Select a country

नगरपालिकाका ४४ प्रतिशत घरधुरी विद्युत सेवा बाहिरै

खोटाङ  कात्तिक–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरीमा अझै पनि
Hamro Khotang

नगरपालिकाका ४४ प्रतिशत घरधुरी विद्युत सेवा बाहिरै

खोटाङ  कात्तिक–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरीमा अझै पनि केन्द्रीय विद्युत प्रशारण लाइन पुगेको छैन । उक्त नगरपालिका भित्रका करिब दुई तिहाई अर्थात ६६ प्रतिशत घरधुरीले मात्र हाल केन्द्रीय विद्युत उपभोग गरिरहेका छन् ।दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टीतेल तथा टुकी प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार गरेको तथ्याङ्क अनुसार सात प्रतिशतले सोलार र एक प्रतिशतले बायोग्याँस प्रयोग गर्दै आएका छन् । पन्ध्र वडा रहेको नगरपालिकाको वडा नम्बर १ र १५ मा शतप्रतिशत केन्द्रीय विद्युत प्रशारण भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर २ मा ९३, ३ मा ९६, ४ मा ९८, ५ मा ९८, ६ मा ९९, ७ मा ८५, ८ मा ९०, १३ मा ९८ प्रतिशत घरधुरीमा विद्युत विस्तार भएको पाइएको छ । वडा नम्बर ९, १०, ११ र १२ मा अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छैन । स्थानीय लघु जलविद्युत प्रशारण लाइनबाट वडा नम्बर ९ मा १६, १० मा ६५, ११ मा ७० र १२ मा शतप्रतिशत विद्युत पुगेको पाइएको छ । जिल्लामा केन्द्रीय विद्युत विस्तार भएको १६ वर्ष बितिसक्दा पनि सबै वडामा विद्युत सेवा नपुग्नुमा सम्बन्धित निकायको ध्यान नपुगेको उपभोक्ताको आरोप छ । विद्युत विस्तार भएको ठाउँमा पनि नियमित सेवा नहुँदा उपभोक्ता हैरानीमा परेका छन् । आगामी दुई वर्षभित्र सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गर्ने तयारीका साथ नगरपालिका अगाडी बढेको नगर उपप्रमुख वीणादेवी राईले बताउनुभयो । नगरपालिकाभित्रकै कतिपय वडामा विद्युत प्राधिकरण आफैले विद्युत विस्तार गरिरहेको पनि उपप्रमुख राईले जानकारी दिनुभयो । साप्सुखोलामा निर्माणाधीन सात दशमलव १५ मेगावाटको विद्युत समेत दुई वर्षभित्र उत्पादन हुने भएकाले दुई वर्षपछि नगरपालिकाभित्र विद्युत आपूर्ती बन्द नहुने नगरपालिकाले जनाएको छ । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत प्रशारण सुरु गरिएको थियो ।

खोटाङमा बसको ज्यादती– एउटै सिटमा डबल टिकट, वृद्धामाथि उल्टै हप्कीदप्की

खोटाङ६ कात्तिकमा बा ३ ख ८९८० नम्बरको बस निर्मलीडाँडाबाट ब्वालुङ आइपुग्दा बसभित्र खुट्टा टेक्ने
Hamro Khotang

खोटाङमा बसको ज्यादती– एउटै सिटमा डबल टिकट, वृद्धामाथि उल्टै हप्कीदप्की

खोटाङ६ कात्तिकमा बा ३ ख ८९८० नम्बरको बस निर्मलीडाँडाबाट ब्वालुङ आइपुग्दा बसभित्र खुट्टा टेक्ने ठाउँ थिएन । छतमा समेत मान्छे कोचाकोचा थिए । प्रशासनले अनुगमन नगर्दा बसहरुमा भेडाबाख्रा जस्तै मान्छे खादिएका थिए । त्यहीँ बसका लागि ब्वालुङमा एक वृद्धासँगै थुप्रैले टिकट काटेका थिए ।युवा र वयस्कहरु कोही छतमा त कोही बसभित्रै कोचाकोचा गर्दै पसे पनि ती वृद्धा पस्न सकिनन् । उनले आफूले सिट नभए जान नसक्ने पहिल्यै बताएको भन्दै टिकट काउन्टरवालासँग पैसा फिर्ता मागिन् । तर, उनले उल्टै हप्कीदप्की खाना परो । ब्वालुङका टिकट काउन्टरवालाले नजाने भएमा पैसा फिर्ता नहुने भन्दै हप्कीदप्की समेत गर्न पछि परेनन् । दबाब दिएर वृद्धालाई बसभित्र कोच्ने प्रयास गरिएपछि बसको ढोकाबाट लडेर झण्डै दुर्घटना समेत हुन पुगेको थियो । तर बसवालाले फेरि पनि ती वृद्धालाई ढोकामा झुण्ड्याएर यात्रा गराउने प्रयास गरे । त्यो सबै देखिरहेका एक स्थानीय वृद्धाले काउन्टरवाला र बसका स्टाफलाई गाली गर्दै सहचालकमाथि एक मुक्का बजारे । सहचालकले पनि हातपात गर्न खोज्दा स्थानीयले छुट्याए । हातपातकै अवस्था सिर्जना भएपछि चाकलले बस अगाडी बढाए । ती वृद्धा छुट्न पुगिन् । सम्पर्कको कठिनाईका कारण त्यसपछिको अवस्था बुझ्ने हाम्रो प्रयास भने अझै सफल भएको छैन ।खोटाङ सिडिओ सुरेन्द्रराज पौडेलले त्यस्तो घटना भएको उजुरी आए कारबाही हुने बताउँछन् । प्रत्यक्षदर्शीहरु भने ती महिला प्रशासनसम्म न्यायका लागि पुग्न नसक्ने भएरै टिकटवालाले मनलाग्दी गरेको बताउँछन् ।कसले टिकट काट्छ प्रालिलाई नै थाहा छैनखोटाङ यातायात प्रा.लिले विभिन्न ठाउँमा रहेका टिकट काउन्टरवालाको विवरण नै नराखेको पाइएको छ । प्रा.लिको सम्पर्क नम्बर ०३६–४२०६८० मा सम्पर्क गरेर ब्वालुङ टिकट काउन्टरको सम्बन्धित व्यक्तिको सम्पर्क नाम र नम्बर माग्दा जानकारी नहुने जवाफ दिएका हुन् । रुटका विभिन्न ठाउँमा टिकट काट्ने काम भएपछि कसरी र कोबाट टिकट वितरण भइरहेको छ भन्नेबारे प्रा.लिले जानकारी राख्नुपर्नेमा हेलचेक्राई भएको पाइएको हो । यसबाट टिकट सम्बन्धी कुनै घटना घटेमा को जवाफदेही हुने भन्ने प्रश्न समेत उठेको छ ।काउन्टरबिच नै छैन समन्वयप्रा.लिको विभिन्न काउन्टरबिच पनि समन्वय नहुने गरेको पाइएको छ । दिक्तेलबाट काठमाडौं तथा अन्य टाढाको यात्राका क्रममा बसवालाले गाडी नम्बरमा ‘आई’ राखेर बस चढ्ने दिन नम्बर हाल्ने गरेको पाइएको छ । तर, एउटै प्रा.लिकै अर्को काउन्टरमा गएर बुझ्दा स्पष्ट जवाफ नदिने गरेको पाइएको हो ।६ कात्तिकमा रत्नपार्क काउन्टरबाट एक यात्रुले ९५५१ टिकट नम्बरको टिक लिए । उनको गाडी नम्बरमा आइ मात्र लेखिएको थियो । भोलि बिहान उनी बेसक्याप काउन्टरमा बुझ्दा माथि मिल्छ बस्दै गर्नु भन्ने उत्तर दिए । तर, बेसक्याम र रत्नपार्क काउन्टरबिच समन्वय नै नभएको पाइएको हो । आधा घण्टा प्रतिक्षापछि ती यात्रुले रत्नपार्क काउन्टरमा सम्पर्क गर्दा मात्र थाहा भयो– उनको बस छुट्न लागेको भनेर । अन्तिममा ती दुई काउन्टरबिच नै भनाभन भयो ।

जिल्लामै पहिलो पटक नगर बस सञ्चालन

खोटाङ असोज–२९,  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पहिलो पटक नगर वस सञ्चालनमा ल्याईए
Hamro Khotang

जिल्लामै पहिलो पटक नगर बस सञ्चालन

खोटाङ असोज–२९,  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पहिलो पटक नगर वस सञ्चालनमा ल्याईएको छ । नगरपालिकाभित्रका यात्रुलाई सहज रुपमा यात्रा गराउन खोटाङ यातायात प्रा.लि.सँगको सहकार्यमा नगरपालिकाले बाह्रै महिना सञ्चालन हुनेगरी सोमबारदेखि नगर बस सञ्चालनमा ल्याएको हो ।पन्ध्र वटा वडा रहेको नगरपालिकाको सबै वडामा सञ्चालन हुनेगरी बाह्र वटा बस सञ्चालन गरिएको जनाइएको छ । दशैं, तिहार तथा छट लगायत चाड पर्वको अवसरमा आवत÷जावत गर्ने यात्रुलाई मध्यनजर गरेर प्रा.लि.सँग अहिलेलाई बाह्र वटा सडकमा वस सञ्चालन गर्ने गरी २० बुदे सहमती गरिएको छ । नगरपालिकाको बस सञ्चालन गर्न नगरपालिकाले आवश्यक वातावरण बनाउने, चालक र सहचालकलाई पोशाकको व्यवस्था गर्ने, नगरभित्रका जेष्ट नागरिकलाई निःशुल्क यात्रा गराउने, नगरपालिकाले प्रमाणित गरेको एकल महिला, असहाय र अतिबिपन्न व्यक्तिलाई ३३ प्रतिशत छुट दिने सहमती पत्रमा उल्लेख छ । महिलाका लागि चार, जेष्ट नागरिकका लागि दुई, फरक क्षमता भएका र पत्रकारलाई एक÷एक वटा आरक्षण सिटको व्यवस्था समेत मिलाइएको खोटाङ यातायात प्रा.लि.का सचिव रामकुमार हिङ्माङले बताउनुभयो । सचिव हिङ्माङका अनुसार नगर बसको रङ्ग एउटै बनाउने, अन्य सार्वजनिक यातायातको भन्दा नगर बसको भाडा दर कम गर्ने, नगर बसमा नगर गीत तथा खोटाङ्गे गायक÷गायिकाले गाएको गीत बजाउने जस्ता सहमती नगरपालिका र यातायात प्रा.लि.बीच भएको छ ।सबै वडामा एकैसाथ सञ्चालन भएको नगर बस दिक्तेलबाट दिउसो ३ बजे छुट्ने र सबै वडाबाट बिहान ६ बजे छुटाउने गरी कार्यतालिका समेत सार्वजनिक गरिएको छ । बस सञ्चालनका लागि दिक्तेल–जालपा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–लफ्याङ, दिक्तेल–बुइपा–विजयखर्क, दिक्तेल–महुरे–विजुले, दिक्तेल–दोर्पा–दुम्ली, दिक्तेल–खानीडाँडा–फेदी, दिक्तेल–बाम्राङ–बुइपा–विजयखर्क र दिक्तेल–नेर्पा–दोर्पा–दुम्ली सडकका लागि रुट पर्मिट दिइएको छ । 

जनताको अपेक्षाको मात्रा बढि हुन पुग्दा सरकार आलोचित : टंक राई

खोटाङ २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टंक राईले सरकारको काम गर्ने क्षमता भन्दा बढ
Hamro Khotang

जनताको अपेक्षाको मात्रा बढि हुन पुग्दा सरकार आलोचित : टंक राई

खोटाङ २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टंक राईले सरकारको काम गर्ने क्षमता भन्दा बढि जनताको अपेक्षा रहेको बताएका छन् । जनताको उक्त अपेक्षाको मात्रा बढि हुन पुग्दा सरकार आलोचित भएको उनको भनाई छ ।दशैं र तिहार लगायत पर्वको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटीले शनिबार दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।पूर्व सांसद समेत रहेका उनले सरकारले आफ्नो काम गरिरहेको भए पनि जनताको अपेक्षा उच्च रहेको र त्यही कारण जनताको अपेक्षा र सरकारको कामका विषयमा तालमेल नमिल्दा सरकारको आलोचना भएको बताए ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, प्रदेश सभाका सांसद राजन राई,  उषाकला राई, नेकपा ध्रुब बुढाथोकी धिरेन, रामप्रसाद दंगाल पुर्वसांसद दुर्गाजयन्ती राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तस्कार र अपराधीसँग गठजोर गरेर कांग्रेसले सरकारको विरोध गर्यो : अध्यक्ष पौडेल

खोटाङ २७ असोज ।  युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले तस्कार र अपराधीसँग मोर्चा निर्माण गर
Hamro Khotang

तस्कार र अपराधीसँग गठजोर गरेर कांग्रेसले सरकारको विरोध गर्यो : अध्यक्ष पौडेल

खोटाङ २७ असोज ।  युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले तस्कार र अपराधीसँग मोर्चा निर्माण गरेर कांग्रेसले सरकारको विरोध गरिरहेको आरोप लगाएका छन् ।दशैं र तिहार लगायत पर्वको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटीले शनिबार दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।पौडेलले समृद्धिको अभियान तुहाउने र देशलाई अस्थिरतातर्फ लैजाने गरी केही शक्ती क्रियाशिल रहेको समेत उल्लेख गरे ।उनले सरकारको समृद्धिको अभियान तुहाउने र देशलाई अस्थीरतातर्फ लैजाने शक्ति सक्रिय रहेको भन्दै ति शक्तिलाई परास्त गर्नु नै वर्तमान सरकारको प्रमुख कार्यभार भएको पनि बताए ।अध्यक्ष पौडेलले युवा संघको नेतृत्वले झकझक्याएकै कारण सरकारले बेरोजगारलाई रोजगारमुक कार्यक्रम गर्न प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको समेत जनाए ।

भुलभुले दुधकुण्ड त्रिधार्मिक देउधामको उद्घाटन

खोटाङ २५ असोज । धार्मिक तथा पर्यटकिय स्थल भुलभुले दुधकुण्डको स्तरउन्नती गर्दै उदघाटन गरिएको छ ।र
Hamro Khotang

भुलभुले दुधकुण्ड त्रिधार्मिक देउधामको उद्घाटन

खोटाङ २५ असोज । धार्मिक तथा पर्यटकिय स्थल भुलभुले दुधकुण्डको स्तरउन्नती गर्दै उदघाटन गरिएको छ ।रुपाकोट मझुवागढी नपा–६ नेर्पामा अवस्थित भुलभुले दुधकुण्ड त्रिधार्मिक देउधामको एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख दिपनारायण रिजालले उदघाटन गरे ।देउधामको गेट, रेलिङसहित सिँडी, ७ वटा धारा, घुमाउरो पोखरी, कम्पाउण्ड, छाना, बस्ने फलामे बेञ्च लगायतका संरचना बनाइएको छ ।

एक खोटाङेलाई चोट लाग्दा सबै खोटाङेको आँखामा आँशु आउनुपर्छ : सांसद गुरुङ

काठमाडौं २५ असोज । खोटाङकी सांसद हिरा गुरुङले कुनै एक खोटाङेलाई चोट पुग्दा सबै खोटाङेको आँखामा आश
Hamro Khotang

एक खोटाङेलाई चोट लाग्दा सबै खोटाङेको आँखामा आँशु आउनुपर्छ : सांसद गुरुङ

काठमाडौं २५ असोज । खोटाङकी सांसद हिरा गुरुङले कुनै एक खोटाङेलाई चोट पुग्दा सबै खोटाङेको आँखामा आशु आउनुपर्ने बताएकी छिन् ।नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेकी उनले खोटाङहरु एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै यस्तो विचार राखेकी हुन् । ‘कुनै एक खोटाङेको मुटुमा चोट लागे सबै खोटाङेको मुटु दुख्नुपर्छ, कुनै एक खोटाङेलाई चोट पुगे, सबै खोटाङेको आँखामा आँशु आउनुपर्छ, यसरी हामी एकतावद्ध हुन सक्यौं भने खोटाङको विकास हुनसक्छ ।’ उनले भनिन् ।खोटाङ सेवा समाज, रावासावा प्राज्ञिक समाज नेपाल र खोटाङ हलेसी सेवा समाजको संयुक्त आयोजनामा बुधबार (२४ असोज) मा काठमाडौंमा वडा दशैं, तिहार, छठ पर्व लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले सबै खोटाङेहरु एकजुट भएमा मात्र खोटाङको विकास सम्भव हुने बताइन् ।पार्टी फरक फरक भएपनि खोटाङको विकासमा खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्ने समेत उनले बताइन् । ‘हामी फरक–फरक पार्टीका हुन सक्छौं तर खोटाङेहरु जिल्लाको विकासका लागि एक जुट हुनुपर्छ, विकासको लागि खुट्टा तान्ने काम गर्न हुन्न ।’ उनले भनिन् ।सांसद गुरुङले देश संघीयतामा गएसँगै सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको उल्लेख गर्दै कुनै पनि वडा वा  ठाउँमा कसैले गल्ती गरेमा खबरदारी गर्नुपर्नेमा जोड समेत दिइन् ।

खोटाङ सेवा समाजमाथि उठ्यो गम्भीर प्रश्न ! कांग्रेस सभापति श्रेष्ठ र समाज अध्यक्ष राईबीच कार्यक्रममै दोहोरी

काठमाडौं २५ असोज ।नेपाली कांग्रेसका खोटाङ जिल्ला सभापति नरेश कुमार श्रेष्ठ र खोटाङ सेवा समाजका अ
Hamro Khotang

खोटाङ सेवा समाजमाथि उठ्यो गम्भीर प्रश्न ! कांग्रेस सभापति श्रेष्ठ र समाज अध्यक्ष राईबीच कार्यक्रममै दोहोरी

काठमाडौं २५ असोज ।नेपाली कांग्रेसका खोटाङ जिल्ला सभापति नरेश कुमार श्रेष्ठ र खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईबीच नेपालीहरुको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नै दोहोरी चलेको छ ।सभापति राईले शुभकामना मन्तव्य दिने क्रममा खोटाङ सेवा समाजमाथि गम्भीर प्रश्न उठाएपछि प्रतिवाद र प्रतिउत्तर दिने क्रममा दुईबीच दोहारी चलेको हो ।सभापति श्रेष्ठले समाज विधान अनुसार नचलेको, काम गर्न नसकेको, अधिवेशन नै नगरेको र खल्तीका मान्छेलाई सदस्यता दिँदै हिडेको आरोप लगाए । अध्यक्ष राईले पनि जातीय संघ संस्था त एकलौटी नचल्ने भन्दै कार्यक्रमा प्रतिवाद गरे । खोटाङ सेवा समाजसहित रावासावा प्राज्ञिक समाज नेपाल र खोटाङ हलेसी सेवा समाजको संयुक्त आयोजनामा बुधबार (२४ असोज) काठमाडौंमा दशैं, तिहार, छठ, ल्होसार लगायत पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा श्रेष्ठले आयोजक संस्था समाजमाथि पटक पटक प्रश्न उठाए ।कार्यक्रम सञ्चालकले शुभकामना मन्तव्यका लागि उनलाई स्टेजपछि आमन्त्रण गरेपछि शुभकामना मन्तव्य सुरु गरेका उनले सुरुमै खोटाङ सेवा समाज चाहुरिदैं गएको आरोप लगाए ।लगत्तै श्रेष्ठले घुमाउरो भाषामा समाजले पक्षापाती व्यवहार गरेको आरोप लगाए । ‘समाजले सहयोग गरिरहेको देखेको छु, तर सबैको घर घरमा पुगेर सबैलाई सहयोग गर्न सकेको छैन ।’ उनले प्रश्न समेत गरे, ‘यसले यो संस्था सबैको हो भन्ने भावना त जगाउन नसकेको त हैन ?’मन्तव्यको सुरुदेखि नै समाजप्रति खनिएका श्रेष्ठले समाजको वैधानिकताको प्रश्न समेत उठाए । ‘यसको अधिवेशन कहिले भयो, मलाई थाहा छैन’ विधानमा के छ, विधान अनुसार चलेको छ कि छैन ? विधान अनुसार चल्नुपर्छ, कहिल्यै अधिवेशन पनि नगर्ने, सबैलाई सदस्यता पनि नबाड्ने बाँडी हाले पनि खल्तीका मान्छेलाई रसिद कटाउने, यो कहिले पुग्छ सबैको घर घरमा ?’ उनले प्रश्न गरे ।सभापति श्रेष्ठले कार्यक्रममा उपस्थित कम भएकोतिर लक्षित गर्दै समाज सबैको घर घरमा पुगेको भए कार्यक्रमको हलमा उपस्थित भन्दा तेब्बर चौबर मान्छे बढी हुने समेत जनाए ।नेपाल सरकारका पूर्व सचिव माधव रेग्मीले शुभकामना मन्तव्यका क्रममा समाजले अधिवेशन गर्नुपर्नेमा जोड दिए । ‘संस्थाको विधान के हो भनेर प्रश्न उठ्यो, विधान परिवर्तन गर्न परे साधारण सभाबाट गरौं, नेतृत्व निरन्तरता दिने भएपनि साधारण सभाबाटै गरौं ।’ उनले भने ।नेपाल सरकारकै अर्का पूर्वसचिव घनश्याम ओझाले भने समाजको बचाउ गरे । ‘मेरै घरमा विधान ड्राफ्ट भएको हो, यस्तो संस्था चलाउनु सामान्य कुरा होइन, संस्था बचाएर ल्याउनु भएको छ म मुरी मुरी धन्यवाद दिन चाहन्छु ।'कार्यक्रमको समापन मन्तव्यका क्रमका समाजका अध्यक्ष राकेश राईले कांग्रेस सभापतिलाई संस्था एकलौटी चलेको छ कि भन्ने लागेको भए त्यो गलत भएको जवाफ फर्काए । ‘कांग्रेस सभापतिलाई लागेको होला संस्था एकलौटी चलेको छ कि भन्ने, जातीय संस्था र अरु संस्था पनि एकलौटी चल्दैन, यो पनि त्यस्तो छैन ।’ उनले भने ।उनले अघिल्लो वर्ष अधिवेशन गर्ने तयारी गर्दा स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा सबै जिल्ला गएकाले नभएको, भदौमा गर्ने तयारी गर्दा आफू युरोप गएकोले हुन नसकेको बताए । उनले केही दिन अघि अधिवेशन गरौं भन्दा सोह« श्राद्ध छ भनेपछि नभएको समेत उल्लेख गरे ।संस्थामाथि निक्कै प्रश्न उठेपछि उनले आफूले पोहोर साल नै मैले सके भनेर हिडेको तर बस्नुपर्छ भनेपछि मात्र बसेको जनाए । आरोपको खण्डन गर्दै उनले सामाजिक संस्थाबाट केही पनि नपाएको र चलाउन सहज पनि नभएको समेत उल्लेख गरे । ‘सामाजिक काम गर्न त्यति सहज छैन, यहाँ पाउनुपर्ने भन्ने पनि केही छैन मञ्च पाइयो त्यति हो ।’ उनले भने ।

यस्तो रह्यो नेकपा खोटाङको दशैं तिहार शुभकामना कार्यक्रम (फोटोफिचर)

खोटाङ २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले दशैं, तिहार, छठ, नेपाल सम्वत्, उधौली लगायत ने
Hamro Khotang

यस्तो रह्यो नेकपा खोटाङको दशैं तिहार शुभकामना कार्यक्रम (फोटोफिचर)

खोटाङ २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले दशैं, तिहार, छठ, नेपाल सम्वत्, उधौली लगायत नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।नेकपाले बुधबार पार्टी कार्यालय दिक्तेलमा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेकपाका नेता टंक राईसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, सुरक्षा निकाय, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो । हेर्नुहोस् तस्बीरः तस्बीर सौजन्यः दुर्गाजयन्ती राई/खेमराज राई, फेसबुक

वडाध्यक्षमाथि यौन दुव्र्यबहारको मुद्दा

खोटाङ असोज–२४,  असोज–२४, खोटाङमा वडाध्यक्षमाथि यौन दुव्र्यबहारको आरोप लागेको छ । दिक्तेल रुपाक
Hamro Khotang

वडाध्यक्षमाथि यौन दुव्र्यबहारको मुद्दा

खोटाङ असोज–२४,  असोज–२४, खोटाङमा वडाध्यक्षमाथि यौन दुव्र्यबहारको आरोप लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ देर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानमाथि यौन दुव्र्यहार गरेको आरोप लागेको हो ।जिल्ला अदालत खोटाङमा सोमबार ३३ वर्षीय महिलाले चौहान बिरुद्ध यौन दुव्र्यबहार मुद्धा दर्ता गरेकी छन् । चौहान बिरुद्ध २०७५–सी ४–०००७ नम्बरमा यौन दुव्र्यबहार मुद्धा दर्ता भएको अदालतका श्रेष्तेदार लालबहादुर कार्कीले बताउनुभयो ।महिलामाथि असोज १६ गते राती सुतिरहेको अवस्थामा दुव्र्यवहार गरेको आरोप छ । २०७४ साल पौष १८ गते पनि यौन दुव्र्यवहार गरेको पीडित महिलाको दाबी छ । यौन दुव्र्यबार मुद्धा हाल्ने महिला शिक्षिका हुन् ।आरोपित वडाध्यक्ष चौहानले भने आफुलाई फसाउने नियतले मुद्दा दर्ता गराएको जनाएका छन् । पीडित भनिएको विद्यालयका प्रअसँग विद्यालय सार्ने, नसार्ने विषयमा विवाद भईरहेकोले सोही रिसिवी साँध्न योजनावद्द ढंगले आफुलाई आरोप लगाएको चौहानको भनाई छ ।चौहानले आफुमाथि पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको आरोप लागे पनि त्यो झुटो रहेको  जनाउँदै आएका छन् । उजुरीमा पीडितले आफुमाथि वलात्कार प्रयास भएको मितिभन्दा लामो समय अघिदेखि नै आफुले ती महिलालाई देख्दै नदेखेको र भेट्दै नभेटेको आरोपितको भनाई छ ।

‘सरकारलाई बहाना गर्ने कुनै छुट छैन’ : टंक राई

खोटाङ  असोज–२४, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्वसांसद टंक राईले बर्तमान सरकारले जनअपेक
Hamro Khotang

‘सरकारलाई बहाना गर्ने कुनै छुट छैन’ : टंक राई

खोटाङ  असोज–२४, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्वसांसद टंक राईले बर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ । पुर्वसांसद राईले दुई तिहाई मत भएको सरकारसँग जनताले वढी नै कामको अपेक्षा गरे पनि सरकारले सो अनुरुप काम गर्न नसकेको वताउनुभएको हो । नजिकिएको दशैं–तिहार, छठ, नेपाल सम्बत एबं उद्यौलीको अवशरमा नेपाल कम्यूनिष्ट पार्टी खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा वोल्दै राईले सामान्य अल्पमतको सरकारप्रति जनताको खासै चासो र अपेक्षा नदेखिए पनि दुई तिहाईको सरकारसँग वढी नै अपेक्षा पाईएको जनाउनुभयो । शक्तिशाली सरकारले जे पनि गर्न सक्छ भन्ने जनताको मानसिकता अनुरुप सरकारले काम गर्न नसकेको उहाँले वताउनुभयो । नेता तथा पूर्व सांसद राईले जनअपेक्षा अनुरुप काम गर्न नसकेको कुरामा सरकारले कुनै वहानावाजी नगरी काम गर्न नसकेको कुरा स्विकार गर्नुपर्ने  धारणा राख्नुभयो । दुई तिहाई मत भएकाले वर्तमान शक्तीशाली सरकारलाई बाहना गर्ने कुनै छुट नभएको पुर्वसांसद राईको भनाई थियो ।राईले सरकारको आलोचना मात्र समाधान नभएको उल्लेख गर्दै सवैले आ–आफ्नो ठाउँवाट पूरा गर्न सक्ने दायित्वलाई पूरा गर्नुपर्ने जनाउनुभयो । उहाँले राजनीतिमा आएको बिकृतिका कारण नेता र कर्मचारी जनताका सामु अबिश्वासको पात्र बनेको धारणा समेत राख्नुभयो । नेपालको राजनैतिक शव्दकोषबाट त्याग भन्ने शव्दावली लोप हुन लागेको जनाउँदै राईले राजनीतिलाई नैतिक, स्वार्थरहित सामाजिक उत्तरदायित्व, सामाजिक कर्तव्य र स्वार्थरहित सामाजिक सेवाका रुपमा अङ्गिकार नगरेसम्म समाजले सन्तुष्टी प्राप्त गर्न नसक्ने धारणा राख्नुभयो ।नेकपाको पार्टी कार्यालयमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, सुरक्षा निकाय, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

‘हलेसीवाट नेपालै धान्ने आर्थिक समृद्दि ल्याउन सकिन्छ’ : कृषिविज्ञ राई (भिडियोसहित)

खोटाङ असोज–२४, कृषिविज्ञ मदन राईले खोटाङ जिल्लामा आर्थिक समृद्दिको प्रशस्त आधारहरु भए पनि पहिचा
Hamro Khotang

‘हलेसीवाट नेपालै धान्ने आर्थिक समृद्दि ल्याउन सकिन्छ’ : कृषिविज्ञ राई (भिडियोसहित)

खोटाङ असोज–२४, कृषिविज्ञ मदन राईले खोटाङ जिल्लामा आर्थिक समृद्दिको प्रशस्त आधारहरु भए पनि पहिचान गरी अवधारणा निर्माण गर्न नसकिएको वताउनुभएको छ । कृषिविज्ञ राईले जिल्लाको हलेसी लगायतको पर्यटकीय क्षेत्रहरुमार्फत जिल्लालाई समृद्दितर्फ उन्मुख गराउन सक्ने प्रशस्त आधार र प्रचुर सम्भावनाहरु भए पनि त्यसतर्फको अवधारणा विकास गर्न नसकिएको वताउनुभएको हो । दिक्तेलको शुभम फाउण्डेसनमा हालै भएको पत्रकार भेटघाटमा राईले हलेसी जेरुसलेमपछिको विश्वकै ठूलो धाम भएको उल्लेख गर्नुभयो । अन्य धामहरु एक धर्मको मात्र हुने भए पनि हलेसी तीन धर्मवालम्वीहरुको आस्थाको केन्द्र भएकाले विश्वले नै महत्वका साथ हेर्ने गरेको उहाँको तर्क छ । नेपालको पशुपति र लुम्विनी एक–एक धर्मको मात्र भएको तर हलेसी त्रीधार्मिक स्थल भएकोले नेपालको सवै भन्दा ठूलो धाम हलेसी नै भएको उहाँले प्रष्ट्याउनुभयो । नेपालमा पाँच करोड र त्यहीमध्येको एकदेखि तीन करोड पर्यटक हलेसी ल्याउन सकिने गरी अवधारणा वनाउन सकिने उहाँले जनाउनुभयो । त्यसो भएको खण्डमा जिल्ला मात्र नभई नेपाललाई नै धान्ने गरी आर्थिक समृद्दि प्राप्त गर्न सकिने उहाँको धारणा छ । हलेसी लगायत हामीले वदरदानको रुपमा प्राप्त गरेको भुगोल तथा हावापानीलाई सदुपयोग गर्ने अवधारणाको विकास गरी आर्थिक समृद्दि निम्त्याउन सकिने उहाँको ठहर छ । राईले जिल्ला प्राकृतिक, साँस्कृतिक रुपले समेत समृद्द भएको कारण त्यसको समुचित उपयोगवाट नेपाललाई नै धान्ने अर्थोपार्जन गर्न सकिने जनाउनुभयो । उहाँले जिल्लालाई पर्यटनको माध्यमवाट नै समृद्दितर्फ लैजाने अभियानमा आफु लागिरहेको भन्दै अभियानमा सवै सहभागी हुनुपर्ने धारणा राख्नुभयो । हावापानीको हिसावले लोभ लाग्दो जिल्ला सगरमाथा करिडोरमा पर्नु अर्को सम्भावना भएको राईको भनाई छ । सगरमाथा छर्लङ्ग देखिने जिल्लाको रम्भुवामा केही वर्षमा नै विशाल ताल वन्ने हुनाले पनि पर्यटक आकर्षित हुने राईले सुनाउनुभयो । जिल्लामा भएको श्रोत साधनको पहिचान गरी योजना तथा अवधारणाको विकास गरी काम गरेको खण्डमा समृद्द जिल्ला वनाउन लामो समय नलाग्ने  कृषिविज्ञ राईले जनाउनुभएको छ ।

सिम्पानीमा सालपा बैंकको शाखा स्थापना

खोटाङ । सालपा विकास बैंकले खोटाङको खोटेहाङ गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।२०६९ सालदेख
Hamro Khotang

सिम्पानीमा सालपा बैंकको शाखा स्थापना

खोटाङ । सालपा विकास बैंकले खोटाङको खोटेहाङ गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।२०६९ सालदेखि बैंकिङ कारोबार सुरु गरेको बैंकले खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा चौथो एक्टेन्सन रुपमा शाखा विस्तार गरेको हो ।शाखाबाट निक्षेप परिचालन, कर्जा प्रवाह, रेमिट्यान्स, लघु वित्त लगायका सेवा प्रवाह हुने बैंकका कार्यकारी अधिकृत इश्वरमान राईले जानकारी दिए ।दिक्तेलमा मुख्य कार्यालय रहेको बैंकले यसअघि ऐसेलुखर्क, हलेसी तुवाचुङ नगरापलिकामा एक्टेक्शन शाखा विस्तार गरेको थियो । बैंकले जन्तेढुंगा गाउँपालिकामा पनि शाखा विस्तार गरेको जनाएको छ ।

रुखबाट लडेका रमेशको स्वास्थ्य सुधार भएन, सहयोगका लागि सबैसँग अपिल

काठमाडौं २३ असोज । रुखबाट लडेर गम्भीर घाइते भएका खोटाङ जिल्ला साकेला गाउँपालिका वडा ३ का रमेश राई
Hamro Khotang

रुखबाट लडेका रमेशको स्वास्थ्य सुधार भएन, सहयोगका लागि सबैसँग अपिल

काठमाडौं २३ असोज । रुखबाट लडेर गम्भीर घाइते भएका खोटाङ जिल्ला साकेला गाउँपालिका वडा ३ का रमेश राई चिनिने इन्द्र कुमार राईको स्वास्थ्यमा अझै सुधार आएको छैन ।१२ असोजमा रुखबाट लडेर गम्भीर घाइते भएका रमेशको हाल काठमाडौंको मेडिकेयर हस्पिटलमा उपचार भईरहेको छ । तर, उनको स्वास्थ्यमा उल्लेख्य सुधार भने अझै हुन नसकेको साकेला गाउँपालिका वडा १ का राजकुमार राईले जनाए । राईको टाउकोमा समस्या रहेको चिकित्सकले जनाएका छन् ।रमेश परिवारको आर्थिक अवस्था कमजोर रहेको र उनकी श्रीमती टीकाको पनि ब्रेन ट्युमर भई अशक्त रहेकाले आर्थिक सहयोगका लागि अपिल समेत गरिएको छ । वडा कार्यालयले निर्णय नै गरेर आर्थिक सहयोगका लागि अपिल गरेको छ भने उनको परिवारले पनि उपचारमा सहयोगका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।यसैबीच, देश विदेशबाट रमेशको उपचारका लागि सहयोग रकम समेत जुट्न थालेको छ ।

महिला हिंसा न्यूनिकरण गर्न ‘स्कुल सम्पर्क’

असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्क
Hamro Khotang

महिला हिंसा न्यूनिकरण गर्न ‘स्कुल सम्पर्क’

असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, बलात्कार र हत्या, वालविवाह जस्ता घटना दिनानुदिन बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक बिकास सेवा केन्द्रले दिक्तेलस्थि सरस्वती माबिमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतना जगाएको हो ।महिला हिंसा, दुव्र्यवहार र बलात्कारको घटना बढ्दो पाइएपछि कक्षा ११ र १२ का बिद्यार्थीलाई सहभागी गराएर शुक्रबार सचेतनामुलक कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । कार्यक्रममा यौन दुव्र्यबहार, महिला हिंसा, लागु औषध, शान्ति सुरक्षा, साइबर क्राईम, कानूनी प्रावधान, सजाय व्यवस्था, ट्राफिक नियम लगायतका बारेमा छात्र÷छात्रालाई जानकारी दिइएको छ । प्रहरी सहायक निरीक्षक सिता पछाईले हिंसालाई गुपचुप राख्दा अपराधिक मानसिकता भएका व्यक्तिको मनोबल झनै बढ्ने उल्लेख गर्नुभयो । महिला हिंसा बिरुद्धको सचेतनामुलक अभियान अन्य बिद्यालयमा पनि पु¥याइने सामुदायिक बिकास सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो । 

‘दिनभर जनताको काममा, साँझ–विहान वाख्रा फर्ममा’ : वडाध्यक्ष ढकाल

रामधन राई /खोटाङ, असोज–१९, समृद्दि नारा र कुराले नभई कामले सम्भव हुन्छ । यही वुझाई राख्नुहुने खोट
Hamro Khotang

‘दिनभर जनताको काममा, साँझ–विहान वाख्रा फर्ममा’ : वडाध्यक्ष ढकाल

रामधन राई /खोटाङ, असोज–१९, समृद्दि नारा र कुराले नभई कामले सम्भव हुन्छ । यही वुझाई राख्नुहुने खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का वडाध्यक्ष विरेन्द्र ढकाल  दिनभरी जनताकै काममा व्यस्त रहनुहुन्छ । वाँकी समय अर्थात साँझ–विहान भने उहाँ आयआर्जनमुलक कार्यमा ब्यस्त रहनुहुन्छ । वडाध्यक्ष ढकालको पहिलो कार्य जनताको काम हो भने दोश्रो कालिका वाख्रा फर्मका वाख्राहरुको स्याहार–सुसारको काम । त्यसपछि आम्दानी दिने रुख कटहर, भूईकटहर, केरा आदि फलफूल तथा नर्सरीको काममै भेटिनुहुन्छ । २०३६ सालदेखि विद्यार्थी राजनीति हुँदै मुलधारको राजनीतिमा प्रवेश गर्नुभएको वडाअध्यक्ष ढकाल विहान ४ वजे उठ्नुहुन्छ । तीन/चार भाँडा खोले पकाउनुहुन्छ अनि फर्मभरि रहेका बाख्राखसीलाई खुवाउनुहुन्छ । आफुलाई अति मेहनतीमा राख्ने ढकाल खसीवाख्रालाई खोले खुवाईसकेपछि डोको नाम्लो र हँसिया लिएर घाँसको जोहोमा हिँड्नुहुन्छ ।  बिहान नौं बजेसम्म वाख्रा फार्म र करेसाबारीमा रहनुहुने ढकाल नौं वजे कार्यालय जानुहुन्छ । जनताको काम गर्नुहुन्छ । फर्कनुहुन्छ र खसी वाख्रा र फलफुल खेतीको स्याहारसुसारमा  ब्यस्त रहनुहुन्छ ।  वडाअध्यक्ष ढकालले आफ्नै लगानीमा उन्नत जातको बाख्रा फार्मका साथै केरा तथा कटहरको व्यवसायिक खेती गर्नुभएको छ । २०७२ सालमा २५ वटा बाख्रा खरिद गरी सुरु गर्नुभएको बाख्रा फार्ममा अहिले ९५ वटा बाख्रा तथा खसी छन् ।विजयखर्कको तल्लो क्षेत्र वाख्रापालनको लागि उपयुक्त हावापानी तथा स्थान ठहरिएपछि आधिकारिक रुपमा फार्म दर्ता गरी बाख्रा पालन शुरु गर्नुभएको ढकाललाई उहाँका श्रीमती एलकुमारी ढकालले पुरै सहयोग गर्नुभएको छ । तीन छोराकी आमा एलकुमारी पनि दिनभर बाख्रा चराउन तथा घाँस काट्नमा व्यस्त रहनुहुन्छ ।ढकाल दम्पत्तीको तीन छोराहरु बरुण, नरेन्द्र र राजकुमार पनि अध्ययनको अलवा बुबाआमालाई नै सहयोग गर्छन् ।  बाख्रा फार्म तथा केरा र कटहर खेतीबाट आएको आम्दानीले तीन छोराको पढाइ, घर खर्च र सामाजिक कामका लागि गरिने खर्च कटाएर वार्षिक पाँच लाख बढी बचत हुने गरेको वडाअध्यक्ष ढकालले बताउनुभयो । समाज सेवा गर्ने व्यक्ति पहिले आफू सक्षम हुनुपर्ने उहाँको धारणा छ ।  ‘व्यवसायबाट आएको आम्दानी घर खर्च कटाएर समाज परिवर्तन गर्नकै लागि खर्च गर्दै आएको छु ।’ उहाँ भन्नुहुन्छ–‘दिनभरी जनताकै काम गर्छु, वाँकी समय आम्दानीमूलक ब्यवसायमा खटिरहेको छु ।’ यसरी काममै रमाउँदा आनन्द लाग्ने ढकालको भनाई छ ।वडाअध्यक्ष ढकालले श्रीमती एलकुमारी ढकालकै नाममा कालिका बाख्रा फार्म दर्ता गरेर खरी र जमुनापारी क्रस जातका बाख्रा पाल्नुभएको छ । वर्षाको समयमा घरबारीकै घाँसले पुग्ने बाख्राखसीलाई ढकाल परिवारले हिउँदमा भने स्थानीय सामुदायिक वनमा चराउने र जङ्गलको घाँस खुवाउने गरेका छन् । ढकाल दम्पत्तीको बाख्रा फार्मसँगै दश रोपनी जग्गामा केरा बगान र तीन रोपनी जग्गामा रुख तथा भुइँ कटहर लगाइएको छ । फार्ममा उत्पादन भएको बाख्राखसी र केरा तथा कटहर वडा नम्बर–१४ बुइपास्थित पञ्चेदोबाटो बजार र वडा नम्बर–१ दिक्तेलस्थित हाटडाँडामा लाग्ने हटियामा खपत हुने गरेको छ । ढकाल दम्पत्तीले फलसँगै भुइँ कटहरको बेर्ना समेत उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । 

खोटाङका भूकम्प पीडितलाई तेश्रो किस्ता वितरण सुरु

खोटाङ असोज–१८, खोटाङका भूकम्प पीडित लाभग्राहीलाई पूर्ननिर्माणको लागि दिईने तेश्रो किस्ता वापतक
Hamro Khotang

खोटाङका भूकम्प पीडितलाई तेश्रो किस्ता वितरण सुरु

खोटाङ असोज–१८, खोटाङका भूकम्प पीडित लाभग्राहीलाई पूर्ननिर्माणको लागि दिईने तेश्रो किस्ता वापतको अनुदान रकम वितरण सुरु गरिएको छ । महाभूकम्पका कारण घरविहिन बनेपछि पहिलो र दोश्रो किस्ता लिएर आवास निर्माणको काम गरिरहेका लाभग्राहीलाई राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणले तेश्रो किस्ता बितरण गर्न सुरु गरेको हो । जिल्लाका ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये पहिलो र दोश्रो किस्ता लिएर मापदण्ड अनुसार घर निर्माण गरिरहेकामध्ये हालसम्म १ सय ३८ लाभग्राहीलाई तेश्रो किस्ता बितरण गरिसकिएको राष्ट्रिय पूर्ननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालयका प्रमुख सागर आचार्यले बताउनुभयो ।हालसम्म कुल लाभग्राहीमध्ये ८ हजार ३ सय १० लाभग्राहीले पहिलो किस्ता वापत ५० हजार र ३ हजार ३ सय ७९ लाभग्राहीले दोश्रो किस्ता वापत १ लाख ५० हजार अनुदान पाएर आवास निर्माणको काम गरिरहेका छन् । दोश्रो किस्ता बुझेर घरलाई छाना हाल्ने अवस्थामा पु¥याएका लाभग्राहीलाई ७५ हजार र शौचालय निर्माणपछि २५ हजारका दरले अनुदान दिने प्रावधान छ ।

बालिका करणी प्रयासको आरोपित कारागार चलान

खोटाङ असोज–१६,  ११ वर्षिया बालिकामाथि करणी प्रयास गरेको आरोपमा खोटाङका एक व्यक्ति कारागार चलान
Hamro Khotang

बालिका करणी प्रयासको आरोपित कारागार चलान

खोटाङ असोज–१६,  ११ वर्षिया बालिकामाथि करणी प्रयास गरेको आरोपमा खोटाङका एक व्यक्ति कारागार चलान भएका छन् । सुतिरहेको वालिकामाथि करणीको प्रयास गर्ने  खोटेहाङ गाउँपालिका–४ वडकादियालेका  ३५ बर्षिय रामकुमार भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।  भदौ २२ गते साँझ वालिकालाई करणी गर्ने प्रयास गरेको जानकारी ईलाका प्रहरी कार्यालय खोटाङबजारमा गराएसँगै घटनाको भोलिपल्टै आरोपितलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपितलाई असोज १५ गते गरेको जिल्ला अदालतको आदेशले थुनामा पठाईएको जिल्ला अदालतको श्रेष्तेदार लालबहादुर कार्कीले बताए । घरको माथिल्लो तलामा सुताईरहेको वालिका एक्कासी रोएपछि हेर्न जाँदा आरोपितले करणी प्रयास गरिरहेको अवस्थामा फेला पारिएको वताईएको छ । पीडितका आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएसँगै कार्वाहीको लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो । 

फेकोफोनको केन्द्रीय सदस्यमा खोटाङको उम्मेद्वारी

खोटाङ–१६, सामुदायीक बन उपभोक्ता महासंघको केन्द्रीय सदस्यका लागि खोटाङको उम्मेदवारी परेको छ । का
Hamro Khotang

फेकोफोनको केन्द्रीय सदस्यमा खोटाङको उम्मेद्वारी

खोटाङ–१६, सामुदायीक बन उपभोक्ता महासंघको केन्द्रीय सदस्यका लागि खोटाङको उम्मेदवारी परेको छ । काठ्माण्डौंमा जारी सामुदायीक बन उपभोक्ता महासंघ केन्द्रीय समितिको अधिबेसनमा केन्द्रीय सदस्यका लागि सम्बर भुजेलको उम्मेदवारी परेको हो । महासंघको केन्द्रीय सदस्यमा भुजेललाई जिताउनका लागि खोटाङको टोली मैदानमा उत्रिएको सामुदायीक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए । जिल्लाको कोषाध्यक्ष रहेका भुजेललाई सिमान्तकृतकातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाइएको हो । अधिबेसनमा मुलुकभरका २२ हजारभन्दा बढि सामुदायीक बन उपभोक्ता महासंघका ७ सय प्रतिनिधि सहभागी छन् । 

लडेर गम्भीर घाईते राईको उपचारमा आर्थिक अभाव

खोटाङ असोज–१६,  रुखबाट लडेर गम्भिर घाईते वनेको खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाका ईन्द्र
Hamro Khotang

लडेर गम्भीर घाईते राईको उपचारमा आर्थिक अभाव

खोटाङ असोज–१६,  रुखबाट लडेर गम्भिर घाईते वनेको खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाका ईन्द्रकुमार राई(रमेश)को उपचारमा आर्थिक अभाव भएको छ । अरिंगाल काढ्नका लागि असोज १२ गते साँझ पात्लेको रुखमा चढ्ने क्रममा करिब डेढ सय फिट माथिबाट लडेको राईको उपचारमा आर्थिक संकट भएको हो । दोश्रो दिन १ लाख ६१ हजारमा हेलिकोप्टर चार्टर गरेर काठ्माण्डौंको मेडिकेयर अस्पतालमा पु¥याइएको राईको होस् नखुलेको आफन्त सिताराम राईले बताउनुभयो । घाईंते राईको मस्तिष्कमा गम्भीर असर पुगेकाले लामो उपचार गर्नुपर्ने बताइएको छ । घाईतेलाई लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले वडा कार्यालय खिदिमाले सोमबार आर्थिक सहयोगका लागि सिफारिस दिएको छ । आर्थिक अवस्था कमजोर भएको र आफैले उपचार गर्न सक्ने अवस्था नभएकाले सहयोगका लागि सिफारिस दिएको वडा कार्यालयले जनाएको छ । श्रीमती टिना राई समेत ब्रेन ट्यूमरको समस्याबाट पीडित भएको अवस्थामा राई पनि लडेर गम्भीर घाईते भएपछि परिवारमा संकट आइपरेको आफन्तले बताएका छन् । 

वालिका करणी प्रयासको आरोपित कारागार चलान

खोटाङ असोज–१६,  ११ वर्षिया वालिकामाथि करणी प्रयास गरेको आरोपमा खोटाङका एक व्यक्ति कारागार चलान
Hamro Khotang

वालिका करणी प्रयासको आरोपित कारागार चलान

खोटाङ असोज–१६,  ११ वर्षिया वालिकामाथि करणी प्रयास गरेको आरोपमा खोटाङका एक व्यक्ति कारागार चलान भएका छन् । सुतिरहेको वालिकामाथि करणीको प्रयास गर्ने  खोटेहाङ गाउँपालिका–४ वडकादियालेका  ३५ बर्षिय रामकुमार भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।  भदौ २२ गते साँझ वालिकालाई करणी गर्ने प्रयास गरेको जानकारी ईलाका प्रहरी कार्यालय खोटाङबजारमा गराएसँगै घटनाको भोलिपल्टै आरोपितलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपितलाई असोज १५ गते गरेको जिल्ला अदालतको आदेशले थुनामा पठाईएको जिल्ला अदालतको श्रेष्तेदार लालबहादुर कार्कीले बताए । घरको माथिल्लो तलामा सुताईरहेको वालिका एक्कासी रोएपछि हेर्न जाँदा आरोपितले करणी प्रयास गरिरहेको अवस्थामा फेला पारिएको वताईएको छ । पीडितका आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएसँगै कार्वाहीको लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो । 

सहयोग गर्छु भन्दै बलात्कार गर्ने अभियुक्त बिरुद्ध मुद्धा

खोटाङ असोज–१६,  खोटाङमा हटियाबाट घर फर्कदै गरेकी महिलालाई भारी वोक्न सहयोग गर्ने भन्दै वीच वाटो
Hamro Khotang

सहयोग गर्छु भन्दै बलात्कार गर्ने अभियुक्त बिरुद्ध मुद्धा

खोटाङ असोज–१६,  खोटाङमा हटियाबाट घर फर्कदै गरेकी महिलालाई भारी वोक्न सहयोग गर्ने भन्दै वीच वाटोमा बलात्कार गर्ने आरोपित बिरुद्ध मुद्धा दर्ता भएको छ । भोजपुरको बालंखामा लाग्ने हाटबाट फर्कने क्रममा चामल वोक्न सहयोग गर्ने भन्दै वाटोमा बलात्कार गरेको आरोपमा खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका हरि खड्का बिरुद्ध जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको हो । दशैंका लागि चामल लिएर फर्कनेक्रममा बालंखा र बोपुङको सिमानामा पर्ने चप्लेटी जंगलमा खड्काले असोज १२ गते शुक्रबार जबरजस्ती बलात्कार गरेको पीडित महिलाको भनाई छ । बलात्कारमा परेकी महिला न्याय माग्दै श्रीमान र ९ महिनाकी छोरी सहित जिल्ला प्रहरी कार्यालय आएपछि असोज १६ गते आरोपित बिरुद्ध मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।हाटबाट फर्कने क्रममा चामल बोकिदिन्छु भन्दै जंगलमा पुगेपछि बिसाउन भनेर जबरजस्ती गरेको पीडित महिलाको भनाई छ । पीडित दम्पत्ती न्याय माग्दै तीन दिन हिँडेर दिक्तेल आइपुगेका हुन् । घट्नापछि दुई वटा बच्चा र घर आफन्तलाई हेरचाह गर्ने जिम्मा दिएर दिक्तेल आएको पीडितको भनाई छ ।निम्न आर्थिक अवस्था भएका पिडितलाई दिक्तेलमा महिला एकता अध्ययन केन्द्रले खाने बस्ने व्यवस्था मिलाएको अन्तरपार्टी महिला सञ्जाल खोटाङकी उपाध्यक्ष मनकुमारी रसाईलीले जनाउनुभएको छ ।

दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

खोटाङ असोज–१६, खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल
Hamro Khotang

दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

खोटाङ असोज–१६, खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाएको छ । साबिकको फेदी–१ का १७ दिनको छोरा र साबिकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डाक्टर नबिन देबकोटा, बिश्वनाथ यादव लगायतको टोली फेदीतर्फ गएको हो । घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाइएको छ । एउटै खोप केन्द्रका शिशुको मृत्युको कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जिव राईले बताउनुभयो । बालबच्चालाई असोज १० गते बिसिजि खोप लगाइएको थियो । 

शैक्षिक गुणस्तरका लागि करार सम्झौता

खोटाङ असोज–१४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा शै
Hamro Khotang

शैक्षिक गुणस्तरका लागि करार सम्झौता

खोटाङ असोज–१४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न कार्य सम्पादन करार सम्झौता गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि नगरभित्रका १८ मध्ये १७ मावि र नगरपालिकावीच कार्य सम्पादन करार सम्झौता गरिएको हो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगर स्तरीय मावि तहका प्रधानाध्यापकको दुई दिने अन्तरक्रियात्मक छलफल तथा प्रतिवद्धता कार्यक्रम पश्चात कार्य सम्पादन करार सम्झौता गरिएको वताईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको रोहवरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा पाण्डे केसी र शिक्षा शाखा प्रमुख पञ्चकुमार राईवीचमा १४ बुँदे कार्य सम्पादन करार सम्झौता गरेपछि शिक्षा शाखा प्रमुख पञ्चकुमार राई र माविका प्रअबीचमा कार्य सम्पादन करार सम्झौता गरिएको हो ।विद्यालय विकास प्रस्ताव तयार गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यन्वयन गर्ने, आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मको तहमा अंग्रेजी माध्यमबाट पठन–पाठन गर्ने लगायतका २५ बुँदे करार सम्झौता भएको मेयर रिजालले बताउनुभयो ।सम्झौतामा प्रत्येक शैक्षिक सत्रको बैशाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समुहका सम्पूर्ण विद्यार्थीलाई भर्ना गराउने तथा १६ गतेदेखि अनिवार्य पठनपाठन सुरु गर्ने उल्लेख गरिएको छ । पाठ्यक्रम र शिक्षक निर्देशिकालाई सवै शिक्षकले अनिवार्य रुपमा प्रयोग गर्ने÷गराउने, प्रत्येक विषयका शिक्षकले पाठ्यवस्तु अनुसारका सामाग्री प्रयोग गरेर मात्रै शिक्षण गराउनुपर्ने लगायतका २५ वुँदे सर्तहरु करार सम्झौतामा रहेका छन् । नगरपालिकाभित्रका सवै माध्यमिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि सवै पक्ष प्रतिवद्द रहेको जनाईएको छ । 

फेसबुक ग्रुपमार्फत पुस्तकालय स्थापना

खोटाङ असोज–१४,  खोटाङमा जन्मि विभिन्न स्थानमा वसोवास गरिरहेका युवाहरुको फेसबुक ग्रुपले संकलन ग
Hamro Khotang

फेसबुक ग्रुपमार्फत पुस्तकालय स्थापना

खोटाङ असोज–१४,  खोटाङमा जन्मि विभिन्न स्थानमा वसोवास गरिरहेका युवाहरुको फेसबुक ग्रुपले संकलन गरेको रकमले विद्यालयलाई पुस्तकालय स्थापना गरिदिएका छन् । जिल्लामा जन्मिएर अध्ययन तथा रोजगारीको सिलसिलामा राजधानी काठमाडौं लगायत विभिन्न देशमा रहेका युवाले सञ्चालन गरेको ‘हेण्ड ईन हेण्ड’ फेसबुक ग्रुपले दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको हो ।वर्षदिन लगाएर संकलन गरेको पाँच लाख रुपैंयाँ रकमबाट स्थापना गरिएको पुस्तकालयमा प्राथमिक तहको विषयगत तथा विभिन्न विधाका पुस्तक राखिएको छ । पुस्तकालय आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले रिबन काटेर उद्घाटन गर्नुभयो । नेवा पुचः खोटाङको आयोजनामा उद्घाटन गरिएको पुस्तकालयको चाँबी फेसबुक पेज सञ्चालक समितिका संयोजक किरण श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रकुमार बजिमयलाई हस्तान्तरण गर्नुभयो । फेसबुक ग्रुपले पाँच लाखको पुस्तक, दश हजारको फर्निचर र दश हजारको सूचना पाटी उपलब्ध गराएको छ । उक्त ग्रुपले सोही विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीका लागि ४८ हजारको झोला, ३६ हजारको कापी र दश हजारको पेन्सिल समेत उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । पस्तकालय स्थापनार्थ सहयोग गर्ने फेसबुक ग्रुपलाई उद्घाटन कार्यक्रममा विद्यालयले कदरपत्र सहित सम्मान गरेको छ । उक्त फेसबुक ग्रुपमा नेपाल तथा नेपाल बाहिर रहेका ४० हजार बढी नेपाली सदस्य रहेका छन् । 

अतिक्रमित जग्गाको संरचना हटाउन समयसिमा

खोटाङ असोज–१३, खोटाङको बराहपोखरी गाउँपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरच
Hamro Khotang

अतिक्रमित जग्गाको संरचना हटाउन समयसिमा

खोटाङ असोज–१३, खोटाङको बराहपोखरी गाउँपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउने समयसिमा तोकिएको छ । गाउँपालिका भित्रका सरकारी, गुठी लगायतका सार्वजनिक जग्गामा बनाइएका घर तथा टहरा हटाउनका लागि समय सिमा  जारी गरिएको हो ।गाउँपालिकाभित्रका सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा हटाएर खाली गर्नका लागि गाउँपालिकाले फागुन मसान्तसम्मको समय सिमा दिइएको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका काम गर्ने क्रममा बाधकका रुपमा देखिएपछि हटाउनका लागि समय सिमा दिइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । पालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान थालिएको नगरपालिकाले जनाएको छ । अभियानका क्रममा मापदण्ड पूरा नगरी नगरभित्रका बिभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाउने जनाइएको छ ।  जारी गरिएको सूचनालाई वेवस्ता गरे प्रचलित कानुन अनुसार बल प्रयोग गरेर भएपनि संरचना हटाउने गाउँपालिकाले जनाएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने अभियान नै चलाएको छ । 

सुर्ती नियन्त्रणका लागि फेसबुक अभियान

खोटाङ असोज–१२, खोटाङमा धुम्रपान बिरुद्द फेसबुक अभियान चलाईएको छ । धुम्रपान तथा सुर्तीजन्य सेवनब
Hamro Khotang

सुर्ती नियन्त्रणका लागि फेसबुक अभियान

खोटाङ असोज–१२, खोटाङमा धुम्रपान बिरुद्द फेसबुक अभियान चलाईएको छ । धुम्रपान तथा सुर्तीजन्य सेवनबाट हुने शारीरिक, सामाजिक र आर्थिक क्षती रोक्नका लागि स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल खोटाङले फेसबुक अभियान चलाएका हुन् । धुम्रपान सेवन गर्दै आएका नागरिकलाई धुम्रपान त्याग्न नैतिक दवाव सिर्जना गर्नका लागि धुम्रपान बिरुद्द फेसबुक अभियान चलाइएको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो । सुर्तीजन्य पदार्थ सेवन नगर्न र स्वस्थ जीवन यापनका लागि सञ्जालका पदाधिकारी तथा सदस्यले फेसबुकबाट आव्हान गरेका छन् । सञ्जालले हालै एक विशेष बैठक वसी अभियान चलाउने निर्णय गरेको हो । निर्णयअनुरुप हरेक पदाधिकारी एबं सदस्यहरुले आफ्नो फेसबुक वालमा ‘हामी सबैको ऐक्यबद्धता ! सुर्तीजन्य पदार्थको न्यूनिकरण गर्ने प्रतिबद्धता !! सुर्तीजन्य पदार्थको सेवन नगरौं !!! स्वस्थ जीवन जिऔँ !!!! हाम्रो परिवार सुर्तीजन्य पदार्थमुक्त परिवार हो, अनि तपाईको नि ?’ लेखेका छन् ।

अलैंची भट्टीबाट लागेको आगोले घर नष्ट

खोटाङ  असोज–११, खोटाङमा अलैंची भट्टीमा अलैंची सुकाउने क्रममा सल्किएको आगोले एक घर जलेर नष्ट भएक
Hamro Khotang

अलैंची भट्टीबाट लागेको आगोले घर नष्ट

खोटाङ  असोज–११, खोटाङमा अलैंची भट्टीमा अलैंची सुकाउने क्रममा सल्किएको आगोले एक घर जलेर नष्ट भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेर नष्ट भएको हो । घर नजिकैको कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगलागीले मानवीय क्षती नभए पनि खत्री परिवारको नगद २५ हजार, अन्नपात, लत्ताकपडा लगायतका सामान जल्दा ४ लाख बराबरको धनमालमा क्षती भएको वडाध्यक्ष देबिन्द्र राईले बताउनुभयो । सोमबार भएको आगलागीमा घर जलेपछि खत्रीका ५ जनाको परिवारको बिचल्ली भएको छ । 

खोटाङमा दश प्रतिशतले भाडा वृद्धि

खोटाङ असोज–११,  खोटाङबाट सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडा दर दश प्रतिशतले वृद्धि गरि
Hamro Khotang

खोटाङमा दश प्रतिशतले भाडा वृद्धि

खोटाङ असोज–११,  खोटाङबाट सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडा दर दश प्रतिशतले वृद्धि गरिएको छ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेसँगै व्यवसायीले मंगलबारबाट दश प्रतिशतले भाडा दर वृद्धि गरेको हो । जिल्लाका यातायात व्यवसायीले छोटो तथा लामो दूरीका सबै सवारी साधनको भाडा दर वृद्धि गरेसँगै दिक्तेलबाट काठमाडौं तथा काठमाडौंबाट दिक्तेलका लागि बसमार्फत एकतर्फी यात्रा गर्दा प्रति व्यक्ति भाडा एक हजार ३ सय २० रुपैंयाँ लाग्ने छ । यसअघि दिक्तेलबाट काठमाडौं तथा काठमाडौंबाट दिक्तेलका लागि एकतर्फी भाडा रु एक हजार २ सय लिने गरिएको थियो । नेपाल सरकार र यातायात व्यवसायीबीच भएको सहमती अनुसार दिक्तेल–गाईघाटका लागि बसको भाडा ८ सय ८०, दिक्तेल–भोजपुर ८ सय ८०, दिक्तेल–धरान एक हजार २ सय ९८ रुपैंयाँ भाडा निर्धारण गरिएको छ । यस्तै, दिक्तेल–बिराटनगर एक हजार ३ सय २०, दिक्तेल–कटारी ८ सय ८० र दिक्तेल–लहान एक हजार १२ रुपैंयाँ भाडा दर निर्धारण गरिएको छ । बससँगै जिपको पनि भाडा दर वृद्धि गरिएको खोटाङ यातायात प्रा.लि. का सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । सचिव हिङ्माङका अनुसार जिपमार्फत दिक्तेल–काठमाडौंका लागि एक हजार ७ सय ५० कायम गरिएको छ । यसअघि जिपमार्फत सवार गर्ने यात्रुबाट दिक्तेल–काठमाडौंका लागि एक हजार ४ सय ५० लिइँदै आइएको थियो । व्यवसायीले ग्रामिण सडकमा सञ्चालन हुने बसको पनि भाडा दर निर्धारण गरेको छ । व्यवसायीले निर्धारण गरेको भाडा दर अनुसार दिक्तेल–हलेसी ४ सय, दिक्तेल–जयरामघाट ६ सय , दिक्तेल–खार्मी ३ सय २०, दिक्तेल–पाथेका २ सय ७५, दिक्तेल–पञ्चमी ५ सय ५० र दिक्तेल–मात्तिमको भाडा ३ सय ३० रुपैंयाँ कायम गरिएको छ । व्यवसायीले निर्धारण गरेको भाडा दर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिइएको छ । 

खोटाङमा ‘एक घर–एक सीपमूलक रोजगारी’ सहितको नमुना बस्ती योजना

खोटाङ असोज–८, खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित
Hamro Khotang

खोटाङमा ‘एक घर–एक सीपमूलक रोजगारी’ सहितको नमुना बस्ती योजना

खोटाङ असोज–८, खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’को सिलन्यास भईसकेको छ ।  स्थानीय भूकम्पपीडतहरुको पहलमा सोही स्थानका सारदाप्रसाद ढकालवाट साँडे सात रोपनी जग्गा निःशुल्क उपलब्ध भएपछि नेपालकै पहिलो सीपमूलक व्यवसाय तथा जीविकोपार्जनसहितको एकीकृत नमुना वस्ती वनाउने योजना सुरु गरिएको थियो । उपलब्ध जग्गा प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि भूकम्प पूर्ननिर्माण प्राधिकरण र नगरपालिकाको सहयोग तथा समन्वयमा वस्ती निर्माणको काम अघि बढेको हो ।एकीकृत वस्तीमा घर निर्माण गर्ने पीडितहरुलाई सीपमूलक तालिम प्रदान गरी सोही ठाउँमा रोजगारीको समेत ब्यवस्था गर्ने निर्माण उपभोक्ता समितिको संयोजक प्रमेश ढकालले जनाउनुभएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनलाई भरपूर सदुपयोग गर्नेगरी सीपमूलक तालिम तथा रोजगारीको यवस्था गर्ने अवधारणा वनाईएको संयोजक ढकालको भनाई छ । अवधारणाअनुरुप नमुना वस्तीमा उत्पादन गरिएका सीपमूलक वस्तुहरु बिक्रि गर्नका लागि उक्त स्थानमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने गरी योजना वनाईएको छ । मध्यपहाडी लोकमार्गले छोएको स्थान तथा नगरपालिकाले नजिकै पर्ने वुइपाको पञ्चरदोवाटोमा विश्वकै अग्लो यलम्वरको प्रतिमासहितको पार्क निर्माणको योजना समेत अघि बढाएकाले नमुना वस्तीसम्म पर्यटक तान्न सकिने विश्वास गरिएको छ । पर्यटन विकासको लागि नगरपालिकाले एकीकृत योजनाहरु वनाईरहेका छन् ।राज्यले वनाएको मापदण्डअनुरुप निर्माण गरिने नमुना वस्तीमा २० पीडित तथा ४ अन्य गरी २४ परिवारका लागि नमुना घर वन्ने भएको छ । जसमध्ये १६ वटाको नक्सा पास भईसकेको छ । वस्तीमा घर निर्माण गर्न चाहाने अन्यलाई समेत सःशुल्क तथा निःशुल्क जग्गा उपलब्ध गराउन सकिने जग्गाधनीले जनाएका छन् । रमणीय स्थलमा निर्माण हुने वस्तीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने विविध योजना वनाईएको वताईएको छ । वस्ती निर्माण हुने स्थानवाट सुर्योदय तथा सुर्यास्तको दृश्य अवलोकनका साथै टेम्के, रुपाकोट लगगायतका विभिन्न पहाडी श्रृंखलाहरुको समेत दृश्यपान गर्न सकिन्छ । एकीकृत वस्ती नजिकै राधाकृष्ण मन्दिर, चिल्ड्रेनपार्क, सीपमूलक सामाग्रीहरु सहितको सामुदायिक भवन, फ्री वाईफाई, होमस्टे तथा सामुहिक खेती प्रणालीको अवधारणा अघि सारेको जनाईएको छ । दशैं, तिहारपछि निर्माणको कामलाई तीव्रता दिईने निर्माण उपभोक्ता समितिले जनाएका छन् ।एकीकृत नमुना वस्ती निर्माणको लागि नगरपालिकाले यस अघि नै प्रष्ट अवधारणा वनाएकोमा विजयखर्कका स्थानीयले इच्छााशक्ति देखाउनका साथै समन्वयात्मक काममा चासो देखाएकाले काम अघि बढेको नगर प्रमुख दिपनारायण रिजालको भनाई छ । नगरपालिकाले भूकम्प पूर्ननिर्माण प्राधिकरण तथा सम्वन्धित निकायसँग समन्वय गर्नका साथै सुझ–बुझका साथ हात हालिसकेकोले कुनै पनि हालतमा उक्त स्थानमा नमुना वस्ती निर्माण भईछाड्ने मेयर रिजालले प्रष्ट पार्नुभएको छ । मेयरका अनुसार अव तत्कालै नगरपालिकाले स्क्याभेटर प्रयोग गरी उक्त स्थानमा लेभलिङको काम गरेपछि डिटेल नक्सा तयार पार्नेछ । डिटेल नक्सापछि नगरपालिकाले प्राधिकरणसँग सम्झौत गरी पूनः निर्माण उपभोक्ता समितिसँग सम्झौता गरी संरचना निर्माण कार्य अघि बढाउनेछ । नमुना वस्तीमा वस्न तयार भुकम्प पीडितले लाभग्राही भए वापत पाउने तीन लाख रुपैंयाँ अनुदान सोही एकीकृत वस्तीमा वन्ने घर निर्माणमै खर्च गरिने प्रष्ट पारिएको छ ।नगरपालिकाको ८ नम्वर वडा दोर्पामा पनि एकीकृत नमुना वस्ती निर्माणको अवधारणा वनाईएको छ ।  उल्लासकावीच सिलन्यासदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा उल्लासमय ढंगवाट एकीकृत नमुना वस्तीको शिलन्यास गरिएको छ । नगरपालिको प्रमुख दिपनारायण रिजालले हालै गर्नुभएको सिलन्यास कार्यक्रममा स्थानीयले उल्लास जनाएका छन् । कार्यक्रममा नगरपालिका प्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, कार्यपालिका सदस्य तथा वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि नगरपालिकाको सल्लाहकार कमल ढकाल लगायतका कर्मचारी, शिक्षक, वुद्दिजीवि लगायतको उपस्थिती रहेको थियो । पत्रकार, युवा, विद्यार्थी नेता लगायतका सहभागिता रहेको कार्यक्रममा स्थानीय बृद्दाहरुले संगिनी गीत तथा नाचको माध्यमवाट स्वागत गर्नका साथै एकीकृत वस्ती निर्माणमा साथ सहयोग गर्न अपिल गरेका थिए । जग्गादाता सारदाप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य नृत्यहरु प्रस्तुत भएको थियो । कार्यक्रममा जिज्ञासा तथा चासोका साथ उपस्थित भएका बृद्द–बृद्दा लगायतका स्थानीय मेयर, उपमेयर लगायत बक्ताहरुको सम्वोधन र प्रतिवद्दतावाट आशावादी वनेर फर्किएको स्थानीयले जनाएका छन् । जग्गादाता सारदाप्रसादको हजुरवुवाको नाम रामनाथ ढकाल भएको कारण उहाँको स्मृतिमा ‘रामनाथ एकीकृत नमुना वस्ती’ नाम जुराईएको हो । 

केरा पकेट क्षेत्रका कृषकलाई बजारको चिन्ता

खोटाङ  असोज–८, खोटाङमा केरा खेती पकेट क्षेत्रका कृषकहरु आफुले उत्पादन गरेको केराले वजार नपाउने
Hamro Khotang

केरा पकेट क्षेत्रका कृषकलाई बजारको चिन्ता

खोटाङ  असोज–८, खोटाङमा केरा खेती पकेट क्षेत्रका कृषकहरु आफुले उत्पादन गरेको केराले वजार नपाउनेमा चिन्तित बनेका छन् । केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका केरा उत्पादक कृषकहरु दीगो सडक तथा यातायात अभावमा केराले वजार नपाउनेमा चिन्तित बनेका हुन् । विजयखर्कको वसेरीमा पर्ने ढकालबेंसी क्षेत्रमा दैनिक उत्पादन हुने २५ देखि ३० घरी केराले हालै पनि वजार नपाएको स्थानीय वताउँछन् । केरा पकेट क्षेत्र निर्धारणसँगै विकास र विस्तार गरिएको केरालाई शहर–वजारसम्म पु¥याउने सडक तथा यातायात अभावमा  भविश्यमा समेत वजार नपाउनेमा कृषक सशंकित बनेका छन् । उल्लेख्य रुपमा केरा उत्पादन हुने उक्त क्षेत्रलाई केरा पकेट क्षेत्रको रुपमा विकास गर्न यो वर्ष मात्रै नगरपालिकाको झण्डै तीन लाख(२ लाख ९७ हजार) र स्थानीयको श्रमदान गरी ५ लाख रुपैंयाँ वरावरको लगानी गरिएको छ । उक्त रकमवाट ३ वटा प्लाष्टिक पोखरी निर्माण र पाईप खरिद गर्नुका साथै स्थानीय जातका ७ हजार विरुवा वितरण गरी लगाईएको खाद्यान्न वाली पवित्र कृषक समुहका अध्यक्ष वाणिबेलास ढुंगानाले वताउनुभयो । नगरपालिकाले क्रमशः उक्त क्षेत्रलाई केरा पकेट क्षेत्रको रुपमा बिकास गर्न लगानी बढाउँदै लैजाने जनाएका छन् ।  उत्पादनलाई ब्यवसायिक तथा आम्दानीमुलक वनाउने उदेश्यले नगरपालिकावाट पारित भएको कृषि पकेट क्षेत्रको अवधारणा अनुरुप उक्त क्षेत्रलाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ । स्थानीय रुपमा गठित दुई वटा कृषक समुहको पहलमा सो क्षेत्रलाई गत बैशाखमा केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको थियो ।परम्परागत खेती प्रणालीवाटै पनि केरा राम्ररी उत्पादन हुने गरेकोमा श्रम र लगानी बढाएको खण्डमा उत्पादनमा उल्लेख्य बृद्दि गर्न सकिने स्थानीय सुनाउँछन् । कृषकहरुका अनुसार सडक र खरिदकर्ता भएको खण्डमा तत्कालै मात्र पनि सो क्षेत्रवाट एक सातामा एक ट्र्याक्टर केरा वजार पठाउन सकिने उत्पादन दर रहेको छ । तर यातायात तथा वजारका अभावमा केरालाई भैंसीको कुँडो वनाउनमा खेर फाल्न परेको स्थानीयको दुखेसो छ । वजारकै चिन्ताले कतिपय स्थानीयले नयाँ विरुवा लगाउन हिच्किचाएका छन् । यसअघि, उद्योग वाणिज्य संघले आफैले खरिद गरिदिने भन्दै अदुवा उत्पादन बढाउन अनुरोध गरेपछि उत्पादन गरिएको अदुवा  खेर गएको नमिठो अनुभव पनि स्थानीय सुनाउँछन् । भन्छन–‘हामी आफै किनिदिन्छौं भन्दै उत्पादन गर्न लगाए, पछि वास्ता गरेन, बजार पाईएन, अझै पनि थुप्रिएर रहेका छन् ।’केराको पनि उस्तै हाल हुने भन्नेमा सशंकित कृषक भन्छन्–‘अहिले केरा उत्पादनका लागि नगरपालिकाले सहयोग गरिरहेको छ, सडक र वजार भरपर्दो छैन ।’ उत्पादित केरा पिठ्युँमा ४ घण्टा वोकेर दिक्तेलवजारमा वेच्दा आम्दानी भन्दा हैरानी बढी हुने कृषकको अनुभव छ ।   हालसम्म सदरमुकाम र विजयखर्कको वसेरी जोड्ने भरपर्दो र छोटो सडक खुल्न सकेको छैन ।वजारको चिन्ता नगरी उत्पादन बढाउन नगरपालिकाको आग्रह   दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्क वसेरीमा प्रचुर मात्रामा केरा उत्पादन हुने पाईएको भन्दै उत्पादक कृषकलाई निरास नहुन आग्रह गरिएको छ । नगरपालिकाको उपप्रमुख विणादेवी राईको संयोजकत्वमा हालै गरिएको केरा पकेट क्षेत्र अनुगमनको क्रममा उल्लेख्य मात्रामा केरा उत्पादन पाईएको भन्दै वजारको चिन्ता नगरी उत्पादन बढाउन कृषकलाई आग्रह गरिएको हो ।वजारले खोजे जति उत्पादन गरेको खण्डमा केरा खेर नजाने मेयर दिपनारायण रिजालले वताउनुभयो । यदि जिल्लावाहिर लैजान पुग्ने गरी उत्पादन भएको खण्डमा दैनिक रुपमै पनि ट्रक लगायतका साधन लिएर खरिदकर्ता गाउँमै आउने मेयर रिजालले जनाउनुभयो । दैनिक नभए साप्ताहिक रुपमै भए पनि सो क्षेत्र उत्पादनक भएको केरा संकलन गरी बजार पठाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । मेयर रिजालले अव नगरपालिकाभित्र भएका उत्पादनहरुलाई वाह्य वजारसम्म पु¥याउन संकलन केन्द्र निर्माणको अवधारणा ल्याईएको समेत कृषकलाई सुनाउनुभयो । अनुगमन टोलीसँग भएको छलफल तथा अन्र्तक्रियामा स्थानीयले एक सातामा एक ट्रक केरा उत्पादन तथा संकलन गर्न सकिने जनाएका छन् । स्थानीय रुपमा केराको मूल्य प्रति केजी २५ रुपैंयाँ कृषकहरुले निर्धारण गरेका छन् । नगरपालिकाको अनुगमन, सुझाव, सल्लाह तथा प्रतिबद्दतावाट स्थानीय हर्षित बनेका छन् ।

बलात्कार, हत्या र दुव्र्यवहारका दोषीलाई उन्मुक्ति नदिन माग

खोटाङ असोज–८,  अन्तरपार्टी महिला सञ्जाल खोटाङले समाजमा बढिरहेको बलात्कार, हत्या र दुव्र्यवहारप
Hamro Khotang

बलात्कार, हत्या र दुव्र्यवहारका दोषीलाई उन्मुक्ति नदिन माग

खोटाङ असोज–८,  अन्तरपार्टी महिला सञ्जाल खोटाङले समाजमा बढिरहेको बलात्कार, हत्या र दुव्र्यवहारप्रति ध्यानकार्षण जनाउँदै दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् । जिल्लामा क्रियाशील सञ्जालले बलत्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त लगायत दर्जनौं महिला हिंसाका घट्नामा संलग्न दोषीलाई पहिचान गरेर कडाभन्दा कडा सजाय दिनका लागि सरकारको ध्यानाकर्षण गराएको हो । सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै सञ्जालले महिलामाथिको हिंसाका घटना पुनः दोहोरिन नदिन प्रहरी र प्रशासनलाई जिम्मेवार र संबेदनशील बनाउन गम्भिरतापुर्वक कदम चाल्न आग्रह गरेको छ । न्याय माग्न सडकमा निस्किएका पीडितमाथि भएको दमनले सार्वजनिक पद धारण गरेका व्यक्तिले अपराधीलाई संरक्षण गर्न खोजेको आशंका बढेको अन्तरपार्टी महिला सञ्जाल खोटाङकी उपाध्यक्ष मनकुमारी रसाईलीले बताउनुभयो । जाँड रक्सी, जुवा, तास, लागू औषध दुव्र्यसनी लगायतका कारण पनि महिलामाथिको हिंसा बढिरहेको सञ्जालले जनाएको छ । महिला सञ्जालले सभ्य, सुसंस्कृत, नैतिकवान र समुन्नत समाज निर्माणका लागि अभियान चलाउन सरकारको ध्यानाकर्षण गराएको छ । ९ महिनाको दुधे बालिकादेखि ७० वर्षकी बृद्धा समेत बलत्कारको शिकार भइरहेका घटनाले सिंगो मानव अधिकारको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । पुर्वसभाषद दुर्गाजयन्ती राईले महिला हिंसा रोक्नका लागि पर्याप्त कानून व्यवस्था गरेर अपराधीलाई कडा सजाय दिने व्यवस्था दिनुपर्नेमा जोड दिनुभएको छ । समाजमा बिद्यमान बिकृति, बिसंगती, अन्धबिश्वास, अशिक्षा र पछौटेपन अन्त्यका लागि अभियान चलाउनुपर्ने उहाँको धारण छ । 

केरा पकेट क्षेत्रका कृषकलाई वजारको चिन्ता

खोटाङ  असोज–८, खोटाङमा केरा खेती पकेट क्षेत्रका कृषकहरु आफुले उत्पादन गरेको केराले वजार नपाउने
Hamro Khotang

केरा पकेट क्षेत्रका कृषकलाई वजारको चिन्ता

खोटाङ  असोज–८, खोटाङमा केरा खेती पकेट क्षेत्रका कृषकहरु आफुले उत्पादन गरेको केराले वजार नपाउनेमा चिन्तित बनेका छन् । केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका केरा उत्पादक कृषकहरु दीगो सडक तथा यातायात अभावमा केराले वजार नपाउनेमा चिन्तित बनेका हुन् । विजयखर्कको वसेरीमा पर्ने ढकालबेंसी क्षेत्रमा दैनिक उत्पादन हुने २५ देखि ३० घरी केराले हालै पनि वजार नपाएको स्थानीय वताउँछन् । केरा पकेट क्षेत्र निर्धारणसँगै विकास र विस्तार गरिएको केरालाई शहर–वजारसम्म पु¥याउने सडक तथा यातायात अभावमा  भविश्यमा समेत वजार नपाउनेमा कृषक सशंकित बनेका छन् । उल्लेख्य रुपमा केरा उत्पादन हुने उक्त क्षेत्रलाई केरा पकेट क्षेत्रको रुपमा विकास गर्न यो वर्ष मात्रै नगरपालिकाको झण्डै तीन लाख(२ लाख ९७ हजार) र स्थानीयको श्रमदान गरी ५ लाख रुपैंयाँ वरावरको लगानी गरिएको छ । उक्त रकमवाट ३ वटा प्लाष्टिक पोखरी निर्माण र पाईप खरिद गर्नुका साथै स्थानीय जातका ७ हजार विरुवा वितरण गरी लगाईएको खाद्यान्न वाली पवित्र कृषक समुहका अध्यक्ष वाणिबेलास ढुंगानाले वताउनुभयो । नगरपालिकाले क्रमशः उक्त क्षेत्रलाई केरा पकेट क्षेत्रको रुपमा बिकास गर्न लगानी बढाउँदै लैजाने जनाएका छन् ।  उत्पादनलाई ब्यवसायिक तथा आम्दानीमुलक वनाउने उदेश्यले नगरपालिकावाट पारित भएको कृषि पकेट क्षेत्रको अवधारणा अनुरुप उक्त क्षेत्रलाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ । स्थानीय रुपमा गठित दुई वटा कृषक समुहको पहलमा सो क्षेत्रलाई गत बैशाखमा केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको थियो ।परम्परागत खेती प्रणालीवाटै पनि केरा राम्ररी उत्पादन हुने गरेकोमा श्रम र लगानी बढाएको खण्डमा उत्पादनमा उल्लेख्य बृद्दि गर्न सकिने स्थानीय सुनाउँछन् । कृषकहरुका अनुसार सडक र खरिदकर्ता भएको खण्डमा तत्कालै मात्र पनि सो क्षेत्रवाट एक सातामा एक ट्र्याक्टर केरा वजार पठाउन सकिने उत्पादन दर रहेको छ । तर यातायात तथा वजारका अभावमा केरालाई भैंसीको कुँडो वनाउनमा खेर फाल्न परेको स्थानीयको दुखेसो छ । वजारकै चिन्ताले कतिपय स्थानीयले नयाँ विरुवा लगाउन हिच्किचाएका छन् । यसअघि, उद्योग वाणिज्य संघले आफैले खरिद गरिदिने भन्दै अदुवा उत्पादन बढाउन अनुरोध गरेपछि उत्पादन गरिएको अदुवा  खेर गएको नमिठो अनुभव पनि स्थानीय सुनाउँछन् । भन्छन–‘हामी आफै किनिदिन्छौं भन्दै उत्पादन गर्न लगाए, पछि वास्ता गरेन, बजार पाईएन, अझै पनि थुप्रिएर रहेका छन् ।’केराको पनि उस्तै हाल हुने भन्नेमा सशंकित कृषक भन्छन्–‘अहिले केरा उत्पादनका लागि नगरपालिकाले सहयोग गरिरहेको छ, सडक र वजार भरपर्दो छैन ।’ उत्पादित केरा पिठ्युँमा ४ घण्टा वोकेर दिक्तेलवजारमा वेच्दा आम्दानी भन्दा हैरानी बढी हुने कृषकको अनुभव छ ।   हालसम्म सदरमुकाम र विजयखर्कको वसेरी जोड्ने भरपर्दो र छोटो सडक खुल्न सकेको छैन ।वजारको चिन्ता नगरी उत्पादन बढाउन नगरपालिकाको आग्रह   दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्क वसेरीमा प्रचुर मात्रामा केरा उत्पादन हुने पाईएको भन्दै उत्पादक कृषकलाई निरास नहुन आग्रह गरिएको छ । नगरपालिकाको उपप्रमुख विणादेवी राईको संयोजकत्वमा हालै गरिएको केरा पकेट क्षेत्र अनुगमनको क्रममा उल्लेख्य मात्रामा केरा उत्पादन पाईएको भन्दै वजारको चिन्ता नगरी उत्पादन बढाउन कृषकलाई आग्रह गरिएको हो ।वजारले खोजे जति उत्पादन गरेको खण्डमा केरा खेर नजाने मेयर दिपनारायण रिजालले वताउनुभयो । यदि जिल्लावाहिर लैजान पुग्ने गरी उत्पादन भएको खण्डमा दैनिक रुपमै पनि ट्रक लगायतका साधन लिएर खरिदकर्ता गाउँमै आउने मेयर रिजालले जनाउनुभयो । दैनिक नभए साप्ताहिक रुपमै भए पनि सो क्षेत्र उत्पादनक भएको केरा संकलन गरी बजार पठाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । मेयर रिजालले अव नगरपालिकाभित्र भएका उत्पादनहरुलाई वाह्य वजारसम्म पु¥याउन संकलन केन्द्र निर्माणको अवधारणा ल्याईएको समेत कृषकलाई सुनाउनुभयो । अनुगमन टोलीसँग भएको छलफल तथा अन्र्तक्रियामा स्थानीयले एक सातामा एक ट्रक केरा उत्पादन तथा संकलन गर्न सकिने जनाएका छन् । स्थानीय रुपमा केराको मूल्य प्रति केजी २५ रुपैंयाँ कृषकहरुले निर्धारण गरेका छन् । नगरपालिकाको अनुगमन, सुझाव, सल्लाह तथा प्रतिबद्दतावाट स्थानीय हर्षित बनेका छन् ।

खोटाङमा ‘एक घर–एक सीपमूलक रोजगारी’ सहितको नमुना वस्ती योजना

खोटाङ असोज–८, खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित
Hamro Khotang

खोटाङमा ‘एक घर–एक सीपमूलक रोजगारी’ सहितको नमुना वस्ती योजना

खोटाङ असोज–८, खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’को सिलन्यास भईसकेको छ ।  स्थानीय भूकम्पपीडतहरुको पहलमा सोही स्थानका सारदाप्रसाद ढकालवाट साँडे सात रोपनी जग्गा निःशुल्क उपलब्ध भएपछि नेपालकै पहिलो सीपमूलक व्यवसाय तथा जीविकोपार्जनसहितको एकीकृत नमुना वस्ती वनाउने योजना सुरु गरिएको थियो । उपलब्ध जग्गा प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि भूकम्प पूर्ननिर्माण प्राधिकरण र नगरपालिकाको सहयोग तथा समन्वयमा वस्ती निर्माणको काम अघि बढेको हो ।एकीकृत वस्तीमा घर निर्माण गर्ने पीडितहरुलाई सीपमूलक तालिम प्रदान गरी सोही ठाउँमा रोजगारीको समेत ब्यवस्था गर्ने निर्माण उपभोक्ता समितिको संयोजक प्रमेश ढकालले जनाउनुभएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनलाई भरपूर सदुपयोग गर्नेगरी सीपमूलक तालिम तथा रोजगारीको यवस्था गर्ने अवधारणा वनाईएको संयोजक ढकालको भनाई छ । अवधारणाअनुरुप नमुना वस्तीमा उत्पादन गरिएका सीपमूलक वस्तुहरु बिक्रि गर्नका लागि उक्त स्थानमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने गरी योजना वनाईएको छ । मध्यपहाडी लोकमार्गले छोएको स्थान तथा नगरपालिकाले नजिकै पर्ने वुइपाको पञ्चरदोवाटोमा विश्वकै अग्लो यलम्वरको प्रतिमासहितको पार्क निर्माणको योजना समेत अघि बढाएकाले नमुना वस्तीसम्म पर्यटक तान्न सकिने विश्वास गरिएको छ । पर्यटन विकासको लागि नगरपालिकाले एकीकृत योजनाहरु वनाईरहेका छन् ।राज्यले वनाएको मापदण्डअनुरुप निर्माण गरिने नमुना वस्तीमा २० पीडित तथा ४ अन्य गरी २४ परिवारका लागि नमुना घर वन्ने भएको छ । जसमध्ये १६ वटाको नक्सा पास भईसकेको छ । वस्तीमा घर निर्माण गर्न चाहाने अन्यलाई समेत सःशुल्क तथा निःशुल्क जग्गा उपलब्ध गराउन सकिने जग्गाधनीले जनाएका छन् । रमणीय स्थलमा निर्माण हुने वस्तीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने विविध योजना वनाईएको वताईएको छ । वस्ती निर्माण हुने स्थानवाट सुर्योदय तथा सुर्यास्तको दृश्य अवलोकनका साथै टेम्के, रुपाकोट लगगायतका विभिन्न पहाडी श्रृंखलाहरुको समेत दृश्यपान गर्न सकिन्छ । एकीकृत वस्ती नजिकै राधाकृष्ण मन्दिर, चिल्ड्रेनपार्क, सीपमूलक सामाग्रीहरु सहितको सामुदायिक भवन, फ्री वाईफाई, होमस्टे तथा सामुहिक खेती प्रणालीको अवधारणा अघि सारेको जनाईएको छ । दशैं, तिहारपछि निर्माणको कामलाई तीव्रता दिईने निर्माण उपभोक्ता समितिले जनाएका छन् ।एकीकृत नमुना वस्ती निर्माणको लागि नगरपालिकाले यस अघि नै प्रष्ट अवधारणा वनाएकोमा विजयखर्कका स्थानीयले इच्छााशक्ति देखाउनका साथै समन्वयात्मक काममा चासो देखाएकाले काम अघि बढेको नगर प्रमुख दिपनारायण रिजालको भनाई छ । नगरपालिकाले भूकम्प पूर्ननिर्माण प्राधिकरण तथा सम्वन्धित निकायसँग समन्वय गर्नका साथै सुझ–बुझका साथ हात हालिसकेकोले कुनै पनि हालतमा उक्त स्थानमा नमुना वस्ती निर्माण भईछाड्ने मेयर रिजालले प्रष्ट पार्नुभएको छ । मेयरका अनुसार अव तत्कालै नगरपालिकाले स्क्याभेटर प्रयोग गरी उक्त स्थानमा लेभलिङको काम गरेपछि डिटेल नक्सा तयार पार्नेछ । डिटेल नक्सापछि नगरपालिकाले प्राधिकरणसँग सम्झौत गरी पूनः निर्माण उपभोक्ता समितिसँग सम्झौता गरी संरचना निर्माण कार्य अघि बढाउनेछ । नमुना वस्तीमा वस्न तयार भुकम्प पीडितले लाभग्राही भए वापत पाउने तीन लाख रुपैंयाँ अनुदान सोही एकीकृत वस्तीमा वन्ने घर निर्माणमै खर्च गरिने प्रष्ट पारिएको छ ।नगरपालिकाको ८ नम्वर वडा दोर्पामा पनि एकीकृत नमुना वस्ती निर्माणको अवधारणा वनाईएको छ ।  उल्लासकावीच सिलन्यासदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा उल्लासमय ढंगवाट एकीकृत नमुना वस्तीको शिलन्यास गरिएको छ । नगरपालिको प्रमुख दिपनारायण रिजालले हालै गर्नुभएको सिलन्यास कार्यक्रममा स्थानीयले उल्लास जनाएका छन् । कार्यक्रममा नगरपालिका प्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, कार्यपालिका सदस्य तथा वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि नगरपालिकाको सल्लाहकार कमल ढकाल लगायतका कर्मचारी, शिक्षक, वुद्दिजीवि लगायतको उपस्थिती रहेको थियो । पत्रकार, युवा, विद्यार्थी नेता लगायतका सहभागिता रहेको कार्यक्रममा स्थानीय बृद्दाहरुले संगिनी गीत तथा नाचको माध्यमवाट स्वागत गर्नका साथै एकीकृत वस्ती निर्माणमा साथ सहयोग गर्न अपिल गरेका थिए । जग्गादाता सारदाप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य नृत्यहरु प्रस्तुत भएको थियो । कार्यक्रममा जिज्ञासा तथा चासोका साथ उपस्थित भएका बृद्द–बृद्दा लगायतका स्थानीय मेयर, उपमेयर लगायत बक्ताहरुको सम्वोधन र प्रतिवद्दतावाट आशावादी वनेर फर्किएको स्थानीयले जनाएका छन् । जग्गादाता सारदाप्रसादको हजुरवुवाको नाम रामनाथ ढकाल भएको कारण उहाँको स्मृतिमा ‘रामनाथ एकीकृत नमुना वस्ती’ नाम जुराईएको हो । 

प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित चश्मा उपहार

खोटाङ असोज–७, कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषी पत्ता ल
Hamro Khotang

प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित चश्मा उपहार

खोटाङ असोज–७, कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषी पत्ता लगाई कानूनी कारबाही गर्न माग गर्दै आएका नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत सकारले दोषी पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै विरोध जनाउँदै आएको महिला संघले आईतबार सत्य–तथ्य पत्ता लगाएर न्याय सम्पादनको माग गर्दै प्रधानमन्त्रीलाई चश्मा पठाएको हो । निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै असोज १ गते दिक्तेलमा बिरोध ¥याली प्रदर्शन गरेको महिला संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्रका साथमा चश्मा पठाएको छ । निर्मलाको हत्या र बलात्कारको घटनाका विषयमा सत्य–तथ्य पत्ता लगाएर कानुनी कारबाही गर्ने क्रममा सरकारको ‘दृष्टिभ्रम नहोस्’ भन्ने अपेक्षासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित चश्मा उपहार पठाइएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताउनुभयो ।