खोटाङमा आउनुभएको कार्यालयका निमित्त प्रमुख सुवोध पोखरेल लगायतका मानव अधिकारकर्मी, पत्रकार महासंघका अध्यक्ष दमन राई, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य लगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । छलफल तथा अन्र्तक्रियावाट मानव अधिकारलाई मजवुत वनाउन अधिकारकर्मी र सञ्चारकर्मीवीच आपसी तालमेल र कार्यगत सहकार्य गर्नुपर्ने निष्कर्ष निकालिएको वताईएको छ । अन्यायमा परेका सम्वन्धित पीडितलाई आयोगसम्म पु¥याउन र पीडकलाई सजायको लागि सिफरिस गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहनुपर्ने निमित्त प्रमुख पोखरेलले जनाउनुभयो । पोखरेलका अनुसार पत्रकारको जिम्मेवारीपूर्ण भूमिकाविना मानव अधिकारलाई मजवुद वनाउन असम्भव हुन्छ । आयोगमा दर्ता भएको र अनुसन्धानमा भएका हरेक घटनाहरुको वारेमा दिन मिल्ने अपडेट(घटनाक्रम)वारे जिल्लाका सञ्चारकर्मीलाई उपलव्ध गराउन सञ्चारकर्मीले गरेको प्रस्ताव पारित भएको छ । उक्त कार्यालयमा २०६६ सालदेखि दर्ता भएकामध्ये मानव अधिकार हनन्सम्वन्धी विभिन्न प्रकृतिका ४९ वटा घटना अनुसन्धानको क्रममा रहेको जानकारी गराईएको छ । छलफलमा जिल्लाका विभिन्न स्थानमा भएको वलत्कारपछिको हत्या लगायतका  घटनाहरुमा संलग्न दोषी लामो समयसम्म पत्ता नलागेको विषयमा समेत  छलफल भएको छ । 

एक कक्षामा अध्ययनरत ७५ वर्षिया जुरीमायाँ राईको कुरा, – छिटो जन्मिनु भुल भयो,, ( भिडियो रिपोर्टसहित)

रामधन राई/खोटाङभदौ–१३, कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रन
Hamro Khotang

एक कक्षामा अध्ययनरत ७५ वर्षिया जुरीमायाँ राईको कुरा, – छिटो जन्मिनु भुल भयो,, ( भिडियो रिपोर्टसहित)

रामधन राई/खोटाङभदौ–१३, कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती–पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’ जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि केटाकेटीलाई नियन्त्रण गर्न सकिन्छ की भनेर आफ्नै दुमी राई लवजमा हर्कानुहुन्छ–‘तिम्हारलाई मार्दिन्छु है म त फेरि, चकचक नगरी बस न हन !’ तर एक कक्षाको बालबच्चा न हुन् चाला उस्तै । ‘मलाई त झिजो हुन्दैना, म हाकारिम् दिन्छु झिजो गर्छन् भने अनि, हजुरआमा भन्छन्, बजु भन्छन् ।’ वसेर लेख्दा वच्चाहरुले हल्लाईदिने हुनाले उहाँ उभी–उभी लेख्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘गर्छन् नै डिस्टव त तर बानी भएछ अव त केई जस्तो लाग्दैन सर !’    बिक्रम सम्बत २००१ साल साउन ८ गते विहिबार जन्मनुभएको खोटाङ बाक्सिलाकी जुरीमायाँ राई २०७५ साल साउन ६ गते आईतवार कक्षा एकमा भर्ना हुनुभएको हो । केपिलासगढी गाउँपालिकामा पर्ने वाक्सिलाकी राईले लेखपढ गर्ने अधुरो धोका पूरा गर्न दिक्तेलवजारस्थित सरस्वती माविमा भर्ना हुनुभएको हो । उहाँको रोल नम्बर ३१ रहेको छ ।तीन बर्ष अघि वित्नुभएको जुरीमायाँको श्रीमान पूर्व व्रिटिस लाहुरे हुनुहुन्थ्यो । जुरीमायाँको जमानामा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमानसँग पल्टन(मरक्का)मा रहँदा पढ्न सूरु गर्नुभएको थियो । तर त्याहाँ बसेको एक महिना वित्न नपाउँदै हङकङ सर्नुपरेको कारण उहाँको पढ्ने धोको अधुरै रहेको थियो । सोही अधुरो धोको पूरा गर्न उहाँ अहिले एक कक्षाको विद्यार्थी बन्नुभएको छ । https://youtu.be/W99WUW6ZoJM एक बर्षदेखि दिक्तेलवजारमा कोठा भाडामा लिएर एक्लै वसोवास गर्दै आउनुभएको जुरीमायाँको धोको किताव पढ्न सक्ने र लेख्न सक्ने बन्नु रहेको छ । विद्यालयमा वाह्रखरी र अंकहरु सिक्दै गर्नुभएको वृद्दा राईलाई वाईवल पढ्न सक्ने वन्नु छ । क्रिस्चियन धर्मावलम्वी राई भन्नुहुन्छ–‘सेवामा जान्छु, कहिलेकाहीँ नवुझेको कुरा सोध्दा हल्ला भयो भन्छन् ।’ उहाँको अनुसार नवुझेको कुरा आफैले पढेर वुझ्न सक्ने हुनुपर्ने छ । त्यसैले उहाँ विद्यालयको नियमित विद्यार्थीको रुपमा विहान १० वजेदेखि वेलुकी ३ः२० सम्म सरस्वती माविको कक्षा–एकभित्रै रहनुहुन्छ । आफ्नो कोखवाट सन्तान नभएपछि कान्छी श्रीमतिको रुपमा उहाँको श्रीमानले अर्को विवाह गर्नुभएको थियो । कान्छीतर्फवाट जन्मेको ४ छोरी र दुई छोराले पनि राम्रो नपढेकोमा शिक्षाप्रेमी जुरीमायाँको गुनासो छ । श्रीमानको तीन बर्ष अघि मृत्यु भईसकेको छ । छोराछोरी सवैले आ–आफ्नै लय समातिसकेका छन् । श्रीमानको पेन्सन जेठी–कान्छीले आधा–आधा थाप्ने सर्तमा दुवै छुट्टाछुट्टै रहेका छन् । नाती–नातिनीलाई धेरै पढेको हेर्न चाहाने जुरीमायाँ मसिना बालवच्चासँगै वसेर सिक्न पाउँदा खुशी लागेको वताउनुहुन्छ । शिक्षकहरुसँग कुनै अप्ठ्यारो नमान्नुहुने उहाँ कक्षाकोठातिर देखाउँदै भन्नुहुन्छ–‘मलाई त यहाँ आनन्द छ , एकदमै खुशी छु ।’ अहिले उहाँले अंक जोड्न, अक्षर पढ्न र सार्न समेत सक्नुहुन्छ । उहाँ विहान वेलुकी खाना पकाउने, खाने अनि वाँकी रहेको समयमा लेख्न,पढ्न सिक्नुहुन्छ । ‘अलिअलि त पढ्न सक्छु जस्तो लाग्दैछ ।’ हँसिलो मुद्रामा सुनाउनुहुन्छ । जुरीमायाँले एक महिनाको अवधीमा नै निक्कै प्रगति गर्नुभएको विद्यालयका शिक्षक नुरकाजी सैंजुको भनाई छ । अध्ययनमा रुचि तथा चासो र नियमित उपस्थितीका कारण छोटो समयमा नै उहाँले लेखेको सार्न, तथा अंकहरु जोड्न सक्ने हुनुभएको कक्षा शिक्षक सैंजुले जनाउनुभयो । सैंजुका अनुसार बृद्दा राईले पढ्नमा भोक जगाईदिनका लागि शिक्षकहरुलाई आग्रह गर्ने गर्नुभएको छ ।‘मेरो आमा ७८ बर्षमा खस्नुभएको, ७५ बर्षको आमालाई पढाउन पाउँदा गर्व लागिरा’छ, धर्म पनि कमायौं की भन्ने लागिरा’छ ।’ शिक्षक सैंजुले भन्नुभयो–‘यो हामी सबैको गौरवको कुरा हो ।’सरस्वती मावि पछिल्लो समय शैक्षिक, भौतिक लगायत विभिन्न हिसावले जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित छ ।

निर्मलाको परिवारलाई न्यायको माग गर्दै खोटाङमा प्रदर्शन

असोज १, खोटाङ  बलत्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको परिवारलाई न्याय द
Hamro Khotang

निर्मलाको परिवारलाई न्यायको माग गर्दै खोटाङमा प्रदर्शन

असोज १, खोटाङ  बलत्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको परिवारलाई न्याय दिलाउन माग गर्दै खोटाङमा प्रर्दशन गरिएको छ । निर्मलालाई बलात्कारपछि हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै सोमवार नेपाल महिला संघ खोटाङले दिक्तेलवजारमा प्रदर्शन गरेको हो । घटनाको ५४ औं दिन बित्दा समेत बालिका हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै प्रर्दशन गरेका नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले वताए । पीडितलाई न्यायको प्रत्याभुती दिलाउनका लागि दवाव स्वरुप बिरोध प्रदर्शन गरिएको अध्यक्ष राईको भनाई छ । बिरोध जुलुसका क्रममा कांग्रेसका जिल्ला नेताहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषी पत्ता लगाउनुको सट्टा प्रहरीले उल्टै प्रमाण नष्ट गरेर पीडितलाई झनै पिडित बनाउने काम गरिएको भन्दै बिरोध जनाएका छन् ।                                           

वैदेशिक रोजगारीको रेमिट्यान्स अंग्रेजी पढाउन खर्च

रामधन राई/खोटाङअसोज–१, वैदेशिक रोजगारीवाट खोटाङ भित्रिने अधिकांश रेमिट्यान्स वालवालिकाको पठनप
Hamro Khotang

वैदेशिक रोजगारीको रेमिट्यान्स अंग्रेजी पढाउन खर्च

रामधन राई/खोटाङअसोज–१, वैदेशिक रोजगारीवाट खोटाङ भित्रिने अधिकांश रेमिट्यान्स वालवालिकाको पठनपाठनमा खर्च हुने गरेको पाईएको छ । वैदेशिक रोजगारीको लागि खाडी तथा मलेसिया लगायतका देशहरुमा गएका कामदारहरुवाट आएका रेमिट्यान्स दिक्तेलवजार लगायतका शहरहरुमा वालवालिका पढाउन खर्च गरिएको पाईएको हो ।जिल्ला भित्रिने रेमिट्यान्स बढी मात्रामा शहरवजारका वोर्डिङ स्कुलहरुमा वालवालिका भर्ना गराई अंग्रेजी माध्यममा पठनपाठन गराउँदा खर्च हुने गरेको अध्ययनले देखाउँछ । साविकको सदरमुकाम दिक्तेलवजार अर्थात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालन गरिएका ५ वटा अंग्रेजी माध्यमका निजी विद्यालयहरुमा २७ प्रतिशत वालवालिका वैदेशिक रोजगारीमा गएकाको छोराछोरी पाईएको छ । जसमध्ये सदरमुकाम वाहिरवाट आएर भाडा(डेरा)मा वसेका अभिभावकका वालवालिका वोर्डिङ स्कुलमा अध्ययन गरिरहेको तथ्याङ्क रहेको छ । सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) , वालसेवा समाज नेपाल, नेर्पा र नवकिरण सेवा समाज दुर्छिमले हालै संकलन गरेको निजी निजी विद्यालय स्तरीय तथ्याङ्क अनुरुप अंग्रेजी भाषामा पठनपाठन गराउनकै लागि उल्लेख्य अभिभावक दिक्तेलबजार वस्ने गरेको पाईएको हो । परियोजना अन्तर्गत वालसेवा समाजका विद्यालय तथा आमसञ्चार कार्यक्रम संयोजक ओजोनवावु आचार्यका अनुसार दिक्तेलवजारमा सञ्चालित माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुल, दिक्तेल ईङ्लिस बोर्डिङ स्कुल, हिलसाईड वोर्डिङ स्कुल(स्याम्पल एकेडेमी) आदर्श शिक्षा सदन, र समता स्कुलमा अध्ययन गरिएको थियो । पाँच विद्यालयको कूल दुई हजार ७ सय १९ विद्यार्थीमध्ये ७ सय ३८ विद्याथी विद्यार्थी वैदेशिक रोजगारीमा गएकाको छोराछोरी रहेका छन् । जसमध्ये केही वाहेक प्राय सवै दिक्तेलवजार वाहिरको रहेको पाईएको कार्यक्रम संयोजक आचार्यले जनाउनुभयो । गाउँगाउँमा वोर्डिङ स्कुल सञ्चालन भईरहेको अवस्थामा समेत १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानवाट वैदेशिक रोजगारीमा जानेको ५ सय ४३ वालवच्चा बोर्डिङ स्कुलमा अध्ययनरत छन् । अभिभावक स्वयम समेत दिक्तेलवजारमा भाडामा  वसेर पठनपाठन गराउने वैदेशिक रोजगारीमा जानेको कूल वालवालिकामध्ये केपीलासगढी गाउँपालिकावाट ४३, हलेसी तुवाचुङ नगरपालिकावाट ३४, साकेला गाउँपालिकावाट ३७ जना, रावावेंसी गाउँपालिकावाट ७ जना वालवालिका रहेका छन् । यस्तै, वैदेशिक रोजगारीमा वुवा अर्थात आमा भएका दिपु्रङ चुईचुम्मा गाउँपालिकाका २५, ऐंसेलुखर्क गाउँपालिकाका ५ र खोटेहाङ गाउँपालिकावाट २ जना वच्चाहरु दिक्तेलवजारको वोर्डिङ स्कुलहरुमा अध्ययनरत छन् ।   वैदेशिक रोजगारीमा जाने परिवारका दिक्तेलवजारमा अध्ययन गर्ने विद्यार्थीमध्ये सवै भन्दा वढी जनजाति ४ सय १९ जना रहेका छन् । यस्तै, व्राम्हण, क्षेत्री, सन्यासी २ सय ७५ र दलित ४४ जना रहेका छन् । दिक्तेलवजारका वोर्डिङहरुमा अध्ययन गर्ने वैदेशिक रोजगारीमा गएकाको छोराछोरीमध्ये छात्रा ३ सय १७ र छात्र ४ सय २१ जना रहेका छन् ।दिक्तेलवजारमा कोठा भाडामा लिएर वच्चालाई पढाउन एक वच्चा–एक अभिभावक वरावर वार्षिक सरदर एक लाख ६२ हजार रुपैंयाँ खर्च हुने देखिन्छ । दिक्तेलवजारका वोर्डिङ स्कुलहरुमा भर्ना शुल्क सरदर ३ हजार रुपैंया हुन आउँछ । यस्तै, सरदरमा भर्ना १ हजार र तीन जोर ड्रेसलाई मासिक ५ सयको हिसाव राख्न सकिन्छ । बच्चालाई टिफिन लगायत अन्यमा मासिक १ हजार खर्च हुने गरेको अभिभावक स्वयम वताउँछन् ।  वजार तथा आसपासका कोठा भाडा सरदर २ हजार रुपैंयाँ रहेको छ । खाना तथा खाजाको लागि मासिक ६ हजार मात्र छुट्याउँदा पनि वार्षिक २ लाखको हाराहारीमा खर्च  हुने गरेको अभिभावक वताउँछन् । जिल्लामा मासिक करोडौं रुपैंयाँ रेमिट्यान्स भित्रिने गर्दछ । रेमिट्यान्समधये सवैभन्दा वढी जग्गा रिद तथा घर निर्माणमा खर्च हुने पाईएको छ । त्यसपछि क्रमश : घर खर्च, शिक्षा तथा स्वास्थ्य र ऋण तिर्नमा खर्च हुने गरेको तथ्याङ्क रहेको छ । 

...भन्दा फरक संगीतकार डक्टर किरात

माक्पाली कान्छाकाठमाडौं । नेपाली संगीतमा छुट्टै धारको नेतृत्व गरिरहेका संगीतकार डक्टर किरात सम
Hamro Khotang

...भन्दा फरक संगीतकार डक्टर किरात

माक्पाली कान्छाकाठमाडौं । नेपाली संगीतमा छुट्टै धारको नेतृत्व गरिरहेका संगीतकार डक्टर किरात सम्बद्ध गीती एल्वमको सार्वजनिक भएको छ । गीतकार दिलिप राई सगरको सोलो शब्दमा रहेको एल्वममा उनको सोलो संगीत रहेको एल्वममा ५ वटा संगीत रहेको छ । अन्य संगीतको बजारमा भेटिने संगीतकारहरु भन्दा फरक किसिमको सांगीतिक यात्रामा रहेका उनले यो तस्विर एल्वमा समेत फरक पहिचान बनाउन कोशिस गरेका छन् । शास्त्रिय संगीतका गुरु तथा वैचारिक अभियान्ता र सामाजिक आन्दोलनका अगुवा समेत रहेका संगीतकार डक्टर किरातको बारेमा विमोचन कार्यक्रमको अवसरमा धेरैकोणबाट कुराहरु उठेका छन् । एल्वममा रहेको गीतहरुको विषयलाई लिएर सबैले फरक फरक टिप्पणी भए । उनको सिर्जना अब्वल रहेको बताइयो । कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली साहित्यमा मुन्धुमी चेत खोल्ने वरिष्ठ कवि तथा गीतकार भुपाल राईले डक्टर किरातको बारेमा विषयवोध गराएका छन् । उनले डाक्टरलाई एउटा बजारे संगीतकारमात्र भएर बस्ने छुट नभएको बताए । उनले भने, ‘डाक्टर किरातलाई संगीतकार बन्ने नाममा एउटा चल्तिको  बजारे संगीतकार बन्ने छुट छैन ।’ उनले धेरै चेलाचेलीको गुरु बन्नु पर्ने, वैचारिक हिसावले एक महान अभियान्ता बनेर विचारको नेतृत्व गर्नु पर्ने र सामाजिक आन्दोलनको अगुवाईमा समेत उतिकै जिम्मेवार भएर अगाडि बढ्नु पर्ने थुप्रै बाध्यता रहेको भुपाल राईको भनाई थियो । बाहिर देखिएको अवयवको संगीतकार भन्दा फरक किसिमको प्रतिभा रहेका डाक्टर किरातको अवको यात्रा कठिन चुनौतिपूर्ण तर सुन्दर रहेको उनको अभिव्यक्ति रहेको छ । कार्यक्रमका विशेष अतिथि वरिष्ठ गायक तथा संगीतका शम्भु राईले डाक्टर किरातको नाफै काफी रहेको भन्दै उनको सांगीतिक सिर्जनाहरुले सबैको मनछुने बताए । संगीतको सरोवरमा पौडिने र हेलिने क्रममा डाक्टर किरातले गहिराई र उचाई नापीसकेकाले उनको यात्रा चानचुने नभएको शम्भु राई बताएका छन् । अर्का विशेष अतिथी वरिष्ठ गायीका विमला राईले नेपालको वर्तमान संगीतको बजारमा डाक्टर किरातहरु जस्तो संगीतकारहरुको खाँचो रहेको बताए । उनले अहिलेका गीत तथा संगीतले जीवन्तता प्रदान नगर्ने भएकाले यो दुईदिनमा चर्चा कमाउने अनि सेलाउने खालका हुन्छन् । तर डाक्टर किरातको संगीतले जीवन दिने कुरामा कुनै दूई मत नरहेको उनको भनाइ रहेको छ । कार्यक्रममा भोजपुर जिल्लाबाट संघीय सभामा प्रतिनिधीत्व गर्ने सदस्य सांसद सुदन किरातीले डाक्टर किरात सांगीतिक बजार एक नक्षत्र जस्तै भएको बताएका छन् । जनताको गीत गाउँदै समाज परिर्वतनको यात्रामा निरन्तर लागि रहेका किरातको आगामि दिनको शुभकामना समेत उनले व्यक्त गरे । यस्तै सोलुखुम्बुका सांसद  हेमकुमार राईले डाक्टर किरात र दिलिप राई सगरको एल्वम इतिहाँसको एउटा कोशेढुँगा सावित हुने बताए । कार्यक्रममा संगीतकार किरातले दुईवटा गीत लाईभ गाएका थिए । भने एउटा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।  

गाडिएको दुई दिनपछि शव उत्खनन

खोटाङ  भदौ–३१, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ खमारेमा गाडिएको शव दुई दिनपछि उत्खनन
Hamro Khotang

गाडिएको दुई दिनपछि शव उत्खनन

खोटाङ  भदौ–३१, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ खमारेमा गाडिएको शव दुई दिनपछि उत्खनन उत्खनन् गरिएको छ । अस्वभाबिक मृत्यु भएको जानकारी आएपछि सोही स्थानका ४५ वर्षीय भीमबहादुर राईको शव प्रहरीले दुई दिनपछि उत्खनन् गरी निकालेको हो । भदौ २८ गते कालगतिले स्वभाविक मृत्यु भएको भन्दै सोही दिन दाहसंस्कार गरिएको राईको शव विष सेवनबाट मृत्यु भएको जानकारी आएपछि पोष्टमार्टमका लागि निकालिएको प्रहरीले जनाएको छ । शनिबार साँझ निकालिएको शव पोष्टमार्टमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।  दाजुभाईले कालगतीले मृत्यु भएको बताए पनि छिमेकीले विष सेवनबाट राईको मृत्यु भएको भन्दै खबर गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको डिएसपी केसीले बताउनुभयो । 

विद्यालय उमेरका बालबालिका ‘विद्यालय बाहिर नरहेको घोषणा’

खोटाङ भदौ–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका ५ देखि १२ वर्ष उमेरका बा
Hamro Khotang

विद्यालय उमेरका बालबालिका ‘विद्यालय बाहिर नरहेको घोषणा’

खोटाङ भदौ–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्ति भएको छ । नगरपालिकाभित्रका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि नगरपालिकालाई सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको छ । १५ वडा रहेको नगरपालिकालाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले शुक्रबार बाल दिवसको अवसर पारेर उक्त घोषणा गर्नुभएको हो । श्रोतव्यक्ति मार्फत गरिएको घरधुरी सर्वेक्षणका क्रममा भेटिएका ५ देखि १२ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गरिएको थियो । विद्यालय वाहिर रहेका विद्यार्थीलाई समेत विद्यालयमा भर्ना गराईएपछि नगरपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको स्थानीय तह घोषणा गरिएको शिक्षा बिकास तथा समन्वय ईकाई खोटाङका प्रमुख ठाकुर दाहालले बताउनुभयो । यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एसइईको परीक्षामा उत्कृष्ट अंक ल्याएर उतीर्ण गर्ने छात्र÷छात्रालाई सम्मान गरेको छ । नगरपालिकाभित्रका बिद्यालयमध्येबाट शैक्षिक सत्र २०७४÷०७५ मा उत्कृष्ट अंक ल्याएर एसईई उतीर्ण गर्ने पञ्च माबि दिक्तेलका छात्र सचिन पोखरेल र सरस्वती माबि दिक्तेलकी छात्रा सविना खत्रीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जनही ५ हजारका साथमा सम्मानपत्र प्रदान गर्नुभएको छ । 

फरक धारको गीतसँगै गायीका मिना (भिडियो सहित)

काठमाडौं । नेपाली गीत संगीतमा चर्चाको शिखर उक्लदै गरकी गायीका मिना राईले ‘आउन नाचौँ नाचौँ कान्छा
Hamro Khotang

फरक धारको गीतसँगै गायीका मिना (भिडियो सहित)

काठमाडौं । नेपाली गीत संगीतमा चर्चाको शिखर उक्लदै गरकी गायीका मिना राईले ‘आउन नाचौँ नाचौँ कान्छा’ बोलको नयाँ गीत लिएर बजारमा आएकी छन् । यो वर्षमात्र आधा दर्जन बढी गीत गाएर चर्चामा रहकी उनको योगीत टुविन्स ब्रो लक्षमण गुरुङले लेखेका हुन् ।पछिल्लो समयमा सुगम संगीतमा रमाई रहेका दिपक राई बान्तावाको संगीतमा रहेको उक्त गीतलाई मिनाले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वनजिक गरेकी हुन् । गीत संगीतमा रमाईलो सँगै जीवनको यर्थातताको खोजि गर्ने गायीका मिनाको पुरानै शैलि जस्तै बनेको यो गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका हुन् । भर्जिन रेर्कडिङ स्टुडियोमा तयार पारिएको गीतको रेकर्डिङ कुमार सिंजालीले गरेका हुन् ।अरु भन्दा फरक किसिमका गीत गाउन सौखिन मिनाको प्राय गितहरुमा नारी पात्रले पुरुष पात्रलाई प्रेमको आव्हान गर्ने लाईनमा रहेको पाइन्छ । यस अघि ‘अलिकती पिरतीको बैना देउ, डिम्पल मायालु, माझीदाई जस्ता गीतहरुमा उनको फरक धार रहेको आम दर्शक श्रोताले बताएका छन् । यहि फरकधारका कारण उनी अहिले देश विदेशका कार्यक्रमहरुमा सबैको रोजाईमा पर्न थालेकी छन् ।  (भिडियो हेर्न तल जानुहोस...)https://www.youtube.com/watch?v=My3EHjmP3d8 

दिक्तेलवजारमा भव्य बाल दिवस

खोटाङ, भदौ २९– खोटाङको दिक्तेलवजारमा विभिन्न कार्यक्रमको आयोजना गर्दै बाल दिवस मनाइएको छ । बाल दि
Hamro Khotang

दिक्तेलवजारमा भव्य बाल दिवस

खोटाङ, भदौ २९– खोटाङको दिक्तेलवजारमा विभिन्न कार्यक्रमको आयोजना गर्दै बाल दिवस मनाइएको छ । बाल दिबसको अवशरमा बालमञ्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कबिता, बक्तृत्वकला र एकल नृत्य प्रतियोगीता सञ्चालन गरेको छ । समिक्षालय हलमा आयोजित बक्तृत्वकला प्रतियोगीतामा साबित्रा माबि बाम्राङकी ममता पाण्डे प्रथम, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका बिजय पाण्डे दोश्रो, दिक्तेल इंलिस बोर्डिङ स्कुलका एस्तर दाहाल तेश्रो र कालिका माबि नेर्पाका निरुता चामलीङ शान्त्वना हुनुभएको छ । कबिता प्रतियोगीतामा सुर्केडाँडा माबिका सुस्मिता दाहाल प्रथम, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका मौसम आचार्य दोश्रो, दिक्तेल इंलिस बोर्डिङ स्कुलका अनिमा दाहाल तेश्रो र जनता आधारभुत विद्यालयका हेमान आचार्य शान्त्वना हुनुभएको छ । यस्तै, एकल नृत्यतर्फ माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका डेनिजा राई प्रथम, एलिना राई दोश्रो र दिक्तेल इंलिस बोर्डिङ स्कुलका इसा राई तेश्रो हुनुभएको बाल सेवा समाजका प्रमोद आचार्यले बताउनुभयो । 

‘दुई हजारको ठाउँमा एक लाख आम्दानी !’

प्रमिला दाहाल/खोटाङभदौ–२९,   वीरवहादुर पुरीको त्यही जग्गा हो जहाँ बर्षभरिको खेतिलाई पैसामा हि
Hamro Khotang

‘दुई हजारको ठाउँमा एक लाख आम्दानी !’

प्रमिला दाहाल/खोटाङभदौ–२९,   वीरवहादुर पुरीको त्यही जग्गा हो जहाँ बर्षभरिको खेतिलाई पैसामा हिसाव गर्दा दुई हजार रुपैंयाँ वरावरको उत्पादन हुने ग¥थ्र्यो । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्कका ५० वर्षिय पुरीले हाल सोही जग्गामा बार्षिक एक लाख रुपैंयाँ वरावरको उत्पादन गर्ने मेलो लिनुभएको छ । गर्न त उहाँले सो जग्गामा पहिले पनि खेती नै गर्नुहुन्थ्यो र अहिले पनि खेती नै । तर फरक यति छ की पहिले परम्परागत खेती अहिले आम्दानीमूलक व्यवसायिक तरकारी खेती ।  लेकाली भेगको उहाँको जग्गामा पुस्तौंदेखि नै परम्परागत ढंगले मकै, कोदो आदि लगाउने गरिन्थ्यो । तर अहिले उहाँको वारीमा लटरम्म टमाटर, बन्दा, अकबरे खुर्सानी लगायतका तरकारीहरु ब्यवस्थित भएर फलेको देखिन्छ । तरकारीहरु केही टनेलाभित्र त केही वाहिरी भागमा देखिन्छन् । हमेसा उहाँ सोही तरकारीको स्याहार–सुसारमा ब्यस्त भेटिनुहुन्छ । ‘बार्षिक २ हजार नि आम्दामी नहुने यस जग्गामा अहिले ६ महिना मा ५० हजार आम्दानी गर्ने सोँच छ ।’ उहाँ भन्नुहुन्छ–‘ हामीले यती सजिलै आम्दानी गर्न सकिन्छ भनेर त सोँचेको पनि थिईंन ।’ अनि कसरी यस्तो सोंच आयो त ? उहाँको सोझो जवाफ छ–‘वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि यस्तो सोँच आयो ।’ उहाँ खुलेरै सो कक्षा सञ्चालन गर्ने संस्था तथा वित्तीय साक्षरता सहजकर्तालाई धन्यवाद दिनुहुन्छ । ‘आफ्नै माटोमा पनि पैसा रै’छ नि, पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने त होईन रै’छ !’  घरपरिवारसँगै बसेर आम्दानी गर्नुको आनन्द बेग्लै भएको उहाँको महशुष छ ।  वीरवहादुर सुनाउनुहुन्छ–‘घरमा सबै कुराको सरसल्लाह मिल्ने र सहयोग हुने रै’छ ,अहिले म यो वित्तीय साक्षरता कक्षालाई धेरै धन्यबाद दिन चाहान्छु ।’ उत्पादित तरकारी विक्रीका लागि वजारको पहुँच हुनका साथै सडक सुविधा समेत भएकोले मेहनत तथा तरकारी खेर नजानेमा उहाँ ढुक्क हुनुहुन्छ ।वैदेशिक रोजगारीमा गएको परिवारका सदस्यहरुलाई प्रदान गरिने वित्तीय साक्षरता कक्षाको प्रभावले उहाँले घरैमा वसेर आम्दानी गर्ने उपाय निकाल्नुभएको हो । वैदेशिक रोजगारीम जाने सोँच बनाईसकेका जेठा छोरालाई समेत रोकेर व्यवसायिक तरकारी खेतीमा लागेको उहाँ सुनाउनुहुन्छ ।  सुरुमा उहाँको लगानी १५ हजार रुपैंयाँको मात्र रहेको छ । उहाँको कान्छा छोरा दुई वर्षदेखि वैदेशिक रोजगारीको क्रममा कतारमा हुनुहुन्छ । वाँकी घरमा भएका श्रीमति, जेठा छोरा तथा जेठी र कान्छी वुहारी सवै तरकारी उत्पादनमै जुटिरहेका छन् ।  वीरवहादुरको परिवार  मात्र नभई वित्तीय साक्षरता कक्षामा सहभागी हुने सो गाउँका अन्य परिवार समेत आम्दानीमूलक ब्यवसायमा लागेका छन् । वालसेवा समाज नेपाल नेर्पाले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालन गरेको २८ हप्ते कक्षाका कारण आम्दानी र वचत गर्ने वानीको विकास भएको सहभागी वताउँछन् ।  घरैमा पनि आम्दानी र वचत गरी आफन्तले दुःख गरी कमाएको वैदेशिक रोजागारीको रेमिट्यान्सलाई सदुपयोग गर्नुपर्छ भन्ने मान्यता सहभागीहरुको रहेको छ । अहिले हरेक जसो सहभागीले आम्दानी र खर्चको विवरण राख्ने तथा खर्च घटाई आम्दानी बढाउने अभ्यास गर्दछन् । वैदेशिक रोजगारीमा गएको परिवारले विभिन्न वैंक तथा वित्तीय संस्था, सहकारीमा नियमित वचत गर्नका साथै जीवन विमा समेत गराएका छन् । वित्तीय साक्षरतका कक्षावाट वैदेशिक रोजगारीमा जाने परिवारहरु सम्पन्नताको वाटोमा उन्मुख भएको स्थानीय जनप्रतिनिधि वताउँछन् । सो कक्षापछि गाउँमा ब्याप्त कुरा काट्ने , आरोप तथा लाञ्छना लगाउने जस्ता प्रचलन त्याग्दै सामुहिक छलफल, सामुहिक लगानी, उत्पादन तथा वचततर्फ स्थानीय जुटेका छन् । उक्त कक्षावाट एकअर्कामा सहयोगको भावनामा समेत विकास भएको पाईएको सामी परियोजनाका विद्यालय तथा आमसञ्चार कार्यक्रम संयोजक ओजोनवावु आचार्यले वताउनुभयो ।वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक वनाउने विभिन्न उपायहरुवारे समेत छलफल गर्ने गरिएको छ ।  

परदेशीका घर–घरमा आम्दानीमुलक व्यवसाय

मिनप्रसाद आचार्य/खोटाङभदौ–२८, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवारी निव
Hamro Khotang

परदेशीका घर–घरमा आम्दानीमुलक व्यवसाय

मिनप्रसाद आचार्य/खोटाङभदौ–२८, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवारी निवासी देविकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका छोराको कमाईले परिवार चल्दैथियो । उहाँको परिवारमा आम्दानीको वाटो पहिल्याउने कुनै मेसै थिएन ।तर हाल देवीकुमारीको जग्गा तरकारीले हराभरा वनेको छ । ४३ बर्षिया आचार्यको तीन रोपनी बढी जग्गामा टमाटर, बन्दा, काउली, लसुन  लगायत विभिन्न  जातका  तरकारी रहर लाग्दो गरी फलेका छन् । गर्दा के नहुने रैछ र ? ६ हजार रुपैंयाँ लगानीमा सुरु  गरेको व्यावसायिक तरकारि खेती उहाँको परिवारको  लागि राम्रो आम्दानीको स्रोत बनेको छ । देवीकुमारीले नपत्याउँदो ढंगवाट त्यही तरकारी खेतीवाट मासिक १६⁄ १७ हजार रुपैंयाँ आम्दानी लिनुहुन्छ । देवीकुमारीले आम्दानी र खर्चको विवरण समेत चुस्त राख्ने गर्नुहुन्छ । यसो गर्दा खर्च घटाउन र आम्दानी वढाउन सकिने उहाँको अनुभव छ । देवीकुमारीलाई एक प्रतिनिधिको रुपमा मात्र लिइएको हो ।  खर्च को  हिसाब राख्दै जिवनलाई सहज मार्गमा डोरयायी  रहनु भएको छ  । हाल सो वडावाट वैदेशिक रोजगारीमा गएकाको सवै परिवारले आम्दानीको वाटो समाएका छन् । स्थानीयले घरायसी खर्चका लागि घरैमा आम्दानी गरी वचत गर्न तथा वैदेशिक रोजगारीवाट आफन्तले कमाएको रकम वचाउन थालेका छन् । परदेशीले दुःख गरी कमाएको रकमको महत्व वुझी घरैमा पनि आम्दानीका वढाउनुपर्ने त्याहाँका स्थानीयको वुझाई छ । यो खालको वुझाई वित्तीय साक्षरता कक्षावाट प्राप्त भएको स्थानीय महिलाहरु सुनाउँछन् । वैदेशिक रोजगाारीमा गएको परिवारका सदस्य अर्थात रेमिट्यान्स सञ्चालकहरुलाई प्रदान गरिने २८ हप्ते वित्तीय साक्षरता कक्षामा  सहभागि भएपछि आम्दानीमुलक व्यवसाय सुरु गर्ने जाँगर पलाएको स्थानीयको भनाई छ । परिवार सञ्चालन सम्बन्धी  जोखिम न्युनिकरण र भोलिका दिनमा  कसरी आर्थिक रुपले सम्पन्न वन्ने भन्ने बिषयमा  छलफल भएपछि उक्त टोलका स्थानीयले विभिन्न सहकारी तथा वित्तीय संस्थाहरुमा  बचत बढाएर जीवन बिमा समेत गराएका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङ र दितmेल  रुपाकोट मझुवागढी  नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको वितिय  साक्षरता कक्षाले पुरै वडामा परिवर्तन आएको वताईएको छ । सहभागिलाई टनेल, पाइप, हजारी, स्प्रिीङकल र विभिन्न जातका तरकारीक  विउ समेत वितरण गरिएको थियो । उक्त सामाग्रीहरुलाई उपयोगमा ल्याएपछि झनै आम्दानी वढाउन सकिएको सहभागीहरु वताउँछन् । सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षावाट वित्तीय लक्ष्य निर्धारण हुनका साथै वैदेशिक रोजगारीलाई सुरक्षित वनाउने उपायहरुको वारेमा समेत छलफल गर्ने गरिएको छ ।  

कृषिबिज्ञ मदन राईलाई इन्भाइरन्मेन्ट अवार्ड

खोटाङ भदौ–२८,  खोटाङस्थित साकेला गाउँपालिका–२ रतन्छाका कृषिविज्ञ मदन राईलाई हुतराम इन्भाइरन्
Hamro Khotang

कृषिबिज्ञ मदन राईलाई इन्भाइरन्मेन्ट अवार्ड

खोटाङ भदौ–२८,  खोटाङस्थित साकेला गाउँपालिका–२ रतन्छाका कृषिविज्ञ मदन राईलाई हुतराम इन्भाइरन्मेन्ट अवार्डबाट सम्मान गरिएको छ । वाताबरण संरक्षणमा योगदान पु¥याएको भन्दै राईलाई इन्भाइरन्मेन्ट एण्ड पव्लिक हेल्थ अर्गनाइजेसन (इएमपिएचओ) काठ्माण्डौंले यस वर्षको इन्भाइरन्मेन्ट अवार्डवाट सम्मान गरेको हो ।काठ्माण्डौंमा आयोजित कार्यक्रममा नगद २५ हजार सहितको अवार्ड लेखक तथा पत्रकार भैरब रिसालले कृषिबिज्ञ राईलाई हस्तान्तरण गरेका हुन् । दिनानुदिन बढ्दै गएको वातावरणीय प्रदूषणलाई रोकथाम गरेर वाताबरण स्वच्छ बनाउने क्षेत्रमा नेतृत्व गर्दै उल्लेखनीय योगदान पु¥याएकोमा कृषिविज्ञ राईलाई वाताबरण अवार्ड प्रदान गरिएको हो । रासायनिक मलले उर्बर जमिन बिग्रँदै गएको अवस्थामा मानव मलमुत्र संकलन एबं माटोमा प्रयोग गरेर वाताबरणीय सन्तुलन कायम गर्न सकिने अध्ययन र अनुसन्धानमा कृषिबिज्ञ राईको उल्लेखनीय योगदान रहेको छ ।

यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्डली : सांसद गुरुङ

काठमाडौं २८ भदौं । खोटाङकी सांसद हिरा गुरुङले यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्
Hamro Khotang

यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्डली : सांसद गुरुङ

काठमाडौं २८ भदौं । खोटाङकी सांसद हिरा गुरुङले यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्डली बनेको बताएकी छिन् ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा उनले निर्मला पन्त हत्या आरोपीलाई ५० दिन पुग्न लाग्दा समेत सार्वजनिक गर्न नसकेको भन्दै सरकार जनतालाई मनोरञ्जन दिएर कलामण्डली बनेको बताइन् ।एक महिना अगाडी गृह मन्त्रीले मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई बलात्कारी बनाउँदा जनता आन्दोलित बनेको समेत उनले उल्लेख गरिन् ।घटना झन् झन् रहस्यमय बन्दै जाँदा सरकार नै बलात्कारीलाई लुकाउन लागिपरेको देखिएको उनको दाबी थियो । सांसद गुरुङ कांग्रेसबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुन् ।

पर्देसीका घर–घरमा आम्दानीमुलक व्यवसाय

मिनप्रसाद आचार्य/खोटाङभदौ–२८, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवारी निव
Hamro Khotang

पर्देसीका घर–घरमा आम्दानीमुलक व्यवसाय

मिनप्रसाद आचार्य/खोटाङभदौ–२८, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवारी निवासी देविकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका छोराको कमाईले परिवार चल्दैथियो । उहाँको परिवारमा आम्दानीको वाटो पहिल्याउने कुनै मेसै थिएन ।तर हाल देवीकुमारीको जग्गा तरकारीले हराभरा वनेको छ । ४३ बर्षिया आचार्यको तीन रोपनी बढी जग्गामा टमाटर, बन्दा, काउली, लसुन  लगायत विभिन्न  जातका  तरकारी रहर लाग्दो गरी फलेका छन् । गर्दा के नहुने रैछ र ? ६ हजार रुपैंयाँ लगानीमा सुरु  गरेको व्यावसायिक तरकारि खेती उहाँको परिवारको  लागि राम्रो आम्दानीको स्रोत बनेको छ । देवीकुमारीले नपत्याउँदो ढंगवाट त्यही तरकारी खेतीवाट मासिक १६⁄ १७ हजार रुपैंयाँ आम्दानी लिनुहुन्छ । देवीकुमारीले आम्दानी र खर्चको विवरण समेत चुस्त राख्ने गर्नुहुन्छ । यसो गर्दा खर्च घटाउन र आम्दानी वढाउन सकिने उहाँको अनुभव छ । देवीकुमारीलाई एक प्रतिनिधिको रुपमा मात्र लिइएको हो ।  खर्च को  हिसाब राख्दै जिवनलाई सहज मार्गमा डोरयायी  रहनु भएको छ  । हाल सो वडावाट वैदेशिक रोजगारीमा गएकाको सवै परिवारले आम्दानीको वाटो समाएका छन् । स्थानीयले घरायसी खर्चका लागि घरैमा आम्दानी गरी वचत गर्न तथा वैदेशिक रोजगारीवाट आफन्तले कमाएको रकम वचाउन थालेका छन् । परदेशीले दुःख गरी कमाएको रकमको महत्व वुझी घरैमा पनि आम्दानीका वढाउनुपर्ने त्याहाँका स्थानीयको वुझाई छ । यो खालको वुझाई वित्तीय साक्षरता कक्षावाट प्राप्त भएको स्थानीय महिलाहरु सुनाउँछन् । वैदेशिक रोजगाारीमा गएको परिवारका सदस्य अर्थात रेमिट्यान्स सञ्चालकहरुलाई प्रदान गरिने २८ हप्ते वित्तीय साक्षरता कक्षामा  सहभागि भएपछि आम्दानीमुलक व्यवसाय सुरु गर्ने जाँगर पलाएको स्थानीयको भनाई छ । परिवार सञ्चालन सम्बन्धी  जोखिम न्युनिकरण र भोलिका दिनमा  कसरी आर्थिक रुपले सम्पन्न वन्ने भन्ने बिषयमा  छलफल भएपछि उक्त टोलका स्थानीयले विभिन्न सहकारी तथा वित्तीय संस्थाहरुमा  बचत बढाएर जीवन बिमा समेत गराएका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङ र दितmेल  रुपाकोट मझुवागढी  नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको वितिय  साक्षरता कक्षाले पुरै वडामा परिवर्तन आएको वताईएको छ । सहभागिलाई टनेल, पाइप, हजारी, स्प्रिीङकल र विभिन्न जातका तरकारीक  विउ समेत वितरण गरिएको थियो । उक्त सामाग्रीहरुलाई उपयोगमा ल्याएपछि झनै आम्दानी वढाउन सकिएको सहभागीहरु वताउँछन् । सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षावाट वित्तीय लक्ष्य निर्धारण हुनका साथै वैदेशिक रोजगारीलाई सुरक्षित वनाउने उपायहरुको वारेमा समेत छलफल गर्ने गरिएको छ ।  

खोटाङमा तीज महोत्सवको रौनक

खोटाङ भदौ–२६, खोटाङमा सुरु भएको तीज महोत्सवमा लोकदोहरी गीत तथा विभिन्न साँस्कृतिक नृत्यहरुले रौ
Hamro Khotang

खोटाङमा तीज महोत्सवको रौनक

खोटाङ भदौ–२६, खोटाङमा सुरु भएको तीज महोत्सवमा लोकदोहरी गीत तथा विभिन्न साँस्कृतिक नृत्यहरुले रौनक बढाएको छ । जिल्लाको दिक्तेलवजारमा सोमवार सुरु भएको तीन दिने महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिताका साथै लोपोन्मुख संगीनि नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी लगायतका नृत्यले रौनकता वढाएको हो । युवापुस्तालाई लोप हुन लागेको संस्कार, संस्कृतिका विषयमा जानकारी गराउँदै संरक्षणका लागि जागरुक बनाउन हरितालिका तिजको अवशर पारेर तिज महोत्सव आयोजना गरिएको महोत्सव आयोजक बहुआयमिक संरक्षण समाजका अध्यक्ष अनिल आचार्यले बताउनुभयो । आयोजना गरेको तिज महोत्सव दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्नुभएको हो । लोकदोहोरी प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, भुलभुले समुह नेर्पा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, मञ्च माबि टोल सुधार समिति, सिर्जनशिल समुह निगाले, पुष्पाञ्जली भजन समुह, गैरीगाउँ टोल, पुरानो गाउँ सेवा समिति र दिक्तेल आचार्य समुहले सहभागीता जनाएको छ । यस्तै, मारुनी नाचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै खाल्ले, नोभे टोल कृषक समुह, गुप्तेश्वर सेवा समिति नेर्पा, दिक्तेलबारी भजन कृतन समुह, संगमटोल दिक्तेल, कुडारबारी भजन कृतन समुह, रत्नपार्क संगीनि नाच समुह, सकृया भजन टोली र पञ्च माबि माझटोल सुधार समितिमा आवद्ध महिलाले संगीनि नाच प्रदर्शन गरेका छन् । लोक दोहोरी प्रतियोगिताको समापन, विभिन्न जातजातीको संस्कार र संस्कृतिक भाव झल्किने संगीनि नाच, धुपीधुपी नाच प्रदर्शन गर्दै बुधबार तीज महोत्सव समापन गरिने मुल आयोजक समितिका संयोजक बिन्दा थापाले बताउनुभयो । 

विद्युतसँगै पानी घट्ट सञ्चालन भएपछि स्थानीयमा खुशियाली

खोटाङ भदौ–२६, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाको लघुजलविद्युत योजना सञ्चालनमा आएपछि स्था
Hamro Khotang

विद्युतसँगै पानी घट्ट सञ्चालन भएपछि स्थानीयमा खुशियाली

खोटाङ भदौ–२६, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाको लघुजलविद्युत योजना सञ्चालनमा आएपछि स्थानीयमा खुशियाली छाएको छ । स्थानीयको पहलमा खोबुखोला पिको लघुजलविद्युत आयोजनाको काम सम्पन्न भई सञ्चालमा आएपछि खिदिमावासीमा खुशियाली छाएको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५, स्थानीयवासीको ४० र वडा कार्यालयको ५ प्रतिशत लगानीमा ९ दशमलव ५ किलोवाट क्षमताको लघुजलविद्युत सञ्चालमा आएको हो । पिको लघुजलविद्युतवाट खिदिमाको सोल्मा लामिडाँडास्थित ७० घर झिलीमिली भएको छ ।  विद्युतको लागि ल्याइएको पानीबाट सुधारिएको व्यवसायिक पानी घट्टा समेत सञ्चालन गरिएको छ । लघुजलविद्युतमार्फत चौविसै घण्टा बत्ती बाल्न, मिल तथा कम्प्युटर सञ्चालन गर्न लगायत विद्युतीय कामका लागि सहज भएको निर्माण उपभोक्ता समितिका सचिव समराज राईले जानकारी दिनुभयो । वर्षौंदेखि टुकी तथा सोलारमार्फत उज्यालो उपभोग गर्दै आएका उनीहरुले २४ घण्टा विद्युत उपभोग गर्न पाएपछि हर्षित भएको वताएका छन् । विद्युत उत्पादन गृहसँगै जडान गरिएको सुधारिएको पानी घट्टामा प्रति मिनेट ८ केजी अन्न पिसानी गर्न सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ । सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि छिमेकी वडाका स्थानीयवासी समेत सेवा लिन आउने गरेको समितिका सचिव राईले जानकारी दिनुभयो । जिल्लाको दक्षिणी पूर्वी क्षेत्रमा पर्ने खिदिमास्थित सोल्मा लामिडाँडामा यसअघि ढिकीजाँतो मार्फत कुटानी पिसानी गर्दै आइएको थियो । वातावरणीय हिसाबले राम्रो मानिएको सुधारिएको पानी घट्टा सञ्चालन भएपछि वर्षैदेखि कष्टका साथ कुटानीपिसानी गर्दै आएका महिलाहरुलाई बढी लाभान्वित भएका छन् । डिजेलबाट चल्ने मिलमा पिसानी गर्दा लाग्ने खर्चभन्दा आधा कम मुल्यमा सुधारिएको पानी घट्टामा पिसानी गर्न सकिने जनाइएको छ । सुधारिएको पानी घट्टा सञ्चालन भएपछि आर्थिक बचत समेत भएको स्थानीयले बताएका छन् ।  ( फोटो : समराज राईको फेसबुकवाट )

खोटाङमा व्यवसायिक चिया खेतीको राम्रो सम्भावना

खोटाङ भदौ–२६, खोटाङमा व्यवसायिक चिया खेतीको राम्रो सम्भावना पाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी
Hamro Khotang

खोटाङमा व्यवसायिक चिया खेतीको राम्रो सम्भावना

खोटाङ भदौ–२६, खोटाङमा व्यवसायिक चिया खेतीको राम्रो सम्भावना पाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको माथिल्लो क्षेत्रमा गरिएको अध्ययन अनुसार व्यवसायिक चिया खेतीको राम्रो सम्भावना पाईएको हो ।दोर्पाको खावाडाँडा, चैते र दुधिले लगायतका खाली जग्गामा व्यवसायिक रुपमा चिया खेती लगाउनका लागि वडा कार्यालयको पहलमा विज्ञहरुले सम्भाव्यता अध्ययन गरेको हो । विज्ञहरुको अनुसार उक्त क्षेत्रमा व्यवसायिक चिया खेतीको राम्रो समभावना देखिएको हो । चिया खेतीमार्फत वडाको सम्बृद्धिका लागि गठन गरिएको चिया उत्पादन समुहमा आवद्ध किसानलाई चिया खेती सम्बन्धी प्राविधिक एबम सैद्धान्तिक ज्ञान बारे समेत जानकारी दिईएको छ । प्राविधिक तथा सैद्दान्तिक ज्ञान प्रदान गरिएपछि चिया खेतीका लागि छानिएको क्षेत्रको भौगोलिक अवस्थाका बिषयमा स्थलगत अध्ययन गरिएको हो । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोड झापाको प्राविधिक सहयोगमा चियाको सम्भाव्यता बारे अध्ययन गरिएको वडाध्यक्ष लिला चौहानले बताउनुभयो ।निरीक्षण–अवलोकनका क्रममा सो जग्गामा विशिष्ट गुणस्तरको चिया उत्पादन गर्न सकिने सम्भावना देखिएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालयका चिया प्राविधिक नबिन कोईरालाले बताउनुभयो । प्रारम्भिक रुपमा २० रोपनी जग्गामा लगाइने चिया खेती क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ । चिया खेतीको सम्भावनालाई पूष्टी गर्नका लागि राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालयले ल्याव टेष्टका लागि माटो लिएर गएको छ । दोर्पाचिउरीडाँडामा टि–टुरिजमको सम्भावना समेत उत्तिकै देखिएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालयका प्रशासन सहायक मिनबहादुर लिम्बूले बताउनुभयो । उक्त क्षेत्र मध्यपहाडी लोकमार्गको आसपासमा पर्ने भएकोले समेत व्यवसायिक चिया खेतिवाट  प्रशस्त लाभ लिन सकिने लिम्बूको सुझाव छ । चिया खेतीलाई विस्तार गरी जिल्लालाई पर्यटकीय क्षेत्रको रुपवाट समेत विकास गर्न सकिने विज्ञहरुले सुझाव दिएका छन् । 

नेकपा खोटाङ एकता– कहाँ अड्कियो गाँठो ? के गर्दैछ नेतृत्व !

काठमाडौं २४ भदौं । केन्द्रमा नै पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्ट
Hamro Khotang

नेकपा खोटाङ एकता– कहाँ अड्कियो गाँठो ? के गर्दैछ नेतृत्व !

काठमाडौं २४ भदौं । केन्द्रमा नै पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणापछि नेकपा खोटाङ कमिटी एकताका लागि खोटाङे नेताहरु निक्कै ताते । उनीहरुले मूलभूत विषय समेत टुंग्याए तर मूल नेतृत्वमा सफलता हात पार्न सकेनन् । एकताका लागि सबै सहमति जुटिसकेको खोटाङमा नेतृत्व कसले गर्ने भन्ने विषयमा दुवै पक्ष सहमतिमा पुग्न नसक्दा खोटाङ नेकपाले सर्वसम्मत नेतृत्व चयन गर्न सकेन । अहिले पनि नेकपा खोटाङको नेतृत्व कसले गर्ने भन्ने अन्योल छ ।एकताको विषय टुंगो लगाउन तातेका नेकपा खोटाङे नेतृत्वले जिल्ला कमिटी, पालिका संख्या बाँडफाँडको विषय सहजै टुंग्याएको थियो । तर, नेतृत्वको विषयमा पुगेपछि उनीहरु अड्किए ।जिल्ला तहमा सहमति नजुटेपछि दुवै पक्षले प्रदेश कमिटीलाई त्यसको जिम्मा सुम्पेका छन् । स्रोतका अनुसार प्रदेश कमिटीमा गम्भीर रुपमा छलफल भएको छैन । सम्भवतः प्रदेश कमिटीले पनि केन्द्रमा नै विवाद मिलाउन सिफारिस गर्ने सम्भावना छ ।नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद तथा एमाले जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टी एउटै भइसकेकाले बार्गेनिङ नगरी सहमति जुटाउने प्रयास गर्दा पनि सफल हुन नसकेको जनाए । ‘अध्यक्ष कसले लिने भन्नेमा सहमति जुटेन, एक पक्षले अध्यक्ष आफूले पाउनेपर्ने र अर्कोतिर पनि अध्यक्ष आफूले पाउनुपर्ने अडान रह्यो, दुवै पक्षले दाबी नछाड्दा सहमति जुटेन ।’ उनले हाम्रोखोटाङ डटकमसँग भने ।पूर्व माओवादी केन्द्रका इन्चार्ज ध्रुव बुढाथोकी (धिरेन) ले पनि भट्टराईले भनेकै कुरा हामीसँगको कुराकानीमा बताए । ‘हामीले पनि अध्यक्ष माग्यौं, उहाँहरुले पनि अध्यक्ष आफूहरुलाई माग्नुभयो, त्यसैले सहमति जुटेन ।’ उनले भने ।कहाँ अड्कियो कुरादुवै पक्षका भनाई अनुसार दुवै पक्षले अध्यक्ष नछाड्दा खोटाङ नेकपाको नेतृत्व सर्वसम्मत हुन नसकेको स्पष्ट बुझ्न सकिन्छ । सबै विषयमा सहमति जुटाएको खोटाङे नेतृत्व जिल्लाको अध्यक्ष को भन्नेमा आएर अड्कियो । जिल्ला तहमा कुरो नमिलेपछि अहिले नेतृत्वको विषय प्रदेश तहमा पुगेको छ ।संयोजक केन्द्रले नै तोक्ने तर अध्यक्ष र सचिवमा जिल्लाले कुरा मिलाउनु पर्ने अवस्थाका कारण पनि खोटाङे नेतृत्व सहमतिमा पुग्न नसकेको बुझिएको छ । संयोजक र सचिव एक पक्षलाई र अर्को पक्षलाई अध्यक्ष दिएको अवस्थामा सहमति जुट्ने सम्भावना थियो । तर, संयोजक केन्द्रले नै तोक्ने भएपछि संयोजक पद बाँकी राखेर अध्यक्ष र सचिवमा मात्र सहमति जुटाउने प्रयासमा जिल्ला नेतृत्वले सर्वसम्मत निर्णय लिन नसकेको हो ।को–को छन् अध्यक्षका दाबेदार नेकपा खोटाङको अध्यक्ष को हुने भन्ने विषय अब प्रदेश समितिमा पुगेको छ । प्रदेशले टुंग्याउन नसके केन्द्रमा पुगेर यसको टुंगो लाग्नेछ । बाँडफाँडका क्रममा अध्यक्ष पद पूर्व एमालेको भागमा परेमा राम दंगाल र देव विक्रम राई मध्ये एक हुने सम्भावना छ । तर, दुईबीचमा विवाद देखिएको छ । दंगाल एमाले उपाध्यक्ष हुन् भने राई सचिव हुन् । अध्यक्ष पद माओवादी केन्द्रको भागमा परेको खण्डमा भने धिरेन सर्वसम्मत हुने निश्चित छ । यसअघि अध्यक्ष उनलाई बनाउने माओवादीले निर्णय नै गरिसकेको छ । तर, अध्यक्ष एमालेको भागमा परेको अवस्थामा सचिव माओवादीलाई पर्यो भने सुरेश राई तथा विनोद आचार्य लगायतको सम्भावना बढी छ ।काठमाडौंमा केन्द्रित बन्यो नेतृत्वएकताको विषयमा मूल नेतृत्वबाहेकका अन्य विषय टुंग्याएपछि नेकपा खोटाङका नेताहरु काठमाडौं केन्द्रित बनेका छन् । दुवै पक्षका संयोजक, इन्चार्जहरु, पूर्वसभाषदहरु तथा दुवै पक्षका नेताहरु काठमाडौंमा रहेको पाइएको छ ।नेताहरुले स्थानीय तहका काम कारबाही कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नीति योजनाका विषयमा छलफललाई समेत खासै चासो नदिएको  पाइएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित वनाउन गाउँपालिक प्रतिवद्द

खोटाङ भदौ–२४, खोटाङस्थित केपिलासगढी गाउँपालिका वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धीमूलक वन
Hamro Khotang

वैदेशिक रोजगारीलाई सुरक्षित वनाउन गाउँपालिक प्रतिवद्द

खोटाङ भदौ–२४, खोटाङस्थित केपिलासगढी गाउँपालिका वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द वनेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा गाउँपालिकाले उक्त प्रतिवद्दता जनाएका हुन् ।  गाउँपालिकाको सभाहलमा हालै सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द रहेको अध्यक्ष कृष्णकुमार राईले वताउनुभयो । सुरक्षित आप्रवासन परियोजना(सामी) विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत निर्वाचित जनप्रतिनिधिहरुसँग गरिएको अन्र्तक्रियात्मक छलफलमा आफ्नो गाउँपालिकावाट उल्लेख्य युवाहरु वैदेशिक रोजगारीका क्रममा रहेको र अधिकांश जाने सोंचमा रहेको सहभागीले जनाएका थिए । सहभागी जनप्रतिनिधिहरुले गाउँपालिकाका सवै वडा तथा टोलहरुमा सुरक्षित वैदेशिक रोजगार सम्वन्धी सचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएका छन् । उक्त कार्यको लागि आर्थिक वर्ष २०७५÷०७६ मा ५ लाख ५० हजार रुपंैया वजेट विनियोजन समेत गरिसकेको गाउँपालिकाको अध्यक्ष राईले जनाउनुभएको छ । वैदेशिक रोजगार सम्बन्धीको सूचना तथा जानकारीहरु  सम्भावित आप्रवासी र तिनका परिवारसम्म स्वस्फुर्त पु¥याउने समेत निर्वाचित जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।   अन्र्तक्रिया कार्यक्रममा सामी परियोजनाले जिल्लामा गरेका काम र आगामी कार्ययोजनाको बारेमा पनि छलफल गरेको थियो । 

थुलुङभाषी नानीहरुप्रति लीलामायाँको मायाँ : रक्सी बेचेको पैसाले १५ जनालाई कपडा

भदौ–२३,  सोलुखुम्बु, सल्यान, देउपुजेमा पापा दिल बहादुर राई र आमा जसरुपा राईको कोखमा २०२४ सालमा
Hamro Khotang

थुलुङभाषी नानीहरुप्रति लीलामायाँको मायाँ : रक्सी बेचेको पैसाले १५ जनालाई कपडा

भदौ–२३,  सोलुखुम्बु, सल्यान, देउपुजेमा पापा दिल बहादुर राई र आमा जसरुपा राईको कोखमा २०२४ सालमा जन्मेकी हुन् लिलामाया थुलुङ राई । तत्कालीन पञ्चायती सरकारको विभेद, असमानता, अशिक्षा, गरिबी जस्ता विविध कारणले कक्षा २ भन्दा बढी पढ्न पाइनन् । पढ्ने उत्कट चाहाना हुँदाहुँदै पनि घाँसदाउरा, मेलापात गर्दै बाल्यकाल बित्यो ।  २०४५ सालमा छिमेकी गाऊँ पञ्चन, रोल्युम निवासी भिम बहादुर थुलुङ राईसँग बिहे भयो लिलामायाको । बिहेपछि लालाबाला भए । जिम्मेवारी थपियो । बिहान तीनबजे उठ्नु । ढिकीजाँतो गर्नु । बाँदर लडिमर्ने भिरमा पाँचै बजे घाँस काट्न जानु । आठ बजे फर्केर खाना पकाउनु । खाना खाएपछि गग्रेटो पाखोबारीमा काम गर्नु निस्किनु । बेलुकी लखतरान भएर घर फर्किनु । सास फेर्न सम्म फुर्सद् नपाउनु । यी सब सामान्य दिनचर्या हुनथाल्यो उनको । थकान, दुखाई, पिंडा के हो ? लिलामायाले थाहा पाउन छोडिन् । उनी त मेशिन जस्तो पो बन्दै गइन् । पहाडमा जत्ति दुःख गर्दा पनि सुखका दिन फिरेन । अन्ततः बुढाबुढीले सल्लाह गरे । सुखका दिन फिर्ने सपना बुन्दै भिम बहादुर विदेशतिर लागे । सपना देख्ने युवाको जाने ठाउँ नै कहाँ छ र ? भिम बहादुर अपवाद् रहेनन् । केही वर्षपछि सपनाले तान्दै लिलामायालाई पनि ललितपुर स्थित् इमाडोल ल्याईपु¥यायो । मसिना नानीबाबु च्यापेर लिलामाया इमाडोल आइपुगिन् । तर गाउँ जस्तो इमाडोल थिएन । इमाडोल जस्तो गाउँ हुने कुरै भएन । केही समय लिलामाया अलमल्ल परिन् । तर लिलामाया हरेस् मान्ने खालकी थिइनन् । मात्र २ कक्षा पढेकी लिलामायालाई संघर्ष गर्न कसैले सिकाइरहनु पर्दैन थियो । २०५८ सालतिर इमाडोल वरिपरी प्रशस्तै खाली जग्गाहरु थिए । जग्गा धनीहरु प्रायः विदेशतिर थिए । त्यही बाँझिएको अरुको जग्गामा लिलामायाले खनीखोस्री गर्न थालिन् । सिजन अनुसार कोदो, मकै र धान रोप्न थालिन् । अन्नको उत्पादनले  एकातिर छाक टार्न सहज बन्दै गयो भने उभ्रिएको कोदो, मकैको जाँड, रक्सी बनाएर लिलामायाले बेच्न थालिन् । जाँड, रक्सी बनाउनु, बेच्नु किरातीहरुको पुर्खौली पेशा हो । एकजना किराती नारीले जे जानिन्, त्यही गर्न थालिन् । जाँड, रक्सीको व्यापारले आम्दानी बढ्न थाल्यो । बुढाले कमाएको पैसा बचत हुन थाल्यो । थुलुङ राई भाषा बोल्न जान्ने सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका पन्ध्र जना मसिना स्कूले नानीहरु यतिबेला काठमाडौंमा छन् । थुलुङ राई भाषाको बालगीति एल्बममा स्वर भर्नका निम्ति उनीहरु काठमाडौं आएका हुन् । थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिले उनीहरुलाई किराती पहिचान झल्किने एकसरा कपडा किनिदिन खोजिरहेको थियो । यो कुरा थाहा पाए पछि लिलामायाले आफ्नो श्रीमान भिम मार्फत् खबर पठाइन् । “रक्सी बेचेको केही पैसा मसँग छ । त्यही पैसाले नानीबाबुहरुलाई म एकसरा लुगा किनिदिन्छु । मैंले पढ्न नपाए पनि नानीबाबुहरुले धेरै पढुन् । प्रगति गरुन् । त्यत्ति लुगा त म किनिदिन सक्छु नि ।”  चिण्डो फेसनबाट कपडा खरिद गरी नानीबाबुहरुलाई लिलामायाले हस्तान्तरण गरिन् । नानीबाबुको प्रगतिको कामना गरिन् । आशिर्वाद दिइन् ।यहींनेर एउटा कुरा नि जोडौं । जाँड, रक्सी पकाएको, बेचेको नाममा कैयौं पटक लिलामायाले नेपाल सरकार (प्रहरी) को हप्किदप्कि खान परेको छ । आदिबासी किरातीले जानेको परम्परागत सीप यही हो । यही सीपको आधारमा यसो दुःखजिलो गरेर आदिबासीहरु बाँचिरहेका छन् । आदिबासीको सीपलाई प्रमोट गर्दै नेपाल सरकारले अन्तराष्र्टि«यकरण गरेर व्यापार बढाउने/बिदेशी पुँजी भित्राउने नीति लिनुपर्नेमा पूरै निषेध गरिरहेको छ । लिलामाया र लिलामाया जस्ता कैयौं आदिबासी महिलाले दुःखले पकाएको रक्सीलाई बुटले भकुण्डो खेलाएर नेपाल सरकार फाइभ स्टार होटलमा महँगो विदेशी रक्सी पिइरहेको छ । आफ्नो देशको सीप र श्रमलाई प्रमोट नगरी संसारका कुनै देश उँभो लागेका छैनन् । नेपाल सरकारको यस्तो चालाले कसरी देश उँभो लाग्छ ? मानसपटलमा प्रश्न घुमिरहन्छ ।  प्रस्तुति : खुक्सङ खम्बु ( थुलुङ राई भाषा पाठ्यक्रम विकास केन्द्रका संयोजक खम्बु सांस्कृतिक अभियन्ता तथा साहित्यकार हुनुहुन्छ ।)

जन्तेढुंगा गाउँपालिकाको सबै बालबालिका विद्यालयमा

खोटाङ भदौ–२२, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकामा रहेका विद्यालय उमेर समुहका सबै बालबालिका विद्
Hamro Khotang

जन्तेढुंगा गाउँपालिकाको सबै बालबालिका विद्यालयमा

खोटाङ भदौ–२२, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकामा रहेका विद्यालय उमेर समुहका सबै बालबालिका विद्यालय बाहिर नरहेको पाईएको छ । पालिकामा रहेका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका ६ वटै वडालाई विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर नरहेको वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको हो । विद्यालय बाहिर रहेका ५ वर्षदेखि ७ वर्ष उमेरका ११ बालबालिकालाई पनि बिद्यालयमा भर्ना गरेपछि गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको श्रोतव्यक्ती नारायणप्रसाद पाण्डेले बताउनुभयो । जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा ५ देखि १२ वर्ष उमेरका ७ जना र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा ४ जना बालबालिका बिद्यालय बाहिर रहेको भेटिएको थियो । गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको निश्चित गर्नका लागि सो उमेरका बालबच्चालाई बिद्यालयमा नपठाए वडाको सेवा सुविधाबाट बञ्चित गराउने नियम बनाइएको थियो । 

बालविवाह न्युनिकरण अभियानमा ‘बाल क्लब’

रामधन राई/खोटाङभदौ–२२, खोटाङस्थित गाउँपालिका स्तरीय ‘रावावेंसी वाल क्लव’ वालविवाह न्युनिकरण गर
Hamro Khotang

बालविवाह न्युनिकरण अभियानमा ‘बाल क्लब’

रामधन राई/खोटाङभदौ–२२, खोटाङस्थित गाउँपालिका स्तरीय ‘रावावेंसी वाल क्लव’ वालविवाह न्युनिकरण गर्ने अभियानमा सक्रिय वनेका छन् । रावावेंसी गाउपालिकामा गठित उक्त वाल क्लव सडक नाटक, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै वालविवाह न्युनिकरण अभियानमा सक्रिय वनेका हुन् । रावावेंसी वाल क्लवले रावावेंसी गाउँपालिका तथा जिल्लाभर हुने वालविवाह रोक्ने उदेश्यले वडा–वडामा विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । ६ वटा वडा रहेको गाउँपालिकाको वडा स्तर अर्थात विद्यालय स्तरमा समेत वाल क्लवहरु गठन गरिएको अध्यक्ष सुवास अधिकारीले वताउनुभयो । वडामा गठन गरिएको विद्यालय स्तरको वाल क्लवहरुसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरी वाल विवाह न्यूनिकरण गर्ने अभियान जारी राखेको अध्यक्ष अधिकारीको भनाई छ । .सडक नाटक, चित्रकला, वक्तृत्वकला आदिको माध्यमवाट वालविवाहका कारण स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा पर्ने प्रभाव, वालविवाह गराउँदा तथा गर्दा भोग्नुपर्ने कानुनी सजाय आदिको वारेमा सचेतनामुलक जानकारी गराउने गरेको वताईएको छ । समाजमा वालविवाह न्युनिकरण गर्ने अभियानमा जुटेको उक्त वाल क्लवलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तथा गैरसरकारी संस्थाले समेत सहयोग गरेको छ । वालविवाह न्युनिकरण गरी स्वस्थ, सभ्य, शिक्षित तथा समृद्द समाज निर्माणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न रावावेंसी गाउँपालिकाले पाँच लाख रुपैंयाँ वजेट विनियोजन गरेको छ । फरेन नेपालको सहजीकरणमा एक बर्ष अगाडी गठित उक्त वाल क्लवलाई विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नका लागि हलेसी विकास मञ्च खोटाङले समेत सहयोग गरिरहेको छ । मञ्चले वातावरणीय कृषि तथा विकास केन्द्र (केड)सँगको सहकार्यमा जिल्लामा सञ्चालन गरिरहेको महिला प्रजनन् अधिकार कार्यक्रम अन्र्तगत वाल क्लवलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको सोही कार्यक्रमको संयोजक विरेन्द्र मगरले बताउनुभयो । वालवालिकाहरु सम्मिलित क्लवले वालवालिकाकै हक, हीत तथा अधिकार सम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्दा प्रभावकारी वनेको स्थानीय वाताउँछन् । वालवालिकाहरुले प्रस्तुत गर्ने गरेका वालविवाह न्युनिकरण सम्वन्धी सचेतनामूलक कार्यक्रमहरुले स्वयम वालवालिका तथा अभिभावकहरुलाई त्यसको नकरात्मक प्रभाववारे जानकारी हुनका साथै वालविवाह रोक्नमा प्रतिबद्द बनेको कार्यक्रम संयोजक मगरको भनाई छ । पछिल्लो समय जिल्लामा वाल विवाह गर्ने क्रम घट्दो रहेको पाईएको छ । सम्वन्धित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, अधिकारकर्मी, स्वास्थ्य संस्थाहरु, राजनीतिज्ञ, पत्रकार, विद्यालय तथा वाल क्लव लगायतले वाल विवाह न्युनिकरणका लागि सक्रियता देखाएपछि  वाल विवाह न्युन वनेको सरोकारवालाहरु वताउँछन् । 

निजामती सेवा दिवस मनाइयाे

खोटाङ, भदौ २२– खोटाङमा विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिबस मनाइएको छ । बृक्षारोपण, कर्मचारी
Hamro Khotang

निजामती सेवा दिवस मनाइयाे

खोटाङ, भदौ २२– खोटाङमा विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिबस मनाइएको छ । बृक्षारोपण, कर्मचारीबीचमा हाजिरीजवाफ प्रतियोगीता, प्रभातफेरी लगायतका कार्यक्रम गर्दै जिल्लामा १५ औं निजामती सेवा दिबस मनाइएको हो । ‘नतिजामुखी प्रशासन, संबृद्धि र सुशासन’ भन्ने नारा सहित मनाउन थालिएको दिवस शुक्रबार समापन गरिएको छ । दिवसको अन्तिम दिन प्रभातफेरी निकाल्नुका साथै हाजिरीजवाफ प्रतियोगीताका बिजेतालाई पुरस्कार प्रदान गरिएको छ । निजामती कर्मचारीबीचमा गरिएको हाजिरी जवाफ प्रतियोगीतामा प्रथम भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी निर्मला पोखरेल र निर्मला चौंलागाई, दोश्रो भएका जिल्ला प्रशासन कार्यालयका सिताराम आचार्य र दिनेश दाहाल तथा तेश्रो भएका हुलाक कार्यालयका सुमन बास्तोला र बिसन राईलाई क्रमशः नगद ४ हजार ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । बिजेतालाई जिल्ला न्यायधिस किशोर घिमिरे र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले पुरस्कार प्रदान गरे । यस वर्षभित्र अवकाश पाउने मालपोत कार्यालयका नासु कृष्ण बस्नेत, सिँचाई कार्यालयका ऋषि रिजाल, बन रक्षक हर्कराज राई लगायतका कर्मचारीलाई दिबसको अवशर पारेर बिदाई गरिएको छ । २०६२ साल भदौ २२ गतेबाट नेपालमा निजामती सेवा दिबस मनाउन थालिएको हो । २०१३ साल भखौ २२ गते तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती सेवा दिबस मनाउन थालिएको हो । कार्यक्रममा जिल्ला न्यायधिस घिमिरे, प्रमुख जिल्ला अधिकारी पौडेल, आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुब कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

वालविवाह न्युनिकरण अभियानमा ‘वाल क्लव’

रामधन राई/खोटाङभदौ–२२, खोटाङस्थित गाउँपालिका स्तरीय ‘रावावेंसी वाल क्लव’ वालविवाह न्युनिकरण गर
Hamro Khotang

वालविवाह न्युनिकरण अभियानमा ‘वाल क्लव’

रामधन राई/खोटाङभदौ–२२, खोटाङस्थित गाउँपालिका स्तरीय ‘रावावेंसी वाल क्लव’ वालविवाह न्युनिकरण गर्ने अभियानमा सक्रिय वनेका छन् । रावावेंसी गाउपालिकामा गठित उक्त वाल क्लव सडक नाटक, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै वालविवाह न्युनिकरण अभियानमा सक्रिय वनेका हुन् । रावावेंसी वाल क्लवले रावावेंसी गाउँपालिका तथा जिल्लाभर हुने वालविवाह रोक्ने उदेश्यले वडा–वडामा विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । ६ वटा वडा रहेको गाउँपालिकाको वडा स्तर अर्थात विद्यालय स्तरमा समेत वाल क्लवहरु गठन गरिएको अध्यक्ष सुवास अधिकारीले वताउनुभयो । वडामा गठन गरिएको विद्यालय स्तरको वाल क्लवहरुसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरी वाल विवाह न्यूनिकरण गर्ने अभियान जारी राखेको अध्यक्ष अधिकारीको भनाई छ । .सडक नाटक, चित्रकला, वक्तृत्वकला आदिको माध्यमवाट वालविवाहका कारण स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा पर्ने प्रभाव, वालविवाह गराउँदा तथा गर्दा भोग्नुपर्ने कानुनी सजाय आदिको वारेमा सचेतनामुलक जानकारी गराउने गरेको वताईएको छ । समाजमा वालविवाह न्युनिकरण गर्ने अभियानमा जुटेको उक्त वाल क्लवलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तथा गैरसरकारी संस्थाले समेत सहयोग गरेको छ । वालविवाह न्युनिकरण गरी स्वस्थ, सभ्य, शिक्षित तथा समृद्द समाज निर्माणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न रावावेंसी गाउँपालिकाले पाँच लाख रुपैंयाँ वजेट विनियोजन गरेको छ । फरेन नेपालको सहजीकरणमा एक बर्ष अगाडी गठित उक्त वाल क्लवलाई विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नका लागि हलेसी विकास मञ्च खोटाङले समेत सहयोग गरिरहेको छ । मञ्चले वातावरणीय कृषि तथा विकास केन्द्र (केड)सँगको सहकार्यमा जिल्लामा सञ्चालन गरिरहेको महिला प्रजनन् अधिकार कार्यक्रम अन्र्तगत वाल क्लवलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको सोही कार्यक्रमको संयोजक विरेन्द्र मगरले बताउनुभयो । वालवालिकाहरु सम्मिलित क्लवले वालवालिकाकै हक, हीत तथा अधिकार सम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्दा प्रभावकारी वनेको स्थानीय वाताउँछन् । वालवालिकाहरुले प्रस्तुत गर्ने गरेका वालविवाह न्युनिकरण सम्वन्धी सचेतनामूलक कार्यक्रमहरुले स्वयम वालवालिका तथा अभिभावकहरुलाई त्यसको नकरात्मक प्रभाववारे जानकारी हुनका साथै वालविवाह रोक्नमा प्रतिबद्द बनेको कार्यक्रम संयोजक मगरको भनाई छ । पछिल्लो समय जिल्लामा वाल विवाह गर्ने क्रम घट्दो रहेको पाईएको छ । सम्वन्धित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, अधिकारकर्मी, स्वास्थ्य संस्थाहरु, राजनीतिज्ञ, पत्रकार, विद्यालय तथा वाल क्लव लगायतले वाल विवाह न्युनिकरणका लागि सक्रियता देखाएपछि  वाल विवाह न्युन वनेको सरोकारवालाहरु वताउँछन् । 

निजामती सेवा दिबस मनाइए

खोटाङ, भदौ २२– खोटाङमा विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिबस मनाइएको छ । बृक्षारोपण, कर्मचारी
Hamro Khotang

निजामती सेवा दिबस मनाइए

खोटाङ, भदौ २२– खोटाङमा विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिबस मनाइएको छ । बृक्षारोपण, कर्मचारीबीचमा हाजिरीजवाफ प्रतियोगीता, प्रभातफेरी लगायतका कार्यक्रम गर्दै जिल्लामा १५ औं निजामती सेवा दिबस मनाइएको हो । ‘नतिजामुखी प्रशासन, संबृद्धि र सुशासन’ भन्ने नारा सहित मनाउन थालिएको दिवस शुक्रबार समापन गरिएको छ । दिवसको अन्तिम दिन प्रभातफेरी निकाल्नुका साथै हाजिरीजवाफ प्रतियोगीताका बिजेतालाई पुरस्कार प्रदान गरिएको छ । निजामती कर्मचारीबीचमा गरिएको हाजिरी जवाफ प्रतियोगीतामा प्रथम भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी निर्मला पोखरेल र निर्मला चौंलागाई, दोश्रो भएका जिल्ला प्रशासन कार्यालयका सिताराम आचार्य र दिनेश दाहाल तथा तेश्रो भएका हुलाक कार्यालयका सुमन बास्तोला र बिसन राईलाई क्रमशः नगद ४ हजार ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । बिजेतालाई जिल्ला न्यायधिस किशोर घिमिरे र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले पुरस्कार प्रदान गरे । यस वर्षभित्र अवकाश पाउने मालपोत कार्यालयका नासु कृष्ण बस्नेत, सिँचाई कार्यालयका ऋषि रिजाल, बन रक्षक हर्कराज राई लगायतका कर्मचारीलाई दिबसको अवशर पारेर बिदाई गरिएको छ । २०६२ साल भदौ २२ गतेबाट नेपालमा निजामती सेवा दिबस मनाउन थालिएको हो । २०१३ साल भखौ २२ गते तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती सेवा दिबस मनाउन थालिएको हो । कार्यक्रममा जिल्ला न्यायधिस घिमिरे, प्रमुख जिल्ला अधिकारी पौडेल, आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुब कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

योजना पुर्नमूल्यांकनको माग

खोटाङ, भदौ २१– खोटाङको ऐसेलुखर्क गाउँपालिका समक्ष हरेक योजनाको पुःर्नमूल्यांकनको माग गरिएको छ ।
Hamro Khotang

योजना पुर्नमूल्यांकनको माग

खोटाङ, भदौ २१– खोटाङको ऐसेलुखर्क गाउँपालिका समक्ष हरेक योजनाको पुःर्नमूल्यांकनको माग गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा गाउँपालिकाबाट सम्पादित योजनामा पारदर्शीता कायम नभएको भन्दै नेपाल कम्यूनिष्ट पार्टीले विज्ञा टोली ल्याएर योजनाको पुःर्नमूल्याकनको माग गरेको हो । स्थानीय सरकारको प्रतिपक्षी दलकारुपमा एमाले र माओबादी केन्द्रले गत आर्थिक वर्षको सम्पूर्ण आयव्यायको विवरण सार्वजनिक हुनुपर्ने माग राखेको छ । कतिपय योजनामा स्वभाबिकभन्दा बढि रकम खर्च गरिएको पाइएकाले पुःर्नमूल्यांकनको माग राखिएको एमाले ऐसेखर्क गाउँपालिका संयोजक गृहबहादुर राईले बताउनुभयो ।  नेकपाले पारदर्शीता कायम गर्नका लागि गाउँपालिकाको हरेक क्रियाकलापको विषयमा अर्धबार्षिकरुपमा सार्वजनिक सुनुवाई गर्नु पर्ने, स्थानीय सरकारले सु–सूचित हुने नागरिक अधिकारको प्रत्याभुती दिलाउनुपर्ने, विवादरहित ढंगले आयोजनाको उपभोक्ता समिति गठन गरिनु पर्ने लगायतका १० बुँदे माग राखेको छ । 

शिक्षण पेशा त्यागेर संगित रोजेकी मनिता एकल एल्बमको तयारीमा

काठमाडौं । शिक्षण पेशा त्यागेर सांगितिक क्षेत्रमा प्रवेश गरेकी खोटाङकी मनिता राई चाम्लिङ निरन्त
Hamro Khotang

शिक्षण पेशा त्यागेर संगित रोजेकी मनिता एकल एल्बमको तयारीमा

काठमाडौं । शिक्षण पेशा त्यागेर सांगितिक क्षेत्रमा प्रवेश गरेकी खोटाङकी मनिता राई चाम्लिङ निरन्तर सांगितिक यात्रामा पाइला चालिरहेकी छिन् ।विगत दुई वर्ष यता शास्त्रीय संगीत समेत लिईरहेकी मनिता यति बेला एकल एल्बमको तयारीमा जुटेकी छिन् ।उनकाे नयाँ एल्बममा तारा प्रकाश लिम्बुको संगीत, सुनिल दिप्त राईको शब्द रचना रहने छ भने उक्त गीति एल्बममा ७ वटा गीत समावेश हुने उनले बताएकी छिन् । जसमा एकल शब्द रचना सुनिल दिप्त राईको रहने छ भने संगीत तारा प्रकाश लिम्बु, हरी लम्साल, बसन्त सापकोटा, डीड्डआर अटु पुष्कर सुनुवारको रहने छ ।एक वर्ष अगाडी पहिलो गिति गजल 'नजर के जुधेको थियो' हरी लम्सालको संगीत, सुनिल दिप्त राईको शब्द रचनाबाट सांगीतिक आकाशमा उदाएकी उनी दोस्रो गीत 'सिरूपाते खुकुरीको लाहा छ कि छैन' ले सांगीतिक क्षेत्रमा छुट्टै परिचयका साथ उदाएकी थिइन् ।एल्बम 'सिरूपाते खुकुरी' को तयारीमा रहेकी गायिका मृदुभाषी सबै संग भिज्न सक्ने स्वभावकी छिन् ।भर्खरै सार्वजनिक भएको गजल पर्दैन तारा खसाउनुलाई दर्शक श्रोताहरूले रूचाई रहेको बेला अर्को गीत आँशु रैछ जिन्दगी यो संधै रूनु पर्ने उनले रेकर्ड गरेकी थिइन् ।करिब ९ बर्ष अगाडी रेकर्ड भएको गीत आँशु रैछमा रजिना रिमाल र नेपाली तारा सन्तोष लामाले स्वर दिएका थिए । कलेक्सन एल्बममा रहेको उक्त गीत यस पाली भने मनिता राईले आफ्नो एल्बममा समावेश गर्ने भएकी हुन।

जन्तेढुंगा गाउँपालिकाको सवै वालवालिका विद्यालयमा

खोटाङ भदौ–२२, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकामा रहेका विद्यालय उमेर समुहका सवै वालवालिका विद्
Hamro Khotang

जन्तेढुंगा गाउँपालिकाको सवै वालवालिका विद्यालयमा

खोटाङ भदौ–२२, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकामा रहेका विद्यालय उमेर समुहका सवै वालवालिका विद्यालय वाहिर नरहेको पाईएको छ । पालिकामा रहेका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका ६ वटै वडालाई विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर नरहेको वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको हो । विद्यालय बाहिर रहेका ५ वर्षदेखि ७ वर्ष उमेरका ११ बालबालिकालाई पनि बिद्यालयमा भर्ना गरेपछि गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको श्रोतव्यक्ती नारायणप्रसाद पाण्डेले बताउनुभयो । जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा ५ देखि १२ वर्ष उमेरका ७ जना र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा ४ जना बालबालिका बिद्यालय बाहिर रहेको भेटिएको थियो । गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको निश्चित गर्नका लागि सो उमेरका बालबच्चालाई बिद्यालयमा नपठाए वडाको सेवा सुविधाबाट बञ्चित गराउने नियम बनाइएको थियो ।